नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५औं वर्ष पुगेको छ। यही सेरोफेरोमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप कसिलो बनाउने चर्चा पनि भइरहेको छ। कतिपय सन्दर्भमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले गरिरहेको कूटनीतिक प्रयासको प्रशंसा पनि भइरहेको छ। राजदूत खत्रीसँग ‘दिस ईज अमेरिका एन्ड द वर्ल्ड’को २५४२औँ शृंखलामा डेनिस होलेले अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग गरेको कुराकानीको सम्पादित अंश
आधारभूत कुराहरुबारे छलफल गरौँ। नेपालको राजधानी, जनसंख्या र तपाईंले भनेजस्तो हिमाल, भौगोलिक बनोटबारे कुरा गरौँ न त।
-नेपाललाई विश्वका अरु देशसँग तुलना गर्ने हो भने हाम्रो जनसंख्या लगभग ३ करोड छ। तथ्यांक अनुसार विश्वको ४९ औँ धेरै जनसंख्या भएको देशमा पर्दछ। सानो भन्दैमा निकै सानो पनि छैन। लगभग डेढ लाख वर्ग किलोमिटरको छ, नेपाल। जसको मतलब विश्वमा १०० भन्दा बढी नेपालभन्दा साना देश छन्। तर, दुई विशाल देशहरुको माझमा चेपिएको भएर सायद नेपाल निकै सानो देश देखिन्छ। चीन र भारत दुवैको अर्थतन्त्र राम्ररी फस्टाएको छ। अनि जनसंख्या पनि १ अर्बमाथि छ। त्यसैले पनि, नेपाल सानो हुनु भनेको सापेक्षिक कुरा मात्र हो।
चीन र भारत दुवैका माझमा हुँदा स्थिति नाजुक नै देखिन्छ नि। त्यसका लागि नेपालको वैदेशिक नीति कस्तो छ?
-नाजुक त छ नै। तर, मेरो विचारमा हाम्रो भूराजनीतिक स्थिति लाभदायक पनि छ। वैदेशिक नीतिको कुरा गर्ने हो भने हाम्रो नीति छर्लङ्ग छ, कतैतिर पनि झुकाव छैन। यस कुरालाई हाम्रो संविधानले पनि प्रष्ट्याएको छ। त्यसैले, विश्वव्यापी शक्तिहरुका बीचमा हुनु भनेको पनि फाइदाजनक नै हुन्छ जस्तो मलाई लाग्छ।
यहाँ अमेरिकामा हामीलाई कहिलेकाहीँ भौगोलिक चुनौती महसुस हुन्छ। जब नेपाल भनिन्छ, मान्छेहरुले तिब्बत सोच्छन्। भुटान सोच्छन्। छरछिमेकको परिचयबाट नेपाललाई कसरी छुट्याउन सकिएला?
-सन् १९६४ मा जब म अमेरिका आएँ, अनि मान्छैहरुले मलाई ‘तिमी कहाँबाट हो’ भनेर सोद्धा जब म ‘नेपाल’ भनेर जवाफ दिन्थेँ, उनीहरुको प्रतिकृया ‘ए.. अँ न्यापल्स (ईटालीको सहर) भन्ने गर्थे। धन्न अहिले तिब्बत, भूटान भए पनि नजिक नजिक पुगिँदैछ। दुई ठूला राष्ट्रहरुका बीचमा रहेको नेपालको छिमेकी हो, भुटान। सार्क सदस्य दक्षिण एसियाली राष्ट्रहरु वरिपरी छन्। यही सबैका आसपासमा छ, नेपाल।
अनि विश्वकै विशेष क्षेत्रमा पनि, हैन र?
-एकदमै। नेपाल घुम्ने पर्यटकहरुको पनि यस्तै भनाइ हुन्छ।
तपाईंले अघि भनेजस्तै सगरमाथा, हिमालयका बारेमा सोच्दा मेरो मनमा अर्को कुराको खुलदुली जाग्यो। यी विशाल हिमश्रृंखलाहरुले यहाँका जनतामा कस्तो मानसिक छाप छोडेको छ?
-वास्तवमा नेपालीमा अभिमानको भाव जगाएको छ। अग्लाअग्ला हिमाल र पहाडका माझ जीवन अति कष्टकर भए पनि उनीहरु कडा परिश्रम र लगशीलताका साथ जीवनशैलीलाई सरल बनाउन तल्लीन छन्। कहिलेकाहिँ पानी लिन समेत लामो दूरी हिँड्नुपर्छ। त्यो पनि उकालो(ओरालो। तर नेपाल पहाडै(पहाडले मात्र भरिएको भने छैन। दक्षिणतिर समथर तराई छ। त्यसैले नेपाल भनेको तराई दूरदराज र पहाड सबैको सुन्दर सम्मिश्रण हो।
सगरमाथा मात्रले नेपालमा कस्तो प्रभाव पारेको छ?
-सगरमाथाले हाम्रो अस्तित्वलाई नक्सामा कायम गर्दछ। जब(जब म कोहि नयाँ मान्छे भेट्छु, उनीहरुलाई सिधै सगरमाथा भन्दिन्छु। त्यति सुन्नासाथ उनीहरुले बुझिहाल्छन्। एक हिसाबले सगरमाथा हाम्रो पहिचान हो। यसले पर्यटन प्रबद्र्धनमा समेत ठूलो भूमिका निर्वाह गर्दछ।
चीन र भारत दुवैको अर्थतन्त्र राम्ररी फस्टाएको छ। अनि जनसंख्या पनि १ अर्बमाथि छ। त्यसैले पनि, नेपाल सानो हुनु भनेको सापेक्षिक कुरा मात्र हो।
३ करोड आसपास जनता भएको देशको अर्थतन्त्र सञ्चालनको प्रमुख तत्व के छ?
-अधिकांश रुपमा खेती/किसानी नै हो। करीब ७० प्रतिशत नेपाली कृषिमै निर्भर छन्। तर, विगतका केहि वर्षयता सेवा क्षेत्रले पनि राम्रो पकड लिएको छ। नेपालको जीडीपी करिब ३५ बिलियन अमेरिकी डलरको छ। जुन विकसित राष्ट्रहरुको तुलनामा धेरै त अवश्य हैन तर पनि नेपाल अघि बढ्न प्रयासरत छ।
अनि व्यावसायिक दृष्टिकोणबाट चाहीँ नेपाल कुनकुन राष्ट्रसँग संलग्न छ?
-तपाईंले अनुमान लाएझैँ मु्ख्यतस् दुई छिमेकी राष्ट्रहरुसँग। चीनसँग व्यापारिक सम्बन्ध विस्तार हुँदैछ। भारतसँग नै बढी व्यवसाय हुन्छ। अमेरिका र युरोपेली संगठनसँग पनि व्यवासियक हिसाबले उल्लेख्य विस्तार हुँदैछ।
नेपाल र संयुक्त राज्य अमेरिकाबीच कस्ता सरसामानको बिक्रीवितरण हुने गरेको छ?
-धैरैजसो त्यही औषधिमुलो, ईलेक्ट्रोनिक ग्याजेट, टेकनिकल सामानहरु अमेरिकाबाट नेपाल जान्छन्। नेपालबाट अमेरिका आउने भनेको विश्वप्रसिद्ध नेपाली कार्पेट, जडीबुटीहरु हुन्। यहाँ भएका ठूला कम्पनीहरुसँग पनि नेपालबाट आउने सामानको बजारीकरणबारे हामी कुरा गरिरहेका छौँ।
के अमेरिकी कम्पनीहरुलाई नेपालमा लगानी गर्ने मौका मिल्नसक्छ?
-पक्कै पनि। विगतमा पनि प्रयासहरु भएका थिए। अनि अहिले पनि हामी यसबारे छलफल गरिरहेकै छौँ। लगाानीकर्ताहरुका लागि जलविद्युत प्रमुख आकर्षणको विषय हुन्छजस्तो मलाई लाग्छ। सौर्य उर्जाजस्ता उर्जाका अन्य विधामा पनि लगानी गर्न सकिन्छ।
-1658059232.jpg?p=768&s=b8f4b69a4e2435445e62eb2a5068ee12)
मेरो एजेन्डामा भएको अर्को राम्रो लगानीको विधा भनेको आईटी क्षेत्र पनि हो। किनभने मलाई अझै लाग्छ कि नेपालमा आईटी क्रान्ति भित्रिएकै छैन। आजभोलि हरेक कुरा आइटीसँग समबन्धित छन्। त्यसकारण मलाई लाग्छ नेपालमा आईटी विकासको आधार निर्माण गर्न एकदम जरुरी छ। हानीरहित उर्जाश्रोत पनि काफी छन्, यसका लागि। हामीसँग उच्चकोटीका सफ्टवेयर ईन्जिनियर पनि छन्। बस् बाँकी भनेको आईटीको बजार व्यवस्थापन र ठूला कम्पनीहरुलाई स्वागत मात्र हो।
तपाईंले आईटीको कुरा गरिरहँदा, शिक्षाको विकास पनि एकदम राम्रो गतिमा भएको छ, नेपालमा। यसबारे केही बताइदिनुहोस् न।
-नेपालमा शिक्षा विकासको कुरा गर्ने हो भने अमेरिकाको ठूलो सहयोग छ। हामीले अमेरिकाकै सहयोगको नतिजा देखिरहेका छौँ। थुप्रै विश्वविद्यालयदेखि लिएर मेडिकल कलेजहरु स्थापना भएका छन्। जसले अब्बल डाक्टर, नर्सहरु उत्पादन गरेका छन्। हाम्रा नर्सहरु विदेशमा पनि उत्तिकै कार्यरत छन्। अन्तर्राष्ट्रिय स्तरमा सेवा दिइरहेका छन्। पहिले नदेखिने शैक्षिक विकास अहिले छ्याप्छ्याप्ति देखिन थालेका छन्।
तपाईँले अघि नेपालीहरु मिलनसार, दयालु हुने कुरा गर्दैहुनुहुन्थ्यो। फेरि त्यसलाई कोट्याउन चाहेँ। तपाईं नेपालीहरुको चालचलनलाई कसरी व्याख्या गर्नु हुन्छ? अथवा भनौँ नेपालीहरुको संस्कारको मुटुमा के छ?
-नेपालीहरुको खुलापन र हार्दिकतापूर्ण स्वागत र सत्कार नै अरुभन्दा भिन्न छ जस्तो लाग्छ मलाई। नेपालीहरु निसंकोच नै मिजासिला र मिलनसार पनि छन्। उनीहरु आफ्ना पाहुनाका बारेमा जान्न पनि उत्तिकै उत्सुक हुन्छन्। ठ्याक्कै उदाहरण दिएर भन्ने हो भने- तपाईँ नेपाल घुम्दै हुनुहुन्छ र कतै पुगेर कसैलाई बाटो सोध्नुभयो भने तपाईं बाटो देखाउने भन्दा पहिला ‘किन हतार गर्नुभएको? यता आउनुहोस्, बस्नुहोस्, आराम गर्नुहोस् अनि जानू' भन्ने सुन्नुहुनेछ।
यसबारे अलि गहिरिएर कुरा गर्नुपर्दा यहाँका मानिसमा धर्मले कस्तो प्रभाव पारेको छ? बौद्ध र हिन्दु धर्मले संस्कार र संस्कृतिलाई कसरी छुट्टै रुप दिएको छ?
-नेपालमा करिब ८० प्रतिशत हिन्दु धर्मावलम्वी छन्। तर, नेपाल धर्म निरपेक्ष राष्ट्र हो। हाम्रा लागि यस विषयमा कयौँ गर्वका कुराहरु छन्। भगवान् श्री रामकी श्रीमती सीता माताको जन्मस्थान हो, नेपाल। नेपाल र नेपालीका लागि यो एकदमै महत्वपूर्ण धार्मिक तथा मार्मिक कुरा हो। भगवान बुद्धको जन्मथलो पनि नेपाल नै हो। उहाँको जन्मस्थललाई छुट्टै महिमासहित विकास गरिएको छ। विश्वभरका धर्मावलम्बीहरुका लागि यी दुवै क्षेत्र एकदमै प्यारा तथा सम्मानयोग्य छन्।
त्यसो भए दुईवटै मुख्य धर्मस्थली तपाईँहरूसँग छन्?
-हामी उहाँहरु हुर्केको भूमिमा हुर्किन पाउँदा आफैंलाई गरौवान्तवि तथा भाग्यशाली महसुस गर्छौं।
सामान्यतया, नेपालबारे कुरा गर्दा मानिसहरुले राजतन्त्रसहितको राज्य भनेर चिन्दछन्। अलिकति इतिहास पनि बताइदिनुहोस् न।
-केही समयअघिसम्म नेपालमा राजतन्त्र नै थियो। ससाना टुक्रे राज्यहरुको एकीकरण गर्दै राजा पृथ्वीनारायण शाहले सिङ्गो नेपालको निर्माण गरेका हुन्। नेपालको र संयुक्त राज्य अमेरिकाको एकिकरण लगभग उस्तै समयमा भएको थियो। तर हाम्रोमा करिब २४० वर्षसम्म राजतन्त्र रह्यो। र सन् २००६ मा मात्र नेपाल राजतन्त्रबाट मुक्त भई संघीय गणतन्त्रमा प्रवेश गरेको हो।
नेपालमा सन् २००० ताका राजपरिवारको दर्दनाक हत्या भएको थियो। मैले यस विषयलाई जोड्नुको कारण भनेको सम्पूर्ण राजपरिवारको हत्या भएको थियो। अहिले तपाईं अमेरिकामा हुनुहुन्छ। यहाँ टेक्सासमा त्यस्तै छ। हप्तैपिच्छे सार्वजनिक स्थानहरुमा गोली चल्छन्, मान्छे मर्छन्। तपाईं पनि नेपालमा यस्तै पार गरेर आउनुभएको हो। एउटा मानवका रुपमा तपाईं अहिले अमेरिकामा के देख्नुहुन्छ?
-राजपरिवारको हत्याको कुरा गरौँ। त्यस्तो हत्या हुन्छ भनेर कुनै पनि कोणबाट कल्पनासमेत गर्न सकिँदैन। अझ मैले चिनेका नजिकका केही मान्छेहरु पनि मारिएका थिए, त्यस घटनामा। दुर्घटनाबारे विभिन्न सिद्धान्तहरु छन्। केन्नेडीको हत्याको षड्यन्त्रका सिद्धान्तहरुजस्तै। सायद यी अझै दशकौँसम्म रहस्य रहिरहनेछन्। तर यहाँ भइरहेका हत्या-हिंसाका दुर्घटनाबारे कुरा गर्ने हो भने यहाँ बालबालिका र निर्दोष जनता मारिएको दृष्य साह्रै हृदय विदारक छन्। हतियार नियन्त्रण, सामाजिक सहिष्णुताजस्ता विषय अमेरिकी सरकारका लागि निकै ठूलो चुनौती बनेको छ। आपराधिक सोच भएका व्यक्तिको पहिचान गर्नसके पनि यस्ता दुर्घटना न्यूनिकरण गर्न सकिन्थ्यो।
हतियार स्वामित्वबारे हामीले सिक्न सक्ने कस्ता नियम छन्, नेपालमा?
-नेपालमा हतियारबारे एकदमै कडा कानुन छ। माओवादी आन्दोलनमा पनि उनीहरुलाई निकै मुस्किल परेको थियो, बन्दुक पाउन। हतियार नियन्त्रण र अनुमतिबारे नियम साह्रै कडा छ। सिकार खेल्नका लागि मात्र सीमित प्रकारका बन्दुक प्रयोग गर्न पाइन्छ। सामान्य व्यक्तिले पेस्तोल बोक्न पाउँदैन। शक्तिशाली राईफल पनि बोक्न पाउँदैन।
संघीय लोकतान्त्रिक गणतन्त्र भएको देशबाट तपाईं आउनु भएको छ। अमेरिकाका बारेमा कुरा गर्ने हो भने समयक्रममा हामी निकै ध्रुविकृत देखिन्छौँ। हाम्रो गणतान्त्रिक प्रणालीमाथि समयसमयमा चुनौती देखा पर्छन्। यसबारे तपाईँको धारणा कस्तो रहेको छ?
-अहिले अमेरिकी प्रणालीमाथि देखा परेका चुनौती मैले कहिल्यै देखौंला भनेर कल्पना गरेको थिइनँ। सँगै अमेरिकी गणतन्त्र बुझेको हुनाले म यति भन्नसक्छु कि यसरी समयसमयमा देखिने चुनौती र विभाजनले कुनै पनि दीर्घकालिन असर पार्नेछैन। इतिहास हेर्ने हो भने अमेरिकी गणतन्त्र आफैँमा निकै बलियो छ। अमेरिकाका संस्थापकहरुले त्यति सजिलै यस्तो महान् राष्ट्रको निर्माण गरेका होइनन्।
-1658059232.jpg?p=768&s=3cebff214ab12cd217d20756eadb8120)
निकै गहन विचार र वादविवादको प्रतिफल हो, अमेरिकी गणतन्त्र। तपाईंहरुसँग सधैँ कता जाने के गर्ने भन्ने आधार छ। हरेक समाजले चुनौती सामना गर्नुपर्दछ र अहिले अमेरिका त्यहि परिस्थितिबाट गुज्रिरहेको छ। जुन अमेरिकाले निश्चय नै सफलतापूर्वक सामना गर्नेछ।
अहिले नेपालमा रहेको सरकारले कसरी काम गरिरहेको छ?
-राजतन्त्रपछि नेपालीहरुले निकै महत्वकांक्षी छलाङ मारे। फलस्वरुप केन्द्रिकृत सरकारको अन्त्य गर्दै संघीय व्यवस्थासहितको गणतन्त्र भित्रियो। नेपाल प्रदेशहरुमा विभाजित भयो अनि तिनका प्रतिनिधीमण्डल गठन गरिए। साथै केन्द्रीय सरकार पनि रह्यो। साँच्चै भन्नुपर्दा सबै देशहरु एक(एक कदम गर्दै अघि बढ्ने हुन्, सिक्ने हुन्। हामी अहिले सिकारु नै हौँ। म चाहिँ नेपालको गणतन्त्रलाई ‘विकसिल गणतन्त्र’ भन्न रुचाउँछु।
मलाई यो कुरा साह्रै चित्तबुझ्दो लाग्यो। वैदेशिक लगानी आकर्षित गर्नु एक ठाउँमा छ। तपाईं यहाँ अमेरिकामा आफ्नो भूमिका र लक्ष्यलाई कसरी व्याख्या गर्नुहुन्छ?
-संसदमा मिनेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित हुँदा म अमेरिकामै थिएँ। जसको मतलब मेरा लागि अमेरिकामा थुप्रै ढोका खुले। अनि पेन्टागन, यूएसएडमा रहेका इस्टमित्रहरुले मलाई न्यानो अभिवादनसहित स्वागत गर्नुभयो। मेरो बाटोमा हरेक पाइला साथ दिनुभएको पनि छ। जसका लागि म निकै आभारी छु। राजनीतिक स्तरमा मेरो लक्ष्य भनेको नेपाल र अमेरिकाको ७५ वर्षे लामो सम्बन्धलाई आउँदा दिनमा अझ प्रगाढ बनाउनु हो।
व्यापारदेखि लिएर अन्य थुप्रै आर्थिक सम्भावना पनि बोकेको छ, हाम्रो सम्बन्धले। अमेरिकाको नेपालसँगको व्यवसायिक नाता अरु देशहरुभन्दा भिन्न छ। यस कुरामा ध्यान दिन जरुरी छ। लगानी कै कुरा जोड्दा म अमेरिकाले नेपालको आईटी क्षेत्रमा योगदान र्पुयाएको हेर्न चाहन्छु। साथै हाम्रो कार्पेट उद्योगजस्ता उद्योगधन्दाका लागि सहज बाटो निर्माण होस्।
राज्य विभागबाट तपाईंले चिनेका वरिष्ठ अधिकारी अथवा हामी पत्रकारिताको सिलसिलामा नेपाल जाने हो भने तपाईं हामीलाई के देखाउन चाहनुहुन्छ?
-फेरि उही कुरा जोड्न चाहेँ। हामीकहाँ भरपुर विविधता छ। धर्म, संस्कृति, दैनिक जनजीवन। सबैतिर विविधता पाउनुहुनेछ। नेपालीहरू मिलनसार छन्, मेहनती छन्, उद्यमशील छन्। नेपाल भर्खर मात्र विश्वसामु देखा पर्दैछ। त्यसकारण मलाई लाग्छ कि विश्वसामु परिचय दिन पाउनु नेपालका लागि एकदमै फलदायी हुन्छ।
तपाईँले संयुक्त राष्ट्रसंघका लागि काम गर्नुभयो। सरकारका लागि काम गर्नुभयो। अमेरिकामा आउजाउ भइरहन्छ। २७ वर्ष विश्वविद्यालयमा राजनीतिशास्त्रको प्राध्यापकका रुपमा सेवा गर्नुभयो। खेलकुद रुचाउनुहुन्छ। परिवारलाई माया गर्नुहुन्छ। यो लामो यात्रामा व्यक्तिगत तहमा तपाईँले सिक्नुभएको एउटामात्र तपाईँका लागि अति महत्वपूर्ण सिकाई के हो? जसले तपाईँलाई मानवका रुपमा जीवन चलाउन सहयोग गरेको छ?
-सिक्न कहिल्यै रोक्नुहुँदैन। र यो कहिल्यै रोकेर रोकिँदैन पनि। यो कुरा मैले सानैमा सिकेँ। मेरो जीवनको पाठ नै यही हो।
-मलाई सिकिरहन मनपर्छ। देशबारे पढ्छु। विभिन्न कुराहरुबारे ज्ञान हासिल गर्न रुचाउँछु। तपाईंसँग खुलापनका साथ वार्तालाप गर्न सिकेँ। कोभिड माहामारीका बेला पकाउन सिकेँ। त्यसैले सिक्ने काम कहिल्यै रोकिँदैन।