बिहीबार, भदौ २, २०७९

साइबर अपराध नियन्त्रणका लागि सरकार गम्भीर : सञ्चारमन्त्री कार्की

नेपाल समय  |  काठमाडौं, बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९, काठमाडौं

नेपाल समय
फाइल तस्बिर।

काठमाडौं- सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साइबर सुरक्षाको व्यवस्थापन र साइबर अपराध नियन्त्रणका लागि सरकार गम्भीर रहेको बताएका छन्। 

प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सञ्चार मन्त्रालयका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै नेपाल सरकारका प्रवक्ता कार्कीले सूचना प्रविधि ऐनलाई अहिलेको समयानुकूल परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

उनले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थलगायत मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि वस्तुको विज्ञापन सामग्री उत्पादन र वितरण तथा प्रचारप्रसार नगर्न-नगराउन विज्ञापन बोर्ड क्रियाशील रहेको भन्दै त्यस सम्बन्धमा जनस्वास्थ्य सेवा ऐन आकर्षित हुने भएकाले आवश्यक कारवाही गर्न सम्बन्धित मन्त्रालयसँग समन्वय गरिएको बताए। 

मन्त्री कार्कीले सरकारी सञ्चारमाध्यमबाट निष्पक्ष एवं व्यावसायिकरूपमा समाचार सम्प्रेषण भइरहेको र कुनै पनि राजनीतिक दल र पार्टी विशेषको समाचार मात्र प्रकाशन-प्रसारण नगरिएको उल्लेख  गर्दै संविधान र कानूनले निषेधित गरेको विषयबाहेक अन्य विषयमा सञ्चारमाध्यमलाई वैचारिक स्वतन्त्रता रहेको बताए। 

उनले चलचित्रका क्षेत्रमा ठूलो रकम विदेशिएको भन्ने सम्बन्धमा राष्ट्रिय प्रसारण नियमावली, २०५२ को ११औँ संशोधनमार्फत नियमनको दायरामा ल्याइसकेको जानकारी दिए। डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभावकारीरूपमा कार्यान्वयन तथा सरकारी डाटा सुरक्षितरूपमा भण्डारण गर्न सिंहदरबारमा डाटा सेन्टरको क्षमता विस्तार, ललितपुरको खुमलटारलगायतका स्थानमा नयाँ डाटा सेन्टर स्थापनाका लागि छुट्टाछुटै बजेट विनियोजन गरिएको बताए।

उनले भने, 'सुरक्षा मुद्रण केन्द्रमा प्राप्त दक्ष जनशक्तिको व्यवस्था नभएको र केन्द्रको खरिद प्रक्रिया तत्कालै अगाडि बढाउनुपर्ने भएकाले खरिद कार्यलाई व्यवस्थित गर्न र विज्ञसेवा प्राप्त गर्न बजेट प्रस्ताव गरिएको हो।' उनले पत्रकारको आर्थिक तथा पेशागत सुरक्षाका निम्ति सरकार सधैँ सजक रहेको छ भन्दै पत्रकार वृत्ति कोष निर्देशिका, २०७८ एवं मापदण्ड स्वीकृति भई कार्य प्रारम्भ भएको बताए।

मन्त्री कार्कीले दुर्गम क्षेत्रमा कार्यरत पत्रकारका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन कार्यक्रमलाई निरतन्तता दिइएको र श्रमजीवी पत्रकारका निम्ति सात लाख रुपैयाँसम्मको दुर्घटना बिमा गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए। 

श्रमजीवी पत्रकारको निःशुल्क औषधि उपचारसम्बन्धी कार्यविधि २०७८, कोभिड–१९ बाट प्रभावित पत्रकारलाई आर्थिक सहयोग प्रदान गर्न मापदण्ड, २०७८ को मस्यौदा तयार गरिएको र त्यसलाई छिट्टै कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।

'इन्टरनेट तथा दूरसञ्चार सेवा सर्वसुलभ र पहुँचयोग्य बनाउन तथा सूचना प्रविधिको प्रयोग गर्न मन्त्रालयले दूरसञ्चार पूर्वाधार विस्तार कार्यलाई तीव्रता दिएको छ, यस आर्थिक वर्षमा मात्रै एक हजार ५०० किलोमिटर अप्टिकल फाइबर विस्तार भएको छ, ६४३ वटा टावर निर्माण भएको छ, हुलाक सेवा विभाग तथा सुरक्षित मुद्रणलाई व्यवस्थित, व्यावसायीकरण र विविधिकरण गर्ने सम्बन्धमा अध्ययन भइरहेको छ,' उनले भने। 

उनले कागजरहित सरकारको अवधारणालाई कार्यान्वयन गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणाली निर्माण भइरहेको जानकारी गराउँदै आगामी आर्थिक वर्षभित्र केन्द्रीय स्तरका सबै निकायमा सो प्रणाली लागु गरिने बताए। 

राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रका लागि रु ८० लाख छुट्याइएको विषयमा गरिएको प्रश्नको जवाफ दिँदै उहाँले राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रले साइबर अपराध नियन्त्रण गर्ने बताए।

मन्त्री कार्कीले सञ्चार मन्त्रालय, प्रमाणीकरण नियन्त्रणको कार्यालय, मुद्रण विभाग, हुलाक सेवा विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्रसहित पाँच निकायमा दुई पाङ्ग्रे सवारीसाधन न्यून भएकाले अर्थ मन्त्रालयकै अनुमतिमा ती निकायका लागि छुट्टाछुट्टै बजेट प्रस्ताव गरिएको जानकारी दिए।

उनले सञ्चार मन्त्रालयको बजेट समग्र सञ्चार क्षेत्रको सुदृढीकरण सूचनाको विस्तार र प्रयोग एवं हुलाक सेवा समयानुकूल सुधारका लागि लक्षित भएकोसमेत स्पष्ट पारे। सांसद प्रेम सुवालले गर्नुभएको प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले अमेरिकी सहायता सम्झौता (एमसिसी) बारे सहमतिबाट पारित गरिएको स्मरण गर्दै अब कार्यान्वयनको प्रक्रियामा अगाडि बढिसकेको स्पष्ट पारे।


प्रकाशित: June 15, 2022 | 23:10:00 काठमाडौं, बुधबार, असार १, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

कांग्रेस केन्द्रीय समितिमा थपिँदै आठ महिला

संविधानअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।

पञ्चायती व्यवस्थाका हार्डलाइनर मरीचमानको अविचलित राष्ट्रवाद

तीन दशक लामो पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह २०४६ को बहुदलीय व्यवस्थाका कारण राजा वीरेन्द्रबाट बर्खास्तीमा परे। त्यो समय कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतको नाकाबन्दी, जनआन्दोलनको उभारलगायत यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक।

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।

२०७४ मा जसले जिताए, तिनै बन्नेछन् विष्णु पौडेलको तगारो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका विष्णु पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, डा. बाबुराम भट्टराई र युवराज गिरीलाई हराएका थिए।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने जारी गरेकी थिइन्। असंवैधानिक रुपमा संसद् विघटन गर्दै ल्याएको नागरिकता अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित गरेको विधेयक भने फिर्ता गरेकी हुन्।

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

थप समाचार

नेपाल समय
सूचना/प्रविधि

एनसेलले ल्यायो 'पावर सिम' अफर, ६ महिनासम्म इन्स्टा र माइभाइभ निशुल्क!

ग्राहकहरूले करसहित मात्र रु. ९७ मा सोमबारबाट यस्तो सिम लिन सक्नेछन्। । यो सिममा ग्राहकले रु. २० को मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउनेछन्।
नेपाल समय
सूचना/प्रविधि

अर्बौं वर्षअघिको 'कस्मिक डान्स' खिच्दैछ एउटा टेलिस्कोप

खगोलविद्हरूले जेम्स वेबको प्रयोग गरी मिल्की वे आकाशगंगामा रहेका अन्य ग्रहको वायुमण्डलको अध्ययन गरी तिनमा जीवन रहे-नरहेको खोज गर्ने भएका छन्।
नेपाल समय
सूचना/प्रविधि

ट्‌विटरले सुरु गर्‍यो एलन मस्कविरुद्धक कानुनी लडाइँ

विश्व प्रसिद्ध सामाजिक सञ्जाल कम्पनी ट्वीटरले एलन मस्कविरूद्ध कानुनी लडाइँ सुरु गरेको छ। ट्वीटरले डेलावेयर अदालतलाई सम्झौता बमोजिम ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मस्कविरूद्ध मुद्दा दायर गरेको हो।
नेपाल समय
सूचना/प्रविधि

सूचना नदिएको भन्दै ११ सय उजुरी, ३२ कार्यालय प्रमुखमाथि कारबाही

राष्ट्रिय सूचना आयोगमा सूचनाको माग गरेर करिब एक हजार १०० उजुरी परेका छन्। नागरिकलाई सूचना उपलब्ध नगराएकामा अहिलेसम्म ३२ कार्यालय प्रमुखलाई कारबाही गरिएको आयोगले जनाएको छ ।
नेपाल समय
सूचना/प्रविधि

सञ्चारमाध्यमका लागि भाषासंहिताको खोजी

सञ्चारमाध्यममा प्रयोग हुने भाषाको मानकीकरणका लागि प्रेस काउन्सिल नेपाललगायत सञ्चारसँग सम्बन्धित संस्थाले भाषासंहिता ल्याउन विज्ञ एवं सञ्चारकर्मीले सुझाव दिएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना