मंगलबार, मंसिर १३, २०७९

तनहुँमा डेंगु संक्रमितको संख्या ८८ पुग्यो

नेपाल समय  |  काठमाडौं, आइतबार, असोज ९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ९, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- डेङ्गु सङ्क्रमण बढ्न थालेपछि तनहुँमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन्। डेङ्गुबाट सङ्क्रमण हुनेको सङ्ख्या बढ्न थालेपछि यहाँका स्थानीय तह यसको नियन्त्रणका लागि जुटेका हुन्।

सदरमुकामस्थित व्यास नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि शनिबारदेखि ‘खोज र नष्ट गर’ अभियान सुरुआत गरेको छ। कोभिड–१९ को सङ्क्रमणपछि अहिले पुनः डेङ्गुको जोखिम बढेकाले यसको नियन्त्रण गर्नुपर्ने स्थानीय सरकारको दायित्व रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। ‘कोभिड सङ्क्रमण विस्तारै अन्त्य हुने क्रममा छ, फेरि डेङ्गुले दुःख दिन थाल्यो,’ उनले भने, ‘हरेक विपद् समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध छ।’

डेङ्गु नियन्त्रणका लागि लामखुट्टेले फूल पार्ने ठाउँहरु खोजी गरेर नष्ट गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए। ‘लामखुट्टेले फूल पार्न सक्ने सम्भावित स्थानहरु जस्तै पानी जमेको ठाउँ, टायरमा जमेको पानीलाई नष्ट गर्ने अभियान सुरुवात गरेका छौ,’ उनले भने, ‘प्रत्येक वडामा पनि जनप्रतिनिधिको नेतृत्वमा यो अभियान सुरु भएको छ।’

‘सबै जागौ, सबै लागौ : वरिपरि जमेको पानी हटाई डेङ्गु भगाऔ’ नाराका साथ सुरु अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सङ्घसंस्था, शिक्षकलाई परिचालन गरिने जनाइएको छ। व्यास नगरपालिकाले मोटरसाइकल वर्कसपमा राखिएका टायरमा जम्मा भएको पानी फाल्नुका साथै सचेतना प्रदान गरेको छ।

आँबुखैरेनी गाउँपालिकाले पनि डेङ्गुबाट बच्नका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको छ। डेङ्गुको सङ्क्रमण बढ्दै गएकाले सतर्कताका लागि गाउँपालिकाले यो अभियान सुरु गरेको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए। 

डेङ्गुको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गर्न निर्देशन दिएसँगै गाउँपालिकाले प्रदेश र जिल्लासँगको समन्वयमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो। 

‘डेङ्गु लाग्न नदिनु सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो, प्राय दिनको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ,’ उनले भने, ‘यसबाट जोगिनका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोषाक अनिवार्य गरिएको छ।’

यस्तै प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट घरभित्र र बाहिर लामखुट्टेले फूल पार्ने ठाउँहरु खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ। यस अभियान कार्यान्वयका लागि स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्यस्वयंसेविका, शिक्षक, पत्रकार, सङ्घसंस्था, टोलविकास समितिलाई परिचालन गरिएको छ।

डेङ्गुबाट ८८ सङ्क्रमित

तनहुँमा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ८८ पुगेको छ। सदरमुकामस्थित दमौली अस्पताल, बन्दीपुर अस्पताल र शुक्लागण्डकीस्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा गरिएको परीक्षण अनुसार ८८ जनामा डेङ्गु पुष्टि भएको हो। 

दमौली अस्पतालमा तीन, बन्दीपुर अस्पतालमा सात र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८ जनामा डेङ्गु पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

डेङ्गु पुष्टि भएकामध्ये दमौली अस्पतालमा भर्ना भएर उपचार गराउने तीन जनामध्ये एक जना उपचारपश्चात् घर फर्किएका छन् दुई जनाको उपचार भइरहेको अस्पतालका निमित्त प्रमुख डा. राजु रानाले जानकारी दिए।

बन्दीपुर अस्पतालमा भर्ना भएर सात जनाको उपचार गरिएकामा चार जना उपचारपश्चात् घर फर्किएका छन्। जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८ जनालाई डेङ्गु पुष्टि भएकामा २७ जना भर्ना भएर उपचार गराएका थिए। उपचाररत २७ जना नै उपचारपश्चात् घर फर्किसकेको केन्द्रका कार्यकारी निर्देशक डा। रामकुमार श्रेष्ठले जानकारी दिए।

डेङ्गु परीक्षणका लागि स्वास्थ्य कार्यालयमा किट अभाव रहेको छ। स्थानीय तह र अस्पतालले नै किट खरिद गरेर परीक्षण गर्ने गरेकाले सहज भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले बताए। ‘स्वास्थ्य कार्यालयमा किट छैन, पालिकाले नै व्यवस्थापन गरिदिएकाले परीक्षणमा सहज भएको छ,’ अधिकारीले भने।

लामखुट्टेको टोकाईबाट डेङ्गु हुने भएकाले लामखुट्टेको टोकाईबाट जोगिन आवश्यक रहेको चिकित्सक बताउँछन्। डेङ्गुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाईले यो रोग सर्दछ। आजकल डेङ्गु ज्वरो नेपालको विभिन्न भागमा देखा परिरहेको छ। यो लामखुट्टेले विशेषगरि दिउँसो मात्र टोक्ने गर्दछ र वर्षादको मौसम शुरु भएपछि डेङ्गु ज्वरोको प्रकोप बढ्न थाल्दछ।

एक्कासी ३ देखि ५ दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो। यसरी आएको ज्वरो ५ देखि ७ दिनसम्म रहिरहन सक्दछ। यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबरहरु आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशीहरु बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण रहेको दमौली अस्पतालका निमित्त प्रमुख डा. रानाले बताए।

डेङ्गुबाट बच्नको लागि मुख्यतयाः लामखुट्टेको टोकाईबाट जोगिनुपर्दछ। पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाईबाट बच्न मल्हम जस्ता सामग्री प्रयोग गर्नु, सँधै राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाईबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन्। - रासस


प्रकाशित: September 25, 2022 | 07:43:17 काठमाडौं, आइतबार, असोज ९, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
स्वास्थ्य/जीवनशैली

धनियाको पातले कोलेस्ट्रोललाई गर्छ नियन्त्रण

धनियाको पातले खानाको स्वाद बढाउनुका साथै थुप्रै रोगको जोखिमबाटसमेत बचाउछ। मुटु रोगदेखि मधुमेहका बिरामीसम्मका लागि यो फाइदाजनक हुन्छ। यसले पाचनप्रणालीलाईसमेत बलियो राख्छ।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

यी ८ पूर्वस्वास्थ्यमन्त्रीले हारे चुनाव

२०७४ को निर्वाचनमा चुनिएर स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका सबैले हार व्यहोरेका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

१० प्रतिशतले घट्यो पूर्ण स्तनपान गराउनेको संख्या

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले गत पाँच वर्षमा पूर्ण स्तनपान गराउनेको संख्या १० प्रतिशतले घटेको देखाएको हो।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

नर्भिक आइभिएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान

ललितपुरकी एक ५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्दतीबाट आमा बन्न सफल भएकी छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

बढ्न थाले 'पोस्ट डेंगु'का बिरामी

गत असारदेखि उकालो लाग्न थालेको डेंगु संक्रमणबाट नेपालमा ५१ हजार बढी मानिस संक्रमित भएका छन् भने ५८ जनाले ज्यान गुमाइसकेका छन्। विभिन्न अस्पतालबाट पोस्ट डेंगुका बिरामीबारे ठूलो संख्याका विवरण आइरहे पनि छुट्टै क्लिनिक सञ्चालन गर्न आवश्यक नरहेको भन्दै सरकारले बेवास्ता गरिरहेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना