पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ४ दरखास्तमा सवारी दुर्घटना हुँदा बाणगंगा नगरपालिका १ पिपराका अनुराग पाण्डेको मृत्यु भएको हो।
'क्वार्टरभित्र शव भेटिएको छ, भित्र हामी पसेका छैनौं, उहाँ (यादव) को परिवारका सदस्य आएपछि क्वार्टरमा जान्छौं,’ केसीले भने। यादव कुन अवस्थामा मृत भेटिए भन्नेबारे प्रहरी कार्यालयले कुनै जानकारी दिएको छैन।
बुटवलमा बिहीबारदेखि औद्योगिक व्यापार मेला सुरु भएको छ। उद्योग व्यापार संघ बुटवलको आयोजनामा देवीनगरमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सुरु भएको हो।
'स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ मूल नाराका साथ हुने मेलामा ४ सय ५० स्टल रहनेछन्। हालसम्म करिब तीन सय स्टल दर्ता भइसकेको संघका अध्यक्ष गोबिन्दराज गैरेले बताए।
आफ्नो बुवाले दुःख गरेर जोडेको जग्गा लुम्बिनी विकास कोषले हडपे पनि त्यसको क्षतिपूर्ती नपाएको भन्दै न्याय दिलाउन उनले माग गरे। लामो समयसम्म जंगलको मुनी, त्रिपाल टाँगेर जीवन चलाएका उनले केही वर्षदेखि भने सिठाले छाएर सानो घर बनाएका हुन्। तर, उनले यो घर जुनसुकै बेला छाड्नुपर्छ।
स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय दाङ देउखुरीको एक वडा कार्यालयमा लगिएको छ। राप्ती गाउँपालिका-५ सिसहनियाँ बजारको साविक ५ नम्बर वडा कार्यालयमा मन्त्रालय लगिएको हो।