शुक्रबार, मंसिर १६, २०७९

नेपालमा लाखौं डोज भ्याक्सिन सुरक्षित राख्न सक्ने क्षमता छ

डा. सुरेन्द्र चौरासिया, खरिद शाखा प्रमुख, व्यवस्थापन महाशाखा
नेपाल समय  |  काठमाडौं, बिहीबार, असोज २०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २०, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- नेपालमा भ्याक्सिन भण्डारण क्षमता कोभिड संक्रमणयता ह्वात्तै बढेको छ। कोभिड आउनुअघि नेपालमा जम्मा  ११५ क्युबिक लिटर क्षमता थियो। नियमित खोपका लागि १११ क्युबिक लिटर र ४ क्युबिक लिटर अन्य भ्याक्सिन राख्न सक्ने क्षमता बाँकी थियो। 

विगतमा करिब ६ लाख बालबालिकालाई दिइने नियमित खोप मात्रै भण्डारण गर्न पुग्ने कोल्डचेन रहेकामा हाल लाखौं नागरिकलाई पुग्ने खोप भण्डारण क्षमताको विकास भएको छ। हाल फाइजर खोप नै अल्ट्राकोल्डचेनमा ३० लाखसम्म एकै पटक भण्डारण गर्न सक्ने क्षमता विकास भएको छ।  फाइजर खोप माइनर ८० डिग्रीसम्म चिस्यानमा राखिन्छ।

कोभिड आइसकेपछि सुरुमा ल्याइएका भ्याक्सिन लामो समयसम्म भण्डारण गर्नुपर्ने भएपछि हामीलाई निकै गार्हो भएको थियो। त्यतिबेला हामीले छोटो समय भण्डारण गर्न हामीले भ्याक्सिन ल्याउनकै लागि मात्र मिलायौं।  सहज भण्डारणका लागि कोभिड भ्याक्सिन भण्डारण गर्ने स्थानको प्रयोग गर्नुका साथै एयरपोर्टको भण्डारण कक्ष र निजी क्षेत्रलाई पनि प्रयोग गर्‍यौं। त्यसपछि सरकारसँग भएको रेफ्रिजेटरबाट ढुवानीको काम पनि गरियो। जिल्ला–जिल्लामा भ्याक्सिन पठाएर भ्याक्सिन लगाउने अभियान पनि सुरु भइसकेको थियो। उता भ्याक्सिन प्राप्त गरियो भने यता भ्याक्सिन लगाउने कार्यलाई पनि निरन्तरता दिइएको थियो।

त्यसैले सुरुको समय थोरै स्थानमा पनि भण्डारण गर्‍यौं। औषधी आउन थालिसकेपछि भण्डारणका लागि पर्याप्त स्थान हुनुपर्छ भन्ने विषयमा छलफल भयो। यसका लागि सरकारी र सम्बन्धित निकायबाट मात्र नभई दातृ निकाय, निजी संस्था आदिबाट पनि सल्लाह र सहयोग दुवै आउन थाले। 

हाल सरकारसँग भ्याक्सिन भण्डारण क्षमता २४३ क्युबिक लिटर छ। यसबाट एकैसाथ करोडौं डोज भ्याक्सिन भण्डार गर्न सकिन्छ। यो भण्डारण क्षमता काठमाडौं केन्द्रित नभएर नेपालका धेरै जिल्लामा रहेको छ। अहिले स्वास्थ्य मन्त्रालयको स्वास्थ्य विभाग फाइजर भ्याक्सिन सुरक्षित साथ भण्डारण गर्न सक्ने अवस्थामा रहेको छ।

विगतमा करिब ६ लाख बालबालिकालाई दिइने नियमित खोप मात्रै भण्डारण गर्न पुग्ने कोल्डचेन रहेकामा हाल लाखौं नागरिकलाई पुग्ने खोप भण्डारण क्षमताको विकास भएको छ। कोरोना महामारीको पाठलाई सिकेर सरकारकै प्रयत्नका कारण यो सम्भव भएको हो। 

अहिले ३० लाख फाइजर भ्याक्सिन अल्ट्रा कोल्डचेनमा राख्न सक्ने क्षमताको विकास भएको छ। यसका लागि सरकारको तीनै तहको सहयोग रहेको छ भने अन्य निकायको पनि उस्तै सहयोग छ। 

कोभिड खोपमा गरेको प्रगतिका कारण सरकारको अर्बौं रकम बचत भएको छ

नेपालमा भ्याक्सिन कति आयो भन्ने चासोको विषय सबैलाई थियो र हुन जरुरी पनि हो। विश्वमा महामारीका रूपमा फैलिएको कोभिड  भ्याक्सिनबारे आममानिसलाई चासो हुनु स्वाभाविकै हो। नेपाल सरकारलाई हालसम्म ६ करोड ३२ लाख भ्याक्सिन प्राप्त भएको छ। यसमध्ये जम्मा २ करोड खरिद भएको छ भने ४ करोड बढी अनुदानबाट प्राप्त भएको छ। खोप अभियानबाट नेपालले छोटो समयमा उल्लेख्य प्रगति हासिल गरेका कारण विभिन्न देशले नेपाललाई अनुदानमा खोप उपलब्ध गराएका हुन्। सरकारले किन्न तयार गरेको बालबालिकाका लागि प्रयोग गरिने पेडियाट्रिक भ्याक्सिन पनि नेपालले भ्याक्सिनमा गरेको प्रगतिका कारण अनुदानमै प्राप्त गरेको हो। 

वयस्कलाई भ्याक्सिन आयो तर अब बच्चाका लागि कहिले आउँछ भन्ने आमचासो थियो।  त्यसपछि नेपाल सरकारको काम र सक्रियताले ८४ लाख फाइजर खोप बच्चाका लागि अनुदानमा प्राप्त गरेको हो। यसका लागि नेपालका हरेक स्थानबाट खेलिएको भूमिका उल्लेख्य छ। यसले गर्दा नेपाल सरकारको अर्बौं रुपैयाँसमेत बचत भएको छ।

यसले पनि विश्वसामु के देखायो भने सबै मिलेर काम गरे जस्तोसुकै समस्या पनि समाधान गर्न सकिने रहेछ भन्ने सन्देश अन्तर्राष्ट्रिय जगत् र नेपालको कोभिडविरुद्धको खोप जनतालाई पुगेको सहजताले समेत दिएको छ।

अर्काे चासोको विषय के भने एक पटक भ्याक्सिन हराएको हल्ला बजारभरि भएको थियो। काम गर्ने क्रममा तथ्यांक तलमाथि भएको थियो। नेपाल सरकारलाई पनि गाह्रो थियो। मानिससमक्ष भ्याक्सिन पु¥याउन परिहाल्यो। त्यसले गर्दा अलिकति तथ्यांकमा समस्या आएको थियो। तर मिडियामा भ्याक्सिन हराएको चर्चा बढी भयो र बजारमा त्यही कुराले सनसनी पायो। त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा.गुणराज लोहनीको संयोजकत्वमा समिति गठन गरेर छानबिनसमेत गरेको थियो।

उक्त समितिले भ्याक्सिन नहराएको तथ्यांकमा राख्न नसकिएको निष्कर्ष निकालेको थियो। महामारी आक्रान्त र जनशक्ति अभावका कारण गाउँ–गाउँमा पुगेको भ्याक्सिन रिपोर्टिङ समय कोभिडका कारण भएको थिएन। कार्यगत त्रुटिका कारण गलत सूचना प्रवाह भयो, हराएको होइन।




प्रकाशित: October 6, 2022 | 08:21:28 काठमाडौं, बिहीबार, असोज २०, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
स्वास्थ्य/जीवनशैली

झापामा चार महिनामा ३७ जना एचआइभी एड्सबाट संक्रमित

यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो संख्यामा एचआइभी एड्स संक्रमित थपिएका हुन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

जाडोमा बदाम खानुका फाइदै फाइदा

बदाम एउटा यस्तो खाद्य वस्तु हो जसलाई जाडो मौसममा खानाले स्वास्थ्यका लागि विशेष लाभदायक हुन्छ।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

स्वास्थ्यका लागि बहुपयोगी सुन्तला

मृगौलाको पत्थरी, रुघाखोकी, मुटुको रोगी, दम, निमोनिया, श्वासप्रश्वासको समस्या, मधुमेह उच्च रक्तचापका रोगीलाई सुन्तलाको सेवन लाभदायक मानिन्छ ।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

धनियाको पातले कोलेस्ट्रोललाई गर्छ नियन्त्रण

धनियाको पातले खानाको स्वाद बढाउनुका साथै थुप्रै रोगको जोखिमबाटसमेत बचाउछ। मुटु रोगदेखि मधुमेहका बिरामीसम्मका लागि यो फाइदाजनक हुन्छ। यसले पाचनप्रणालीलाईसमेत बलियो राख्छ।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

यी ८ पूर्वस्वास्थ्यमन्त्रीले हारे चुनाव

२०७४ को निर्वाचनमा चुनिएर स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका सबैले हार व्यहोरेका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना