बुधबार, असोज १२, २०७९
बाँकेमा निर्वाचन सरगर्मी

कांग्रेसलाई गठबन्धनबाटै 'बाइपास' हुने त्रास, इस्तियाक र धबलशमशेरबीच 'फेस टु फेस'को सम्भावना

नवीन अभिलाषी  |  काठमाडौं, बुधबार, साउन २५, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

बुधबार, साउन २५, २०७९, काठमाडौं

नेपाल समय

नेपालगञ्ज– साउने झरीको मौसममा अत्यधिक गर्मीले तात्ने गरेको बाँकेमा यतिबेला चुनावी सरगर्मी बढेको छ। सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेपछि बाँकेमा राजनीतिक जोडघटाउ सुरु भइसकेको छ। 

ठूला राजनीतिक दलसहित अन्य साना दलहरूले समेत बेलाबेला वर्चस्व देखाउन सक्ने र देखाउँदै आएको नेपालगञ्जसहितको बाँके प्रत्येक निर्वाचनमा चासोको केन्द्र बन्ने गरेको छ।

त्यो चासो अहिलेको निर्वाचनमा थप बढेको देखिन्छ। पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जको सहरी क्षेत्र बाँकेको क्षेत्र नम्बर २ मा पर्छ। 

३ निर्वाचन क्षेत्र भएको बाँकेमा अन्यको तुलनामा क्षेत्र नम्बर २ सधैं चर्चामा आउने गरेको  छ। नेपालगञ्ज उपमहानगर रहेको बाँकेको क्षेत्र नम्बर २ नेपाली कांग्रेसका पूर्वसभापति तथा तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाको क्षेत्र मानिन्छ। कोइरालाले तीन पटक निर्वाचन जितेको स्थानलाई कांग्रेसले आफ्नो सुरक्षित क्षेत्रको रूपमा अथ्र्याउने गरेको छ। राप्रपाले समेत क्षेत्र नम्बर २ लाई आफ्नो उर्बर क्षेत्र भन्ने गरेको छ। यही क्षेत्रबाटै राप्रपा महामन्त्री डा. धबलशमशेर राणा नेपालगञ्ज उपमहानगरको नगर प्रमुखमा निर्वाचित भएर पाँच वर्षे कार्यकाल पूरा गरिसकेका छन्।

कांग्रेसका पूर्वसभापति स्व. सुशील कोइराला र राप्रपा महामन्त्री राणाको निर्वाचन क्षेत्र रहेको यहाँ दुई दशकदेखि यिनै दुई नेताबीच प्रतिस्पर्धा हुँदै आएको छ। 

बाँके क्षेत्र नम्बर २ जनता समाजवादी पार्टी जसपाको पकडमा छ भन्नेहरू पनि कम छैनन्। हालका बहालवाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका मोहम्मद इस्तियाक राई गत निर्वाचनमा यही क्षेत्रबाट राम्रो मतसहित निर्वाचित भएका हुन्। उनले आफ्नो पक्षमा जनमत निर्माणमा निकै मिहिनेत गरेको राजनीतिक वृत्तमा चर्चा हुँदै आएको छ।

कार्यकर्ता परिचालनमा पहिलेदेखि नै चासो राख्दै आएका इस्तियाक जिल्ला आएको समय कार्यकर्तालाई भेट्ने, स्थानीय विकासमा छलफल गर्नेदेखि विभिन्न अवस्थामा राहतका सामग्री लिएर मतदाताकै आँगनमा पुग्ने भएकाले उनको चर्चा बेग्लै प्रकारको छ। यसबाहेक तुलनात्मक रूपमा कमजोर देखिएका नेकपा एमाले र नेकपा माओवादीको चुनावी अभियान पनि यस पटक कमजोर आकलन गर्न मिल्ने खाले नभएको स्थानीय जानकार बताउँछन्। 

३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा स्थानीय तह निर्वाचनमा गतिलो मत ल्याएको कांग्रेसले गठबन्धनभित्रका दललाई टिकटमा चित्त बुझाउनुपर्ने अवस्था आए पकड क्षेत्रसमेत गुमाउनुपर्ने अवस्था छ।

पूर्वसभापति स्व. कोइरालाले तीन पटक निर्वाचन जितेको क्षेत्र यस पटकको निर्वाचनमा कांग्रेस नछाड्ने पक्षमा देखिएको छ। यसअघिको निर्वाचनमा वाम गठबन्धनविरुद्ध राप्रपालाई समर्थन गरेर निर्वाचनमा होमिएको कांग्रेसले यो क्षेत्रबाट हात धुनुपरेको थियो। यसलाई कतिपयले बाँकेमा कांग्रेस कमजोर देखिएको समेत विश्लेषण गरेका थिए। 

तर कांग्रेस बाँकेका सभापति नारायण गौडेल क्षेत्र नम्बर २ मात्र नभई बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको पकड रहेको बताउँछन्। सत्ता सम्हालिरहेको पार्टीले बाँके छाड्नु घातक हुने गौडेलको अनुमान छ। क्षेत्र नम्बर २ मा दाबी गर्नुका पछाडि भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा धेरै मत आएको उक्त पार्टीका नेताहरू बताउँछन्।

स्थानीय तह निर्वाचनमा नेपालगञ्जमा गठबन्धन गरेर जितेको कांग्रेसले क्षेत्र नम्बर २ मा पर्ने डुडुवा गाउँपालिकामा गठबन्धनबिनै जित हात पारेको थियो। 

कांग्रेस बाँकेकी नेतृ तथा नेपालगञ्ज उपमहानगरकी निवर्तमान उपमेयर उमा थापा सामाजिक सञ्जालमा कांग्रेसले विरासत जोगाउँदै आएको क्षेत्र छाड्न नहुने उल्लेख गरेकी छन्। केन्द्रीय स्तरमा दलहरूबीच हुने गरेको सिट बाँडफाँटले गएको निर्वाचनमा कांग्रेस कमजोर देखिएको पार्टीभित्रकै नेताहरूको ठहर छ।

दशकौंदेखि खाइपाई आएको क्षेत्र अहिलेको निर्वाचनमा समेत छाड्नुपर्ने हो कि भन्ने कांग्रेसमा त्रास छ। त्रासकै बीच कांग्रेसका नेताहरू टिकट प्राप्त गर्ने लाइनमा छन्।

त्यो लाइन जिल्ला पार्टीका पूर्वसभापति किरण कोइराला, सुरेन्द्र हमाल, गजेन्द्र हमालदेखि निरञ्जनसिंह सिजापतिसम्मका नेताहरू देखिएका छन्। 

जसपा नेता तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईलाई पन्छाएर गठबन्धनभित्रकै लडाइँ जित्न कांग्रेसलाई कठिन हुने देखिएको छ। यसको कारणचाहिँ जसपाका लागि इस्तियाक राईले गरेको लामो समयदेखिको लगानी उठाउने प्रमुख क्षेत्रमध्ये बाँके क्षेत्र नम्बर २ पनि हो। राई वर्तमान समय बाँकेमा प्रभावशाली र लोकप्रिय नेताको रूपमा गनिन थालेका छन्। 

सोही कारण जसपा इस्तियाक राईलाई समातेर यो क्षेत्र कुनै पनि हालतमा छाड्ने मनस्थितिमा छैन। 

मन्त्री इस्तियाक राईको प्रतिस्पर्धी नै नभएको पार्टीका सचिव राजेन्द्र विश्वकर्मा दाबी गर्छन्। यदि कांग्रेसलाई विकल्प दिएर राईले टिकट पाए उनको असली प्रतिस्पर्धा राप्रपा महामन्त्री तथा निवर्तमान नगरप्रमुख राणासँग हुनेछ। राप्रपा महामन्त्री राणाले आफ्नो जीवनकालभर मिहिनेत गरेको बाँके क्षेत्र नम्बर २ को  यो निर्वाचनमा अन्य दललाई कठिन हुने देखिन्छ। 

बाँके क्षेत्र नम्बर १ मा कांग्रेसबाट पार्टी सभापति नारायण गौडेलदेखि क्षेत्रीय सभापति पोषण केसीले समेत इच्छा देखाएका छन्। नेकपा माओवादीबाट वर्तमान सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र प्रदेशसभा सदस्य कृष्णा केसीको दाबी रहेको बुझिएको छ। नेकपा एमालेबाट सूर्य ढकाल र देवराज भारको नाम चर्चामा छ। 

बाँके क्षेत्र नम्बर ३ का लागि कांग्रेसबाट बादशाह कुर्मी, लक्ष्मीनारायण शाह र मेघराज ओली आकांक्षीको रूपमा देखिएका छन् भने एमालेबाट जिल्ला पार्टी अध्यक्ष किस्मतकुमार कक्षपति, रत्न खत्री र भीम ओलीको नाम बाहिर आएको छ।


प्रकाशित: August 10, 2022 | 17:05:00 काठमाडौं, बुधबार, साउन २५, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
लुम्बिनी

मर्चवार बदल्ने उम्मेदवारको खोजी

भनिन्छ, मर्चवारमा जसले पैसाको बिटो फाल्छ, उसैले चुनाव जित्छ।’ प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिएसँगै मर्चवारमा यस्तै चुनावी चर्चा बढ्न थालेको छ।
नेपाल समय
लुम्बिनी

लुम्बिनीका विद्युतीय गाडीको यान्त्रिक परीक्षण असोज १५ देखि

असोज १५ देखि ५ दिनसम्म अफिसियल परीक्षणसमेत हुने गरी नि:शुल्क यातायात सेवा सञ्चालन गर्ने निर्णय गरिएको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए।
नेपाल समय
लुम्बिनी

लुम्बिनी भ्रमणमा आएका पर्यटकलाई स्वागत

४३ औं विश्व पर्यटन दिवस लुम्बिनीमा पनि मनाइएको छ। लुम्बिनी विकास कोषसहित लुम्बिनी होटल संघ, लुम्बिनी पर्यटन व्यवसायी संघ लगायतका संस्थाहरुले लुम्बिनी भ्रमणमा आएका पर्यटकहरुलाई स्वागत गरेर दिवस मनाइएको हो।
नेपाल समय
लुम्बिनी

नागरिकता विधेयक रोकिँदा लाखौं अनागरिक भए: गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिले नागरिकता विधेयक रोकेर संविधानमाथि अतिक्रमण गरेको टिप्पणी गरेका छन्।
नेपाल समय
लुम्बिनी

कोहलपुरमा चाडपर्वका बेला चोरको बिगबिगीः प्रहरी निरीह, व्यवसायी त्रसित

एक महिनामै कोहलपुर नगरभित्रका १० वटा घर तथा पसलमा चोरी भएपछि स्थानीय त्रसित छन्। चाडपर्व भित्रिँदै गएका बेला चोरी बढिरहे पनि ढोकैमा रहेको प्रहरीले सुरक्षा दिन नसकेको नागरिकको गुनासो छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना