सोमबार, असोज १०, २०७९

एड्स नियन्त्रण गर्न 'ट्रिपल ९५' को लक्ष्य, कस्ता छन् चुनौती?

ज्योति अधिकारी  |  काठमाडौं, बिहीबार, असोज ६, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, असोज ६, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- नेपालले सन् २०३० सम्ममा एचआईपी एड्सलाई अन्त्य गर्ने लक्ष्य लिएको छ। अर्थात शून्य नयाँ एचआइभी संक्रमण, शून्य एचआईभी भेदभावको लक्ष्य लिएको छ। तर अझै पनि समाजमा एचआईभी संक्रमितहरुप्रति व्याप्त विभेदका कारण उनीहरु खुलेर बाहिर भन्‍न सकेका छैनन्।

नेपालमा पहिलो पटक एचआईभी संक्रमित पत्ता लागेकै ३४ वर्ष पुगिसकेको छ। २०२० को अन्त्यसम्म नेपालमा ३० हजार एचआईभीका संक्रमित भएको सरकारी तथ्यांक छ। तर, उनीहरुमध्ये जम्मा ६९ प्रतिशत संक्रमित मात्रै उपचारको दायरामा छन्। अर्थात २० हजार ८ सय ८३ एचआईभी संक्रमितले उपचार लिइरहेका छन् भने ३१ प्रतिशत अर्थात् ९ हजार ४१७ जना एचआईभी संक्रमित अझैसम्म पनि उपचारको पहुँचबाहिर छन्।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार  १६ हजार ४०० पुरुष र १३ हजार ६०० महिला संक्रमित रहेको तथ्यांक छ। संक्रमित हुनेहरुमा १ हजार २०० बालबालिका रहेका छन्।  

नेपाल सरकारले सन् २०३० सम्ममा एड्सलाई नियन्त्रण गर्ने लक्ष्य लिएको छ। त्यसका लागि तीनवटा क्षेत्रमा ९५ प्रतिशत परिणाम ल्याउनुपर्ने छ। सरकारले दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्म एचआईभी संक्रमितको लागि ९५–९५–९५ को लक्ष्य सहित कार्यक्रम अगाडि बढाएको हो।

९५ प्रतिशत एचआईभी संक्रमितले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र औषधि खानेहरूमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्युन बनाउने लक्ष्य सरकारको छ। 

अझै खुल्न सक्दैनन् एचआईभी संक्रमित

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सुधा देवकोटाले अझै पनि एचआईभी संक्रमितहरु समाजमा लुकेर बस्‍न बाध्य भएको बताइन्। अझै पनि एचआईभीको बारेमा पर्याप्त जनचेतना नहुँदा संक्रमितहरु खुलेर उपचारमा आउन नसकेको उनी बताउँछन्। उपचारमा आएका संक्रमितहरुलाई निरन्तरता दिएर राख्‍न सकिएको भए पनि समाजमा अझै स्टिग्मा व्याप्त रहेकाले केही संक्रमितहरु उपचारको लागि नआउँदा त्यसले एड्स नियन्त्रण गर्ने लक्ष्यमा पुग्‍न चुनौती कायमै भएको डा. देवकोट बताउँछन्। 

चिकित्सकहरूका अनुसार एचआईभी संक्रमणको पूर्ण उपचार सम्भव छैन। यसकारण समयमै संक्रमण पहिचान गरी स्वस्थ जीवनशैली कायम गर्नुपर्छ। तर, उपचारको पहुँचबाहिर रहेका संक्रमितको अवस्था अनविज्ञ भएकाले पनि संक्रमण फैलिरहेको अनुमान गर्न सकिने डा. देवकोटा बताउँछन्। 

९५ प्रतिशत एचआईभी संक्रमितले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र औषधि खानेहरूमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्युन बनाउने लक्ष्य सरकारको छ। 

नेपालमा एचआइभीको उपचारमा प्रगती भएको भए पनि अझै ठूलो संख्यामा संक्रमितहरु खुलेर आउन नसक्दा समस्या भएको डा. देवकोटा बताउँछन्। नेपलमा वार्षिक ६८० जना एचआईभी संक्रमित थपिने र ५१० जना एड्ससँग सम्बन्धित व्यक्तिको मृत्यु हुने तथ्यांक छ। केन्द्रका अनुसार २०२० मा मात्रै ६३६ जना व्यक्तिहरुको एड्सको कारणले मुत्यु भएको गरिएको छ। 

हाल सरकारले आमाबाट बच्चामा सर्ने एचआईभी रोकथामका लागि ७७ वटै जिल्लाका वर्थिङ केन्द्रबाट सेवा दिइरहेको छ। नेपालमा करिब २०० जना एचआईभी संक्रमित गर्भवती महिलाको संख्या रहेको केन्द्रले जनाएको छ। 

एचआईभी निवारणका लागि सरकारले २०२१-२०२६ रणनीतिक योजना बनाएर काम गर्न थालेको छ। जसमा ३ वटा लक्ष र ६ वटा उदेश्य स्पष्ट पारिएको छ। सरकारले हाल ६१ जिल्लामा ८४ वटा केन्द्रहरुबाट एचआइभी संक्रमितका लागि सेवा दिइरहेको छ भने ७७ वटा जिल्लका १८९ केन्द्रबाट परामर्श र परिक्षण सेवा दिइरहेको छ। 

९५ प्रतिशतको लक्ष्य हासिल गर्न चुनौती

एचआईभीको सवालमा उल्लेख्य प्रगती भएको भए पनि दिगो लक्ष्य हासिल गर्नका लागि अझै चुनौती रहेको डा. देवकोटा बताउँछन्। डा. देवकोट भन्छिन्, ‘एचआईभी रोकथामका कार्यक्रमहरु ७७ वटै जिल्लाहरुमा छैन, सरकारले उपचारका कामहरु गरे पनि रोकथामका कामहरु गर्न सकेको छैन, एचआाईभी संक्रमितहरु प्रति समाजमा भेदभाव र लान्छना यथावत नै छन्, सबै गर्भवती, प्रसुति, सुत्केरी महिलाहरुको एचआईभी परिक्षणमा पहुँच पुगेको छैन भने एचआईभी परीक्षण किट खरिदका लागि पर्याप्त सरकारी बजेटको अभाव छ। त्यसैले पनि पहिलो ९५ प्रतिशतको लक्ष्य प्राप्तीका लागि चुनौती छ।’ 

एचआईभी एड्स न्युनिकरणको कार्यक्रमका लागि वार्षिक आवश्यक बजेट २३ करोड  भए पनि जम्मा १० करोड मात्रै विनियोजन हुने गरेको छ। अझै वार्षिक १३ करोड बजेट अपुग भएको डा. देवकोटा बताउँछन्। त्यस्तै दोस्रो ९५ हासिल गर्नका लागि धेरै जसो एचआईभी संक्रमितहरु मौसमी कामदार प्रवासीको रुपमा भारत जाँदा एचआईभी उपचारको निरन्तरतामा बाधा पुग्‍ने गरेको डा. देवकोटाले बताइन्।  

सबै नयाँ एचआईभी संक्रमितहरुले उपचार सेवा सुरु नगर्ने, एचआईभी संक्रमितहरुमा हुने अन्य यौन रोगहरु र संक्रमणहरुको उपचारको लागि अपर्याप्त बजेट र कार्यक्रमहरुको अभाव, एचआईभी उपचारका औषधिहरुको निरन्तर आपूर्तिका लागि बहु वर्षीय खरिदको व्यवस्था नभएको, स्वास्थ्य केन्द्रहरुमा कार्यरत एआरटी परामर्शदाताहरुलाई अन्य कार्यमा खटाइने गरिएकाले पनि दोस्रो ९५ लक्ष्य हासिल गर्न चुनौती रहेको उनी बताउँछन्।  

तेस्रो ९५ का लक्ष्य हासिल गर्न पनि चुनौतिहरु छन्। डा. देवकोटाका अनुसार भाइरल लोड परीक्षणका सेवाहरु सातवटै प्रदेशमा उपलब्ध नभएको,  भाइरल लोड परीक्षण गर्ने मेसिनहरुको मर्मत सम्भार नहुँदा मेसिनहरु प्रयोगमा नआएका, एचआईभी संक्रमितहरुलाई उपचारमा निरन्तरताका लागि दिगो कार्यक्रम सञ्‍चालन नभएका जस्तै सशक्तिकरण सम्बन्धित कार्यक्रम, पोषणको व्यवस्था छैन। साथै भाइरसको भार अत्याधिक भएका एचआईभी संक्रमितहरुको उपचार असफल भएको निरन्तर निगरानीको अभाव, भाइरल लोड परीक्षणको लागि चाहिने अत्यावश्यक सामग्रीहरु तथा वार्षिक मर्मत सम्भारका लागि दाताहरुमा निर्भर, भाइरल लोड परिक्षणका लागि अपर्याप्त नमूना संकलन तथा सहि कोल्ड चेन व्यवस्थापनको अभावले सबै नमुनाको परीक्षण गर्न नसकिएको उनले बताइन्। 

सरकारले हाल समलिंगी र तेस्रोलिंगी केन्द्रित सामुदायिक एचआईभी उपचार केन्द्रहरू सञ्चालन गरी काम गरिरहेको छ। साथै एचआईभी संक्रमितहरु वा लक्षित समूहलाई  निःशुल्क हेपाटाइटिस सी भाइरसको उपचार, उपलब्ध भएका पीसीआर मेसिनहरू प्रयोग गरी भाइरल लोडका सेवा विस्तार जस्तै मधेश प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज अस्पताल मा सेवाहरु विस्तार, विभिन्‍न संघसंस्थाद्वारा व्यवस्थापान गरिएका एचआईभी सम्बन्धित तथ्यांकहरुलाई एकीकृत गरि मासिक वा दैनिक रिपोर्टिङ गर्ने काम गरिरहेको डा. देवकोटा बताउँछिन्।  

यो पनि


प्रकाशित: September 22, 2022 | 21:20:00 काठमाडौं, बिहीबार, असोज ६, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
स्वास्थ्य/जीवनशैली

कानुनी मान्यताको २० वर्ष पुग्दा पनि ५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य

आठौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस २०७९ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र यस क्षेत्रमा काम गरिरहेका संस्थाहरुको समूहले आयोजना गरेको कार्यक्रममा दूरदराजसम्म अझै चेतना जगाउन बाँकी रहेकामा जोड दिइएको थियो। कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले सुरक्षित गर्भपतन सेवाका बारेमा अझै शिक्षा र जागरण फैल्याउनुपर्ने बताए।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

मौसम परिवर्तन कुरेर बस्दा नियन्त्रणबाहिर पुग्यो डेंगु

‘अब विस्तारै चिसो मौसम सुरु हुँदैछ, लामखुट्टेले सामान्यतया १५ डिग्रीभन्दा चिसो तापक्रममा फुल पार्न सक्दैन, त्यसपछि विस्तारै डेंगु संक्रमण कम हुँदै जान्छ,' ईडीसीडी पूर्वनिर्देशक मरासिनीले भने, 'नियन्त्रणका काममा धेरै लगानी गर्नुपर्छ भनेर सरकारले त्यसैले सरकार काम गर्न भन्दा पनि जाडो मौसम कुरेर बसेको छ।’
नेपाल समय
स्वास्थ्य/जीवनशैली

तनहुँमा डेंगु संक्रमितको संख्या ८८ पुग्यो

डेंगु सङ्क्रमण बढ्न थालेपछि तनहुँमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन्। डेङ्गुबाट सङ्क्रमण हुनेको सङ्ख्या बढ्न थालेपछि यहाँका स्थानीय तह यसको नियन्त्रणका लागि जुटेका हुन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

डेंगु लागि हाले के गर्ने, के नगर्ने?

पारासिटामोलको अधिक सेवनले अम्लपित्त बल्झेको छ। कलेजोमा असर गरेको छ। डेंगुमा पारासिटामोलको विकल्प छैन। ज्वरो, टाउको दुखाइ, हातखुट्टा दुखाइ आदिमा अर्को औषधि प्रयोग गर्न मिल्दैन।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

यस्तो छ डा केसी र सरकारबीच भएको सहमति [पूर्णपाठ]

अनशन तोडेपछि पत्रकारहरूसँग कुराकानी गर्दै डा केसीले आफ्ना मागमा पटकपटक धोका भएको उल्लेख गर्दै फेरि पनि धोका भए अनशन बस्ने चेतावनीसमेत दिएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना