लुम्बिनी प्रदेश सभाको गतिरोध ११ महिनापछि अन्त्य भएको छ। विपक्षी नेकपा एमाले सत्ताबाट बाहिरिएसँगै साउन १ गतेदेखि लुम्बिनीको प्रदेशसभालाई अवरोध गर्दै आएको थियो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सातवटै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने बताएका छन्। उनले मुलुकमा सिपयुक्त प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्ने भएकाले सरकारले सातवटै प्रदेशमा आवास सहितको प्राविधिक शिक्षालय स्थापना गर्ने योजना अघि सारेको बताए।
शर्माले कार्कीलाई ५ सय ८२ मतान्तरले पराजित गरेका हुन्। शर्माले १५ हजार ६ सय ८६ मत ल्याउदा कार्कीले १५ हजार १ सय ४ मत ल्याए। कार्कीले २०७४ सालमा कांग्रेसका उनै शर्मालाई हराएर मेयरमा निर्वाचित भएका थिए। त्यसबेला कार्कीले शर्माभन्दा २ हजार ७३१ मत बढी ल्याएका थिए।
कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढेको छ। कुदान, गोटिहवा, निग्लीहवा, अरौराकोट, सगरहवा र सिसनियालाई पनि संरक्षित स्मारक क्षेत्र घोषणा गरी प्राचिन शाक्यहरूको राजधानी कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया पुरातत्व विभागले अघि बढाएको हो।