सोमबार, साउन ३०, २०७९

सूचना नदिएको भन्दै ११ सय उजुरी, ३२ कार्यालय प्रमुखमाथि कारबाही

नेपाल समय  |  काठमाडौं, बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- राष्ट्रिय सूचना आयोगमा सूचनाको माग गरेर करिब ११ सय उजुरी परेका छन्। नागरिकलाई सूचना उपलब्ध नगराएकामा अहिलेसम्म ३२ कार्यालय प्रमुखलाई कारबाही गरिएको आयोगले जानकारी दिएको छ। 

आयोग र नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको सहकार्यमा आयोजित सूचनाको हकसम्बन्धी अन्तक्रियामा आयुक्त रत्नप्रसाद (दीपक) मैनालीले सूचनाको हकलाई देशैभर नागरिक तहसम्म पुर्‍याउन पत्रकार महासङ्घसँग समन्वय भइरहेको बताए। 

नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले संविधानमा मौलिक हकका रूपमा स्थापित सूचनाको अधिकार पत्रकारका लागि मात्र नभएर आम नागरिकको सरोकारको विषय बन्नुपर्नेमा जोड दिए। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शान्तराम विडारीले मुलुकमा सुशासन कायम गर्न सूचनाको महत्व रहेको बताउँदै नागरिक सुसूचित हुनुपर्ने विषयलाई दृष्टिगत गर्दै रुपचन्द्र विष्टले थाह आन्दोलन प्रारम्भ गरेको स्मरण गरेका थिए। 

अनलाइन टेलिभिजन पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारी, पत्रकार दामोदर दवाडी, नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदी, सोही शाखाका सचिव महेश गौतमलगायतले सरकारले नागरिकलाई जानकारी गराउनुपर्ने कतिपय सूचना लुकाउने गरेको बताउँदै बजेट निर्माणका क्रममा कर परिवर्तनका विषयमा हालै अर्थ मन्त्रालयमा भएका घटनाक्रमका सूचना नागरिकले प्राप्त गर्नुपर्नेमा जोड दिए। 


प्रकाशित: July 6, 2022 | 21:49:22 काठमाडौं, बुधबार, असार २२, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

निहारिकाद्वारा शीतलनिवास अगाडि आत्मदाहको प्रयास, जनकपुर उच्च अदालतमा विचाराधीन छ बलात्कार मुद्दा

जबरजस्ती करणी मुद्दामा न्याय माग्दै अनसनरत निहारिका राजपूतले राष्ट्रपति निवासअघि आत्मदाहको प्रयास गरेकी छन्।

केसी-महत विवादले माओवादीलाई हुन सक्छ फाइदा, नुवाकोटमा कसरी मिल्ला बाँडफाँट?

नुवाकोट-१ माओवादीलाई छाड्नु परे त्यसमा हितबहादुर तामाङ उम्मेदवार बन्ने सम्भावना प्रबल छ। नुवाकोट-२ कांग्रेसले लिँदा केन्द्रीय सदस्य बहादुरसिंह लामालाई उमेदवार बनाउने चर्चा पनि नुवाकोटमा छ।

कैलालीमा आरजुलाई आउँदो चुनाव कति सहज?

२०७४ को निर्वाचनमा राणालाई हराउन भूमिका खेलेको भन्दै कैलाली कांग्रेसका पुराना नेता पुष्करनाथ ओझालाई कांग्रेसले अनुशासनको डन्डा बर्साएपछि बूढानीलकण्ठसँग बदला लिने असन्तुष्टहरूको संख्या पनि ठूलै छ।

आफ्नै कारण राजनीतिबाट 'किनाराकृत' हुँदैछन् वामदेव

कुनै बेला राजनीतिको केन्द्र भागमा रहेका वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियानले गरेको कारबाही र तत्काल वाम एकता नहुने संकेतसँगै राजनीतिक संकटमा भासिँदै छन्।

कालीबाबाले भेटे पूर्वराजा ज्ञानेन्द्रलाई

भारतमा बसोबास गर्ने नेपाली मूलका साधु काली बाबाले नेपाल आएर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्।

प्रतिनिधिसभा निर्वाचन : देउवासँग किन नाम जोड्न चाहँदैनन् कर्ण मल्ल?

उनी नेकपा एमालेको समर्थनमा कांग्रेस बीपीबाट उम्मेदवार बन्न सक्ने धेरैको आकलन छ। मल्लले नेपाल समयसँग कुरा गर्दै प्रदेशसभामा निर्वाचन नलड्ने बताए। यसले उनी संघीय चुनाव लड्ने पक्का भएको छ।

थप समाचार

नेपाल समय
सूचना/प्रविधि

एनसेलले ल्यायो 'पावर सिम' अफर, ६ महिनासम्म इन्स्टा र माइभाइभ निशुल्क!

ग्राहकहरूले करसहित मात्र रु. ९७ मा सोमबारबाट यस्तो सिम लिन सक्नेछन्। । यो सिममा ग्राहकले रु. २० को मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउनेछन्।
नेपाल समय
सूचना/प्रविधि

अर्बौं वर्षअघिको 'कस्मिक डान्स' खिच्दैछ एउटा टेलिस्कोप

खगोलविद्हरूले जेम्स वेबको प्रयोग गरी मिल्की वे आकाशगंगामा रहेका अन्य ग्रहको वायुमण्डलको अध्ययन गरी तिनमा जीवन रहे-नरहेको खोज गर्ने भएका छन्।
नेपाल समय
सूचना/प्रविधि

ट्‌विटरले सुरु गर्‍यो एलन मस्कविरुद्धक कानुनी लडाइँ

विश्व प्रसिद्ध सामाजिक सञ्जाल कम्पनी ट्वीटरले एलन मस्कविरूद्ध कानुनी लडाइँ सुरु गरेको छ। ट्वीटरले डेलावेयर अदालतलाई सम्झौता बमोजिम ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मस्कविरूद्ध मुद्दा दायर गरेको हो।
नेपाल समय
सूचना/प्रविधि

सञ्चारमाध्यमका लागि भाषासंहिताको खोजी

सञ्चारमाध्यममा प्रयोग हुने भाषाको मानकीकरणका लागि प्रेस काउन्सिल नेपाललगायत सञ्चारसँग सम्बन्धित संस्थाले भाषासंहिता ल्याउन विज्ञ एवं सञ्चारकर्मीले सुझाव दिएका छन्।
नेपाल समय
सूचना/प्रविधि

आगामी निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोग गर्न आयोगको प्रस्ताव

आयोगका सहायक प्रवक्ता उपसचिव सूर्यप्रसाद अर्यालले आगामी निर्वाचनमा ईभीएम प्रयोगका लागि सरकारलाई प्रस्ताव पठाइएको बताएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना