सोमबार, माघ २३, २०७९

दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क

नेपाल समय  |  काठमाडौं, बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९, काठमाडौं

भरतपुर- कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका-१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो। 

घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उनले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाएकी छैनन्। 'फोन सम्पर्क नहुँदा मन आत्तिन्छ', उनले भनिन्, 'यहाँ आएको एक वर्ष भयो नेटवर्कको समस्या उस्तै छ।' भाराङ आसपासका एक दर्जन गाउँमा मोबाइलको नेटवर्क नहुँदा स्थानीय फोन सेवाबाट बन्चित भएका छन्।

कोलभञ्ज्याङकी लालमाया चेपाङ मोबाइलको नेटवर्क नहुँदा विदेशमा भएको श्रीमान्सँग सहजरुपमा कुरा गर्न नपाएको बताउँछिन्। 'सबै कुराले पछाडि परेका हामी मोबाइल नेटवर्कले झन् पछाडि पारेको छ, गाउँमा गाडी आइपुग्दा पनि घरबाटै मोबाइलमा कुरा गर्न पाइएको छैन', उनले भनिन्। 

इच्छाकामना गाउँपालिका-१ को चौकीडाँडा, बङ्घ्याङ, जैथली, विङलाङ, कोलभञ्ज्याङ, थाप्राङ, राजभोग, ज्यान्दला, जौतेस, कालिन र तिपाङमा मोबाइलको नेटवर्क टिप्दैन। यस्तै हात्तीबाङको पनि केही क्षेत्रमा नेटवर्कको समस्या रहेको वडाध्यक्ष सन्तबहादुर मगरले बताए। 'मेरो वडाको एक दर्जन गाउँमा फोन सेवा छैन, उनले भने', 'भएको ठाँउमा पनि नेटर्वक समस्याले राम्रोसँग कुरा गर्न पाइँदैन।' उनले वडाको झण्डै तीन हजार जनसङ्ख्या सञ्चार सेवा फोनबाट वञ्चित रहेको बताए। सो वडामा अधिकांश चेपाङ समुदायको बसोबास रहेको छ।

नेटवर्कको समस्या सामाधान गरिदिन नेपाल टेलिकम र एनसेललाई पटक-पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ। 'यसै त भौगोलिकरुपमा पछि परेको ठाँउ हो हाम्रो, वडाध्यक्ष मगरले भने', 'विकास र प्रविधिको जमानमा पनि हामी फोन गर्न पाउँदैनौँ।'

इच्छाकामना-१ चौकीडाँडाकी सरस्वती रायमाझीले फोन गर्न आफ्नो गाँउबाट कालिका नगरपालिकातर्फ फर्कनुपर्ने बताए। उनले नेटवर्क कमजोर हुँदा फोन पटक-पटक काटिने गरेको गुनासो गरे। उनले नेट इन्टरनेट त टाढाको कुरा भएको भन्दै सहज रुपमा फोन गर्न पाए पनि खुसी हुने बताए। 'अकस्मात् केही भइहाल्यो भने सूचना पाउन र पुर्‍याउन पाइँदैन, उनले भने', 'लामो समयसम्म आफन्तसँग सम्पर्क विच्छेद हुने गरेको छ।'

आधारभूत विद्यालय भाराङका प्राचार्य दीपबहादुर गुरुङले गाउँमा मोबाइलको नेटवर्क नहुँदा धेरै दुःख पाएको बताए। उनले भने, 'मोबाइलको टावर जडानका लागि पटक-पटक आश्वासन दिइयो तर कार्यान्वयन गरिएन।' उनले गाँउबाट चारसय बढीको हस्ताक्षर संकलन गरेरसमेत टेलिकममा बुझाइएको बताए। नेटवर्कको समस्याका कारण स्कूलमा वाइफाइ जडान गर्न सकिएको छैन। 'गाउँपालिकाले वाइफाइ जडानका लागि दिएको रकमसमेत फिर्ता गर्नुपर्‍यो', उनको गुनासो गरे। 

दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले इच्छाकामना गाँउपालिका-१ मा भएको नेटवर्कको समस्याबारे केन्द्रीय कार्यालयमा जानकारी गराइसकेको बताए। उनले कार्यालयले पनि नेटवर्क नभएको ठाँउमा सर्वेका लागि कर्मचारी पठाउने भन्दै त्यस ठाँउलाई प्राथमिकता राखेर काम गरिने जानकारी दिए। उनले अहिले भएका टावरबाट नेटवर्क मिलाउन सक्ने जति मिलाइने र बाँकी टावर निर्माण गरेर समस्या समाधान गरिने बताए। 

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाको वडा नम्बर १, २ र ७ नम्बर वडाका विभिन्न क्षेत्रमा मोबाइल नेटवर्कको समस्या रहेको बताए। उनले वडा नम्बर २ को हुस्ती, माझखर्क, होरल्याङमा र तल्लो काउलेमा नेटवर्कको समस्या रहेको जानकारी दिए। यस्तै वडा नम्वर ७ को गर्दास, सुन्दरबस्ती पनि राम्रोसँग नेटवर्क नटिप्ने समस्या रहेको बताए। पालिकाभित्र रहेको नेटवर्कको समस्या समाधानका लागि दूरसञ्चार कार्यालय र एनसेललाई जानकारी गराएको भन्दै उनले नेटवर्कको समस्या छिट्टै समाधान गरिने बताए।  -रासस


प्रकाशित: December 8, 2022 | 21:30:00 काठमाडौं, बिहीबार, मंसिर २२, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

फ्यानको मायाले रोइन् ‘पठान’की दीपिका

फिल्म सफल भएपछि निर्माता तथा कलाकार उत्साहित छन्।

रास्वपालाई गृह मन्त्रालय फिर्ता दिने प्रधानमन्त्री प्रचण्डको संकेत

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएको विषय समाधान हुने बताएर गृह मन्त्रालय फिर्ता दिने संकेत गरेका हुन्।

दलका कार्यकर्ता प्राज्ञ भएपछि योग्य कलाकारले कहिले पाउने अवसर?

राजनीतिमा चासो नदिने स्रष्टाप्रति राज्यले दायित्व बिर्सिंदा सहरमा कलाकार डिप्रेसनबाट गुज्रिनुपरेको र गाउँमा हराउनुपरेको वा खाडी मुलुक पलायन हुनुपर्ने अवस्था छ। कला र गलाका लागि सिर्जिएका चलचित्र विकास बोर्ड, प्रज्ञा प्रतिष्ठानलगायतका संस्था राजनीतिमय भएपछि स्रष्टाहरू ओझेल पर्दै छन्।

तत्काल पानी पर्ने सम्भावना छैन, आज काठमाडौंको तापक्रम कति?

देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आन्तरिक उडानमा थप पाँच नियम

आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले नयाँ हवाई उडान व्यवस्था गरिएको प्राधिकरणले बताएको छ।

नेपालमा पनि राम्रो छ कमाइ 'पठान'को, शुक्रबारदेखि 'ह्यारीकी प्यारी' सँग प्रतिस्पर्धा

नेपालमा मनोज राठीले पठान ल्याएका हुन्। फिल्मले १ सातामा नेपालबाट ६ करोड रूपैयाँ कमाएको छ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनविरुद्ध सर्वोच्चमा रिट

संविधानविपरीत निर्वाचनको मिति तय गरिएको दाबीसहित अधिवक्ता ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गरेका हुन्।

अस्ट्रेलियाको ब्रिसबेनमा घन्कियो नेपथ्य

नेपथ्यले अस्ट्रेलियाको तेस्रो ठूलो सहर ब्रिसबेनमा योसहित पाँचौं पटक सांगीतिक प्रस्तुति दिएको हो।

बैतडीस्थित देहिमाण्डौंको चडेखानमा पुग्यो टेलिकमको नेटवर्क

बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका-२ अन्तर्गत चडेखानमा नेपाल टेलिकमको टावर विस्तार गरिएको छ।

प्रचण्ड-ओली बाध्यात्मक प्याचअप : 'सगुन' बँडाइदेखि नै अविश्वास

बाध्यात्मक प्याचअप गरेका प्रचण्ड–ओलीबीच सहकार्य त छ तर सहकार्यको सुरुआती दिनदेखि नै अविश्वासले डेरा जमाएको छ।

थप समाचार

नेपाल समय
सूचना/प्रविधि

दशौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको दर्ता आजबाट

सन् २०२३ मा संचालन हुने दशौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको दर्ता आजबाट खुलेको नेपाल एष्ट्रोनोमिकल सोसाईटी(नासो)ले जनाएको छ।
नेपाल समय
सूचना/प्रविधि

माइक्रोसफ्टले ५ प्रतिशत कर्मचारी कटौती गर्ने

माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई कामबाट हटाउने भएको छ।
नेपाल समय
सूचना/प्रविधि

टेलिकमले भन्यो- आफ्नै नामको सिमकार्डमात्र चलाउनु

नेपाल टेलिकमले आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएमा/बिग्रिएमा स्वयम् उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको छ।
नेपाल समय
सूचना/प्रविधि

ट्वीटरले राजनीतिक विज्ञापनमाथिको प्रतिबन्ध खुकुलो बनाउने

ट्विटर इंकले सामाजिक मिडिया प्लेटफर्ममा अनुमति दिइने राजनीतिक विज्ञापनहरूको प्रकारहरू विस्तार गर्नेछ, जुन सन् २०१९ मा राजनीतिक विज्ञापनहरूमा विश्वव्यापी रुपमा लगाइएको प्रतिबन्धविपरीत नीति हो।
सूचना/प्रविधि

सामसङ इनोभेसन क्याम्पस सुरु

इलेक्ट्रोनिक्स र स्मार्ट फोन ब्राण्ड सामसङले आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना