शुक्रबार, असोज २१, २०७९

लुम्बिनीमा अलपत्र विद्युतीय बस दसैंअघि नै चल्ने

विनोद परियार  |  काठमाडौं, बिहीबार, साउन २६, २०७९

विनोद परियार

विनोद परियार

बिहीबार, साउन २६, २०७९, काठमाडौं

नेपाल समय

बुटवल- करिब डेढ वर्षसम्म लुम्बिनीमा आएर अलपत्र विद्युतीय गाडी आगामी दसैंअगावै सञ्चालनमा आउने भएका छन्। लुम्बिनी विकास कोषले कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएर दसैंअघि नै विद्युतीय गाडी सञ्चालन गर्ने गरी काम गरेको हो। 

लुम्बिनीमा विद्युतीय सवारी सञ्चालनका सम्बन्धमा कार्यविधि निर्माण गर्ने, प्राप्त भएका ५ वटा बस र १४ वटा भ्यानको प्राविधिक जाँच गर्ने तथा दिगो रुपमा सञ्चालनका लागि आइपर्ने प्राविधिक पक्षका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल गर्ने काम भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ।  

एसियाली विकास बैंकले डेढ वर्षअगाडि लुम्बिनीलाई प्रदूषणमुक्त बनाउन भन्दै ५ वटा विद्युतीय बस र १४ वटा विद्युतीय भ्यान अनुदानमा कोषलाई उपलब्ध गराएको थियो। ‘अहिले हामीले विद्युतीय सवारी जतिसक्दो चाँडो सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौं, अफिसियल टेस्ट गरेलगत्तै परीक्षण सञ्चालन गर्छौ,’ लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले भने। 

उनका अनुसार परीक्षण सञ्चालनका लागि अहिले थन्किएर बसेका बस र भ्यानहरूको प्राविधिक जाँच गर्ने र चार्जिङ स्टेशन निर्माणबारे विद्युत प्राधिकरणको टोलीसँग छलफल भइरहेको छ। ‘दसैंअगाडि नै औपचारिक सञ्चालन गर्ने गरी हामीले तयारी गरेका छौं,’ कोषाध्यक्ष भट्टराईले भने, ‘सञ्चालन मोडालिटीका बारेमा हामीले कार्यविधिलाई पनि छिट्टै टुंगोमा पुर्‍याउनेछौं।’

लुम्बिनी विकास कोषको साउन १७ गते बसेको परिषद् बैठकले पर्यटकको सुविधाका लागि ल्याइएको विद्युतीय गाडीलाई यथाशिघ्र सञ्चालन गर्ने निर्णय गरेको थियो। 

नेपाल समय

यो निर्णयसँगै कार्यदलका संयोजक समेत रहेका कोषाध्यक्ष भट्टराईले दिगो रुपमा सञ्चालन गर्ने मोडालिटी सहित आवश्यक पूर्वाधार निर्माण र प्राविधिक परीक्षणको कार्यलाई तिव्रता दिएको बताए। उनका अनुसार पहिलो प्राथमिकतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनी र लुम्बिनीबाट बुद्ध सर्किटका क्षेत्र तिलौराकोट, देवदह र रामग्रामम्म विद्युतीय गाडी चल्नेछ। त्यसपछि आन्तरिक पर्यटकलाई लक्षित गरी बुटवलबाट पनि एउटा विद्युतीय गाडी लुम्बिनीसम्म सञ्चालन गर्ने योजना रहेको कोषाध्यक्ष भट्टराईले बताए। 

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको नाममा रहेको विद्युतीय सवारी लुम्बिनी विकास कोषको नाममा ल्याउने कार्य शुरु गरिएको समेत उनले बताए। लुम्बिनीमा एसियाली विकास बैंकको क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत १३ करोडको लागतमा बस तथा भ्यान भित्रिएका हुन्। सरकारले यी सवारी साधनका लागि साढे तीन करोड भन्सार शुल्क ब्यहोरेको छ।

लुम्बिनीमा विद्युतीय सवारी सञ्चालन गरेर देशमै नयाँ सन्देश दिने तयारीमा जुटेको कोषका कोषाध्यक्ष भट्टराईले सुनाए। ‘कतिपय कानुनी र प्राविधिक जटिलतालाई सहज बनाउने कामा हामी लागेका छौं,’ उनले भने, ‘विद्युतीय सवारी सञ्चालन हुनसके यसले पर्यटकलाई सुविधा त दिन्छ नै, सँगै नेपालमा विद्युतीय बस पनि चल्न सम्भव छ भन्ने सन्देश जानेछ।’ 

लुम्बिनी विकास कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले समेत प्राप्त भइसकेको विद्युतीय बस छिटो सञ्चालन गर्न तत्परता देखाएका छन्। 

नेपाल समय

लुम्बिनीमै बसेको परिषद् बैठकमा समेत उनले विद्युतीय गाडी तुरुन्त सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गर्न कार्यदललाई निर्देशन दिएका थिए।  

१९ सिट क्षमताका बस अन्तर्राष्ट्रिय मापदण्डका रहेको, बसमा कार्ड भुक्तानी गर्ने ‘अटोमेटिक सिस्टम’ जडान गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए। बस एक पटक फुल चार्ज हुँदा ३ सय किमीसम्म चल्न सक्छ। सवारी साधनको ब्याट्री चार्जका लागि लुम्बिनी र गौतमबुद्ध विमानस्थलमा तत्काल चार्जिङ स्टेशन खडा गर्ने गरी विद्युुत प्राधिकरणको टोलीले अध्ययन थालेको छ। दुवै स्टेशन सौर्य उर्जामा आधारित रहनेछन् र यसका लागि एडिबीले १३ लाख ९० हजार अमेरिकी डलर थप अनुदान प्रदान गरेको कोषले जनाएको छ। चार्जिङ स्टेशनमा २० वटा नियमित चार्जर र ५ वटा छिटो चार्ज हुने मेशिन जडान हुनेछ। 

कार्यदलले कामलाई तिव्रता दिएको र मन्त्रालयले गाडी हस्तान्तरणको प्रक्रिया अगाडि बढाएकाले चाँडै सञ्चालन हुने बताए। कोषले हरियो नम्बर प्लेटमा गाडी चलाउने तयारी गरेको छ। गाडी नम्बर भने प्राप्त भइसकेको छ। लुम्बिनी विकास कोषमा करिव डेढ वर्षसम्म अलपत्र विद्युतीय सवारी सञ्चालन गर्ने तयारी भएसँगै पर्यटकलाई सुविधा हुने भएको छ।


प्रकाशित: August 11, 2022 | 16:45:50 काठमाडौं, बिहीबार, साउन २६, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
लुम्बिनी

बर्दियाको गुलरीयामा बाढी पस्‍यो, ५० भन्दा बढी घरहरु डुबान

बर्दीयाको सदरमुका गुलरीया-५ मा बबई नदीको बाढी पस्दा ५० भन्दा बढी घरहरु डुबानमा परेका छन्। मंगलबार रातिदेखि परेको अविरल वर्षाले बबई नदीको बाढी गुलरिया-५ वालापुरमा पसेको हो।
नेपाल समय
लुम्बिनी

खोलाले बगाउँदा दाङमा एकजना वेपत्ता

खोलाले बगाउँदा दाङमा एकजना वेपत्ता भएका छन्।
नेपाल समय
लुम्बिनी

लमहीको अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

दाङमा डुबेर दुईजनाको मृत्यु भएको छ।
नेपाल समय
लुम्बिनी

निःशुल्क बिजुली बसले लुम्बिनीमा पर्यटकलाई सहज

लुम्बिनी विकास कोषले दसैंको अवसर पारेर डेढ वर्षअघि लुम्बिनीमा ल्याएका बिजुली बसको यान्त्रिक परीक्षणका लागि निःशुल्क बस सञ्चालन भएपछि पर्यटकहरुले लाभ लिएका छन्।
नेपाल समय
लुम्बिनी

लुम्बिनीमा विद्युतीय गाडी सञ्चालन

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तय, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषाध्यक्ष सिद्विचरण भट्टराईले शुभारम्भ गरेका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना