सोमबार, मंसिर १९, २०७९

बढ्न थाले 'पोस्ट डेंगु'का बिरामी

सरकार उदासीन
ज्योति अधिकारी  |  काठमाडौं, बिहीबार, मंसिर १, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, मंसिर १, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– गत साता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनलाई फोन आयो। फोन गर्ने महिलाले भनिन्, ‘डा.साब मलाई चक्कर लाग्ने, टाउको भारी हुने, निद्रा नलाग्ने, कपाल झर्ने, काम गर्न मनै नलाग्ने हुन्छ। के भएको हो? डा. पुनले सोधे, ‘योभन्दा अगाडि कुनै बिरामी हुनुभएको थियो? उक्त महिलाले जवाफ दिइन्, ‘मलाई डेंगु भएको थियो। एक साता अस्पतालमा भर्ना भएर घर फर्किएकी हुँ। त्यसपछि राम्रोसँग काम गर्न मन लाग्दैन। यस्तो समस्या निरन्तर भइरहेको छ।’

डा. पुनले उनलाई पोस्ट डेंगुको समस्या हुन सक्ने औंल्याए। डा. पुनलाई पछिल्लो एक महिनायता निरन्तर यस्ता समस्या सुनाउँदै फोन गर्नेको संख्या बढिरहेको छ।

पछिल्लो समय डेंगु संक्रमण हुनेको संख्या कम भएको छ तर पहिला संक्रमित भएकालाई विभिन्न समस्या देखिन थालेका छन्। डेंगु संक्रमण भइसकेका बिरामी निको भएको एक महिनाभन्दा लामो समय हुँदासमेत राम्ररी तंग्रिन सकेका छैनन्। विशेषगरी डेंगु संक्रमित भएर जटिल अवस्थामा पुगेका बिरामीलाई पोस्ट डेंगुको समस्या देखिएको डा. पुन बताउँछन्। डेंगु नेगेटिभ आइसकेपछि पनि  स्वास्थ्यमा निरन्तर रूपमा समस्या देखिएको भन्दै अस्पताल पुग्ने र फोनबाट परामर्श लिनेको संख्या बढ्दै गएको डा. पुनको भनाइ छ। 

डा. पुन भन्छन्, ‘यस्ता समस्या लिएर सम्पर्क गर्नेहरू सबैलाई डेंगु संक्रमण भएको रहेछ। उनीहरूले कम्तीमा दुई वा बढी लक्षण अनुभव गरिरहेका छन्। शरीर तातिएको महसुस हुने, शरीर गल्ने, कमजोरी महसुस हुने, सुतिराख्न मन लाग्ने, काममा ध्यान नजाने, टोलाएर बस्नेलगायत समस्या देखिएका छन्।’ डा. पुनले यस्तो समस्यालाई पोस्ट डेंगुको संज्ञा दिए। 

चिकित्सा क्षेत्रमा पोस्ट डेंगुको आधिकारिक परिभाषा नबने पनि आफूले यसलाई पोस्ट डेंगु भनेको बताउँछन्, डा. पुन। डेंगु संक्रमण भएको महिनाभन्दा लामो समयसम्म पनि स्वास्थ्यमा समस्या देखिरहे ‘पोस्ट डेंगु’ को अवस्था भन्न सकिने डा. पुनको दाबी छ। 

गत असारदेखि उकालो लाग्न थालेको डेंगु संक्रमणबाट नेपालमा ५१ हजार बढी मानिस संक्रमित भएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखको तथ्यांकअनुसार हालसम्म ५१ हजार १७७ जना संक्रमित भएका छन् भने ५८ जनाको डेंगु संक्रमणकै कारण मृत्यु भएको छ। यो सरकारी तथ्यांकमा मात्रै हो। तर डेंगु संक्रमिते यो तथ्यांकभन्दा ५ गुणा बढी हुन सक्ने स्वास्थ्यका अधिकारीहरू नै बताउँछन्। 

गत असारदेखि उकालो लाग्न थालेको डेंगु संक्रमणबाट नेपालमा ५१ हजार बढी मानिस संक्रमित भएका छन् भने ५८ जनाले ज्यान गुमाइसकेका छन्। विभिन्न अस्पतालबाट पोस्ट डेंगुका बिरामीबारे ठूलो संख्याका विवरण आइरहे पनि छुट्टै क्लिनिक सञ्चालन गर्न आवश्यक नरहेको भन्दै सरकारले बेवास्ता गरिरहेको छ।

नेपालमा डेंगु पुष्टि भएयताका वर्षमध्ये सबैभन्दा धेरै महामारीको रूप लिएको यसै वर्ष हो। यसभन्दा अगाडि सन् २०१९ मा ६ जनाको मृत्यु भएको थियो।  डा पुन भन्छन्, ‘यस अगाडिका वर्षमा डेंगु संक्रमण भएपछि निको भइसकेपछि पुनः समस्या लिएर आउनेहरू भेटिएका थिएनन् तर हाल दिनप्रतिदिन बढिरहेका छन्।’ 

डा. पुनका अनुसार डेंगु संक्रमित लामो समय बितिसक्दा पनि पूर्ण रूपमा निको हुन सकेका छैनन्। उनीहरूमा थोरै शारीरिक काम गर्दा पनि छिटो स्याँ–स्याँ हुने, थकान, मांसपेशी तथा जोर्नी दुख्ने, कार्यक्षमतामा ह्रास आउने, मानसिक रूपमा कमजोर हुने, एकाग्रता नहुने, नाक सुक्खा हुनेलगायत समस्या देखिन थालेका छन्।’ 

संक्रमितहरू चिकित्सककहाँ डेंगुपछि आफूले केही काम गर्न नसकेको, जाँगर नलाग्ने, बोल्न पनि मन नलाग्नेलगायत शारीरिक तथा मनोवैज्ञानिक समस्या लिएर पुग्ने गरेका छन्। 

डेंगु संक्रमणमुक्त भए पनि खानामा रुचि नलागेको गुनासो बिरामीको हुने गरेको छ। डा. पुन भन्छन्, ‘पोस्ट कोभिडको समस्या देखिएका बिरामीमा  यति जटिलता देखिएको थिएन, जति पोस्ट डेंगुको समयमा देखिएको छ। डेंगुको समय कडा समस्याबाट गुज्रिएका बिरामी हाल पोस्ट डेंगुको समस्याबाट गुज्रिरहेका छन्। बिरामीलाई खास उपचार छैन। तर उनीहरूलाई परामर्श र लक्षणअनुसारको उपचार गरेर पठाइएको छ। 

डा. पुनका अनुसार जटिल अवस्थाबाट गुज्रिएका बिरामी अझै पहिलाकै अवस्थामा फर्किन सकेका छैनन्। उनीहरूलाई सामान्य अवस्थामा फर्किन  केही समय लाग्छ। हाल बिरामीमा एन्जाइटीको लक्षण बढेको हुन सक्ने डा. पुन बताउँछन्। 

विभिन्न अस्पतालबाट पोस्ट डेंगुका बिरामीबारे विवरण आइरहे पनि ठूलो संख्यामा त्यस्तो समस्या नदेखिएकाले त्यसका लागि छुट्टै क्लिनिकको आवश्यकता नपरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तर्क छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरका अनुसार पोस्ट डेंगुको समस्या देखिएका मानिस पछिल्लो समय अस्पतालमा बढिरहेका छन्। तर यसका लागि  छुट्टै क्लिनिक नै राखेर उपचार गर्नुपर्ने अवस्था छैन। डा. ठाकुर भन्छन्, ‘पोस्ट डेंगुको समस्या लिएर अस्पतालमा बिरामी पुगिरहेको भन्ने जानकारी आइरहेका छन् तर उनीहरूलाई लक्षणको आधारमा उपचार गरेर सम्भव हुने भएकाले छुट्टै क्लिनिक राखेर उपचार गर्नुपर्ने अवस्था छैन। कोभिड नयाँ रोग भएकाले पोस्ट कोभिडका क्लिनिक सञ्चालन गरिएको हो। तर डेंगु वर्षौंदेखि देखिएकाले यसको समस्या एक–दुई महिनासम्म रहे पनि विस्तारै निको हुने हुँदा तत्काल पोस्ट डेंगु क्लिनिक सञ्चालन गर्न आवश्यक छैन।’ 

डा. पुन अझै एक महिना डेंगुको जोखिम हुने बताउँछन्। विगतका वर्षमा यतिबेला डेंगु देखिन सुरु हुने समय हो। तर यो वर्ष नेपालमा यतिबेला डेंगु पिकमा पुगेर पनि तल झरिरहेको छ। डेंगु कम देखिएका जिल्लामा भने अबको एक महिना अझै जोखिमयुक्त समय हो। चिकित्सकका अनुसार पोस्ट डेंगुको अनुभव नेपालमा नयाँ भएकाले यसबारे धेरैलाई थाहा नभएको हुन सक्छ। 


प्रकाशित: November 17, 2022 | 13:16:09 काठमाडौं, बिहीबार, मंसिर १, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
स्वास्थ्य/जीवनशैली

जिल्ला अस्पताल बैतडी सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट

प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

कलिलो उमेरमै विदेश जाने विद्यार्थीमा मानसिक समस्या

मेडिकल स्टाफ काउन्सिल प्रेसिडेन्ट (मेडिकल सुपरिन्टेन्डेन्ट) का रूपमा कार्यरत चापागाईंको भनाइमा पछिल्ला वर्षमा विद्यार्थी धेरै मनोरोगका कारण ग्रसित हुने गरेका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

हाल नेपालमा सक्रिय कोरोना संक्रमित संख्या कति?

८४३ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको हो।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

एचआईभी संक्रमित आमाबाट जन्मिए स्वस्थ बच्चा

नियमित औषधी सेवन गर्ने र सुरक्षित प्रसूति सेवा लिने एचआईभी संक्रमित गर्भवतीबाट स्वस्थ बच्चा जन्मिएको अस्पतालले बताएको हो।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

झापामा चार महिनामा ३७ जना एचआइभी एड्सबाट संक्रमित

यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो संख्यामा एचआइभी एड्स संक्रमित थपिएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना