मंगलबार, मंसिर १३, २०७९

मौसम परिवर्तन कुरेर बस्दा नियन्त्रणबाहिर पुग्यो डेंगु

ज्योति अधिकारी  |  काठमाडौं, आइतबार, असोज ९, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, असोज ९, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- हालसम्म ७६ जिल्लामा संक्रमण पुष्टि भएको डेंगुबाट २९ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ हजार ४९२ जना डेंगुबाट संक्रमित भएका छन्। 

गत पुसदेखि फाट्टफुट्ट देखिन सुरु भएको डेंगु असारयता निरन्तर बढ्दो क्रममा रहेको डेंगुका सबैभन्दा धेरै संक्रमित बागमतीमा छन्। १९ हजार जना संक्रमित रहेको यो प्रदेशलाई २ हजार ८७२ जना संक्रमितका साथ लुम्बिनीले पछ्याएको छ। यस्तै, सुदूरपश्चिम प्रदेशमा ७७७, प्रदेश १ मा ७५३, गण्डकी प्रदेशमा ५३७, मधेश प्रदेशमा ३२३ र कर्णाली प्रदेशमा २३० जनामा डेंगु संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान चलाएको छ। प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वयात्मक प्रयासबारेमा छलफल गर्ने, विद्यालय र होटलहरूमा डेंगु रोगको रोकथामका लागि होटल एसोसिएसन अफ नेपाल र विद्यालयहरुको एसोसिएसनसँग छलफल गर्ने, डेंगु रोकथाम र नियन्त्रण सूचना सामाग्री विकास गरेको र विभिन्न माध्यमबाट प्रचारप्रसार गरिएको दाबी ईडीसीडीको छ। थप कार्यक्रम कार्यान्वयन गर्ने योजना पनि बनिरहेको ईडीसीडीले बताएको छ। 

मन्त्रालय र ईडीसीडीको प्रयासको प्रभाव भने हालसम्म देखिएको छैन। सरकारले बेवास्ता गर्दा डेंगु नियन्त्रणमा कठिनाइ भएको विज्ञहरू बताउँछन्। ईडीसीडीका पूर्वनिर्देशक डा बाबुराम मरासिनी डेंगु नियन्त्रणका लागि समाजका सबै पक्षको सहयोग उतिकै महत्वपूर्ण हुने भएपनि सरकारको भूमिकाप्रति असन्तुष्ट छन्।

'सरकाले अब 'लामखुट्टेको लार्भा खोज र नष्ट गर' अभियान गरेर मात्र डेंगु नियन्त्रण सम्भव छैन। डेंगु देखिन सुरु गर्नासाथ गर्नुपर्ने काम अहिले गरेर पुग्दैन,' उनले भने, 'पहिले नै यो अभियान चलाएको भए यो अवस्था आउन पाउँदैनथ्यो। अब सरकारले उपचारको पाटोलाई बलियो बनाउनुपर्छ।'

नेपाल समय
डा बाबुराम मरासिनी।

विद्यालय, होस्टेललगायत धेरै मानिसले लामो समय बिताउने ठाउँलाई केही समय बन्द गर्न सकिने विकल्पमा सरकारले सोच्नुपर्ने मरासिनी बताउँछन्। ‘अब विस्तारै चिसो मौसम सुरु हुँदैछ, लामखुट्टेले सामान्यतया १५ डिग्रीभन्दा चिसो तापक्रममा फुल पार्न सक्दैन, त्यसपछि विस्तारै डेंगु संक्रमण कम हुँदै जान्छ,' मरासिनीले भने, 'नियन्त्रणका काममा धेरै लगानी गर्नुपर्छ भनेर सरकारले त्यसैले सरकार काम गर्न भन्दा पनि जाडो मौसम कुरेर बसेको छ।’

जाडो मौसममा लामखुट्टेको जोखिम कम हुने कुरा सत्य भएपनि जाडो मौसम नै कुरेर मात्रै सरकार बसेको भन्ने कुरा तर्कसंगत नहुने ईडीसीडीका भेक्टर कन्ट्रोल निरीक्षक डा गोकर्ण दाहाल दाबी गर्छन्। उनका अनुसार डेंगु नियन्त्रणका कार्यक्रम लिएर प्रत्येक स्थानीय तहमा ईडीसीडी पुगेको छ। 

डेंगु नियन्त्रणका लागि स्वास्थ्य आपत्काल घोषणा गर्न सकिने डा मरासिनी बताउँछन्। सरकारले आपतकाल घोषणा गरेपछि सरकारी र निजी दुवै स्वास्थ्य संयन्त्रको समुचित प्रयोग गर्न पाउने मरासिनी बताउँछन्। डेंगु संक्रमण नियन्त्रणबाहिर गएकाले अब सरकारले उपचारको जिम्मेवारी लिनुपर्ने बताएका उनका अनुसार सरकारले अन्य महामारीबाट पाठ नसिक्दा यस्तो अवस्था आएको हो। जहिलेपनि महामारी नियन्त्रण बाहिर गएपछि मात्रै सरकारको ध्यान जाने उनको आरोप छ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले पनि तत्काल नै डेंगु नियन्त्रणका लागि सरकारले योजना बनाएर अगाडि बढ्नुपर्ने बताउँछन्। नेपालमा सरकारी संयन्त्रले मात्रै नपुग्ने अवस्था आएमा बरु अन्य देशमा भएका संयन्त्रको प्रयोग गरेर भएपनि नियन्त्रणको काम गर्नुपर्ने उनको सुझाव छ।

नेपाल समय
डा लोचन कार्की।

सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा १० गुणा बढी मानिस मानिस संक्रमित भएको हुनसक्ने आकलन छ। सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन डेंगुको बढ्दो संक्रमणले अझै मृत्युको जोखिम बढेको बताउँछन्। आगामी दिन झन् चुनौतीपूर्ण बन्दै जाने डा पुनको अनुमान छ। अझै एक महिना यसले प्रकोपको रुप लिने डा पुनको अनुमान छ। 'अस्पतालमा बिरामी भरिएका छन्, स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्, प्रत्येक दिन डेंगु संक्रमितको मृत्यु भइरहेको छ। अझै एक महिना जोखिम उच्च छ,' उनले थपे, 'यस्तो अवस्थामा सरकारी निकाय संवेदनशील बन्नुपर्छ।'

महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक डा गोकर्ण दाहाल ईडीसीडीले डेंगु नियन्त्रणका कार्यक्रम लिएर प्रत्येक स्थानीय तहमा पुगेको बताउँछन्। 'एक क्षेत्रले मात्रै काम गरेर डेंगु नियन्त्रण गर्न सम्भव छैन, त्यसका लागि हरेक बहुक्षेत्रले सहयोग गर्नुपर्छ, समन्वय सरकारले गर्नेछ,' डा दाहाल भन्छन्, ‘हामीले स्थानीय तहका प्रमुखहरुसँग पनि बैठक गरेर नियन्त्रणका कार्यक्रमहरुलाई अगाडि बढाएका छौं, डेंगु नियन्त्रणका लागि पहिला घरबाट नै प्रयास गर्नुपर्छ।’

ईडीसीडीले स्वास्थ्य आपत्काल घोषणा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रस्ताव पेस गरेको छ। डेंगुको संक्रमण उच्च गतिमा फैलिएकाले अस्पतालमा राखेर हेरचाह गर्न बेड भरिँदै गएपछि ईडीसीडीले पनि सो प्रस्ताव मन्त्रालय पठाएको हो। 

'विज्ञका सुझावलाई लिएर हामीले स्वास्थ्य मन्त्रालयलाई पटकपटक जानकारी गराएका छौं, तर मन्त्रालयले के गर्दैछ जानकारी छैन,' दाहालले भने। जनस्वास्थ्य आपतकाल घोषणा गर्न सकेमा निजी तथा अन्य संयन्त्र सरकारले उपयोग गर्न सकिने भएकाले नियन्त्रण गर्न सहज हुने दाहाल बताउँछन्। मन्त्रालयका अनुसार मन्त्रालयमा प्रकोप घोषणाको विषयमा विज्ञहरूसँग छलफल चलिरहेको छ।

यो पनि


प्रकाशित: September 25, 2022 | 20:23:19 काठमाडौं, आइतबार, असोज ९, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
स्वास्थ्य/जीवनशैली

यी ८ पूर्वस्वास्थ्यमन्त्रीले हारे चुनाव

२०७४ को निर्वाचनमा चुनिएर स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका सबैले हार व्यहोरेका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

१० प्रतिशतले घट्यो पूर्ण स्तनपान गराउनेको संख्या

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले गत पाँच वर्षमा पूर्ण स्तनपान गराउनेको संख्या १० प्रतिशतले घटेको देखाएको हो।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

नर्भिक आइभिएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान

ललितपुरकी एक ५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्दतीबाट आमा बन्न सफल भएकी छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

प्रदूषणको असर कम गर्न सेवन गरौं यस्ता चिज

नेपालमा पछिल्ला दिनमा प्रदूषण बढ्दो क्रममा रहेको छ। काठमाडौं उपत्यकासहित देशका प्रमुख ठूला सहरमा प्रदूषण बढ्दो क्रममा रहेको हो। पछिल्ला वर्षमा विश्वमा नै प्रदूषण ठूलो स्वास्थ्य समस्याको कारण बन्दै गइरहेको छ।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

बढ्न थाले 'पोस्ट डेंगु'का बिरामी

गत असारदेखि उकालो लाग्न थालेको डेंगु संक्रमणबाट नेपालमा ५१ हजार बढी मानिस संक्रमित भएका छन् भने ५८ जनाले ज्यान गुमाइसकेका छन्। विभिन्न अस्पतालबाट पोस्ट डेंगुका बिरामीबारे ठूलो संख्याका विवरण आइरहे पनि छुट्टै क्लिनिक सञ्चालन गर्न आवश्यक नरहेको भन्दै सरकारले बेवास्ता गरिरहेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना