सोमबार, असार १३, २०७९

बजेटको मुख्य प्राथमिकता औद्योगिकरण हुनुपर्छ : विष्णुकुमार अग्रवाल [अन्तर्वार्ता]

नेपाल समय  |  काठमाडौं, बुधबार, जेठ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९, काठमाडौं

नेपाल समय

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। तर पछिल्लो समय मुलुकको अर्थतन्त्र शंकटोन्मुख बन्दै गएको छ। वास्तवमा नेपालको अर्थतन्त्र शंकटोन्मुख मात्रै हो वा शंकटग्रस्त बनिसक्यो? यस बारेमा अर्थविद्हरुले विभिन्न तर्क गरिरहेका छन्। समस्यामा रहेको अर्थतन्त्र सुधार वा समाधानका उपायहरु नखोज्ने हो भने नेपालको अर्थतन्त्र धरापमा पर्ने अर्थविद्हरुले बताइसकेका छन्। आगामी आर्थिक २०७९/०८० को बजेटमा सरकारले के कस्ता नीति तथा कार्यक्रमहरु ल्याउँदा उपयुक्त हुन्छ? 

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालसँगको कुराकानीका क्रममा अध्यक्ष अग्रवालले आगामी बजेटको नीति तथा कार्यक्रममा सरकारले औद्योगिकीकरणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। नेपालको नारायणगढ, हेटौँडा लगायतका औद्योगिक क्षेत्र आगामी एक वर्षभित्र सञ्चालनमा ल्याइसक्नु पर्ने बताएका छन्। यसै सन्दर्भमा केन्द्रित रहेर अध्यक्ष अग्रवालसँग सरकारको बजेटमा आगामी एक वर्षको लागि गर्नुपर्ने कुराहरु, नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने विषय, नीजि क्षेत्रको माग र सुझावप्रति सरकरले राखेको धारणाका बारेमा कुराकानी गरेको छ।

हाम्रो अर्थतन्त्र शंकटमा छ भन्ने हामीले धेरै सुनिरह्यौं, अर्थतन्त्रमा समस्या छ? के समस्या देख्नुभएको छ र अर्थतन्त्रमा देखिएका समस्या समाधानका उपायहरु के-के छन्?

नेपाल उद्योग परिसंघको तर्फबाट मुलुकको अर्थतन्त्र हेर्दा समस्या छ। तर,अर्थतन्त्रमा समस्या भए पनि निराश हुने अवस्था भने छैन। अहिले हामीले अर्थतन्त्रमा मुख्य दुई वटा समस्या भोगिरहेका छौं। पहिलो समस्या बजारमा तरलताको रहेको छ। अहिले कुनै उद्योगी व्यवसायीहरुले कुनैपनि बैंकमा गएर कुनै उद्योगमा लगानी गर्नको लागि वा उद्योगको क्षमता बढाउन बैंकहरुमा पैसा पाउने स्थिति छैन। 

सरकारले अहिले आयातलाई पनि निरुत्साहीत गरिरहेको छ। अहिले अर्थतन्त्रमा समस्याहरु छन्। कुनैपनि मुलुकको अर्थतन्त्रको बिस्तार भइरहेको हुन्छ त्यो बेला अर्थतन्त्रमा समस्या भोग्नुपर्छ। यस्तो बेला स्रोतको कमी हुन जान्छ र मागहरु बढ्दै जान्छ।

यो कुनै नौलो समस्या पनि होइन। भारतले पनि सन् १९९१/९२ सालमा नेपालको जस्तो समस्या भोगेको थियो। विश्वका धेरै देशले यस्ता समस्या कुनै न कुनै समयमा भोगेका छन्। नेपाललाई अब यस्ता समस्या समाधान गर्ने चुनौती रहेको छ। हामीले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न अवसरहरु बढाएर लैजानुपर्छ। 

परिसंघको मान्यता के हो भने अर्थतन्त्रमा अवसरहरु बढाउनुपर्छ भन्ने हो। अर्थतन्त्र पुनःउत्थान गर्न आवश्यक टुल्स (योजना) हरुलाई अगाडि बढाउनु पर्छ। सरकारले औद्योगीकरण र विदेशी लगानीलाई पनि प्रोत्साहन गर्नु जरुरी छ। विश्वका धेरै विकासोन्मुख देशहरुले औद्योगीकरणमा क्रान्ति गरेका छन्। 

औद्योगीक क्रान्ति भएको देशमा रोजगारीको सिर्जना,उत्पादनमा वृद्धि,पुँजीको बिस्तार हुनेगर्छ। यसरी पुँजी बिस्तार हुँदा मात्रै वर्षौं वर्ष अर्थतन्त्र र उद्योगीहरुले प्रतिफल पाइराख्छन्। पछिल्लो समय नेपालमा कृषि र उद्योगलाई छोडेर सर्भिस सेवामा लागेकाले अर्थतन्त्र विकास हुन पाएको छैन।

अर्थतन्त्र विकास हुनको लागि छिमेकी मुलुक भारत, चीन, बंगलादेशसँग नेपालले प्रतिष्पर्धा गर्नुपरेको छ। तर यी देशहरु धेरै अगाडि निस्किसकेका छन्। नेपालले औद्योगीकरणको विकासको लागि स्पेशल इफोर्ट लगाउनु आवश्यक छ।

परिसंघले दिएका सुझावहरु दीर्घकालिन समयको लागि दिनुभएको छ, हाम्रो अर्थतन्त्रमा समस्या दैनिकको छ, तपाईहरुले दिएका सुझाव अनुसार काम गर्दा समय लाग्छ, त्यति समयसम्म मुलुकको अर्थतन्त्र चलाउन सक्ने हो की होइन भन्ने प्रश्न हो, अब सरकारले तत्काल के गर्नुपर्छ?

मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि परिसंघले यसअघि नै सरकारलाई सुझावहरु दिएको छ। सुझावमा दीर्घकालिन र छोटो समयका लागि सुझाव दिइएको छ। हामी सबैले सकारात्मक सोच राख्नुपर्छ। हाम्रो देशमा विदेशबाट आउने रेमिटेन्सलाई व्यवस्थित बनाउनुपर्छ। अहिले मुलुकमा दुई किसिमबाट रेमिटेन्स भित्रिने गरेको छ।

जसमा फर्मल र इन्फर्मल च्यानलबाट आउने गरेको छ। इन्फर्मल च्यानलबाट आएको रेमिटेन्सलाई सरकारले रोक्न सक्नुपर्छ। त्यसको लागि सरकारले रेमिटेन्स भित्र्याउने क्षेत्रलाई बढवा दिनुपर्छ। बंगलादेश,पाकिस्तान लगायतका मुलुकमा जस्तो बैंकिङ च्यानलबाट आउने रेमिटेन्सलाई वृद्धि गर्नको लागि अनुदान दिने व्यवस्था गर्नुपर्छ। रेमिटेन्स पठाउनेलाई नेपालमा आइपीओमा १५ प्रतिशत कोटा छुट्याउनु पर्छ। 

अहिले सरकारले १० प्रतिशतको योजना बनाएर मन्त्रीपरिषद्मा गएको छ। यो पनि एउटा राम्रो कुरा छ। रेमिटेन्स पठाउनेहरुलाई विशेष प्राथकिता दिएर अगाडि बढाए रेमिटेन्स बढ्छ। 

अहिले सरकारले एनआरएनहरुलाई बैंकमा डलर खाता खोल्ने अनुमति दिएको छ। यो राम्रो कदम चाल्ने काम भएको छ। एनआरएनका साथीहरुलाई अहिलेसम्म पनि विश्वास गरेका छैनन्। यो पैसा जुन छ फेरि रिप्याक्टियट गर्न पाउँछ। त्यस्तोमा सरकारले विस्वास जगाउन आवश्यक छ। मलाई लाग्छ दूतावासहरुलाई प्रयोग गरेर प्रचार गर्न सके अर्थतन्त्रमा ठूलो सहयोग हुन्छ। अहिले मान्छेहरुसँग पैसा छैन भन्ने होइन। अहिले धेरै मानिसहरुले राम्रो पैसा कमाएका छन्। बिजनेस पनि आफैँ गर्न सफल भएका छन्। विदेशमा राम्रो कम्पनीहरुमा काम गरिरहेका छन्। अपार्टमेण्टहरु बनाउनको लागि विदेशी लगानीको कुरा रहेको छ। 

यसमा विदेशी लगानी ल्याउनको लागि एउटा नियम बनाएर लिमिट तरिकाले अगाडि बढ्नुपर्छ।  यसले पनि नेपालमा धेरै पैसा ल्याउनु सक्छौं। भारतमा सन् २००० सम्म वैदेशिक लगानी आएको थियो। ५० प्रतिशत पोर्टफोलियो म्यानेजमेण्टमा आएको थियो। हामीले पनि पोर्टफोलियो म्यानेजमेण्ट बनाएर खुल्यो भने त्यसमा पनि ठूलो पैसा आउन सक्छ। हामीले यस्ता समस्या हरेक साल भोगिरहेका छौं। तरलताको समस्या आजको समस्या मात्रै होइन। लामो समयदेखि भोगिरहेका छौं। यसको समाधानको लागि नेपाल औद्योगीकरणमा जानैपर्छ। 

नेपालमा विद्युत उत्पादन वृद्धि भइरहेको छ। जुन जलविद्युतमा छिमेकी मुलुकहरु पछाडि परिरहेका छन्। भविष्यमा गएर क्लिन इनर्जिको रेटहरु कम हुने सम्भावना छैन। विद्युत उत्पादन बढाउनको लागि पीपीए खोलेर भने पाँच वर्षमा जलविद्युत आयोजनाको फाइदा लिन सक्छौं। एउटा आयोजना पीपीए भएको चारदेखि पाँच वर्षमा निर्माण सम्पन्न हुनसक्छ। त्यसैले पीपीए खोल्न एकदमै आवश्यकता छ। पावर ट्रेडिङमा नीजि कम्पनीहरुलाई पनि सामेल गराउन जरुरी छ। विद्युत प्राधिकरणका फरक-फरक क्षेत्रहरु छन्। 

जसरी जलविद्युत विकास, ट्रान्समिसन, डिस्ट्रिव्युसन भइरहेको छ कम्तिमा डिस्ट्रिव्युसन निजी क्षेत्रलाई पनि सहभागी गराउनु पर्छ। एकपटक यो क्षेत्रमा नीजि क्षेत्र आउनेबित्तिकै वृद्धि अर्कै स्तरमा जानसक्छ। अहिले जतिपनि विद्युत उत्पादन भएको छ, त्यसको ५० प्रतिशत निजी क्षेत्रबाट भएको छ। त्यो पनि नीतिको कारण भएको छ।

अहिले छिमेकी देशहरुले निर्यातलाई प्रोत्साहन दिनको लागि धेरै कामहरु गरेका छन्। जसमा धेरै वस्तुमा अनुदान दिएका छन्। हाम्रोमा अहिले पनि ३ देखि ५ प्रतिशत कुरा गरिरहेका छौँ। त्यसले हामीलाई रिजल्ट दिँदैन। नेपाल सरकारले अन्य मुलुकको जस्तै १२ प्रतिशतसम्म उत्पादन बेश नीतिहरु निर्धारण गरेर दीर्घकालिन समयसम्म स्थायित्व दिएर काम गर्‍यो भने औद्योगिकरण अगाडि बढ्छ।

सरकारले बजेट र मौद्रिक नीतिमार्फत निजी क्षेत्रले खोजेको काम गर्नसक्छ? तपाईले सरकारसँग विश्वास गर्न सक्नुहुन्छ? सरकारसँग कस्तो वार्ता संवाद भइरहेको छ?

अहिले उद्योग परिसंघले औद्योगीकरणको गर्ने विषयलाई बजेटमा पहिलो प्राथमिकता दिनुपर्ने माग राख्दै आएका छौं। सरकारसँगका विभिन्न संवादहरुमा औद्योगीकरण, निर्यातलाई अगाडि बढाउने, आयात प्रतिस्थापन गर्ने र सर्भिस (सेवा) क्षेत्रलाई कसरी फराकिलो बनाउने विषयमा सुझाव दिएका छौं। तर एउटा उद्योग स्थापनाको लागि पाँच वर्ष लाग्नसक्छ। हामीले उद्योग स्थापना भएको एक वर्षमा नै प्रतिफल खोज्ने गरेका छौं। 

सरकारसँग यो दशकलाई नै स्वदेशी दशक घोषणा गर्न माग गरेका छौं। उद्योगहरुको नीतिहरुलाई स्थायित्व दिएर कसरी नीतिमा प्राथमिकता दिने त्यसको लागि नीतिहरु बनाएर दशकमा नै अगाडि बढाउने योजना ल्याउनुपर्छ भन्ने सोच्नुपर्छ। नेपालको अर्थतन्त्रले जुन समस्या फेस (भोग) गरिरहेको छ। त्यो कारणले गर्दा उद्योग स्थापना र निर्यात प्रवद्र्धनका लागि सकारात्मक सोच विकास गरेको छ। सरकार त्यो कुरामा सकारात्मक देखिएको छ।

आगामी आर्थिक वर्षको नयाँ नीति तथा कार्यक्रम र बजेट आउन लागेको छ, नीजि क्षेत्रले यो बजेट मार्फत के चाहिरहेको छ?

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा परिसंघले मुख्य अपेक्षा औद्योगिक क्षेत्रको व्यवस्थापन गर्न निजी संस्थाहरुबाट ट्रन गर्न केही न केही ठोस कुराहरु आउनु पर्ने माग छ। नारायणघाट,हेटौँडा जस्ता औधोगीक क्षेत्र अर्को वर्षदेखि सञ्चालनमा आउनुपर्छ। औद्योगिक क्षेत्र सञ्चालनमा आउँदा उद्योगीहरुलाई आकर्षित गर्ने गरेर आउनु अहिलेको आवश्यक्ता हो। 

उद्योगीहरुलाई आकर्षित गर्न अनुदानको व्यवस्था पनि सँगै आउनुपर्छ। जुन एड्जष्टिङ उद्योगहरु छन्। उनीहरुलाई हामीले कसरी प्रोटेक्सन दिने? अनुमति नदिएका ट्रेडलाई कसरी हामीले कसरी नियन्त्रण गर्ने भन्ने कुरामा परिसंघ चनाखो छ। सरकारले यी कुरामा ध्यान दिने  परिसंघले अपेक्षा गरेको छ।

अर्को कुरा उद्योगीहरुले लागत कस्ट कसरी कम गर्ने र छिमेकी देशका उद्योगहरुसँग कसरी प्रतिष्पर्धा गर्न सक्छौं, त्यो कस्ट कम गर्ने कुरामा नीति तथा कार्यक्रम तथा मौद्रिक नीति मार्फत कसरी हुन्छ ब्याजमा कम गर्न सक्छौं,  सरकारले बजेट तथा नीति कार्यक्रममा नै उद्योगलाई प्राथमिकतामा राखेर कसरी स्पेशल बनाउन सकिन्छ भन्ने कुरा विचार गर्नुपर्छ। 

उद्योगमा लगानी धेरै हुन्छ तर प्रतिफल पाउन लामो समय लाग्छ। त्यसैले सरकारले आगामी बजेटमा स्वदेशी उद्योगहरुलाई प्रवर्द्धन गर्नको लागि मागलाई फराकिलो गर्न आय करमा ८ देखि १० लाख बनाउनु पर्छ। सरकारले पनि ठूलो मात्रामा प्रचेज (खरिद) गरिरहेको छ। स्वदेशी उद्योगको लागि १५ प्रतिशत फाइदा दिने निर्णय गरेको छ। तर कार्यान्वयनमा आउन सकेको छैन। बजेटपछि यो कार्यान्वयनमा आउनुपर्छ। यस्ता नियमहरु नआओस्। स्वदेशी उद्योगहरु टेण्डरबिट गर्न नसक्ने खालको स्थिति नहोस्। त्यस्तै आइटीमा नेपालको इकोसिस्टम छ। 

त्यसमा मेनपावर र प्रविधि छ। आइटीमा नेपालमा मेनपावर छ अरु देशको तुलनामा नेपालको माटो सुहाउँदो कस्ट एडभान्टेज छ। नेपालमा जग्गाको सुनिश्चितता गर्नुपर्ने आवश्यकता छ। हाम्रोमा विद्युत पनि सहज छ। इन्टरनेटको पनि राम्रो सुविधा छ। यस्ता उद्योगहरुमा भियतनाम जस्ता मुलुकले १० वर्षको लागि छुट दिएको छ। नेपालले पनि उनीहरुसँग प्रतिष्पर्धा गर्नको लागि १० वर्षको छुट घोषणा गर्नुपर्छ।

यसले नेपालमा आइटीको पूर्वाधार विकास राम्रो हुन्छ। एउटा ठूलो कम्पनीलाई नेपालमा ल्याउन सक्यौं भने अन्य कम्पनी आउन सजिलो हुन्छ। अर्को कृषि क्षेत्रमा २ खर्बको आयात गरिहेका छौं। कृषि क्षेत्रमा लाग्नको लागि हामीले विभिन्न सीपमुलक तालिम दिनुपर्छ। उद्योगीहरुले कृषिमा पनि लगानी लगाउनु पर्छ। 

सरकारले कृषिमा बीउ गुणस्तरीय दिन सक्नुपर्छ। सरकारले कमर्सियल कृषिमा जोड दिनुपर्छ। अहिले कृषिबाट आयकर कति आइरहेको छ। आइटीबाट कति आइरहेको छ थाहा छैन। यस्ता क्षेत्रहरुलाई १० वर्षको लागि आय करमा छुट गरिदिए उद्योगीहरु कृषिमा आकर्षित हुन्छन्। कमर्सियल कृषि सुरुवात हुन्छ। यसले आयात प्रतिस्थापन पनि गर्न सक्छौं।

कृषिका तोरी लगायत धेरै वस्तुमा भ्याट लगाइरहेका छौं। के आवश्यकता छ भ्याट लगाउन ? तोरीमा भ्याट लगाएपछि तोरी उद्योग नै समाप्त भइसक्यो। यस्ता कुराहरुमा सरकारले भ्याट लगाउने की नलगाउने भन्ने विषयमा पुनरावलोकन गर्नुपर्छ। त्यो अनुसार सरकारले आगामी नयाँ नीति तथा कार्यक्रम र बजेटमा नीति बनाउनुपर्छ जस्तो लाग्छ।

तपाईहरुको यति धेरै माग हुँदाहुँदै पनि यो सरकार निर्वाचनमा केन्द्रित छ, सरकारले बजेट ल्याउँदा निर्वाचन केन्द्रित भएर लोकप्रिय बजेट ल्याउँछ त? साथै बजेटमा निजी क्षेत्रका माग सम्बोधन हुनेमा कति विश्वस्त हुनुहुन्छ?

सरकारसँग परिसंघले आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल गरेको छ। छलफलमा हाम्रो मागहरुप्रति सरकार सकारात्मक नै रहेको छ। मलाई विश्वास छ, हामीले दिएका सुझावले देशलाई फाइदा पुग्छ नै। मलाई लाग्छ हाम्रा सुझावलाई सरकारले बजेटमा समावेश गर्नेछ।

वर्तमान अर्थमन्त्री जनार्दन शर्माले लिएको नीतिको कारणले मुलुकको अर्थतन्त्र यो अवस्थामा आयो भन्ने गरिन्छ, हाम्रो अर्थतन्त्र शंकटोन्मुख छ भनिरहेका छौँ, तर केही समय अगाडि परिसंघले पत्रकार सम्मेलन गरेर अर्थमन्त्रीको ढाकछोप गरेको आरोप परिसंघलाई लाग्ने गरेको छ, यसमा के भन्नुहुन्छ?

हाम्रो देशको अर्थतन्त्र निराश हुने स्थितिमा छैन। हाम्रो देश श्रीलंकाको बाटोमा छैन। तर अर्थतन्त्रमा समस्या छ। समस्या कहाँ हुँदैन? समस्यालाई हामीले फेस गरेर सकारात्मक तरिकाले अगाडि बढ्नुपर्ने हुन्छ। हामीले अर्थतन्त्रको विषयमा पत्रकार सम्मेलनमा जे भनिरहेका छौं, त्यही कुरा सबैले भनिरहेका छन् नि। छैनन् र? विश्व बैंक वा कसैले। समस्या नभएको होइन। समस्या छ, हामीले सकारात्मक रुपमा सामना गर्नुपर्छ। समस्या पनि ठूलो छ शंकटको अवस्था छैन।

त्यही कुरा परिसंघले गर्दै आएको छ। विश्व बैंक, आइएमएफले त्यही कुरा अगाडि बढाएका छन्। हामी इस्युबेस कुरा गछौं। हामीले सरकारमा को छ, कुन पार्टी छ, को मन्त्री हुनुहुन्छ त्यसलाई हेरर कहिल्यै कुरा गर्ने गरेका छैनौँ। त्यो बेला सकारात्मक सोच ल्याउनु पर्ने आवश्यकता भएकाले हामीले त्यो कुरा भनेको हो। सबैमा सकारात्मक सोच बनाएर लगानी र माग बढोस् भन्ने थियो। त्यो मात्रै होइन, १२ बुँदा सुझाव पनि दिएका थियौं। हामीले त्यतिबेला दिएका कतिपय सुझाव सरकारले कार्यान्वयन गरिरहेको छ।


प्रकाशित: May 18, 2022 | 11:35:51 काठमाडौं, बुधबार, जेठ ४, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।

गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।

'मानवताको सहर' बुटवलमा दलितले कोठा भाडा पाउँदैनन्

जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।

रवि लामिछाने र रमेश खरेलबीच सहकार्यको विषयमा छलफल

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

थप समाचार

नेपाल समय
संवाद

प्रचण्डले ओलीको धोकाबाट प्राप्त ज्ञान बिर्सिनुहुन्‍न : विश्‍वप्रकाश शर्मा [अन्तर्वार्ता]

प्राइमरी इलेक्सन जस्तो गराएर भोटिङमार्फत पहिलो भएकोलाई उम्मेदवार बनाउने, दोस्रो भएकोलाई प्रचार समितिको संयोजक बनाउने खालको पद्धतिमा किन नजाने?
नेपाल समय
संवाद

बजेट पास हुनेबित्तिकै रुग्ण उद्योग सञ्चालनको मोडालिटी ल्याउँछौँ : दिलेन्द्रप्रसाद बडू [अन्तर्वार्ता]

निजी क्षेत्रले त सरकारले बनाइदिएको वातावरणमा आफ्नो उत्पादन गरेर निर्यात गर्छ। तर सरकारको लगानी रहेका रुग्ण तथा बन्द उद्योगलाई उपयुक्त मोडालिटी बनाएर सञ्चालन गर्ने सरकारको सोच हो। हामीले हेटौँडा कपडा उद्योग सञ्चालनबारेमा अध्ययन गरी मोडालिटीमा काम गरिरहेका छौँ।
नेपाल समय
संवाद

हरेक पार्टीसँग सरकारमा जाने हुटहुटी छ तर गएपछि के गर्ने योजना छैन

हरेक पार्टीलाई सरकारमा कसरी जाने भन्ने त थाहा हुन्छ तर निर्वाचन जितिसकेपछि के गर्ने भन्ने पार्टी संगठनमा कुरा चल्दैन। नेपालका राजनीतिक दलमा जुन प्रकारको पूर्वतयारी हुनुपर्ने हो त्यो एकप्रकारले निमिट्यान्न अवस्थामा रहेको छ।
नेपाल समय
संवाद

गाउँघरदेखि सहरसम्म विद्युतीकरण गरेर व्यापार घाटा कम गर्न सकिन्छ : राजेन्द्र मल्ल [अन्तर्वार्ता]

नीति कार्यक्रम घोषणाअघि अर्थशास्त्रीहरु यस वर्षको बजेट कार्यान्वयन हुन नसक्ने नभई सरल र सामान्य किसिमको ल्याउनुपर्ने बताइरहेका छन्।
नेपाल समय
संवाद

म अन्य पार्टीमा जान्‍नँ, रेणु जितको कारण बलियो व्यवस्थापन हो : जगन्‍नाथ पौडेल

लगभग रेणुजीले चुनाव जित्‍नुभयो उहाँलाई बधाई दिनुपर्छ। उहाँको लोकप्रियता पनि होला, तर त्यो भन्दा बढी चुनावमा उहाँहरुको व्यवस्थापन धेरै बलियो देखियो। त्यसैको रिजल्ट हो आसन्‍न विजय।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना