शुक्रबार, साउन २७, २०७९

आगामी निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोग गर्न आयोगको प्रस्ताव

नेपाल समय  |  काठमाडौं, बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– निर्वाचन आयोगले सरकारसँग आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विद्युतीय मतदान मेसिन (ईभीएम) प्रयोग गर्न सुझाएको छ। आयोगका सहायक प्रवक्ता उपसचिव सूर्यप्रसाद अर्यालले बिहीबार विज्ञप्तिमार्फत आगामी निर्वाचनमा ईभीएम प्रयोगका लागि सरकारलाई प्रस्ताव पठाइएको बताएका हुन्।

आयोगले यसअघि स्थानीय तह निर्वाचनमा ईभीएम प्रयोग गर्न विज्ञसहितको समिति गठन गरेको थियो। 

उक्त समितिले नेपालमा बनेका ईभीएमको प्रमाणीकरण गर्न अर्को समिति बनाउन सुझाएको थियो। तर स्थानीय निर्वाचनमा विद्युतीय मेसिन प्रयोग भएको थिएन। ‘हामीले स्थानीय तह निर्वाचनकै बेला ईभीएम प्रयोग गर्न समिति बनाएका थियौं। त्यसले एभिएम प्रयोग गर्न सकिने तर प्रमाणीकरण गर्न अर्को प्राविधिक समिति गठन गर्न भन्यो,’ उनले भने, ‘समय अभावले त्यो सम्भव भएन।’

आयोगले गठन गरेको समितिको प्रतिवेदनबारे आवश्यक निर्णय गर्न गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाइएको उनले जानकारी दिए। ‘मतपत्रमा मत हाल्दा बदर मत पनि धेरै भए। अहिलेको जमानामा ईभीएममा किन नजाने भनेर सरोकारवाला, मिडिया, समाजको चासो छ। त्यसकारण हामीले ईभीएम मेसिन माग गरेका हौं,’ उनले भने। 

आयोगले सरकारसँग साउन मसान्तसम्म मेसिन उपलब्ध गराउन लेखिपठाएको छ। आयोगले संविधान तथा संघीय कानुनबमोजिम हुने राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसद् सदस्य, प्रदेशसभाका सदस्य तथा स्थानीय तहका सदस्यको निर्वाचनमा ईभीएम प्रयोग गर्न सक्ने कानुनी व्यवस्था छ।


प्रकाशित: June 30, 2022 | 17:03:31 काठमाडौं, बिहीबार, असार १६, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। आरोप विष्टले स्वीकार पनि गरेका थिए। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई 'बलिको बोको' बनाउन खोजेको भन्दै आन्दोलन गरेका थिए। त्यो भीडमा विष्टबाट यतिबेला दुर्व्यवहार भोगेकी किशोरीको परिवार पनि सहभागी थियो।

०६४ सालमा केपी ओलीलाई हराएका लिङ्देन खोज्दैछन् अर्को 'चान्स'

२०६४ सालको चुनावमा केपी ओलीलाई झापा क्षेत्र नम्बर ५ बाट हराएर चर्चामा आएका लिङ्देन पुनः उनैसँग आउँदो मंसिरको निर्वाचनमा भिड्ने मुडमा छन्।

'सहायक श्रीमान'ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड

अमेरिकाको एटलान्टामा अगस्त ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो।

पञ्चायत र प्रजातन्त्रमा चुनाव गराएका सूर्यप्रसाद श्रेष्ठ, जसले बिर्सन सक्दैनन् यस्ता घटना

२०४३ को राष्ट्रिय पञ्चायतको चुनाव र प्रजातन्त्र पुनर्स्थापछिको बहुदलीय चुनाव गराउने अवसर पाएर राजा, कांग्रेस, कम्युनिस्टको रोजाइमा परेका पूर्वनिर्वाचन आयुक्त हुन् सूर्यप्रसाद श्रेष्ठ।

धरातल बिर्सिएका हुन् त धराने मेयरले?

मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्।

गाउँपालिकासँगको विवादले दुई ठूला सिमेन्ट उद्योगको उत्पादन प्रभावित, गुम्दै करोडौं राजस्व

कपुरकोट गाउँपालिकाले क्लिंकर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा बोक्ने टिपर सञ्चालनमा अवरोध गरेपछि दुई महिनादेखि सिमेन्ट उत्पादन प्रभावित भएको हो।

त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

राजनीतिक दलहरूको संगठित दोहन र आन्दोलनका नाममा विद्यार्थी संगठनहरूको निरन्तरको बार्गेनिङले त्रिविलाई खोक्रो बनाइरहेको छ।

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

थप समाचार

नेपाल समय
सूचना/प्रविधि

एनसेलले ल्यायो 'पावर सिम' अफर, ६ महिनासम्म इन्स्टा र माइभाइभ निशुल्क!

ग्राहकहरूले करसहित मात्र रु. ९७ मा सोमबारबाट यस्तो सिम लिन सक्नेछन्। । यो सिममा ग्राहकले रु. २० को मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउनेछन्।
नेपाल समय
सूचना/प्रविधि

अर्बौं वर्षअघिको 'कस्मिक डान्स' खिच्दैछ एउटा टेलिस्कोप

खगोलविद्हरूले जेम्स वेबको प्रयोग गरी मिल्की वे आकाशगंगामा रहेका अन्य ग्रहको वायुमण्डलको अध्ययन गरी तिनमा जीवन रहे-नरहेको खोज गर्ने भएका छन्।
नेपाल समय
सूचना/प्रविधि

ट्‌विटरले सुरु गर्‍यो एलन मस्कविरुद्धक कानुनी लडाइँ

विश्व प्रसिद्ध सामाजिक सञ्जाल कम्पनी ट्वीटरले एलन मस्कविरूद्ध कानुनी लडाइँ सुरु गरेको छ। ट्वीटरले डेलावेयर अदालतलाई सम्झौता बमोजिम ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मस्कविरूद्ध मुद्दा दायर गरेको हो।
नेपाल समय
सूचना/प्रविधि

सूचना नदिएको भन्दै ११ सय उजुरी, ३२ कार्यालय प्रमुखमाथि कारबाही

राष्ट्रिय सूचना आयोगमा सूचनाको माग गरेर करिब एक हजार १०० उजुरी परेका छन्। नागरिकलाई सूचना उपलब्ध नगराएकामा अहिलेसम्म ३२ कार्यालय प्रमुखलाई कारबाही गरिएको आयोगले जनाएको छ ।
नेपाल समय
सूचना/प्रविधि

सञ्चारमाध्यमका लागि भाषासंहिताको खोजी

सञ्चारमाध्यममा प्रयोग हुने भाषाको मानकीकरणका लागि प्रेस काउन्सिल नेपाललगायत सञ्चारसँग सम्बन्धित संस्थाले भाषासंहिता ल्याउन विज्ञ एवं सञ्चारकर्मीले सुझाव दिएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना