मंगलबार, कार्तिक २, २०७८
  • गृहपृष्ठ
  • लुम्बिनी
  • बुटवलका मेयरलाई मुक्का प्रहार गर्ने गणेशविरुद्ध एमालेले मुद्दा नचलाउने

बुटवलका मेयरलाई मुक्का प्रहार गर्ने गणेशविरुद्ध एमालेले मुद्दा नचलाउने

नेपाल समय  |  काठमाडौं, मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८, काठमाडौं

नेपाल समय

बुटवल- नेकपा एमालेले बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियुका सदस्य गणेश पंगेनीविरूद्ध  मुद्दा नचलाउने भएको छ।

नेकपा एमाले बुटवलले मंगलबार पत्रकार सम्मेलन गर्दै घटना दुखद र गलत भएको बताउँदै मुद्दा चलाउने पक्षमा एमाले नरहेको बताएको हो।

एमाले बुटवल नगरका अध्यक्ष बाबुराम पन्थीले बुटवलको पहिरो प्रभावित ज्योतिनगरमा नगरप्रमुखमाथि भएको आक्रमणको निन्दा गरेका छन्। 'घटना जसरी भयो, त्यो गलत छ। तर, यश घटनलाई मुद्दाका रूपमा अघि बढाउने पक्षमा हामी छैनौं,' उनले भने। उनले घटना नियोजित रूपमा भएको आशंका रहेको बताए।

नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेका सुवेदीलाई आफ्नै कार्यकर्ताले मुक्का हानेपछि पार्टीभित्र पनि बहस सृजना गरेको छ। मेयर सुवेदीमाथिको आक्रमणलाई भने बुटवल उपमहानगरले नियोजित  भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेको थियो।

पहिरो निरीक्षणका लागि बुटवल-३ ज्योतिनगरमा गएका नगरप्रमुख सुवेदीलाई  सोमबार पङ्गेनीले मुक्का प्रहार गरेका थिए। पंगेनिलाई साँझ  ७ बजे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

ज्योतिनगरका स्थानीयसमेत रहेका पंगेनी  पहिरो प्रभावित हुन्। ज्योतिनगर र लक्ष्मीनगरमा पहिरोले २ दर्जन घरमा क्षति पुगेको छ। 



यो पनि


प्रकाशित: September 21, 2021 | 09:07:58 काठमाडौं, मंगलबार, असोज ५, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, मंगलबार, असोज ५, २०७८

थप समाचार

गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी : १० स्थायी दरबन्दी, १ कर्मचारी

कोठाहरु प्रयाप्त नहुँदा पशुसरह कैदीबन्दी सुत्नपर्ने, शौचालयमा लाइन बस्नुपर्ने, बिद्युतको विकल्प नहुँदा अन्धकारमा बस्नुपर्ने लगायतका समस्या कारागारमा छन्।

बाँकेमा एक महिनामा सवारी दुर्घटनामा ७ जनाको मृत्यु

बाँकेमा पछिल्लो एक महिनामा भएका १४ वटा सवारी दुर्घटनामा परेर ७ जनाले ज्यान गुमाएका छन भने ३ जना गम्भीर घाइते भएका छन्।

कपिलवस्तुको बहादुरगन्जमा हैजा फैलिएको पुष्टि

कपिलवस्तुको कृष्णनगर नगरपालिकको तीन वटा वडामा हैजा फैलिएको पुष्टि भएको छ।

नेपाल समयकर्मी परियारसहित चार जना सम्मानित

पूर्वी नवलपरासीको प्रस्तावित बुलिङटार जेसिजले विभिन्न पेशामा रहेकाहरूलाई सम्मान गरेको छ।

पूर्वी नवलपरासीको पहाडी भेगमा जोखिमपूर्ण यात्रा [फोटोफिचर]

पूर्वी नवलपरासिको पहाडी भेगमा दशैका लागि घर फर्किने यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

मोतीपुरमा आज रातिबाट कर्फ्यु हट्ने

बुटवल मोतिपुरमा प्रहरी र सुकुम्बासी समूहबीच भएकाे झडपपछि लगाएको कर्फ्यू आज राति १२ बजेदेखी हट्ने भएको छ।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C