बिहीबार प्रहरीले घटनाको अनुसन्धानमा कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता सहित सहमति जुटेपछि दाहसंस्कार गरिएको उनको भनाइ छ। अमृताको नाममा अक्षयकोष बनाउन र छोराको शिक्षादिक्षाका लागि १४ लाख रुपैयाँ उनकै नाममा बैंकमा राखिदिन घरपक्ष सहमत छ।
जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।
आर्थिक वर्ष ०७९-८० को नीति कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेले बुटवल मण्डपको जग्गा प्राप्तिमा तत्कालीन कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाको योगदान रहेको तर्क गर्दै बुटवल मण्डपको नाम गिरिजा प्रसाद कोइराला मण्डप राख्न नीति तथा कार्यक्रममा लिखित प्रस्ताव गरेका थिए। यो प्रस्ताव गरेपछि बुटवलमा यसको विरोध भएको छ।
तिलोत्तमा नगरपालिकाले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०७९-८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख रामकृष्ण खाणले बिहीबार नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश अघिल्लो वर्षका पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ।
सुविनाको पोस्टमार्टम रिपोर्टमा ‘प्रेसर ओभर नेक’बाट मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए।
बुटवल उपमहानगरले आन्तरिक स्रोत वृद्धि गर्न लागि नदीजन्य पदार्थको उत्खनन आफैंले गर्ने नीति अगाडि सारेको छ। बुधबार नगरप्रमुख खेलराज पाण्डेले आर्थिक वर्ष ०७९-८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आफैंले उत्खनन गरी भण्डार गर्ने र आवश्यकता अनुसार बिक्री गर्ने व्यवस्था मिलाउने घोषणा गरेका हुन्।
कारागार व्यवस्था विभागले रुपन्देहीको भैरहवास्थित बाल सुधार गृहमा रहेका केही बालकहरुलाई स्थानान्तरण गर्न पत्राचार गरेपछि उनीहरुलाई स्थानान्तरण गर्न खोज्दा मंगलबार प्रहरीसँग झडप भएको छ।
लुम्बिनी प्रदेशमा सवारी दुर्घटना न्युनिकरणका लागि ‘चालक तथा यात्रुसँग १ मिनेट’ अभियान सुरु भएको छ। दुर्घटना न्युनिकरण तथा सवारी नियमको पालनाका विषयमा चालक र यात्रुलाई सचेत गराउने उद्देश्यले चालक तथा यात्रुसँग १ मिनेट अभियान सुरु गरिएको हो।
जिल्ला भलिबल संघ रुपन्देहीको अध्यक्षमा सुरेन्द्र कुमार शाक्य निर्वाचित भएका छन्। सोमबार सम्पन्न भएको ५ औं जिल्ला अधिवेशनले शाक्यको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो।
नेपाल कानुन विद्यार्थी समाज, कालिकाले लुम्बिनी प्रदेश सरकारले विज्ञान विषयमात्र लिएर पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने गरी बजेट विनियोजन गरेको आपत्ति जनाउँदै सच्चाउन माग गरेको छ।