बुधबार, माघ २५, २०७९
एमाले दसौं महाधिवेशन

लुम्बिनीबाट पदाधिकारीदेखि केन्द्रीय नेतृत्वसम्म यस्ता छन् आकांक्षी

विनोद परियार  |  काठमाडौं, मंगलबार, मंसिर ७, २०७८

विनोद परियार

विनोद परियार

मंगलबार, मंसिर ७, २०७८, काठमाडौं

नेपाल समय

बुटवल– नेकपा एमालेको चितवनमा हुने १० औं महाधिवेशनमा लुम्बिनीबाट पदाधिकारीसहित केन्द्रीय नेतृत्वका लागि ५० भन्दा बढी आकांक्षी धेरै देखिएका छन्। अध्यक्षबाहेक अन्य पदाधिकारी र केन्द्रीय सदस्यका लागि लुम्बिनीका नेताहरुले आकांक्षा व्यक्त गरेका हुन्। 

महाधिवेशन संघारमै आइसकेकाले नेतृत्वका लागि भित्रभित्रै शीर्ष नेतृत्वलाई दबाब दिने र उम्मेदवार घोषणाको तयारीमा नेताहरु जुटेका छन्। 

एमाले उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, सचिवद्वय गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य राधा ज्ञवाली, वैकल्पिक पोलिटब्युरो दलबहादुर राना, केन्द्रीय सदस्य खिमलाल भट्टराई, सूर्य थापा, बैजनाथ चौधरी, नजिर मिया, लीला गिरी लुम्बिनीका प्रभावशाली नेता हुन्।

यी सबै एमालेको नवौं महाधिवेशनबाट निर्वाचित हुन्। यसका साथै पूर्व माओवादी पृष्ठभूमिका नेता टोपबहादुर रायमाझी, दधिराम शर्मा न्यौपाने, चन्द्रबहादुर खड्का, मणि थापा, दिनेश पन्थी लगायतका नेतासमेत छन्। यी नेताहरुले समेत महत्त्वपूर्ण पदको दाबी गरेका छन्। 

एमालेका उपाध्यक्ष भएका युवराज ज्ञवाली उपाध्यमै दोहरिने आकांक्षामा छन्। केपी ओलीले संसद् विघटनपछि एमालेको समानान्तर कमिटी गठनमा माधव नेपाललाई साथ दिएका ज्ञवाली १० बुँदे सहमति कार्यान्वयन भएको भन्दै केपी ओलीसँगै बसेका थिए। ज्ञवालीले नेतृत्व सर्वसम्मत हुँदा आफू उपाध्यक्षमै रहने निकटहरुलाई बताउने गरेका छन्। 

उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेलको महासचिवमा चर्चा भइरहेको छ। दुवैजना ओलीका निकट भएकाले दुईमध्ये एक महासचिवमा बन्ने पक्कापक्की भएको ओली निकट नेताहरुको दाबी छ।

उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेद्वारी दिने तयारीमा छन्। उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेलको महासचिवमा चर्चा भइरहेको छ। दुवैजना ओलीका निकट भएकाले दुईमध्ये एक महासचिवमा बन्ने पक्कापक्की भएको ओली निकट नेताहरुको दाबी छ। 

सचिवद्वय गोकर्ण विष्ट र प्रदीप ज्ञवाली पनि सम्मानजनक पदको खोजीमा छन्। सकेसम्म यी दुवैजना माथिल्लो तहको दाबीमा छन्। तर सर्वसहमति भएमा पुरानै पदमा रहन पनि उनीहरु तयार रहेको नेताहरु बताउँछन्। 

समावेशिताका हिसाबले स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पदाधिकारीको दाबी गरेका छन्। ओली निकट भएकाले समावेशी कमिटी निर्माण गर्दा विश्वकर्मा छनौट हुन सक्ने अनुमान छ। 

त्यस्तै राधा ज्ञवालीले सचिवमा दाबी गरेकी छन्। यीबाहेक केन्द्रीय कमिटीमा भएका पुराना अनुहारको दोहोरिने दाबी देखिन्छ। लुम्बिनी एमालेको गढसमेत भएकाले नेताहरुले महत्त्वपूर्ण पदाधिकारीसहित केन्द्रीय कमिटीमा उपस्थिति दाबी गर्नु स्वाभाविक भएको एमालेका नेता तथा लुम्बिनीका प्रचारप्रसार विभागका संयोजक झपेन्द्र जीसी बताउँछन्। उनी भन्छन्, ‘अहिल्यै यो पद र त्यो पद भन्न सकिन्न, तर लुम्बिनीमा एकसे एक नेता छन्। अध्यक्षबाहेकका महत्त्वपूर्ण पदाधिकारीमा दाबी रहन्छ।’ 

नयाँ आकांक्षी पनि उस्तै 

लुम्बिनीमा केन्द्रीय कमिटीमा जानका लागि धेरै आकांक्षी देखिएका छन्। यो पटक अध्यक्ष ओलीकै मुख ताके पनि भित्रभित्रै नेतृत्वमा आउनका लागि नेताहरुलाई दबाब दिन थालिएको छ। पुरानै अनुहारको व्यवस्थापन जटिल भइरहेका बेला लुम्बिनीमा नयाँ आकांक्षीसमेत थपिएपछि व्यवस्था जटिल बन्ने देखिएको छ। 

रुपन्देहीबाट  बुटवल उपमहानगरका पूर्वमेयर तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, एमाले रूपन्देही अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल, प्रदेश सांसद तुलसी चौधरी, नेताद्वय बलबहादुर आचार्य, सावित्रा अर्याल, बुटवलका उपप्रमुख गोमा आचार्य, तिलोत्तमा नगरपालिकाका प्रमुख बासु घिमिरे केन्द्रीय सदस्यका नयाँ आकांक्षी हुन्। 

रुपन्देही उपमहासचिवद्धय विष्णु पौडेल, घनश्याम भुसालको गृह जिल्ला हो। यहाँका नेताहरुमाथि केन्द्रीय कमिटीमा कसकसलाई ल्याउने भन्ने विषयमा दबाब सुरु भएको छ। एमाले विभाजन भएकाले नेताहरुको व्यवस्थापन नगरे थप जटिल हुने भएकाले दबाब परेको एक केन्द्रीय सदस्यले बताए। ‘यस पटक पदका आकांक्षी धेरै छन्। नेतृत्वले सर्वसम्मत बनाए त केही सहज होला, चुनाव भए भद्रगोल हुन सक्छ’, उनले भने। 

दाङमा पनि आकांक्षी धेरै छन्। एमाले नेत्री गंगा चौधरी, जिल्ला अध्यक्ष टीकाराम खड्का, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, प्रदेश सांसद सरस्वती गौतम, रेवतीरमण शर्मा घिमिरे, घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरी, लमही नगरपालिकाका मेयर कुलबहादुर खत्रीले केन्द्रीय सदस्यका लागि आकांक्षी व्यक्त गरेका छन्। 

कपिलवस्तुबाट बलराम अधिकारी, विश्रामप्रसाद थारू, शान्तिदेवी चमार, प्रदेशसभा सदस्य विष्णु पन्थी केन्द्रीय सदस्यका आकांक्षी हुन्। पन्थी नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएको नेपाल समूहबाट १० बुँदेपछि एमालेमै बसेकाले केन्द्रीय सदस्य पाउने आसमा छन् । 

लुम्बिनीमा वडा, पालिका अधिवेशनबाट अधिकांश प्रतिनिधि सर्वसम्मत छनोट भएका छन्।  लुम्बिनीका मात्रै पदाधिकारी सहित केन्द्रीय कमिटीमा कम्तीमा ५० जनाको दाबी देखिएको छ।

पश्चिम नवलपरासीबाट जिल्ला अध्यक्ष तुलसी पासी, केन्द्रीय स्कुल विभागका सदस्य बद्रीनाथ खनाल, अनेमसंघका केन्द्रीय सचिवालय सदस्य विमला अर्याल लगायत नेताहरू केन्द्रीय कमिटीको लबिङमा छन्। गुल्मीका माओवादीबाट प्रदेशसभा सदस्य निर्वाचित भएर एमाले प्रवेश गरेका दिनेश पन्थी केन्द्रीय कमिटीमा जान इच्छुक छन्। 

प्युठानका प्रदेश सांसद हरि रिजाल, बाँकेका कविराम थारू, रुकुम पूर्वबाट आशा स्वर्णकार लगायतका नेताले केन्द्रीय सदस्यका आकांक्षीका रुपमा नेताहरुलाई दबाब दिएका छन्।  लुम्बिनीमा वडा, पालिका अधिवेशनबाट अधिकांश प्रतिनिधि सर्वसम्मत छनोट भएका छन्।  लुम्बिनीका मात्रै पदाधिकारी सहित केन्द्रीय कमिटीमा कम्तीमा ५० जनाको दाबी देखिएको छ। एमाले महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। १५ सदस्यीय पदाधिकारीमा लुम्बिनी प्रदेशका धेरै नेताहरूले दाबी गरेका छन्। लुम्बिनी प्रदेशबाट महाधिवेशन प्रतिनिधिका रुपमा २०८ जना छनोट भएका छन्। 



प्रकाशित: November 23, 2021 | 07:59:04 काठमाडौं, मंगलबार, मंसिर ७, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

अनाथालय प्रमुख नै बलात्कारी !

बालिका बलात्कारको आरोपमा चन्द गत माघ १७ गते अनाथालयबाटै पक्राउ परेका हुन्।

सरकारबाट बाहिरिएका रास्वपाका मन्त्रीले किन गरेनन् पत्रकार सम्मेलन?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार नै सरकारबाट बाहिरिसकेको छ।

संसद् भवन अगाडि भिख माग्दै बालिका

अकासेपुलमा भिख माग्नका लागि राखिएकी एक अबोध बालिका

मिडियामाथि आक्रोशित रविले जे बोले…

आइतबार सरकारमा रहने वा बस्ने विषयमा भएको छलफलमा पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सरकारबाट बाहिरिने निर्णय सुनाउँदै पत्रकार सम्मेलन गरेका रविले भने सबै झोंक मिडियामाथि पोखेका छन्।

आउने चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री हुन्छु: रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने र आफू प्रधानमन्त्री हुने उद्घोष गरेका छन्

नारायणकाजीसँग मन्त्रालय साटफेरको चर्चा, मान्लान् रवि?

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा रहने कि बाहिरिने चर्चा चलिरहेको समयमा सत्ता गठबन्धन दलभित्र पार्टी सभापति रवि लामिछानेलाई भौतिक पूर्वाधार मन्त्रालय दिएर मनाउने तयारी भएको बताइएको छ।

फ्यानको मायाले रोइन् ‘पठान’की दीपिका

फिल्म सफल भएपछि निर्माता तथा कलाकार उत्साहित छन्।

रास्वपालाई गृह मन्त्रालय फिर्ता दिने प्रधानमन्त्री प्रचण्डको संकेत

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएको विषय समाधान हुने बताएर गृह मन्त्रालय फिर्ता दिने संकेत गरेका हुन्।

दलका कार्यकर्ता प्राज्ञ भएपछि योग्य कलाकारले कहिले पाउने अवसर?

राजनीतिमा चासो नदिने स्रष्टाप्रति राज्यले दायित्व बिर्सिंदा सहरमा कलाकार डिप्रेसनबाट गुज्रिनुपरेको र गाउँमा हराउनुपरेको वा खाडी मुलुक पलायन हुनुपर्ने अवस्था छ। कला र गलाका लागि सिर्जिएका चलचित्र विकास बोर्ड, प्रज्ञा प्रतिष्ठानलगायतका संस्था राजनीतिमय भएपछि स्रष्टाहरू ओझेल पर्दै छन्।

तत्काल पानी पर्ने सम्भावना छैन, आज काठमाडौंको तापक्रम कति?

देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

थप समाचार

नेपाल समय
लुम्बिनी

तुलसीपुरमा वडाले किसानलाई जग्गा दिने

वडाले उत्तरधारा जलाशय निर्माण गरिसकेकाले त्यस आसपासको २० बिघा जग्गा लिजमा लिएर किसानलाई उत्पादनका लागि उपलब्ध गराउने तयारी रहेको वडाध्यक्ष मानबहादुर रावतले बताए।
नेपाल समय
लुम्बिनी

आफैंले बनाएको बाटो

यहाँ पुल नभएका कारण पानी कम भएको समयमा बर्सेनि अस्थायी बाटोबाट मानिस नदी वारपार गर्ने गर्दछन् ।
नेपाल समय
लुम्बिनी

हात्तीको आतंक

बर्दियाको मधुवन नगरपालिका वडा नं. १ सूर्यपटुवामा सामुदायिक वनबाट आएका जंगली हात्तीले भत्काएको स्थानीयको घर।
नेपाल समय
लुम्बिनी

दादुरा प्रभावित क्षेत्रमा पुगे स्वास्थ्यमन्त्री

सुरुमा दादुरा देखिएको र एक बालकको मृत्यु भएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ मा पुगेर मन्त्री गिरीले घरघरमा पुगेर बालबालिकालाई खोप लगाउन आग्रह गरे।
नेपाल समय
लुम्बिनी

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिहीबार विश्वासको मत लिने भएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना