बिहीबार, मंसिर २२, २०७९

सत्तामा रहेका पार्टीहरुमा वैचारिक र राजनीतिक स्खलन : अध्यक्ष केसी

नेपाल समय  |  काठमाडौं, शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८, काठमाडौं

नेपाल समय
सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी।

बुटवल- राष्ट्रिय जनमोर्चा निकटको अखिल (छैटौं) को २२ औं राष्ट्रिय सम्मेलन शुक्रबारदेखि बुटवलमा सुरु भएको छ। सम्मेलनको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै केसीले राजनीतिक पार्टीहरुमा स्खलन हुँदा पदीय स्वार्थको खेल भइरहेको बताए। उनले सत्ता र शक्तिमा रहेका पार्टीहरुमा विचलनकै कारण मन्त्री हुनेहरुको लाइन लागेको बताए।

‘सरकार गठन भएको तीन महिनासम्म मन्त्रिमण्डल विस्तार हुनसकेको छैन, अहिले हेर्नुस त मन्त्री हुनका लागि कत्रो लडाइँ चलिरहेको छ,’ उनले भने, ‘मन्त्री नदिए पार्टी छोड्छु भन्छन्।’ उनले गठबन्धनको सरकारमा मन्त्री बन्‍न दौरा सुरुवाल सिलाएर बसेको बताउँदै यो राजनीतिक विचलन र स्खलनको नमुना भएको बताए। उनले ठूला दलहरुमा देखा परेको राजनीतिक विकृती र विसंगतिको परिणामले निम्ताएको फल नेपाली जनताले भोग्‍नुपरेको टिप्पणी गरेका छन्।

दलालीपूर्ण राजनीतिका कारण मुलुकै नरहने हो की भन्‍ने अवस्था सृजना भएको उनले बताए। ‘देशी तथा विदेशी तत्वहरुले नेपालको राष्ट्रिता, स्वतन्त्रता र स्वाधीनता माथि धावा बोली रहेका छन्,  त्यसलाई मलजल हुने गरी दलाल पार्टीहरु लागि रहेका छन्,’ उनले भने। उनले विद्यार्थीहरु सचेत हुनुपर्ने बेला आइसकेको बताए।

केसीले पार्टी भित्रको विवाद वामपन्थी संकिर्णवादको संकेत भएको बताए। ‘आफ्नो कुनै क्रान्तिकारी लाइन दिन नसक्ने तर पार्टीले दक्षिणपन्थी लाईन लियो भन्ने प्रवृति नै वामपन्थी संकिर्णवादको उदाहरण हो,’ केसीले भने।

नेपालको शिक्षानीतिले विदेशीको दलाली र चाकडी गर्ने जनशक्ति तयार गरिरहेको उनको भनाइ छ। उनले अहिलेका सत्ताधारी नेतृत्व राजनीतिकरुपमा नै विचलित भइसकेकाले त्यस्तो नेतृत्वबाट सही शिक्षा नीति बन्नै नसक्ने दाबी गरे। उनले ओलीले संसद् विघटन गर्दै प्रतिगमनकारी कदम चाल्दा त्यसविरुद्धमा एक ठाउँमा भएको गठबन्धनले जनताको आकांक्षा अनुरुपको का मगर्न नसक्नु दु:खद भएको बताए।

अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चा खुम्चदै गएको भन्दै आलोचना गरेको विषयमा आफूहरुले छानेर मात्रै मान्छे राख्‍ने गरेको बताए। उनले जनताको लागि काम गर्ने कार्यकर्ता र नेता बनाउन असफल भएको बताउँदै बदमासीलाई नराख्दा थोरै भएको हुनसक्ने उनको तर्क छ। नेता केसीले आफूहरु जनवादी व्यवस्थाको पक्षपोषक भएको दाबी समेत गरे।

‘हामी जनवादी व्यवस्थाको पक्षधर हौँ, तर यो संसदीयव्यवस्थाको विकल्प छैन। अहिले अन्यव्यवस्थाको सम्भव छ?,’उनले भने, ‘वामपन्थी संकिर्णवाद हाबी देखिएको छ।वामपन्थी संकिर्णवादलाई व्यवहारमा बुझ्न गाह्रो हुन्छ।’

सम्मेलनमा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी संगठनले गलत कुराको विरोध गर्ने तागत राख्नुपर्ने बताउँदै 'बा' प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए। नेपाल विद्यर्थी संघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेलले लामो समयदेखि एउटै एजेन्डामा विद्यार्थी आन्दोलन केन्द्रित भएकोले समस्याहरु समाधान हुन नसकेको बताए।

अनेरास्वयू केन्द्रीय उपाध्यक्ष यमराज पाण्डेले विद्यार्थीका एजेन्डा कमजोर बन्दै गएको बताए। सम्मेलनमा विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाही, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेललगायतले बोल्दै शिक्षा र स्वास्थ्य नि:शुल्क बनाउन जोड दिए।

शुक्रबारदेखि सुरु भएको अखिल छैटौंको सम्मेलन देशैभरका ६५ भन्दा बढी जिल्लाबाट प्रतिनिधि पर्यवेक्षक आएका छन्। सम्मेलन आइतबार नयाँ नेतृत्व चयन गर्दै सकिने छ।


प्रकाशित: October 8, 2021 | 21:14:15 काठमाडौं, शुक्रबार, असोज २२, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो।

सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति

पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।

समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया?

प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ।

आफूलाई निर्णायक दाबी गर्ने माओवादीका तीन दाउ

शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर आइतबारको बैठकमा भने सो कुरालाई ढाकछोप गरेर वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेबारे छलफल भएको बताइयो।

न निर्णय न टेन्डर ! आफ्नै शोरुमबाट वडाध्यक्षका लागि भनेर मेयरले किनिन् १० मोटरसाइकल

करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि मेयर शाही विवादमा तानिएकी छन्।

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।

संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने

७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।

थप समाचार

नेपाल समय
लुम्बिनी

मुख्यमन्त्रीले छापामार शैलीमा सामान सारेपछि गठबन्धनभित्र खटपट, मन्त्रीहरू असन्तुष्ट

सरकारले मध्यरातमा छापामार शैलीमा सामान दाङ लगेपछि मुख्यमन्त्रीको कार्यशैलीप्रति नै मन्त्रीहरुले फरक मत जाहेर गरेका छन्।
नेपाल समय
लुम्बिनी

रुपन्देही–२ मा पुनः मतदान माग गर्दै स्वतन्त्र पार्टीका पौडेलले गरे सर्वोच्चमा रिट दर्ता

– रुपन्देही क्षेत्र नम्बर २ मा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।
नेपाल समय
लुम्बिनी

मुख्यमन्त्री केसीको निर्देशनमा निर्वाचन आचार संहिता नसकिँदै बुटवलबाट रातारात दाङ लगियो सामान

पूर्वाधार विना नै स्थायी राजधानीमा संरचना नलैजान चौतर्फी दवाव भइरहे पनि लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयले रातारात सामान स्थायी राजधानीमा संरचना बनेपछिमात्रै लैजाने गरी सरकारले निर्णय गरेको भए पनि मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा रातारात सामान दाङ लगिएको हो।
नेपाल समय
लुम्बिनी

लुम्बिनीको मुख्यमन्त्री कार्यालय बुटवलबाट सारियो दाङ

स्थायी पूर्वाधार बनाएर मन्त्रालयहरु दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचरलगायत सामान दाङ पुर्‍याइएको छ।
नेपाल समय
लुम्बिनी

घर बनाइदिने प्रलोभनमा गरिब परिवारको दुई करोड ठगी

‘गरिब निर्माण सहयोगदाता’ नामक एक गैरसरकारी संस्थाको नाममा सक्रिय एक समूहको प्रलोभनमा परी उनीहरू ठगिएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना