शनिबार, मंसिर १८, २०७८

२० वर्षपछि न्याय पाउँदा यसरी सम्झिए भरतनाथले माओवादी र सेनाको ज्यादती

विनोद परियार  |  काठमाडौं, बिहीबार, कार्तिक २५, २०७८

विनोद परियार

विनोद परियार

बिहीबार, कार्तिक २५, २०७८, काठमाडौं

नेपाल समय
भरतनाथ योगी

बुटवल– दाङ घोराहीका पुराना यातायात व्यवसायी हुन् भरतनाथ योगी। यातायात क्षेत्रमा योगीको भूमिका व्यवसायीका रूपमा मात्रै सीमित छैन, उनी समग्र यातायात व्यवसायीको अधिकारका पक्षमा वकालत गर्ने अगुवा पनि हुन्। 

२०५८ सालमा तत्कालीन माओवादी र सरकारबीच चर्किएको द्वन्द्वमा यिनै पुराना यातायात व्यवसायी दुवै पक्षको ज्यादतीमा परेका थिए। तत्कालीन समयमा नेकपा माओवादी केन्द्रलाई हतियार ओसारपसारका लागि बस दिएको आरोपमा नेपाली सेनाले योगीका चार वटा सवारीसाधन कब्जा गरेको थियो। 

कैयौं पटक स्थानीय प्रशासन, तत्कालीन विद्रोही पक्ष माओवादीका नेतासँग छलफल गर्दा पनि न्याय नपाएपछि योगीले सर्वोच्च अदालत गुहारे। २० वर्षपछि सर्वोच्चले तिनै योगीका पक्षमा फैसला गरेको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर ४ का यातायात व्यवसायी योगीलाई १ करोड ४ लाख ९७ हजार ८ सय ६६ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सरकारका नाममा सर्वोच्चले परमादेश जारी गरेको छ। योगी जिल्ला प्रशासन दाङबाट प्रक्रिया मिलाएर क्षतिपूर्तिबापतको रकम लिन जाने तयारीमा छन्। 

घटनाको वास्तविकता यस्तो थियो 

२०५२ सालमा सुरु भएको माओवादीको विद्रोह २०५८ मा चरम उत्कर्षमा पुगेको थियो। द्वन्द्वकै कारण सबैभन्दा बढी प्रताडित हुनेमा यातायात व्यवसायी थिए। माओवादीले सार्वजनिक यातायात सहयोग माग्थे। नदिए यातायात समितिका पदाधिकारीलाई ज्यान मार्ने धम्की पटकपटक दिन्थे।

‘माओवादीले गाडी सहयोगका लागि आग्रह गरे। अरू डराए। पदाधिकारी भएकाले मेरै गाडी दिएँ’, योगी सम्झन्छन्, ‘तर, मेरै गाडीमा हतियार बोकेर माओवादीले ब्यारेक आक्रमण गरेछ।’

माओवादीलाई गाडी दिएको आरोपमा सेनाको निगरानीमा तिनै व्यवसायी पर्थे। २०५८ सालमा भरतनाथ योगी राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका सचिव थिए। समितिको पदाधिकारी भएकाले माओवादीहरुले बेलाबेलामा गाडी सहयोग माग्ने गर्थे। समितिलाई समेत चलायमान बनाउनुपर्ने भएकाले योगीले जग्गा धितो राखेर चारवटा नयाँ मोडेलका (ट्रबो) गाडीमा लगानी गरेका थिए। 

‘माओवादीले गाडी सहयोगका लागि आग्रह गरे। अरू डराए। पदाधिकारी भएकाले मेरै गाडी दिएँ’, योगी सम्झन्छन्, ‘तर, मेरै गाडीमा हतियार बोकेर माओवादीले ब्यारेक आक्रमण गरेछ।’ त्यसपछि नेपाली सेनाले उनका तीन वटा बस र एउटा बोलेरो जिप नेपाली सेनाले कब्जा गर्‍यो। त्यतिखेर माओवादीले पनि योगीसहित अन्य व्यवसायीका गाडी प्रयोग गरेको थियो। 

माओवादीले घोराहीस्थित रिपुमर्दनी गणमा आक्रमण गरी हतियार लुटेर रातारात रोल्पा पुर्‍यायो। त्यसपछि योगीलाई सेनाले ज्यान लिने धम्की दियो। अनि उनी भारततिर लागे। उनी भन्छन्, ‘माओवादीलाई सुराकी गरेको आरोपमा सेनाले ज्यानसमेत लिने सूचना आयो, अनि भारत गएर लुकेर बसें’, योगी भन्छन्। 

माओवादीले घोराही गणमा २०५८ मंसिर ८ गते आक्रमण गरेको थियो। सोही आक्रमणमा योगीको गाडी माओवादीले प्रयोग गरेको निहुँमा पीडित भएका योगी भन्छन्, ‘मेरो व्यक्तिगत हिसाबले राजनीतिक रुपमा पहुँच नभएको भए म त्यही घटनाका कारण मारिनसक्थें।’ 

दाङका नेता तथा गृहमन्त्री खुमबहादुर खड्कासँग नजिक सम्बन्धमा रहेकै कारण नेपाली सेनाबाट बच्न सफल भएको सम्झन्छन् योगी ‘खड्काजीकै सहयोगमा चितवन, भरतपुर, वीरगन्ज, रक्सौल हुँदै भारत पुुगेँ, संयोगले भारतमा पनि आदित्यनाथसँगै बस्न पाएँ’, उनी विगत सम्झन्छन्, ‘भारतमा पनि मलाई खोजी भयो, सीआईबीको फोर्स त्यहाँ पनि पुुगेको थियो।’ 

माओवादी शान्ति प्रक्रियामा आएपछि मात्रै योगी नेपाल फर्किएका थिए। सेनाले माओवादी भनेरै आफूूलाई दुःख दिएको उनी बताउँछन्। 

योगीका ना २ ख २४४३, ना २ ख ५३८३, रा १ ख २८१ नम्बरका तीनवटा बस र बा ३ च ७५६१ नम्बरको बोलेरो सेनाले २०६० भदौ १० सम्म नियन्त्रणमा राखेर चलाएको थियो। अन्य व्यवसायीका गाडी सेनाले फिर्ता गरे पनि योगीले माओवादीलाई सहयोग गरेको आरोपमा गाडीहरु नियन्त्रणमा राखेको थियो। ‘म त त्यतिखेर सेनाले माओवादी भनेर नेपालमै बस्न नसक्ने अवस्था आयो। माओवादीले सेनाको मान्छे भनेर पनि दोहोरो मारमा परें’, उनी भन्छन्, ‘त्यतिखेर धितो राखेको करिब जमिन पनि लिलाम भयो।’ 

माओवादी शान्ति प्रक्रियामा आएपछि मात्रै योगी नेपाल फर्किएका थिए। सेनाले माओवादी भनेरै आफूूलाई दुःख दिएको उनी बताउँछन्। तर, माओवादी शान्ति प्रक्रियामा आएर पटकपटक सरकारमा पुग्दा पनि गाडीको क्षतिपूर्ति पाएनन्। 

सरकार परिवर्तन हुनासाथ पटकपटक यस विषय जानकारी गराउँदा पनि न्याय पाउने कुनै सुरसार थिएन। उनी भन्छन्, ‘मैलै आसै मारिसकेको थिए, बुवाको निधन भएका बेला संविधानविद् मेरा मित्र पनि हुनुहुन्छ भीमार्जुन आचार्य मलाई भेट्न दाङ आउनुभएको थियो, त्यतिखेर यो विषय जानकारी गराएँ, अनि सर्वोच्चमा पुगेको हुँ।

सर्वोच्चले सरकारका नाममा परमादेश जारी गरेर क्षतिपूर्ति दिन भनेपछि ढिलै भए पनि न्याय पाएको उनले बताए। उनले आफ्नो ज्यान नै असुरक्षित भएको यो घटनालाई जीवनकै स्मरणीय क्षणसमेत मानेका छन्। ‘२० वर्षपछि भएपनि मैलै न्याय पाएँ’, योगीले भने। 

योगी अहिले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति दाङका अध्यक्ष तथा स्वर्गद्धारी टिप्पर प्रालिका  अध्यक्ष छन्। 


प्रकाशित: November 11, 2021 | 11:30:45 काठमाडौं, बिहीबार, कार्तिक २५, २०७८
विनोद परियार

विनोद परियार

परियार नेपाल समयका लुम्बिनी प्रदेश प्रतिनिधि हुन्।
काठमाडौं, बिहीबार, कार्तिक २५, २०७८

थप समाचार

लुम्बिनी : संस्थापन पक्षका शाह र इतर समूहबाट पुनको प्यानल चुनावी प्रतिस्पर्धामा

प्रदेश सभापतिमा संस्थापन (देउवा) पक्षबाट पूर्वराज्यमन्त्री भरतकुमार शाह र संस्थापन (पौडेल) पक्षबाट रोल्पाका अमरसिंह पुनले प्यानल उम्मेदवारी दर्ता गरेका हुन्।

व्यापारीसँग फोहोर शुल्क उठाउँदै तुलसीपुर उपमहानगर

फोहोर संकलनका लागि गाडी पठाउने रुटहरूमा उद्योग तथा व्यवसाय सञ्चालन गर्दै व्यवसायीबाट व्यवसाय वर्गीकरण गरी शुल्क उठाउन थालिएको हो। फोहोरसंकलन वापतको शुल्क उठाउनका लागि उमहानगरले कमर्चारीसमेत खटाइसकेको छ। उपमहानगरले व्यवसायको प्रकृतिका आधारमा फोहोर शुल्क तोकेको छ।

लुम्बिनीमा आफ्नै पक्षका नेतालाई सर्वसम्मत बनाउन खाणको आग्रह, भण्डारीले भने - 'डेटएक्सपायर' नेता नचुन्‍नुस्

‘नयाँ र राम्रा फोटो खिच्न नयाँ मोबाइल खोज्छौं, तर देश बनाउन नसक्ने पुराना नेताका पछि किन लाग्‍ने? अब यसरी देश बन्दैन,नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ,’ उनले भने।

विश्‍वभर बुद्धका उपदेश फैलाउन जरुरी छ: राष्ट्रपति

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औं वार्षिककोत्सव तथा पुस्ताकालय भवन उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै बुद्धको सन्देश विश्वव्यापी बनाउनुपर्नेमा जोड दिइन्।

लुम्बिनी : संस्थापन इतरका पुनसँग भिड्न खाँणले उतारे आफ्नै प्रतिस्पर्धी

अंकगणितका हिसाबले लुम्बिनीमा संस्थापन इतर समूह बलियो देखिन्छ। सत्ता र शक्तिमा रहेको संस्थापन समूहले अर्को पक्षको मत तान्नकै लागि मध्यमार्गी धारलाई अगाडि सारेको छ।

ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका गुनासा : कानुन बन्यो, कार्यान्वयन भएन

अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकले सार्वजनिक यातायातका साधनमा चढ्दा राम्रो व्यवहार नभएको गुनासो गरेका छन्। उनीहरूले यात्रुमैत्री यातायात सेवा हुनुपर्ने बताएका छन्।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C