सोमबार, असोज १०, २०७९
दाङमा चुनाव-चर्चा

०७४ मा एउटै विजयोत्सव मनाएका शंकर पोखरेल र कृष्णबहादुर महरा आमनेसामने

नवीन अभिलाषी  |  काठमाडौं, बिहीबार, साउन २६, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

बिहीबार, साउन २६, २०७९, काठमाडौं

नेपाल समय
दाङका तीनवटा निर्वाचन क्षेत्रबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आकांक्षीहरु।

बाँके- बाम गठबन्धनको छाता ओढेर २०७४ सालको आम निर्वाचनमा होमिएका नेकपा माओवादीका नेता कृष्णबहादुर महरा र नेकपा एमालेका नेता शंकर पोखरेलले दाङबाट नेपाली कांग्रेसलाई पत्तासाफ बनाएका थिए। तीन निर्वाचन क्षेत्र रहेको दाङमा तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा सदस्यको सिटमा नेपाली कांग्रेसले एउटा प्रदेशसभाको सिटमा बिउ जोगाउन सकेको थिएन। तर बितेको यो पाँच वर्षमा भएको राजनीतिक उतारचढावले उनै कृष्णबहादुर महरा र शंकर पोखरेललाई आमनेसामने बनाइदिएको छ। 

आगामी मंसिर ४ गते सरकारले प्रनितिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेपछि दाङमा दलहरु आन्तरिक रुपमा चुनावी तयारीमा जुटिसकेका छन्। निर्वाचनमा दाङको तीनवटै संघीय र ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवार आफ्नो लबिङमा त लागेका छन् नै, गाउँमा पसेर चुवानी चर्चाको सुरु गर्न थालेका छन्। यसैक्रममा दाङ पुगेका महराले जनतासँग भेटघाट, छलफल गर्नुका साथै विकास निर्माणको अवस्थाका विषयमा अवलोकन गरेका छन्। उनले पार्टी र गठबन्धनका जिल्ला नेतासँग निर्वाचनको रणनीतिका विषयमा कुरा गरेर निर्वाचन आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन्। 

अहिलेको पाँच दलीय गठबन्धनसँग एक्लै स्थानीय तहको निर्वाचनमा होमिएको नेकपा एमाले दाङमा आकलन गरिए जस्तो कमजोर देखिएन। हालै सम्पन्न स्थानीय निर्वाचनमा उपमहानगरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टी सहितको गठबन्धनलाई हराएर विरासत संरक्षण गरेको नेकपा एमाले यो निर्वाचनमा पनि हरेस खाएको छैन। 

बाम गठबन्धनमा दाङ बलियो देखिएको बेला हेवी वेट नेताको रुपमा चिनिएर २०७४ सालको निर्वाचन जितेका यी दुई ठूला दलका उच्च नेताहरुबीच अहिले संघीय निर्वाचनमा भेट हुने लगभग पक्का भएको छ। तर गठबन्धनका कारण दाङमा नेपाली कांग्रेसका केही सम्भावना भएका नेताहरु पछि पर्नेछन्। दाङको लामो राजनीतिक इतिहासमा बलियो देखिने नेपाली कांग्रेसले गठबन्धनकै कारण केही नेताको सम्भावनालाई मार्न बाध्य हुनेछ। जसका कारण नेपाली कांग्रेसभित्र असन्तुष्टि जनाउने-नेता कार्यकर्ताको पंक्ति पनि प्रष्ट देखिने गरेको छ। 

भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा दुई उपमहानगरपालिकामा पराजित बनेको गठबन्धनभित्रका दलहरुले एकले अर्कालाई घात गरेको आरोप लगाउँदै आएका थिए। यो प्रवृत्ति अबको निर्वाचनमा नदेखियोस् भन्ने अधिकतम प्रयास गरेको दुवै दलका नेताहरुले बताएका छन्। त्यसका लागि संठगन विस्तार, सुदृढीकरण र प्रशिक्षणलाई मजबुद बनाएको नेताहरुको भनाइ छ। 

नेपाल समय
नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी।

दाङ-१ मा दोहोरिएलान् मेटमणि? 

वर्तमान गठबन्धन सरकारका सहरी विकास मन्त्री मेटमणि चौधरी दाङबाट नेकपा एमालेका शंकर पोखरेलपछिका बौद्धिक र प्रभावशाली नेताको रुपमा छवि निर्माण गर्न थालेको भनेर चर्चा हुने नेता हुन्। तर पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लागेपछि उनको चर्चा अहिले फरक रुपमा हुन थालेको छ। त्यसो त गठबन्धनबाट मन्त्री बनेका मेटमणिले दाङ क्षेत्र नम्बर १ बाट टिकट पाउने पक्का छ। 

उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन्। २०७४ को निर्वाचनमा बाम गठबन्धन हुँदा कांग्रेसकी सुशीला चौधरीलाई मन्त्री चौधरीले पराजित गरेका हुन्। मन्त्री चौधरी ३७ हजार ९०८ मत ल्याएर विजयी भएका थिए भने नेपाली कांग्रेसकी सुशीला चौधरीले २४ हजार ७४ मत ल्याएकी थिइन्।

नेकपा एमाले विरुद्धको दोस्रो चरणको यो निर्वाचनमा बलियो छवि भएका नेतालाई टिकट दिने गठबन्धनको शैलीभित्र मेटमणि उपयुक्त पात्रको रुपमा देखिएका छन्। उनको सामना नेकपा एमालेबाट कसले गर्नेछ भन्नेबारे नेकपा एमालेका नेताहरुले खुलेर भन्न नसके पनि वर्तमान प्रदेशसभा सदस्य रेवतीरमण शर्मा घिमिरेको नाम अहिले चर्चामा छ। त्यसो त नेकपा एमालेकी नेतृ गंगा चौधरीको नाम पनि सुनिन थालेको छ। 

नेकपा एकीकृत समाजवादी दाङका अध्यक्ष सुरामणि बेल्बासे अबको निर्वाचनबाट दाङ क्षेत्र नम्बर १ को प्रनितिधिसभा सदस्यका लागि मेटमणि चौधरीको विकल्प नभएको बताउँछन्। गठबन्धनले यो कुरालाई महसुस गरिसकेको पनि उनले बताए। यद्यपि सिट बाँडफाँडमा गठबन्धनले जे निर्णय गर्छ त्यसकै आधारमा आफ्नो पार्टीले काम गर्ने उनले बताए। उता नेकपा माओवादी केन्द्रबाट पनि केही नामहरु सुनिएका छन्। त्यसमध्ये हाल प्रदेशका स्वास्थ्य मन्त्रीसमेत रहेका इन्द्रजित चौधरी हुन्। 

नेपाल समय
नेकपा एमालेका शंकर पोखरेल।

शंकर पोखरेल र महराको रोचक भिडन्त

पार्टी संगठन निर्माणका योजनाकारको रुपमा दरिएका दुई ठूला दलका प्रभावशाली नेताहरु हुन् नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा। तर यी दुवै नेताहरु विवादित बने। गत निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित महरा सभामुख बनेका थिए भने प्रदेशसभाको कबाट निर्वाचित शंकर पोखरेल प्रदेशको मुख्यमन्त्री बने। पोखरेलको कार्यकाल प्रभावकारी बनेको र विकासका थुप्रै गतिविधिहरु भएको जिल्लामा चर्चा हुने गरेको छ। दाङमा राजधानी निर्माण गर्ने प्रमुख मुद्दा शंकर पोखरेलले पूरा समेत गरे। 

२०७४ सालमा एउटै गाडीमा चढेर एउटै सभामा भाषणा गर्दै एउटै एजेण्डा लिएर निर्वाचन जितेका यी नेताले विजयोत्सव पनि एउटै जुलुसमा मनाएका थिए। तर अहिलेको निर्वाचनमा यी नै नेताहरु एकआपसको मुकाविला गर्ने अवस्थामा आइपुगेका छन्। प्रदेश राजधानीको निर्वाचन क्षेत्र नम्बर २ मा दुई पार्टीका उपाध्यक्ष र महासचिवबीचको प्रतिस्पर्धालाई रोचक भिडन्तको रुपमा हेरिएको छ। 

गठबन्धनबाट माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले टिकट पाउने निश्चितप्राय: देखिन्छ भने नेकपा एमालेबाट महासचिव शंकर पोखरेलको विकल्प नदेखिएको जिल्लाका नेता कार्यकर्ताहरुले बताउने गरेका छन्। उम्मेदवार बन्ने सुनिश्चित भएसँगै त्यस प्रकारको चुनावी चर्चा पनि जिल्लामा सुरु भइसकेको छ। पोखरेल नेकपा एमालेको किङ मेकर मात्र होइनन्, उनी एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र पनि हुन्। महरा पनि माओवादीबाट पटक पटक मन्त्री र सभामुखसमेत भइसकेका प्रभावशाली नेता हुन् भने पार्टी अध्यक्ष प्रचण्डका विश्वास पात्रको रुपमा चिनिने गरेका छन्। 

यो निर्वाचनमा महरालाई सामना गर्न पोखरेललाई सहज छैन भने शंकर पोखरेललाई महराले पनि कम आकलन गरेका छैनन्। किनकी बितेको पाँच वर्षमा पोखरेलले मुख्यमन्त्रीको रुपमा क्षेत्र नम्बर २ मा धेरै बलियो जनमत निर्माण गरेको विष्लेषण हुन्छ। गठबन्धनका कारण नेपाली कांग्रेसले यो क्षेत्रबाट अहिलेको निर्वाचनमा पनि भाग लिन नपाउने देखिएको छ। २०७० को संविधानसभाको निर्वाचनमा जितेका नेपाली कांग्रेसका राजु खनाल राम्रो सम्भावना भएका नेता हुन्। तर निर्वाचन लड्ने आकांक्षा राखेको भए पनि संघमा उनले टिकट पाउने सम्भावना न्यून रहेको पार्टीभित्रकै नेताहरु बताउँछन्। गठबन्धनले कृष्णबहादुर महरालाई रोकेर राजु खनाललाई टिकट दिने सम्भावना नरहेको विश्लेषण छ। कतिपयले खनालले यही बुझेर प्रदेशमा लड्ने आकांक्षा ब्यक्त गरेको बताएका छन्। 

नेपाल समय
२०७४ सालमा एउटै विजय सभामा सहभागी कृष्णबहादुर महरा र शंकर पोखरेल। महरा प्रतिनिधिसभा र पोखरेल प्रदेशसभामा निर्वाचित भएका हुन्।

गठबन्धनबाट निर्विकल्प हुन् दीपक गिरी? 

दाङ क्षेत्र नम्बर २ मा हेवी वेटको भिडन्तको रुपमा रोचक भन्दै गर्दा क्षेत्र नम्बर ३ पनि कम चासोको निर्वाचन छैन। गत निर्वाचनमा बाम गठबन्धनबाट लोकप्रिय मतसहित निर्वाचित भएका तत्कालिन नेकपा एमालेका नेता तथा अहिले नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्य राज्यमन्त्री बनेका हिराचन्द्र केसीको क्षेत्र हो यो। नेपाली कांग्रेसले पनि क्षेत्र न ३ लाई दिपक गिरीको एरिया भन्ने गरेको छ। 

कांग्रेसका केन्द्रीय सदस्य गिरी यस क्षेत्रका प्रभावशाली नेता हुन्। गठबन्धनबाट उनी यो क्षेत्रबाट उम्मेदवार हुने सम्भावना प्रबल देखिएको छ। अघिल्लो निर्वाचनमा गिरी हालका स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीसँग पराजित भएका थिए। बाम गठबन्धनसँग एक्लै भिडेका गिरीले केसीसँग पराजित हुनुपरेको थियो। तर यो निर्वाचनमा टिकटका लागि गिरीले गठबन्धन भित्रै मेहनत गर्नुपर्ने देखिन्छ। तीन निर्वाचन क्षेत्रमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक-एक निर्वाचन भागवण्डा गर्दा क्षेत्र नम्बर ३ दिपक गिरीको गोजीमा हुनेछ। तर क्षेत्र नम्बर १ मा मेटमणिलाई ब्याक गराएर कांग्रेसले उम्मेदवार उठायो भने गिरी ब्याक भएर हिराचन्द्र केसीकै प्रचारमा खटिनुपर्नेछ। किनकी दाङमा एकीकृत समाजवादीका मेटमणि र हिराचन्द्र दुवैले टिकट पाउने सम्भावना छैन। 

सम्भवत: गिरीको प्रतिस्पर्धा नेकपा एमालेका नेता घनश्याम पाण्डे वा राष्ट्रिय सभाकी सांसद कोमल वलीसँग हुनेछ। घनश्याम पाण्डे तुलसीपुर उपमहानगरका निवर्तमान प्रमुख हुन्। पाण्डे जिल्लाका बौद्धिक, कर्मशील नेताको रुपमा छवि बनाएका छन्। उता माओवादीबाट पनि केही नेताहरुको नाम सुनिएको छ। प्रदेशसभामा उठेर पराजित भएका हाल राष्ट्रियसभाका सांसद जगप्रसाद शर्मा समेत आकांक्षी देखिएको र पार्टीमा लबिङ भइरहेको पार्टीका केही नेताहरुले बताएका छन्। २०७४ सालमा दाङका सबै क्षेत्र बाम गठबन्धनले जित्दा क्षेत्र नम्बर ३  (क)मा शर्मा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीसँग पराजित भएका थिए।


प्रकाशित: August 11, 2022 | 17:40:00 काठमाडौं, बिहीबार, साउन २६, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
लुम्बिनी

नागरिकता विधेयक रोकिँदा लाखौं अनागरिक भए: गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण गरेको टिप्पणी गरेका छन्।
नेपाल समय
लुम्बिनी

कोहलपुरमा चाडपर्वका बेला चोरको बिगबिगीः प्रहरी निरीह, व्यवसायी त्रसित

एक महिनामै कोहलपुर नगरभित्रका १० वटा घर तथा पसलमा चोरी भएपछि स्थानीय त्रसित छन्। चाडपर्व भित्रिँदै गएका बेला चोरी बढिरहे पनि ढोकैमा रहेको प्रहरीले सुरक्षा दिन नसकेको नागरिकको गुनासो छ।
नेपाल समय
लुम्बिनी

देवदह नगरकमिटी अध्यक्ष चापागाईंद्वारा एमाले परित्याग

नेकपा एमाले देवदह नगर कमिटीका अध्यक्ष टिकाराम चापागाईंले एमाले परित्याग गरेका छन्। देवदहमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष चापागाईंले पार्टीको सबै जिम्मेवारी र पार्टी सदस्यता समेत परित्याग गरेको घोषणा गरेका हुन्।
नेपाल समय
लुम्बिनी

बुद्धभूमिमा बस र ट्रक ठोक्किँदा एकको मृत्यु, ३१ जना घाइते

दुर्घटनामा घाइते ३१ जना मध्ये २० जनाको गोरुसिंगे र ११ जनाको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ।
नेपाल समय
लुम्बिनी

चाडपर्व लक्षित बुटवल बसपार्कमा सहायता कक्ष स्थापना

चाडबाडको समयमा यात्रुहरु अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्यसम्बन्धि समस्या हुनसक्ने भएकाले बिहीबारदेखि बसपार्कमा सहायता कक्ष स्थापना गरेको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना