लुम्बिनी प्रादेशिक अस्पतालमा एक सय जनाको कोरोना परीक्षण गर्दा ३० देखि ४० जनासम्ममा कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा. नेत्र बहादुर रानाले बताए। उनका अनुसार अहिले आईसीयूमा ८ जना बिरामीले उपचार गराइरहेका छन्। संक्रमितको संख्या वृद्धि हुँदै गए पनि तत्तकाल आत्तिनुपर्ने अवस्था भने नरहेको उनले बताए।
लुम्बिनी प्रदेशमा एमालेको जिल्ला नेतृत्वको विषयलाई लिएर असन्तुष्टि चुलिएको छ। पार्टीभित्रै गुटउपगुट र केन्द्रीय नेताहरूको प्रभावका कारण नेतृत्वबाट पाखा लगाइएको भन्दै लुम्बिनीका केही जिल्लामा नेताहरूले असन्तुष्टि पोख्दै नेतृत्वको आलोचना गरेका छन्।
लुम्बिनीका विभिन्न जिल्लामा लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। रुपन्देही, कपिलवस्तु, बाँकेमा लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
एक दशक अगाडि नवलपरासी बर्दघाट–सुस्तापूर्वमा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ। हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि सिङ्गो गाउँ नै अँध्यारो भएको छ।
पदाधिकारीको दाबेदार रहेका पूर्वसभामुख कृष्णबहादुर महरा, वर्षमान पुन,ओनसरी घर्ती, चक्रपाणि खनाल ‘बलदेव’, डिलाराम आचार्य लुम्बिनीका नेता हुन्। महरा दाङका हुन् भने वर्षमान र ओनसरी रोल्पाका हुन्। खनाल कपिलवस्तु र आचार्य अर्घाखाँचीबाट प्रतिनिधित्व गर्छन्।
लुम्बिनीमा पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट कांग्रेस, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् भने नेकपा एमालेले एकल उम्मेदवारी दिएको छ।
उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारतीले बुधबार एक विज्ञप्ति जारी गर्दै विद्यालयले दिने वर्षे/हिउँदे बिदाबाट बिदा मिलान गर्ने गरी पौष १५ र १६ गते २ दिनका लागि बिदा गर्न भनिएको छ।