मंगलबार, माघ २४, २०७९

टिमुर टिप्‍ने जर्मन प्रविधि नेपाल भित्रियो

नेपाल समय  |  काठमाडौं, शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९, काठमाडौं

नेपाल समय

म्याग्दी- म्याग्दीमा टिमुर टिप्नका लागि जर्मन प्रविधि भित्र्याइएको छ। टिमुर टिप्न र बोट काँटछाँट गर्नका लागि जर्मनीमा विकास भएको सिकेचर र आरा भित्र्याइएको हो। काँडाबाट जोगिन किसानले हाँगा र बोटलाई काटेर फल टिप्दा बिरुवा नै नासिने खतरा बढेको थियो। 

बेनी नगरपालिका-९ को भूमेसिद्ध टिमुर सञ्जालमा आवद्ध किसानलाई बुधबार टिमुर टिप्ने मिल्ने सिकेचर र करौटी वितरण गरिएको छ। समूहका अध्यक्ष सागर बाँनियाले आधुनिक औजारले टिमुर टिप्न र काँटछाँट गर्न किसानलाई सहज, छिटो  भएको र बिरुवा संरक्षणमा सहयोग पुग्ने बताए। 

'फल टिप्दा काँडाले घोचेर घाउ बनाउने समस्या थियो' उनले भने 'हाँगा काट्ने र बोटनै ढलाउँदा बिरुवा मासिने जोखिम बढेको थियो। यो औजार भएपछि काँडाबाट बच्न र बिरुवा जोगाउन सहज हुनेभएको छ।' 

जर्मनीको गार्डेना कम्पनीले उत्पादन गरेका ४० थान सिकेचर र करौटी लुपथान्सा एअरलाइन्सले इको हिमाल अस्ट्रिया र इको हिमाल नेपालमार्फत् निःशुल्क उपलब्ध गराएको हो। इको हिमाल नेपालका कार्यकारी प्रमुख एकनारायण ढकालले रु दश लाख मूल्य बराबरका औजार उपलब्ध गराइएको बताए। 

इको हिमाल अस्ट्रियाका अध्यक्ष कुर्ट, इको हिमाल नेपालका कार्यकारी प्रमुख ढकाल, डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले बेनपा–९ का वडा सदस्य झलक विक र सारदा विकमार्फत् औजार वितरण गरिएको थियो। 

बेनी नगरपालिका–९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब एक सय ५० घरधुरीले व्यावसायिक टिमुर खेती गर्छन्। म्याग्दीमा २५ हेक्टर क्षेत्रफलमा टिमुर खेती भएको डिभिजन वन कार्यालयले जनाएको छ। 

सहायक वन अधिकृत सापकोटाका अनुसार हाल वार्षिक करिब ६ मेट्रिकटनको हाराहारीमा टिमुर उत्पादन हुन्छ। केही वर्षअघि वन डिभिजन कार्यालयले भूमेसिद्ध किसान समूहलाई टिमुर प्रशोधनका लागि दश लाख रुपैयाँ मूल्य बराबरको औजार उपलब्ध गराएको थियो। फूल खेल्ने समयमा परेको असिनाले यसपाली टिमुर उत्पादनमा कमी आएको किसानले बताएका छन्। 

म्यादीमा उत्पादन भएको टिमुर बेनी, पोखरा, काठमाडौं, नारायणघाटलगायत बजारका साथै तिब्बत, जापान, बेल्जियम र कोरियामा निकासी हुन्छ। टिमुरलाई दाल र चटनीमा मसलाको रुपमा प्रयोग गरिन्छ। रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र वास्नादार टिमुर प्रतिकिलो दुई हजार पाँच सयदेखि चार हजारका दरले बिक्री हुन्छ। 

बेनी नगरपालिका–९ धुपीबोटकी रसिला परियारले गत वर्ष १४ केजी टिमुर रु दुई हजार पाँच सयका दरले बिक्री गरेको बताए।  विगतमा असोज कात्तिकमा टिमुर टिप्ने उहाँले यसपाली पकाएर मङ्सिर लागेपछि मात्रै टिप्न थालेको बताए।   -रासस


प्रकाशित: December 2, 2022 | 09:00:00 काठमाडौं, शुक्रबार, मंसिर १६, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

अनाथालय प्रमुख नै बलात्कारी !

बालिका बलात्कारको आरोपमा चन्द गत माघ १७ गते अनाथालयबाटै पक्राउ परेका हुन्।

सरकारबाट बाहिरिएका रास्वपाका मन्त्रीले किन गरेनन् पत्रकार सम्मेलन?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार नै सरकारबाट बाहिरिसकेको छ।

संसद् भवन अगाडि भिख माग्दै बालिका

अकासेपुलमा भिख माग्नका लागि राखिएकी एक अबोध बालिका

मिडियामाथि आक्रोशित रविले जे बोले…

आइतबार सरकारमा रहने वा बस्ने विषयमा भएको छलफलमा पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सरकारबाट बाहिरिने निर्णय सुनाउँदै पत्रकार सम्मेलन गरेका रविले भने सबै झोंक मिडियामाथि पोखेका छन्।

आउने चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री हुन्छु: रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने र आफू प्रधानमन्त्री हुने उद्घोष गरेका छन्

नारायणकाजीसँग मन्त्रालय साटफेरको चर्चा, मान्लान् रवि?

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा रहने कि बाहिरिने चर्चा चलिरहेको समयमा सत्ता गठबन्धन दलभित्र पार्टी सभापति रवि लामिछानेलाई भौतिक पूर्वाधार मन्त्रालय दिएर मनाउने तयारी भएको बताइएको छ।

फ्यानको मायाले रोइन् ‘पठान’की दीपिका

फिल्म सफल भएपछि निर्माता तथा कलाकार उत्साहित छन्।

रास्वपालाई गृह मन्त्रालय फिर्ता दिने प्रधानमन्त्री प्रचण्डको संकेत

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएको विषय समाधान हुने बताएर गृह मन्त्रालय फिर्ता दिने संकेत गरेका हुन्।

दलका कार्यकर्ता प्राज्ञ भएपछि योग्य कलाकारले कहिले पाउने अवसर?

राजनीतिमा चासो नदिने स्रष्टाप्रति राज्यले दायित्व बिर्सिंदा सहरमा कलाकार डिप्रेसनबाट गुज्रिनुपरेको र गाउँमा हराउनुपरेको वा खाडी मुलुक पलायन हुनुपर्ने अवस्था छ। कला र गलाका लागि सिर्जिएका चलचित्र विकास बोर्ड, प्रज्ञा प्रतिष्ठानलगायतका संस्था राजनीतिमय भएपछि स्रष्टाहरू ओझेल पर्दै छन्।

तत्काल पानी पर्ने सम्भावना छैन, आज काठमाडौंको तापक्रम कति?

देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

थप समाचार

नेपाल समय
सूचना/प्रविधि

दशौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको दर्ता आजबाट

सन् २०२३ मा संचालन हुने दशौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको दर्ता आजबाट खुलेको नेपाल एष्ट्रोनोमिकल सोसाईटी(नासो)ले जनाएको छ।
नेपाल समय
सूचना/प्रविधि

माइक्रोसफ्टले ५ प्रतिशत कर्मचारी कटौती गर्ने

माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई कामबाट हटाउने भएको छ।
नेपाल समय
सूचना/प्रविधि

टेलिकमले भन्यो- आफ्नै नामको सिमकार्डमात्र चलाउनु

नेपाल टेलिकमले आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएमा/बिग्रिएमा स्वयम् उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको छ।
नेपाल समय
सूचना/प्रविधि

ट्वीटरले राजनीतिक विज्ञापनमाथिको प्रतिबन्ध खुकुलो बनाउने

ट्विटर इंकले सामाजिक मिडिया प्लेटफर्ममा अनुमति दिइने राजनीतिक विज्ञापनहरूको प्रकारहरू विस्तार गर्नेछ, जुन सन् २०१९ मा राजनीतिक विज्ञापनहरूमा विश्वव्यापी रुपमा लगाइएको प्रतिबन्धविपरीत नीति हो।
सूचना/प्रविधि

सामसङ इनोभेसन क्याम्पस सुरु

इलेक्ट्रोनिक्स र स्मार्ट फोन ब्राण्ड सामसङले आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना