नेकपा एमालेले लुम्बिनी प्रदेश संसदीय दलले नेकपा बनेपछि सूर्य चिन्हबाट चुनाव लडेर माओवादी केन्द्र रोजेकी सांसद विमला वलीलाई कारबाही नगरेसम्म प्रदेश सभा बैठक बस्न नदिने चेतावनी दिएको छ।
भारतीय ओभरलोड गाडीका कारण नेपाली यातायात व्यवसायीको पेशा संकटमा परेको भन्दै नेपाली ट्रक व्यवसायीले आन्दोलन चर्काउने चेतावनी दिएका छन्। पटकपटकको अनुरोध सरकारले नसुन्ने भएपछि अब सडकमै सुतेर भए पनि भारतीय ओभरलोडलाई निर्मूल गर्ने व्यवसायीको भनाइ छ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले दलित समुदायलाई सम्बोधन गर्ने गरि गठबन्धनको सरकारले बजेट ल्याउने प्रतिबद्धता जनाएका छन्।