मंगलबार, माघ २४, २०७९

घर बनाइदिने प्रलोभनमा गरिब परिवारको दुई करोड ठगी

नेपाल समय  |  काठमाडौं, सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९, काठमाडौं

नेपाल समय

लुम्बिनी- रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका छन्। ‘गरिब निर्माण सहयोगदाता’ नामक एक गैरसरकारी संस्थाको नाममा सक्रिय एक समूहको प्रलोभनमा परी उनीहरू ठगिएका हुन्।

त्यही समूहको प्रलोभनमा परेका ८० वर्षीय मंहगु हरिजनको जस्तापाताले छाएको घरमा बस्ने योजना पूरा हुन सकेको छैन। ज्येष्ठ नागरिक भत्ता र मेहनत मजदुरीबाट बचाएको रकम अब उहाँसँग छैन। थोरै रकममा घर बनाइदिने प्रलोभन दिएर ५४ हजार नगद बुझी लगेका व्यक्ति उहाँले खोज्दै गरेको आठ महिना बितेको छ।

त्यसैगरी कोटहीमाई गाउँपालिका–१, सिपवाकी ६० वर्षीया जमीरुन निसाको अनुहारमा कुनै चमक छैन। थोरै खर्चमा पक्की घर पाउने प्रलोभनमा फसेकी निसाले सम्मरीमाई–७ भैसागहनका मकसुद मुसलमानलाई चारकोठे पक्की भवन बनाइदिन दिएको एक लाख आठ हजार फिर्ता पाउने छाँटकाँट छैन।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवारका प्रेमलाल कोहारको हाल पनि उस्तै छ। गरिबीले जेलिएका कोहारले छिमेकीसँग एक लाख ५५ हजार ऋण लिएर मकसुदलाई बुझाए। कोहारले मकसुदलाई बुझाएको सो रकमको न उनीसँग कुनै रसिद छ न कुनै कागज प्रमाण।

कोटहीमाई गाउँपालिका-१ परस्पुरका मंहगुले पाइपाइ जोडेर राखेको कमाइ ठगिएको सुनाए। उनले भने, 'बुढ्यौलीमा ओतका लागि जस्ताको घर बनाउने तथा औषधि उपचार खर्चका लागि जम्मा गरि राखेको रु ५४ हजार सम्मरीमाई–५ खखडउरका बरखु हरिजनले प्रलोभन दिएर लगे।'

उनका अनुसार पहिलो पटक सम्मरीमाई–७ भैसागहन (केराहाडिह) मा भेटिएका बरखुले पैसा बुझाउनुस् एक महिना भित्र घर बनाएर दिन्छु भनेको आज करिब आठ महिना बितिसक्दा पनि बनाइदिएका छैनन्। 'न त रकम नै फिर्ता गरेका छन्, अहिले त भेट्नै छोड्नुभयो, फोन गर्दा, बाहिर छु भन्छन्,' गहँभरि आसु पार्दै उनले व्यथा सुनाए।

सिपवाकी जमीरुन निसाले भनिन्, 'जस्तापाताको सानो टहरामा बासोबास रहेको मेरो परिवारका लागि एक महिनाभित्रै सउदीको एक गरिब निर्माण संस्थाले पक्की घर बनाइदिने आश्वासनपछि खुशीको सीमा थिएन र नातेदारकहाँबाट ब्याजमा पैसा खोजेर बुझायौँ। करिब आठ महिना बित्यो न घर बन्न सक्यो न पैसा नै फिर्ता पायौँ।' 

उनका अनुसार मकसुदलाई भेटदा कहिले रकम फिर्ता गर्ने र कहिले घर बनाइदिने आश्वासन दिन्छन्। दुई थान फोटो, नागरिकताको फोटोकपी र नगद रकम बुझाएको कुनै रसिद वा कागज प्रमाणसमेत नपाएको उनले बताए। महिलवार गाउँका माया कुर्मी, गुडिया लोध र पंचम हरिजन समेतले चारकोठे पक्की घर बन्ने प्रलोभनमा ऋणजम गरी जनही एक लाख ५५ हजारका दरले अलीलाई नगद रकम बुझाएको छ महिना बढी बित्न लाग्यो तर न घर बन्न सक्यो न त बुझाएको रकम फिर्ता पाए।

शान्ति, सुरक्षा र आवश्यक कारवाहीका लागि माया कुर्मी, गुडिया लोध र पंचम हरिजनसमेतले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा निवेदन दिएका छन्। मकसुद मुसलमानले बाहिर मुलुक सउदी अरबबाट विदेशी प्रोजेक्ट आएको र गरिब परिवारका लागि निःशुल्क घर बनाइदिने भन्दै जनही एक लाख ५५ हजारका दरले असुल गरेको निवेदनमा उल्लेख छ।

निवेदनमा लेखिएको छ, 'निजले झुठो आश्वासन दिने गरेको तथा आजको मितिसम्म पनि केही कार्य व्यवहार नभएको र उनी विदेश जाने योजनामा रहेको बुझिएकोले विदेश जान नपाउने गरी व्यवस्था मिलाइदिन तथा आवश्यक कारवाहीका साथै दिइएको रकम फिर्ता दिलाउन र निजले गाली गलौज र धाक धम्कीसमेत दिएकाले शान्ति, सुरक्षा र जिउधनको रक्षा गरि पाउन अनुरोध छ।'

त्यस्तै महंगुले रकम फिर्ता गराई पाऊँ भन्दै सम्मरीमाई–७ बेतकुइयाँस्थित मेलमिलाप केन्द्रमा निवेदन दिएको पनि महिना दिन बित्न लागेको छ। मेलमिलाप केन्द्रका संयोजक राजेन्द्रप्रसाद लोधले बरखुलाई छलफलका लागि हाजिर हुन आउने पत्र बुझाइसकिए पनि अटेर गरी छलफलमा नआएको बताए।

यता पैसा असुलीको आरोप लागेका बरखु हरिजनलाई उनले काम गर्ने संस्थाको नाम समेत थाहा छैन। उनले भने, 'मैले रकम मात्र असुलेको छु घर निर्माण संस्था दर्ता भए नभएको बारे कुनै जानकारी छैन। मेरो अगुवा अरु कोही हो। केही दिनमा सबैको रकम फिर्ता दिने छन्।' 

मकसुदले रकम, नागरिकताको प्रतिलिपि र फोटो सङ्कलन गर्न तथा जग्गा नापजाँच गर्न केही अस्थायी कर्मचारी राखेका छन्। एक कर्मचारीलाई दैनिक एक हजार ज्याला तथा पाँच सय चियानास्ता खर्च दिने गरेका छन्। कर्मचारीलाई ‘गरीबी निर्माणको सहयोगदाता’ नामक संस्थाको परिचयपत्र समेत दिएका छन्। तिनै कर्मचारीमध्येका एक हुन् बरखु हरिजन। मकसुदले यसरी विभिन्न व्यक्तिबाट करिब दुई करोड असुल गरिसकेको र सोका लागि प्रक्रिया मिलाउन उनी साउदी अरब जान लागेको बरखुले बताए।

यस सम्बन्धमा संस्थाका मुख्य व्यक्ति अरसद अली भएको र उनी साउदी अरबमा रहेको मकसुदले बताए। संस्था दर्ता भए नभएको बारे संस्थाका अध्यक्षलाई मात्र थाहा रहेको र आफूलाई कुनै जानकारी नरहेको मकसुदको भनाइ छ।  

मकसुदले करिब ६०–६५ जनासँग मात्र पैसा बुझेको उनले बताए। उनले भने, 'समान्य निर्माण खर्च सबैसँग असुल गरेको छु, घर नबने सबैको रकम फिर्ता दिन्छु। विस्तृत जानकारीका लागि संस्थाका प्रमुख केही दिनमा नेपाल आउँदै हुनुहुन्छ, उहाँसँग मात्र सोध्नु होला। मैले केही भन्दैन।'

माया कुर्मीलगायतले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आवश्यक कारवाहीका लागि पठाइएको छ। जिल्ला प्रहरी कार्यालयबाट सम्बन्धित इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेको पत्र कारवाहीको प्रक्रियामा रहेको इप्रका मर्चवारले बताएको छ। प्रहरी पटक–पटक घरमा जाँदा पनि मकसुद मुसलमानलाई भेट्न नसकिएको इप्रका मर्चवारका प्रमुख तथा प्रहरी निरीक्षक तेजबहादुर खत्रीले बताए। -रासस


प्रकाशित: December 5, 2022 | 20:13:29 काठमाडौं, सोमबार, मंसिर १९, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

अनाथालय प्रमुख नै बलात्कारी !

बालिका बलात्कारको आरोपमा चन्द गत माघ १७ गते अनाथालयबाटै पक्राउ परेका हुन्।

सरकारबाट बाहिरिएका रास्वपाका मन्त्रीले किन गरेनन् पत्रकार सम्मेलन?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार नै सरकारबाट बाहिरिसकेको छ।

संसद् भवन अगाडि भिख माग्दै बालिका

अकासेपुलमा भिख माग्नका लागि राखिएकी एक अबोध बालिका

मिडियामाथि आक्रोशित रविले जे बोले…

आइतबार सरकारमा रहने वा बस्ने विषयमा भएको छलफलमा पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सरकारबाट बाहिरिने निर्णय सुनाउँदै पत्रकार सम्मेलन गरेका रविले भने सबै झोंक मिडियामाथि पोखेका छन्।

आउने चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री हुन्छु: रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने र आफू प्रधानमन्त्री हुने उद्घोष गरेका छन्

नारायणकाजीसँग मन्त्रालय साटफेरको चर्चा, मान्लान् रवि?

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा रहने कि बाहिरिने चर्चा चलिरहेको समयमा सत्ता गठबन्धन दलभित्र पार्टी सभापति रवि लामिछानेलाई भौतिक पूर्वाधार मन्त्रालय दिएर मनाउने तयारी भएको बताइएको छ।

फ्यानको मायाले रोइन् ‘पठान’की दीपिका

फिल्म सफल भएपछि निर्माता तथा कलाकार उत्साहित छन्।

रास्वपालाई गृह मन्त्रालय फिर्ता दिने प्रधानमन्त्री प्रचण्डको संकेत

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएको विषय समाधान हुने बताएर गृह मन्त्रालय फिर्ता दिने संकेत गरेका हुन्।

दलका कार्यकर्ता प्राज्ञ भएपछि योग्य कलाकारले कहिले पाउने अवसर?

राजनीतिमा चासो नदिने स्रष्टाप्रति राज्यले दायित्व बिर्सिंदा सहरमा कलाकार डिप्रेसनबाट गुज्रिनुपरेको र गाउँमा हराउनुपरेको वा खाडी मुलुक पलायन हुनुपर्ने अवस्था छ। कला र गलाका लागि सिर्जिएका चलचित्र विकास बोर्ड, प्रज्ञा प्रतिष्ठानलगायतका संस्था राजनीतिमय भएपछि स्रष्टाहरू ओझेल पर्दै छन्।

तत्काल पानी पर्ने सम्भावना छैन, आज काठमाडौंको तापक्रम कति?

देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

थप समाचार

नेपाल समय
लुम्बिनी

तुलसीपुरमा वडाले किसानलाई जग्गा दिने

वडाले उत्तरधारा जलाशय निर्माण गरिसकेकाले त्यस आसपासको २० बिघा जग्गा लिजमा लिएर किसानलाई उत्पादनका लागि उपलब्ध गराउने तयारी रहेको वडाध्यक्ष मानबहादुर रावतले बताए।
नेपाल समय
लुम्बिनी

आफैंले बनाएको बाटो

यहाँ पुल नभएका कारण पानी कम भएको समयमा बर्सेनि अस्थायी बाटोबाट मानिस नदी वारपार गर्ने गर्दछन् ।
नेपाल समय
लुम्बिनी

हात्तीको आतंक

बर्दियाको मधुवन नगरपालिका वडा नं. १ सूर्यपटुवामा सामुदायिक वनबाट आएका जंगली हात्तीले भत्काएको स्थानीयको घर।
नेपाल समय
लुम्बिनी

दादुरा प्रभावित क्षेत्रमा पुगे स्वास्थ्यमन्त्री

सुरुमा दादुरा देखिएको र एक बालकको मृत्यु भएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ मा पुगेर मन्त्री गिरीले घरघरमा पुगेर बालबालिकालाई खोप लगाउन आग्रह गरे।
नेपाल समय
लुम्बिनी

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिहीबार विश्वासको मत लिने भएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना