सोमबार, साउन २३, २०७९

विमला वली छानबिन प्रतिवेदनको निष्कर्ष : विवादको जड आर्थिक लेनदेन, पदीय मर्यादा भुलेर कमजोरी

विनोद परियार  |  काठमाडौं, शनिबार, असार १८, २०७९

विनोद परियार

विनोद परियार

शनिबार, असार १८, २०७९, काठमाडौं

नेपाल समय

बुटवल- विवादित घटनामा संलग्‍न लुम्बिनीका निवर्तमान राज्यमन्त्री बिमला कुमारी खत्री वलीले पदीय मर्यादा भुलेर कमजोरी गरेको ठहर गरिएको छ। विवादित घटनामा राज्यमन्त्री संलग्‍न भएपछि लुम्बिनी सरकारले असार १ गते आन्तरिक मामिला तथा सञ्‍चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। उक्त छानबिन समितिले शनिबार मुख्यमन्त्री कुल प्रसाद केसीलाई प्रतिवेदन बुझाउँदै राज्यमन्त्री जस्तो पदमा रहँदा बिमला कुमारी वलीले पदीय मर्यादा विपरीत काम गरेर कमजोरी गरेको ठहर गरेको हो। 

जेठ ३१ गते दाङ तुल्सिपुरस्थित माओवादी कार्यकर्ता एकराज बस्‍नेतकी श्रीमती मीना र छोरीमाथि अभद्र व्यवहार गरेपछि वली विवादित बनेकी थिइन्। ‘राज्यमन्त्री जस्तो व्यक्ति विवादवाला व्यक्तिका श्रीमती र बालबालिकासँग झगडा गर्नु कमजोरी भएको देखिन्छ,’ सरकारी प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनमा राज्यमन्त्री वलीसँग एकराज बस्नेतको सापटीको विषयमा विवाद सिर्जना भएको उल्लेख गरिएको छ। प्रतिवेदनले राज्यमन्त्री वलीबाट आवेगात्मक कमजोरी भएको औल्याउँदै त्यो कार्य क्षमायाचना गर्न उपयुक्त देखिएको बताइएको छ। 

शनिबार मुख्यमन्त्री कुलप्रसाद केसीलाई उक्त प्रतिवेदन बुझाउँदै संयोजक एंव आन्तरिक मामिला तथा सञ्‍चारमन्त्री तिलकराम शर्माले घटना सापटी रकम (लेनदेन) ले उत्पन्‍न गराएको देखिएको बताए। उनका अनुसार सांसद वलीसँग एकराजले ६ लाख ३० हजार रुपैयाँ सापटी लिएको देखिएको छ।

राज्यमन्त्रीले आवेगात्मक कमजोरी गरेको देखिन्छ, त्योसँगै वली एकराजको घर नपुग्दै मानिसहरुको भिड जम्मा हुनु र केही पत्रकार समेत पुग्‍नुले घटना योजनाबद्ध भएको हुनसक्नेतर्फ प्रतिवेदनले आशंका गरेको छ। 

सांसद वलीलाई बचाउने गरी आएको प्रतिवेदनले वली र बस्‍नेत माओवादीकै कार्यकर्ता भएकाले मिलेर जानुपर्ने सुझाव दिएको छ। छानबिन टोलीले स्थलगत अध्ययन, सम्बन्धित व्यक्तिहरुसँग छलफल गरेर ल्याइएको संयोजक शर्माले बताए। ‘स्थानीयहरुबाट पनि वलीले एकराजसँग बिहानै सापटी रकमबारे कुराकानी गर्दा घरमै आउनु भनेको र एकैछिनमा पुग्दा बस्नेत नभटिनु र मानिसहरु जम्मा हुनुले योजनाबद्ध भएको जस्तो देखिन्छ,’ मन्त्री शर्माले भने।  

प्रतिवेदनले सांसद वलीलाई पदीय मर्यादा विपरीत काम भएकाले कडा चेतावनीसहित आवश्यक कदमका लागि मुख्यमन्त्रीलाई सिफारिस गर्न सुझाव दिएको छ। प्रतिवेदनमा एउटै राजनीतिक व्यक्तिमा आबद्ध हुँदा एकराज बस्नेत र राज्यमन्त्री वलीबीच विभिन्‍न कार्यक्रममा सहकार्यको सिलसिलामा आपसी रकम लेनदेन भएको र घटना आर्थिक लेनदेनबाट भएको स्पष्ट पारेको छ। तत्काकालीन नेकपाबाट विजयी भएकी वलीले एमाले-माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन्।


सत्ता राजनीतिको खिचातानीकै सिलसिलामा वली गठबन्धन सरकारमा राज्यमन्त्री बनेकी हुन्। दाङ तुल्सिपुरमा सर्वसाधरणको घरमा पुगेर अभद्र व्यवहार गरेपछि विवादित हुँदा सरकारमाथि नैतिक संकट उत्पन्‍न भएको थियो। 

छानबिन समितिले कमजोरी भेट्टाएपछि मुख्यमन्त्री केसीकै योजनामा राजीनामा गराउन लगाइएको थियो। वलीले १५ गते (बुधबार) राजीनामा दिएकी थिइन्। तर, उनले सञ्चारकर्मीलाई भने आफूले राजीनामा नदिएको दाबी गरेकी छन्। छानबिन समितिमा सञ्‍चारमन्त्री शर्मा सहित कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती, महान्याधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य थिए। 

प्रतिवेदनमाथि विश्लेषण गरेर अघि बढ्छौं : मुख्यमन्त्री केसी 

छानबिन समितिले तयार पारेको प्रतिवेदन बुझेपछि मुख्यमन्त्री कुल प्रसाद केसीले प्रतिवेदनले दिइएका सुझावको विश्लेषण गरेर सरकारले कदम चाल्ने बताएका छन्। उनले राज्यमन्त्री जस्तो पदमा रहँदा सर्वसाधरणको घरमा पुगेर गरिएको व्यवहार गलत भएको प्रतिवेदनले ठहर गरेको उल्लेख गर्दै सार्वजनिक बेइज्जती गरिएको विषयमा आवश्यक अनुसन्धान गर्ने बताए। 

‘समितिले राज्यमन्त्री नपुग्दै जसरी मानिसहरुको भिड जम्मा भएको भनेर भनेको छ, त्यो अनुसार भएको भए, यसमा थप अनुसन्धान आवश्यक पर्छ,’ मुख्यमन्त्री केसीले भने। सञ्चार माध्यममा आएजस्तो पीडित महिलाबाट समेत त्यस्तो कुरा नआएको बताउँदै घटनाको विश्लेषण गरेर मात्रै सरकार अघि बढ्ने बताए। मुख्यमन्त्री केसीले बिमला कुमारी वलीबाट पदीय मर्यादा विपरीत कमजोरी भएको स्वीकार गर्दै घटना योजनाबद्ध थियो की भन्‍ने विषयमा पनि थप अनुसन्धान गर्ने संकेत गरे।


प्रकाशित: July 2, 2022 | 17:36:45 काठमाडौं, शनिबार, असार १८, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर ५.३ म्याग्‍निच्युडको भूकम्प

शनिबार बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

जनकपुरका पूर्वमेयर र पूर्वउपमेयरबाट ७ लाख क्षतिपूर्ति भराउन अदालतको आदेश

जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह र उपप्रमुख रीताकुमारी मिश्रलाई स्थानीय एक व्यक्तिको घर भत्काएको विषयमा ७ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन उच्च अदालत जनकपुरले आदेश गरेको छ।

४५ दिनमा सकिएको थियो पहिलो प्रतिनिधिसभा निर्वाचन, नेकपाले ल्याएको थियो ४ सिट

विसं २०१५ फागुन ७ गते प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न भएको प्रतिनिधिसभाको आम निर्वाचन चैत २८ गतेसम्म ४५ दिनमा पूरा भएको थियो।

प्राध्यापक लोकराज बराल भन्छन्ः दोस्रो पुस्ताले शेरबहादुर, केपी ओली र प्रचण्डलाई रिप्लेस गर्नुपर्छ [अन्तर्वार्ता]

अहिलेको राजनीति दोस्रो पुस्ताका नेताहरूले सुधार्न अबको निर्वाचन (पार्टीको आन्तरिक र आमनिर्वाचन) मा एकदमै शक्तिशाली भएर आउनुपर्छ।

कोरोना उपचारका लागि टेकु पुगेका बिरामीलाई फिर्ता पठाउँदै अस्पताल

अस्पतालमा आएका बिरामीलाई फिर्ता नपठाइ उपचार गर्‍यो। देशभरका अस्तपालहरुले अक्सिजनको अभावका कारण बिरामीलाई अन्य अस्पतालमा रेफर गरिरहँदा टेकु अस्पतालले भने अस्पतालको प्रांगणमा राखेरै पनि उपचार गर्‍यो। नेपालमा कोरोनाको पहिलो र दोस्रो संक्रमितको टेकु अस्पतालमा नै उपचार भएको थियो।

परिवार वधको डरलाग्दो शृंखला: किन बढ्दैछ आफ्नैबाट असुरक्षा?

सम्बन्धका कारण पति–पत्नीको हत्या वा आत्महत्या मात्र नभएर पछिल्लो समय बढ्दै गएको परिवार वधकै कारक मनोसामाजिक समस्या भएको मनोविद् गोपाल ढकाल बताउँछन्।

ताइवानमा किन नजर लगाउँछन् चीन-अमेरिका?

रणनीतिक र व्यापारिक महत्त्वका कारण दुवै देश ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन्।

थप समाचार

नेपाल समय
लुम्बिनी

स्तनपान कक्ष : कतै संरचनाविहीन, कतै प्रयोगविहीन

हरेक आमालाई आफ्ना शिशुलाई नियमितरूपमा छ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह आइतबारदेखि मनाउन सुरु गरिएको हो।
नेपाल समय
लुम्बिनी

भत्केको सडक : जिम्मेवारी पन्छाउन 'हाकिम'को होड, चर्काचर्कीपछि मेयरको चेतावनी

बुटवल उपमहानगरपालिकाले विकास निर्माणका काममा ढिलासुस्ती भएपछि विभिन्न सरकारी निकायलाई एकै थलोमा राखेर छलफल गरेको छ।
नेपाल समय
लुम्बिनी

निर्वाचन घोषणासँगै लुम्बिनीमा मन्त्री परिर्वतनको 'च्याप्टर क्लोज’

नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता विरेन्द्र कनौडियाले साउन पहिलो साताभित्रै मन्त्रीहरु हेरफेर हुने ठोकुवा नै गरेका थिए। कनौडिया काठमाडौं बसेर सके मुख्यमन्त्री आफैं बन्‍ने नसके मन्त्रीसम्म भए पनि परिवर्तन गराउन पार्टी सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिए।
नेपाल समय
लुम्बिनी

निर्वाचन घोषणा छापामार शैलीमा भयो : सुवास नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गठबन्धन सरकारले छापामार शैलीमा चुनावको मिति घोषणा गरेको बताएका छन्।
नेपाल समय
लुम्बिनी

तिलोत्तमा उपप्रमुखकी बुहारी न्याय माग्दै प्रहरीमा, श्रीमान‍्ले जबरजस्ती करणी गरेको आरोप

रुपन्देहीको तिलोत्तमा-१७ की ३० वर्षीया वर्षाकुमारी चौधरीले आफ्नै श्रीमानविरुद्ध जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना