शुक्रबार, मंसिर १६, २०७९

मर्चवार बदल्ने उम्मेदवारको खोजी

विनोद परियार  |  काठमाडौं, बुधबार, असोज १२, २०७९

विनोद परियार

विनोद परियार

बुधबार, असोज १२, २०७९, काठमाडौं

नेपाल समय
रुपन्देहीको मर्चवार क्षेत्र।

बुटवल– विकासमा पछाडि परेको क्षेत्र हो, रुपन्देहीको मर्चवार। भारतीय सीमासँग जोडिएको मर्चवार सुगम जिल्लाको दुर्गम भेगका रुपमा परिचित छ। कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकाको क्षेत्र नै मर्चवार हो। यो त्यही ठाउँ हो, जहाँ हरेक निर्वाचनमा मतदाताले मत फेर्छन् र मतको सदुपयोग नभएकोमा सधैं पछुतो पनि मान्छन्। गरिबी, अशिक्षा र बेरोजगारी समस्यामा रहेका नागरिकसँग खेल्नु नेताहरुको पुरानै बानी हो। भनिन्छ, मर्चवारमा जसले पैसाको बिटो फाल्छ, उसैले चुनाव जित्छ।’ प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिएसँगै मर्चवारमा यस्तै चुनावी चर्चा बढ्न थालेको छ। 

कोटहीमाई गाउँपालिका कार्यालय नजिकै चिया पसलमा आजभोलि चियाको चुस्कीसँगै उम्मेदवारको चर्चा हुन थालेको छ। ‘आजभोलि यहाँ दैनिक नेताहरुकै बारेमा चर्चा हुन्छ,’ चिया पसलका सञ्चालक ३० वर्षिय अखिलेश मौर्यले भने। चिया पकाउँदै चुनावी गफ सुनिरहेका मौर्यले नेताहरुले निरन्तर ढाँट्दै आएकोमा आक्रोश पोखे। ‘मजस्ता युवा बेरोजगार भएर बस्नुपरेको छ, अहिले त यो सानो चिया पसल सञ्चालन गरेको छु। यो पनि चल्छ भन्ने ग्यारेन्टी छैन,’ मौर्यले गुनासो पोख्दै भने, ‘यसपालि गतिलो उम्मेदवार नभए त भोट दिन्न।’ 

कक्षा १० पढ्दापढ्दै आर्थिक अभावका कारण पढाइ छाडेका मौर्य आफ्नो सन्तानलाई पूरा शिक्षा दिन चाहन्छन्। २ छोरा र एक छोरीका बुबा बनिसकेका मौर्यले आर्थिक अभावका कारण स्वदेशै केही गर्ने आँटका साथ गाउँपालिका आडैमा चिया तथा नास्ता पसल सञ्चालन गरेका हुन्। ‘हाम्रो दु:खका बारेमा नेतालाई ५ वर्षसम्म कुनै वास्ता हुँदैन। अहिले मेरै चिया पसलमा आएर त्यो नेता र यो नेता भन्दै छलफल गरेको सुन्छु,’ उनले भने, ‘हामीजस्ता गरिब जनतालाई हेर्ने नेता कोही भएनन्।’ उनले यसपालि बूढा र यसअघि जितिसकेका नेतालाई मत नदिने बताए। ‘मर्चवारको विकास गर्ने, किसान, मजदुरको समस्या बुझ्ने नेता हामीलाई चाहिएको छ,’ उनले भने। 

त्यसो त मौर्यकी श्रीमती अञ्जनीदेवी मौर्यले गाउँमै आत्मनिर्भर बन्न पतिलाई चिया तथा नास्ता पसलमा सघाएकी छन्। ‘चुनाव आएपछि मर्चवारको विकास गर्छु भनेर आउने नेताहरुको कमी हुँदैन,’ उनले भनिन्, ‘चुनाव जितेपछि मर्चवारमा फर्किंदैनन्।’ उनले आफूहरुलाई विकास गर्ने नेताको आवश्यकता भएको बताइन्। 

नेपाल समय
कोटहीमाईका ३० वर्षिय अखिलेश मौर्य।

मर्चवार रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा पर्छ। यहाँका नागरिकले यो पटक मुद्दा हेरेर भोट दिने बताएका छन्। मझगावाका ३२ वर्षिय धर्मेश राजभरले युवाको सपना देख्ने र त्यसलाई पूरा गर्ने नेताको खोजीमा रहेको बताए।

‘म एक बेरोजगार युवा हुँ, २०७४ सालको निर्वाचनमा पनि हाम्रा लागि रोजगारी दिन्छौं भनेर नेताहरु आएका थिए,’ उनले भने, ‘बेरोजगार भएपछि बाध्य भएर म विदेश गएँ।’ धर्मेश ०७४ को निर्वाचनलगत्तै यूएई गएका थिए। उनले विदेशमा ४ वर्ष बसेर फर्किए पनि फेरि उतै जानुपर्ने बाध्यता रहेको सुनाए। ‘नेताहरुले आफ्नालाई मात्रै हेरे,’ उनले गुनासो पोखे, ‘कम्तीमा पनि मजस्ता युवाहरुलाई मर्चवारमै रोक्ने नेता चाहियो।’ मर्चवारमा कृषि भूमि भए पनि सिँचाइको अभावका कारण किसान प्रताडित छन्।

सरकारको नहरमा पानी नै नआउने समस्याले सताएको उनले बताए। ‘न किसानले रोपाइँ गर्ने बेला पानी पाउँछन्, न त गतिलोसँग बिजुली नै आउँछ,’ उनले भने। धर्मेश अहिले ३२ वर्षका भए, उनका २ छोरा र एक छोरी छन्। उनले खेती गर्न पनि आफ्नो जग्गा धेरै नहुँदा समस्या भएको बताए। ‘मंसिर चार नजिक त आयो, म भोट पनि दिन्छु तर भोट दिएबापत म फेरि खाडीमै जानुपर्ने हो त?’ धर्मेशको प्रश्न छ।

नेपाल समय
साइकलमा सामान बिक्री गर्ने इन्द्रजीत हरिजन।

धर्मेश मात्रै होइन, मर्चवारमा साइकलमै सामान बिक्री गरेर ६८ वर्ष पूरा भएका रामकिशोर हरिजनको कथा पनि उस्तै छ। ‘चिफ सापलाई जिताउँदै आएको हो, तर हाम्रो दुःख उस्तै छ,’ उनले भने। रामकिशोर साइकलमा बच्चाहरुले खाने मिठाइ, बिस्कुट, चकलेट जस्ता सामानहरु गाउँगाउँ डुलेर बिक्री गर्छन्। उनले यो काम गर्न थालेको दशक नाघिसक्यो। उनले मत दिएका नेताहरु गाडीमा धुलो उडाउँदै मर्चवारमा दौडिन्छन्, रामकिसनको भने साइकल पनि फेरिएको छैन।

‘अझै पनि हरिजनहरुलाई जातीय भेदभाव गरिन्छ, उत्पीडन छ,’ उनले भने, ‘यसपालि चिफ सापलाई मर्चवारको समस्या भन्ने हो।’ रामकिशोरले ‘चिफ साप’ भनेर सर्वेन्द्रनाथ शुक्लालाई भनेका हुन्। शुक्ला पटक पटक मर्चवार क्षेत्रबाट सांसदमा निर्वाचित भएका छन्। उनी सांसद मात्रै होइन, मन्त्री पनि भए। तर, मर्चवारी नागरिकले अझै भरोसायोग्य नेता भने भेटेका छैनन्। मर्चवारमा अझै पनि सडक गतिलो बन्न सकेको छैन। भरपर्दो शिक्षा उपलब्ध  हुन सकेको छैन। स्वास्थ्य चौकी, बिजुली, खानेपानीको समस्या उस्तै छ। कृषि भूमि रहेको यहाँ किसानले समयमा मल, बिउ पाउँदैनन्। 

शुक्ला र यादव फेरि भिड्न सक्छन् 
मर्चवार स्वाभाविक रुपमा मधेशवादी दलहरुको दबदबा भएको क्षेत्र हो। २०४८ सालयताको निर्वाचनमा कम्युनिष्ट पार्टीहरुको प्रवेश भएकै छैन यहाँ। कांग्रेसले समेत २०७४ सालमा मात्रै आफ्नो उपस्थिति देखाएको हो। यहाँ सांगठनिक रूपमा एमाले कमजोर देखिन्छ। कांग्रेसबाट यादव नै दोहोरिने निश्चित जस्तै रहेको एक नेताले बताए। यद्यपि कांग्रेस नेता आशुतोष मिश्रको दाबी छ। तर, पटक–पटक जितेर मन्त्री भएका नेता सर्वेन्द्रनाथ शुक्ला निर्वाचनको मैदानमा उत्रने तयारीमा जुटेका छन्। 

गत निर्वाचनमा कांग्रेसका प्रमोदकुमार यादवसँग पराजित भएका शुक्ला अहिले लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य छन्। लोसपा रूपन्देहीका अध्यक्ष अजय बर्माले शुक्ला लड्ने निश्चित जस्तै रहेको बताए। लोसपाले कोसँग गठबन्धन गर्छ, त्यस आधारमा पनि उम्मेदवार तय हुने नेताहरुको मत छ। तर, लोसपाले शुक्लालाई नै उठाउने गरी सत्ता गठबन्धन वा एमालेसँग तालमेल गर्न सक्ने सम्भावना पनि छ। मर्चवारमा तुलनात्मक रुपमा शुक्लाले बढी दबदबा राखेको देखिए पनि मतदाता स्थिर भने छैनन्। 

नेपाल समय
साइकलमा स्कुल जाँदै मर्चवारका विद्यार्थी।

२०४८ सालको आमचुनावमा नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्ता मर्चवार भेग पर्ने तत्कालीन रुपन्देही क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए। २०५१ सालमा राप्रपाबाट सर्वेन्द्रनाथ शुक्ला विजयी भए। २०५६ सालको चुनावमा सद्भावनाले दोस्रोपटक चुनाव जित्दा यज्ञजित शाह सांसद बने। २०६४ सालको संविधानसभाको चुनावमा तत्कालीन क्षेत्र नम्बर ६ बाट मधेशी जनाधिकार फोरमका ओमप्रकाश यादव र २०७० को अर्को संविधानसभाको चुनावमा तराई मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्ला विजयी भए।

२०७४ सालमा प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमोद यादव विजयी भए। दुवै प्रदेशसभा पनि कांग्रेसले नै हात पार्यो। त्यसैले मर्चवारी जनताले विकासमा परिवर्तन खोजेको देखिन्छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत जोड्दा यो क्षेत्रमा शुक्लाको पार्टी अगाडि देखिन्छ। लोसपाको १६, २२६, कांग्रेसको १५,६२७, जनमत पार्टीको ७,७३४, एमालेको ७,६०५ मत वडाध्यक्षहरूले पाएका छन्। 


प्रकाशित: September 28, 2022 | 07:49:50 काठमाडौं, बुधबार, असोज १२, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
लुम्बिनी

बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालय बनाइने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सन् २०३० सम्ममा अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयका रुपमा विकसित गरिने योजना सार्वजनिक गरेको छ।
नेपाल समय
लुम्बिनी

बाँकेमा गठबन्धनलाई धक्का: बहालवाला र पूर्वमन्त्री पराजित

देशभरिजस्तै बाँकेमा पनि मिश्रित परिणाम आए पनि एमाले निराश हुनु परेन। प्रतिनिधिसभा र प्रदेशसभा गरी नौवटा सिट रहेको बाँकेमा प्रतिनिधिसभाका तीन सिटमध्ये गठबन्धनले एउटा निर्वाचन क्षेत्र मात्रै जोगाउन सफल भयो।
नेपाल समय
लुम्बिनी

रुपन्देही-२ को मतगणना रोकियो

रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना रोकिएको छ।
नेपाल समय
लुम्बिनी

प्रदीप ज्ञवालीलाई हराउँदै चन्द्र भण्डारी निर्वाचित

गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी विजयी भएका छन्। उनले एमालेका प्रदीप ज्ञवालीलाई पराजित गरेका हुन्।
नेपाल समय
लुम्बिनी

बाँके-२ मा राप्रपाका धवलशमशेर निर्वाचित

बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. धवलशमशेर जबरा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनी २९ हजार ५७७ मतका साथ विजयी भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना