मंगलबार, मंसिर १३, २०७९

मदिरा सेवनपछि हुने ह्याङओभरबाट कसरी मुक्ति पाउने?

नेपाल समय  |  काठमाडौं, शुक्रबार, असोज २१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २१, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- पछिल्ला दिनमा मानिसको रोजाइमा छ, मदिरा। दुःख बिर्सिने र खुसी बाँड्ने मदिराको अत्यधिक सेवन गर्ने प्रवृत्ति छ, जसका कारण टाउको दुख्‍ने, रिंगटा लाग्‍ने, वान्ता हुने, मुख सुक्नेलगायत समस्या उत्पन्‍न हुन्छ। त्यसलाई बोलीचालीमा ‘ह्याङओभर’ भन्ने गरिएको छ।

ह्याङओभरबाट कसरी छुटकारा पाउने भन्‍ने समस्या आजको भने होइन। इजिप्टमा भेटिएको १९०० वर्ष पुरानो एउटा भोजपत्रमा यसबाट मुक्ति पाउने उपाय लेखिएको थियो।

अर्थात् उसबेला पनि मानिसहरू रक्सी धेरै पिएपछि त्यसले निम्तिने समस्याबाट हैरान थिए र त्यसको समाधान खोजिरहेका थिए। त्यो भोजपत्रमा जुन उपायहरू सुझाइएको थियो, त्यो आजको दिनमा व्यवहारमा लागु गर्न कठिन छ।

तर आज पनि ह्याङओभर हटाउने अनेकौं उपायहरू बताइन्छ। जस्तै क्यानरी भनिने चराको भुटेको मासु खानु, काँचो अण्डा खानु, गोलभेंडाको रस पिउनु, सस वा त्यस्तै चिज मिलाएर तयार पारिएको ओइस्टर खानु - आदि।

रमाइलो कुरा के छ भने यीमध्ये कुनै पनि उपायले धेरै रक्सी पिएर हुने ह्याङओभर समस्याको समाधान गर्ने निश्चित छैन। निश्चित समयपछि यो समस्या आफै हराउँछ। त्यस अर्थमा समयसँगै ह्याङओभर हटेर जान्छ।

यसको मुख्य कारण के हो भने आजको दिनसम्म ह्याङओभर किन हुन्छ भन्‍ने स्पष्ट थाहा भइसकेको छैन।

ह्याङओभरको प्रभाव महिलामा बढी हुन्छ?

ह्याङओभरको प्रभाव महिलामा बढी हुन्छ। यदि महिला र पुरुषले उत्तिकै मदिरा सेवन गर्छन् भने पनि त्यसको प्रभाव पुरुषको तुलनामा महिलामा बढी हुने गर्छ।

महिलाको तुलनामा पुरुषको शरीरमा पानीको मात्रा ज्यादा हुन्छ, जसका कारण उनीहरुले सेवन गरेको मदिरा शरीरमा छिटै घोलिन्छ। महिलाको शरीरमा भने मदिरा रगतमा गएर मिसिन्छ।

ह्याङओभरका लागि अत्यधिक मदिरा सेवन गर्नुपर्दैन। कसै-कसैलाई थोरै रक्सी खाँदा पनि ह्याङओभर हुनसक्छ। मान्छेले आफूले खाएको रक्सी कति पचाउन सक्छ भन्ने कुराले त्यसको निर्धारण गर्छ। बियर, या हार्ड डि्रंक्सको साथमा पानी वा अन्य पदार्थको सेवनले हाइड्रेटेड रहन र शरीरबाट अक्कोहलको मात्रा घटाउने सुझावहरु पनि दिइन्छन्। 

ह्याङओभर किन हुन्छ त?

रक्सी इथानोलबाट बन्छ। यसलाई हाम्रो शरीरमा भएको इन्जाइमले विग्रह गरेर अन्य विभिन्न रसायनमा परिणत गरिदिन्छ।

यीमध्यै सबैभन्दा महत्त्वपूर्ण एसिटेल्डिहाइड हो। यसलाई थप टुक्रा गरेर इन्जाइमले अर्को रसायन एसिटेटमा परिणत गरिदिन्छ। यही एसिटेट रसायन फ्याटीएसिड र पानीमा परिणत हुन्छ। केही वैज्ञानिकहरू ह्याङओभर यही एसिटेल्डिहाइडका कारण भएको विश्वास गर्छन्। तर केही अध्ययनहरूले यो रसायनको ह्याङओभरसँग प्रस्ट सम्बन्ध नहुने देखाएको छ।

केही जानकारहरू भने रक्सीमा मिसाइने अरू नै रसायनका कारण ह्याङओभर हुने बताउँछन्। तिनलाई कन्जेनर्स भनिन्छ। ह्विस्की बनाउँदा अन्य धेरै किसिमका तत्त्व पनि निस्किन्छन्। धेरै पिएपछि मात्र मानिसहरूले तिनको उपस्थिति अनुभव गर्छन्।

कडा रंगका रक्सीमा यसको मात्रा बढी हुन्छ। त्यसैले बर्बन पिउँदा उत्तिकै भोड्का पिएभन्दा बढी ह्याङओभरको अनुभूति हुन्छ। तर यसको असर व्यक्तिपिच्छे फरकफरक हुन्छ। साथै पिउनुको असर वा ह्याङओभर पनि पिउने मानिसको उमेर र पिएको मात्रा अनुसार भिन्‍न हुन्छ।

वास्तवमा कुनै एउटा मात्रै कारणले ह्याङओभर हुँदैन। यसका विविध कारणहरू हुन्छन्। रक्सी पिउँदा हाम्रो शरीरमा हर्मोनको सन्तुलन खलबलिन्छ। यसबेला मानिसहरू अरुबेलाभन्दा धेरै पिसाब गर्न थाल्छन्। यसले उनीहरूको शरीरमा पानीको मात्रा कम हुन पुग्छ।

टाउको भारी हुनु वा दुख्नु योसँग पनि सम्बन्धित छ। मदिरासेवनले निद्रामा पनि असर गर्छ। प्राय: मानिसहरू राति अबेरसम्म मदिरा पिउँछन्। जसको परिणामस्वरूप उनीहरू पर्याप्त सुत्न पाउँदैनन्। यसैकारण पनि उनीहरू थकान अनुभव गर्छन्।

नेदरल्यान्ड्सको उत्रेख्त विश्वविद्यालयका प्राध्यापक योरिस सी वेर्सटर भन्छन्,'धेरै रक्सी सेवन गरेपछि हाम्रो शरीर त्यससँग लड्न थाल्छ ताकि त्यसले हाम्रो शरीरमा धेरै खराबी नगरोस्। त्यसै कारण पनि मानिसहरू धेरै पिएपछि अल्मलिएको जस्तो देखिन्छन्।'

इन्टरनेटमा ह्याङओभर हटाउने अनेकौँ उपायहरू लेखिएका भेटिन्छन्। कसैले केरा खाए राहत हुन्छ भन्छन्। किनकि रक्सी पिउनाले शरीरमा भएको पोटासियम नष्ट हुन्छ र केरा खाए त्यसमा भएको पोटासियमले शरीरमा त्यसको कमी पूरा हुन्छ। तर पोटासियमको कमी एक रात रक्सी खाँदैमा हुँदैन, जुन केरा खाएर तुरुन्तै पूर्ति होस्।

कोही मानिसहरू ह्याङओभर हटाउन बिहान चिल्लोयुक्त नास्ता खानु पर्ने सुझाउँछन्। कोही भने पिउनु पहिल्यै पेटभरि खानु पर्ने बताउँछन्।

केही मानिसहरू अण्डा खाने सल्लाह दिन्छन्। अण्डामा हुने एमिनो एसिड भनिने रसायन एसिटेल्डिहाइड टुक्र्याउन प्रयोग हुन्छ। त्यसैले अण्डा खाएर राहत मिल्छ भनिन्छ। तर त्यस्तो तत्त्व त अन्य खानामा पनि पाइन्छ। अहिलेको लागि भने रक्सी धेरै पिएर हुने समस्याबाट छुटकारा पाउने सबैभन्दा राम्रो उपाय भनेको आराम गर्नु, धेरै पानी पिउनु र एक चक्की एस्पिरिन लिनु हो। रक्सी पिउनुपूर्व राम्रोसँग खानेकुरा खानु र रक्सी पनि विस्तारै विस्तारै पिए ह्याङओभर कम हुन्छ। र, सबभन्दा राम्रो उपाय त धेरै रक्सी नपिउनु नै हो। (बीबीसीको सहयोगमा तयार पारिएको सामग्री।)


प्रकाशित: October 7, 2022 | 05:45:00 काठमाडौं, शुक्रबार, असोज २१, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
स्वास्थ्य/जीवनशैली

यी ८ पूर्वस्वास्थ्यमन्त्रीले हारे चुनाव

२०७४ को निर्वाचनमा चुनिएर स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका सबैले हार व्यहोरेका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

१० प्रतिशतले घट्यो पूर्ण स्तनपान गराउनेको संख्या

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले गत पाँच वर्षमा पूर्ण स्तनपान गराउनेको संख्या १० प्रतिशतले घटेको देखाएको हो।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

नर्भिक आइभिएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान

ललितपुरकी एक ५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्दतीबाट आमा बन्न सफल भएकी छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

प्रदूषणको असर कम गर्न सेवन गरौं यस्ता चिज

नेपालमा पछिल्ला दिनमा प्रदूषण बढ्दो क्रममा रहेको छ। काठमाडौं उपत्यकासहित देशका प्रमुख ठूला सहरमा प्रदूषण बढ्दो क्रममा रहेको हो। पछिल्ला वर्षमा विश्वमा नै प्रदूषण ठूलो स्वास्थ्य समस्याको कारण बन्दै गइरहेको छ।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

बढ्न थाले 'पोस्ट डेंगु'का बिरामी

गत असारदेखि उकालो लाग्न थालेको डेंगु संक्रमणबाट नेपालमा ५१ हजार बढी मानिस संक्रमित भएका छन् भने ५८ जनाले ज्यान गुमाइसकेका छन्। विभिन्न अस्पतालबाट पोस्ट डेंगुका बिरामीबारे ठूलो संख्याका विवरण आइरहे पनि छुट्टै क्लिनिक सञ्चालन गर्न आवश्यक नरहेको भन्दै सरकारले बेवास्ता गरिरहेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना