आइतबार, असार १२, २०७९

बाँस्कोटा मन्त्री हुँदा सञ्चारमा चरम भ्रष्टाचार, एउटा इमेल आइडी बनाएको १० हजार

प्रेम चन्द  |  काठमाडौं, बुधबार, भदौ ९, २०७८

प्रेम चन्द

प्रेम चन्द

बुधबार, भदौ ९, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रायलको जिम्मेवारी सम्हालेका बेला गोकुल बाँस्कोटाले चरम आर्थिक दुरुपयोग गरेको खुलासा भएको छ। सरकारी स्रोतको चरम दुरुपयोग गर्दै उनले निःशुल्क बनाउन सकिने एउटा इमेल आइडी बनाउनसमेत १० हजार खर्च गरेको महालेखापरीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनले उल्लेख गरेको हो। 

एक जना सरकारी कर्मचारीको एउटा इमेल आइडी बनाउन झन्डै १० हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ। बाँस्कोटा मन्त्री भएका बेला १० हजार कर्मचारीको इमेल बनाउन १० करोड खर्च भएको प्रतिवेदनमा उल्लेख छ। 

‘सरकारी निकायमा कार्यरत कर्मचारीहरुका लागि आधिकारिक सरकारी इमेल आइडी निःसुल्क उपलब्ध हुँदै आएकोमा २०७६ वैशाखदेखि जिम्ब्राको इन्टरप्राइजेज इमेल सिस्टमको प्रयोग गर्न सुरु गरिएको छ,’ प्रतिवेदनमा भनिएको छ। ‘केन्द्रले आर्थिक वर्ष २०७५/०७६मा १० हजार इमेलको लाइसेन्स, सपोर्ट र सेक्युरिटीको लागि ९ करोड ९० लाख ४४ हजार रुपैयाँ खर्च भएको छ।'

२० हजार कर्मचारीको इमेल बनाउनका लागि १९ करोड ७७ लाखभन्दा बढी खर्च भएपनि १२ हजार १७८ मात्रै इमेल बनेका महोलखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ। 

महालेखाले आव २०७६/०७७ मा पनि थप १० हजार कर्मचारीको इमेल र सपोर्टका लागि झन्डै १० करोड खर्च गरेको उल्लेख गरेको छ। 'आव २०७६/०७७ मा थप १० हजार लाइसेनसको लागि सिस्टमको इमेल तथा सुरक्षा र सपोर्ट सर्भिस खरिदको लागि ९ करोड ८७ लाख ५ हजार गरी जम्मा १० हजार इमेलका लागि १९ हरोड ७७ लाख ४७ हजार अर्थात प्रतिइमेल ९ हजार ८८७ रुपैयाँ खर्च गरिएको छ,’ प्रतिवेदनमा उल्लेख छ। 

२० हजार कर्मचारीको इमेल बनाउनका लागि १९ करोड ७७ लाखभन्दा बढी खर्च भएपनि १२ हजार १७८ मात्रै इमेल बनेका महोलखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ। तीमध्ये २५ प्रतिशत मात्रै सक्रिय रहेको र बाँकी ७५ प्रतिशत इमेल आइडी लामो समयदेखि प्रयोगमा नरहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। 

महालेखाका अनुसार १ हजार ८८ कर्मचारीले पछिल्लो १ वर्षदेखि यस्ता इमेल चलाएका छैनन्। २ हजार ९६० प्रयोगकर्ताले ९० दिनदेखि र ३ हजार ७९३ प्रयोगकर्ताले एक महिनादेखि प्रतिइमेल १० हजार खर्च गरी बनाइएका इमेल लगइन नै नगरेको महालेखाले औंल्याएको छ।

जिम्ब्राको सिस्टम नै गलत

प्रतिवेदनले निःशुल्क उपलब्ध हुँदै आएको इमेल आइडी जिम्ब्राको इन्टरप्राइजेज सिस्टममार्फत बनाउने सिस्टम नै गलत रहेको औँल्याएको छ। ‘एउटै कर्मचारीको 'नेपाल डटजीओभी डटएनपीमा' र सम्बन्धित  कार्यालयको डोमेन 'अफिस डटजीओभी डटएनपी'मा २ वटा एकाउन्ट बनाउने र सरुवा भई जाँदा एकाउन्ट थप हुँदै  जाने देखिन्छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘यस किसिमको व्यवस्थाले ठुलो संख्यामा इमेल आइडी आवश्यक पर्ने र ठूलो रकम अपव्यवय हुने देखिन्छ।’

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले २०७६ फागुन ८ गते पदबाट राजीनामा दिएका थिए। 

केन्द्रले आर्थिक वर्ष २०७७/०७८ मा ३ करोड ७७ लाख ९९ हजार रुपैयाँमा १५ हजार इमेलको सपोर्ट एन्ड सस्क्रिप्सन रिन्यू गरेको र बाँकी ५ हजार इमेल हाल आवश्यक नपर्ने उल्लेख गर्दै त्यसका लागि सपोर्ट सेवा खरिद नगरेको महालेखाले जनाएको छ।

खरिद गरिएको २० हजार इमेलमध्ये हालसम्म ७ हजार ८२२ इमेल आइडी प्रयोग नहुँदा प्रतिएकाउन्ट ९ हजार ८८७ रुपैयाँका दरले ७ करोड ७३ लाख ३९ हजार रुपैयाँको उपलब्धि नदेखिएको महालेखाले औंल्याएको छ। यसबाट सार्वजनिक स्रोतको चरम दुरुपयोग भएको प्रतिवेदनले भनेको छ। ‘यसबाट सार्वजनिक स्रोतको उपयोग मितव्ययी तवरले भएको देखिएन। सम्बन्धित निकायको समन्वयको कमीको कारण सार्वजनिक स्रोतको अनावश्यक खर्च भइरहेको छ,’ महालेखाले भनेको छ।

२०७४ साल चैत २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार राज्यमन्त्रीको जिम्मेवारी बाँस्कोटालाई दिएका थिए। पछि २०७५ जेठ १८ गते ओलीले बाँस्कोटाको बढुवा गर्दै मन्त्री बनाएर सोही मन्त्रालयको जिम्मेवारी दिएका थिए। 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले २०७६ फागुन ८ गते पदबाट राजीनामा दिएका थिए। यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिलेसम्म अध्ययन गरिरहेको छ। बाँस्कोटाले भने आफूलाई फसाउन मात्र खोजिएको तर अडियो प्रकरण र घुसमा आफू नजोडिएको दाबी गर्दै आएका छन्। 


प्रकाशित: August 25, 2021 | 06:15:00 काठमाडौं, बुधबार, भदौ ९, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

'मानवताको सहर' बुटवलमा दलितले कोठा भाडा पाउँदैनन्

जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

तिलोत्तमा नगरपालिकाद्वारा सामुदायिक विद्यालयमा नि:शुल्क इन्टरनेट जडान

तिलोत्तमा नगरपालिकाले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०७९-८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख रामकृष्ण खाणले बिहीबार नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश अघिल्लो वर्षका पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ।

सुविना गिरी शंकास्पद मृत्यु प्रकरण : पोष्टपार्टम रिपोर्टले माइतीको दाबीलाई बल पुग्ने

सुविनाको पोस्टमार्टम रिपोर्टमा ‘प्रेसर ओभर नेक’बाट मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए।

रवि लामिछानेको पार्टीले घन्टी चुनाव चिन्ह नपाउने!

राष्ट्रिय स्वतन्त्र पार्टी घोषणासँगै घन्टी चुनाव चिन्ह प्रस्ताव गरेका रवि लामिछानेले उक्त चिन्ह नपाउने देखिएको छ।

स्वतन्त्र व्यक्तिको 'सफलता'बाट हौसिएर स्वतन्त्र पार्टी, पुरानालाई कति चुनौती?

रविकै भाषा अनुसार राजनीतिक फोहोर सफा गर्न हिलोमा छिरिसकेका छन्। अब राजनीति सफा गर्ने सन्दर्भमा हिलोसँगको पौठाजोरी र धुलोसँगको मुकाविला कसरी गर्लान्? त्यो समयसँगै खुल्दै जानेछ।

पाठ्यक्रमबारे समीक्षा गर्न त्रिविमा पाँच दिने कार्यशाला

पाठ्यक्रम समीक्षाको लागि ग्रामीण विकास केन्द्रीय विभाग त्रिविले कार्यशाला गोष्ठी आयोजना गरेको छ।

न्यायाधीशलाई १० करोड घुस दिन खोज्ने वकिल रुद्रप्रसाद आफैँ विवादको घेरामा

व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्न ‘सेटिङ’को प्रयास गरेका वकिल रूद्रप्रसाद पोखरेलले न्यायाधीशसँगको टेलिफोन कुराकानी बाहिर ल्याएपछि उनीमाथि पनि आलोचना सुरु भएको छ।

'राष्ट्रिय स्वतन्त्र पार्टी'विरुद्ध स्वतन्त्रकै उजुरी

रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिहरुले उजुरी दिएका छन्।

माइग्रेनको समस्या भएकाहरूका लागि लाभदायक तीन योगासन

माइग्रेनको दुखाई कम गर्नका लागि औषधिहरू पनि छन्। तर, केही योगासन गरेर पनि माइग्रेनको दुखाइलाई कम गर्न सकिन्छ।

थप समाचार

नेपाल समय
सूचना/प्रविधि

साइबर अपराध नियन्त्रणका लागि सरकार गम्भीर : सञ्चारमन्त्री कार्की

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साइबर सुरक्षाको व्यवस्थापन र साइबर अपराध नियन्त्रणका लागि सरकार गम्भीर रहेको बताएका छन्।
नेपाल समय
सूचना/प्रविधि

नवौँ ग्रहको रहस्यमय खुलासा

नवौँ ग्रह अहिलेसम्म काल्पनिक रहस्यमयी दुनियाँ सरह छ। यदि हाम्रो सौर्यमण्डलमा नवौँ ग्रह फेला परेमा यो ग्रह सन् १८४६ यता पत्ता लागेको नयाँ ग्रह हुनेछ।
नेपाल समय
सूचना/प्रविधि

संसदमा झलनाथको 'स्याटेलाइट' प्रवचन

मैले 'अर्बिटल स्लट'बारे सोधेँ। हाम्रा सचिवदेखि लिएर इन्जिनियरले मेरो शब्दै बुझेनन्। अर्बिटल स्लट भनेको के हो? मैले दुई तीन पटक बताएपछि इन्जिनियरले बुझे। तर थाहा थिएन नेपालको अर्बिटल स्लट कहाँ छ!
नेपाल समय
सूचना/प्रविधि

एक करोड नाघे टेलिकमका फोरजी प्रयोगकर्ता

कम्पनीका अनुसार यो चैत महिनासमम फोरजी ग्राहक आधार एक करोड ४ लाख २१ हजार ९७६ पुगेको हो।
नेपाल समय
सूचना/प्रविधि

टेलिफोन सेवाको नियमित सञ्चालन गर्दै सिंजाका अध्यक्षले थाले कार्यभार

जुम्लाको सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले शपथ ग्रहण गरेको पहिलो दिनमै टेलिफोन सेवा नियमित सञ्चालन गरेका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना