मंगलबार राज्यमन्त्री ओलीले दाङ तुल्सीपुरस्थित प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई घरमै पुगेर कुटपिट गरेको आरोप लागेको छ।
विमलाले प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती भण्डारीलाई घरमै पुगेर आफ्नो श्रीमान्भन्दै कुटपिट गरेकी थिइन्। दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राज्यमन्त्री ओलीलाई राति बुटवल पठाइएको जानकारी दिए।
आर्थिक मन्त्रालय श्रोतका अनुसार अघिल्लो आर्थिक वर्षको हाराहारीमा अर्थात् ४० अर्बकै बजेट ल्याउनेछ। यद्यपि केही दिनअघिसम्म लुम्बिनी प्रदेश सरकारले बजेटको आकार घटाउने तयारी गरेको थियो।
दुई वर्षअघि केपी ओली प्रधानमन्त्री भएको बेलामा पनि बुटवल धागो कारखाना पुनः सञ्चालनका लागि जग्गा, भवन, उपकरण, व्यवसाय लगायतका चलअचल, स्थिर सम्पत्ति ३० वर्षका लागि भाडा–पट्टा बहालमा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको थियो। तर, यो विषय टुंगोमा पुगेन।
प्रदेश प्रमुख शेरचनले गौतमबुद्ध विमानस्थलमा प्रदेशका पहिचान झल्किने खालका स्थानीय उत्पादन बिक्रीका लागि निजी क्षेत्रलाई कोसेली घर सञ्चालन गर्न दिने, प्रदेशका प्रमुख सहर जोड्ने रुटमा विद्युतीय बस सञ्चालन गर्न यातायात कम्पनी स्थापना गर्ने योजना अघि सारिएको छ।