मंगलबार, मंसिर १३, २०७९

डेंगु लागि हाले के गर्ने, के नगर्ने?

डा. रविन्द्र पाण्डे  |  काठमाडौं, आइतबार, असोज ९, २०७९

डा. रविन्द्र पाण्डे

डा. रविन्द्र पाण्डे

आइतबार, असोज ९, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं उपत्याकामा डेंगुको प्रकोप अकल्पनीय छ। घरघरमा सिकिस्त बिरामी छन्। यसअघिका डेंगुका प्रकोपभन्दा यो निकै फरक छ। अधिकांश संक्रमितलाई कोभिड भन्दा गाह्रो भएको छ। सबै अस्पताल प्याक छन्। आइसीयू र भेन्टिलेटरमा धेरै संक्रमित छन्। निको भएका संक्रमित निकै कमजोर अवस्थामा छन्। पोस्टकोभिड जस्तै पोस्ट डेंगु सिन्ड्रोम कष्टप्रद छ।

जुन संक्रमितले खाना, फलफूल, पानी प्रशस्त खाएका छन्, उनीहरू छिटो निको भएका छन्। जुन संक्रमितलाई सुरुमै बान्ता भएको छ, उनीहरू खान तथा पिउन डराउँदा सिकिस्त भएका छन्। पारासिटामोलको चर्को अभाव छ। धेरै संक्रमितलाई एउटा पारासिटामोलले ज्वरो घटाएको छैन।

पारासिटामोलको अधिक सेवनले अम्लपित्त बल्झेको छ। कलेजोमा असर गरेको छ। डेंगुमा पारासिटामोलको विकल्प छैन। ज्वरो, टाउको दुखाइ, हातखुट्टा दुखाइ आदिमा अर्को औषधि प्रयोग गर्न मिल्दैन। अहिलेको डेंगुले कतिपय बिरामीलाई हातखुट्टा नचल्नेसम्म भएको छ।

तपाईं वा आफन्त संक्रमित भएको छ भने यी कुरामा ध्यान दिनुहोला-

१. जति सक्यो दाल, गेडागुडीको रस, मेवा, किवी, अनार, जुनार, पाकेको फर्सी, पालुंगो, दुध, जीवनजल, सादा पानी पटक-पटक प्रशस्त खुवाउनुहोला।

२. मनतातो पानीपट्टी तथा पारासिटामोलले ज्वरोलाई नियन्त्रण गर्नुहोला।

३. बान्ता भएमा बान्ता रोक्ने औषधि सेवन गर्नुहोला।

४. शरीरमा एलर्जीजस्तै बिमिरा भएमा एलर्जीको औषधि सेवन गर्नुहोला।

५. झुक्किएर पनि फ्लेक्सन, ब्रुसेट, पाराफ्लाम, निम्स आदि पेन किलर नखानुहोला।

६. शरीरमा पानी कम भए, खान नसके, ज्वरो नियन्त्रण नभए, नाकमुख वा अन्य ठाउँबाट रगत आएमा तुरुन्त नजिकको अस्पतालको इमर्जेन्सीमा जानुहोला।

७. बालबालिकाको ज्वरो नियन्त्रणमा नराखे बेहोश हुन सक्छन्। ज्वरो नियन्त्रण नभए एक मिनेट पनि घरमा नराख्नुहोला।

८. चिकित्सकको सिफारिसबिना कुनै पनि औषधि सेवन नगर्नुहोला।

९. डेंगुमा अन्धाधुन्ध मेवाको पात खाने लहर चलेको छ। मेवाको पातले डेंगु निको गर्दैन। प्लेट्लेट्स धेरै घटेमा बढाउने काम गर्छ। त्यसको लागि औषधि कम्पनीले निकालेका चक्की वा चिकित्सकको सल्लाह अनुसार मेवाको पात प्रशोधन गरेर दिनमा ३० मिलि भन्दा धेरै प्रयोग नगर्नुहोला। मेवाको पातको रस, मेवा, किवी आदिले प्लेट्लेट्स बढाउने प्रमाणित तथ्य हो।

१०. महंगा फुड सप्लिमेन्ट तथा भिटामिन नखानुहोला। खानुपरेमा औषधि कम्पनीले उत्पादन गरेका भिटामिन चिकित्सकको सल्लाह अनुसार खानुहोला।

११. लक्षण देखिनेबित्तिकै प्लेट्लेट्सको जाँच गर्ने तथा डेंगु परिक्षण गर्नु गर्नुहोला। दुई दिन बिराएर प्लेट्लेट्सको टेस्ट गर्नुहोला। प्लेट्लेट्स ७० हजारभन्दा कम भएमा चिकित्सकसँग तुरुन्तै सम्पर्क राख्नुहोला।

१२. डेंगुले धेरै दु:ख दिन्छ तर सितिमिति मार्दैन। मनोबल उच्च राख्नुहोला।

डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा नजिकको सम्पर्कबाट सर्दैन। संक्रमितलाई टोकेको लामखुट्टेले टोकेमा मात्र सर्दछ। तसर्थ लामखुट्टेको टोकाइबाट बच्ने हर प्रयास गर्नुहोला।

(डा. पाण्डेको फेसबुकबाट साभार)


प्रकाशित: September 25, 2022 | 06:59:53 काठमाडौं, आइतबार, असोज ९, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
स्वास्थ्य/जीवनशैली

धनियाको पातले कोलेस्ट्रोललाई गर्छ नियन्त्रण

धनियाको पातले खानाको स्वाद बढाउनुका साथै थुप्रै रोगको जोखिमबाटसमेत बचाउछ। मुटु रोगदेखि मधुमेहका बिरामीसम्मका लागि यो फाइदाजनक हुन्छ। यसले पाचनप्रणालीलाईसमेत बलियो राख्छ।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

यी ८ पूर्वस्वास्थ्यमन्त्रीले हारे चुनाव

२०७४ को निर्वाचनमा चुनिएर स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका सबैले हार व्यहोरेका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

१० प्रतिशतले घट्यो पूर्ण स्तनपान गराउनेको संख्या

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले गत पाँच वर्षमा पूर्ण स्तनपान गराउनेको संख्या १० प्रतिशतले घटेको देखाएको हो।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

नर्भिक आइभिएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान

ललितपुरकी एक ५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्दतीबाट आमा बन्न सफल भएकी छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

बढ्न थाले 'पोस्ट डेंगु'का बिरामी

गत असारदेखि उकालो लाग्न थालेको डेंगु संक्रमणबाट नेपालमा ५१ हजार बढी मानिस संक्रमित भएका छन् भने ५८ जनाले ज्यान गुमाइसकेका छन्। विभिन्न अस्पतालबाट पोस्ट डेंगुका बिरामीबारे ठूलो संख्याका विवरण आइरहे पनि छुट्टै क्लिनिक सञ्चालन गर्न आवश्यक नरहेको भन्दै सरकारले बेवास्ता गरिरहेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना