सोमबार, असार १३, २०७९

तिलोत्तमा नगरपालिकाद्वारा सामुदायिक विद्यालयमा नि:शुल्क इन्टरनेट जडान

नेपाल समय  |  काठमाडौं, बिहीबार, असार ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ९, २०७९, काठमाडौं

नेपाल समय

बुटवल- तिलोत्तमा नगरपालिकाले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०७९-८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख रामकृष्ण खाणले बिहीबार नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश अघिल्लो वर्षका पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ।   

शिक्षातर्फ नगर प्रमुख छात्रवृत्ति कोषलाई थप प्रभावकारी बनाइ लक्षित वर्गका बालबालिकालाई आधारभूत तहको शिक्षाका लागि छात्रवृत्ति व्यवस्था,सामुदायिक विद्यालयमा जडान भएको विद्युत तथा पानीको महशुलमा ५० प्रतिशत अनुदान दिइने, विद्यालयको इन्टरनेट निशुल्क, संस्थागत विद्यालयमा कम्तीमा १० प्रतिशत छात्रवृतिको व्यवस्थालाई प्रभावकारी बनाउने, सामुदायिक विद्यालयका छात्राहरुलाई सेनिटरी प्याड निशुल्क वितरण र दिवा खाजामा कक्षा ६ सम्मका विद्यार्थीलाई १० रुपैयां थपेर २५ रुपैया पुराइने नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै छात्रालाई प्रतिरक्षात्मक आत्मसुरक्षा तालिम दिने, तीन वटा विद्यालयलाई बस खरिदका लागि १० लाखका दरले विशेष अनुदान दिइने,  विद्यालय नर्स कार्यक्रमलाई निरन्तरता, संस्कृत, मगर, थारुलगायत मातृ भाषा प्रबर्द्धन शैक्षिक संग्रहालय निर्माण तथा शैक्षिक शोधपत्रमा विशेष आर्थिक सहुलियत दिने नीति तथा कार्यक्रममा उल्लेख छ।   

कृषितर्फ कृषिलाई विशेष महत्व दिँदै पकेट क्षेत्र घोषणा गरिएको छ। वडा नं १२ लाई मकै, १३ माछा, १४ तरकारी, १७ गहुँ पकेट क्षेत्र घोषणा गरी अनुदान दिने नीति छ।

सामूहिक खेती प्रणालीलाई विकास गर्दै पशुपालक किसानका लागि आधारभूत भेटनरी र भ्याक्सिन नि:शुल्क गर्ने जनाइएको छ। वडा नं १७ मा चिस्यान केन्द्र व्यवस्थापन र सञ्चालन नीजि क्षेत्र र सहकारीसँग सहकार्य गर्ने, कृषियोग्य जमिन बाँझो राख्‍न नपाउने नीतिलाई निरन्तरता, खेतीयोग्य जमिनलाई प्लटिङ गर्न निरुत्साहित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।  

नयाँ कार्यक्रमको रुपमा पूँजिगत खर्च बढाउन फागुन मसान्तभित्र सम्झौता, जेठ मसान्तभित्र भुक्तानीको नीतिलाई कडाईका साथ कार्यान्वयन गरिने नगरप्रमुख खाणले बताए।

यस्तै नीति तथा कार्यक्रममा आर्थिकरुपमा विपन्‍न नगरबासीको स्वास्थ्य उपचारका लागि नगर प्रमुख नागरिक सहायता कोष स्थापना, स्वस्थ नगरबासी, स्वस्थ नगर नाराका साथ गुणस्तरीय स्वास्थ्यमा सबै नागरिकको समतामुलक पहुँच सुनिश्चित गरिने उल्लेख छ।

यस्तै प्रत्येक वडामा दक्ष नर्ससहित प्रसुति सेवा उपलब्ध गराउने, वडा नं ६ को गोरकट्टा र वडा १७ वीपीग्रामको १५ शय्याको अस्पताल निर्माण सम्पन्‍न गरी सञ्चालन गर्ने नीति अगाडि सारेको छ।

तिलोत्तमा नगरस्तरीय ल्याब सेन्टर स्थापना, नगर प्रमुखसँग ज्येष्ठ नागरिक स्वस्थ्य जाँच निरन्तरता, नगरस्तरीय ब्लड बैंक स्थापनालाई निरन्तरता दिएको छ। विषादीमुक्त खानपान तिलोत्तमाको पहिचान नारालाई आत्मसाथ गर्दै प्रांगारिक खेती उत्पादनलाई प्रोत्साहन गरिने छ। तिनाउ र रोहिणीको नदी उकास जग्गामा उत्पादनमूलक कार्य गर्न प्रोत्साहन र  एक वर्षभित्र कृषि योजना तर्जुमा कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।  

त्यसैगरि तिलोत्तमा कृषि एम्बुलेन्स सञ्चालन, नगर प्रमुख किसान कार्यक्रम, परदेशको ज्ञान तिलोत्तमामा योगदान नारासहित विदेशमा काम गरेर फर्केकालाई कृषि र पशुपालनमा आकर्षित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।  

महिला मात्र आवद्ध सहकारीको व्यवसाय करमा ५० प्रतिशत छुट, वातावरणमैत्री उद्योगलाई व्यवसाय करमा ५० प्रतिशत छुट दिने, पर्यटन सूचना केन्द्र स्थापना, श्रम बैंक तथा रोजगार सूचना केन्द्र स्थापना,तिलोत्तमालाई साइकल सिटीका रुपा विकास गर्ने नीति कार्यक्रममा उल्लेख छ।


प्रकाशित: June 23, 2022 | 19:46:32 काठमाडौं, बिहीबार, असार ९, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।

गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।

'मानवताको सहर' बुटवलमा दलितले कोठा भाडा पाउँदैनन्

जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।

रवि लामिछाने र रमेश खरेलबीच सहकार्यको विषयमा छलफल

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

थप समाचार

नेपाल समय
लुम्बिनी

अमृता मृत्यु प्रकरण : ७३औं दिनमा अन्त्येष्टि

बिहीबार प्रहरीले घटनाको अनुसन्धानमा कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता सहित सहमति जुटेपछि दाहसंस्कार गरिएको उनको भनाइ छ। अमृताको नाममा अक्षयकोष बनाउन र छोराको शिक्षादिक्षाका लागि १४ लाख रुपैयाँ उनकै नाममा बैंकमा राखिदिन घरपक्ष सहमत छ।
नेपाल समय
लुम्बिनी

'मानवताको सहर' बुटवलमा दलितले कोठा भाडा पाउँदैनन्

जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।
नेपाल समय
लुम्बिनी

'बुटवल मण्डप' गिरिजाको नामबाट राख्‍ने प्रस्तावमा एमालेको विरोध

आर्थिक वर्ष ०७९-८० को नीति कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेले बुटवल मण्डपको जग्गा प्राप्तिमा तत्कालीन कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाको योगदान रहेको तर्क गर्दै बुटवल मण्डपको नाम गिरिजा प्रसाद कोइराला मण्डप राख्‍न नीति तथा कार्यक्रममा लिखित प्रस्ताव गरेका थिए। यो प्रस्ताव गरेपछि बुटवलमा यसको विरोध भएको छ।
नेपाल समय
लुम्बिनी

तिलोत्तमा नगरपालिकाद्वारा सामुदायिक विद्यालयमा नि:शुल्क इन्टरनेट जडान

तिलोत्तमा नगरपालिकाले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०७९-८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख रामकृष्ण खाणले बिहीबार नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश अघिल्लो वर्षका पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ।
नेपाल समय
लुम्बिनी

सुविना गिरी शंकास्पद मृत्यु प्रकरण : पोष्टपार्टम रिपोर्टले माइतीको दाबीलाई बल पुग्ने

सुविनाको पोस्टमार्टम रिपोर्टमा ‘प्रेसर ओभर नेक’बाट मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना