सोमबार, असोज १०, २०७९

आगामी दुई सातामा तीन गुणाले बढ्नसक्छ कोरोना, खोप नलगाएका उच्च जोखिममा

ज्योति अधिकारी  |  काठमाडौं, बुधबार, साउन २५, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, साउन २५, २०७९, काठमाडौं

नेपाल समय
फाइल तस्बिर।

काठमाडौं- पछिल्ला साता नेपालमा कोरोना संक्रमण दैनिक एक हजारको हाराहारीमा पुष्टि हुन थालेको छ। साउन १ गते कुल परीक्षणको ४ प्रतिशतमा संक्रमण पुष्टि भएकोमा पछिल्लो साता झण्डै २० प्रतिशतसम्म संक्रमणदर पुगेको छ। बुधबारमात्रै कुल परीक्षणको १३ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। यसरी पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गएपछि सरकारले सतकर्ता अपनाउन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै जानु र मानिसले जनस्वास्थ्यका मापदण्ड पालना गर्न लापरबाही गर्नुले अझै कोरोना संक्रमण दुई साता बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक अध्ययनअनुसार अझै दुई साता संक्रमण बढ्दै जानेछ। दुइसातापछि स्थिर हुँदै पुन संक्रमण कम हुँदै जानेछ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख तथा मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले अनुसार आगामी दुई हप्ता कोरोना संक्रमणदर अझै बढ्ने बताए। 'विगतका कोरोनाको लहरमाझैं यसपटक कोरोना संक्रमणको पूर्वानुमान नमिल्न सक्छ,' उनले भने, ‘विगतको समयमा कोरोना संक्रमण समुदायमा फैलन बाँकी थियो, भ्याक्सिन लगाउन पाएका थिएनन्, रोग प्रतिरोधात्मक क्षमता विकास भएको थिएन।

त्यसैले पनि हामीले अनुमान गर्न सक्थ्यौं तर अब ती कुरा सबै भइसकेको छ, त्यसैले पनि कतिजनामा संक्रमण हुन्छ भनेर यकिन तथ्यांक अनुमान गर्न गार्‍हो हुन्छ। तर मन्त्रालयले निश्चित अनुमान गरेर गरेर अस्पताल व्यवस्थापनलगायतका कुरा गरेका छौं। हामी अहिले पिकमा गइरहेका छौं, अझै दुई साता कोरोना संक्रमण बढ्न सक्छ, यकिन तथ्यांकमा भन्‍न नसकिए पनि आजको तुलनामा तीन गुणासम्म बढ्न सक्छ।’ 

सहप्रवक्ता अधिकारीका अनुसार हाल अधिकांश मानिसलले खोप लगाइसकेकाले अस्पतालमा भर्ना हुने दर अन्य लहरभन्दा कम हुनसक्ने आंकलन छ। तर संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा पनि भर्ना हुने दर बढ्न सक्ने उनी बताउँछन्। अधिकारीका अनुसार मानिसहरु कोरोना संक्रमण भएको कम्तिमा पनि एक  सातापछि आफूलाई गार्‍हो भएपछि मात्रै अस्पताल पुग्‍ने गरेका छन्। अबको दुई सातापछि मृत्युदर पनि बढ्न सक्ने उनले बताए। 

विश्व स्वास्थ्य संगठनका अनुसार हाल ओमिक्रोनका विभिन्‍न उपप्रजातिहरु भेटिएका छन्। अहिलेको कोरोना संक्रमण फैलनका लागि ओमिक्रोन र त्यसका उपप्रजातीहरु कारक बनेका छन्। संगठनका अनुसार हालसम्म ओमिक्रोनका ५ वटा उपप्रजातीहरु पुष्टि भएका छन्। 

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी ओमिक्रोनका कारण सांक्रमण बढिरहेको  बताउँछन्। उनका अनुसार अहिलेका संक्रमितहरुलाई पनि खोपले मृत्युबाट जोगाउने बताउँछन्। खोप लगाएका व्यक्तिमा अस्पताल भर्ना हुने दर कम हुने, अस्पताल भर्ना हुनुपरेमा पनि अक्सिजन, भेन्टिलेटरको आवश्यकता चाहिने सम्भावना निकै कम हुने उनी बताउँछन्। कोरोनाको स्वरुप परिवर्तन भइरहँदा खोपको प्रभावकारीता कम हुँदै जानसक्ने उनी बताउँछन्।

विश्व स्वास्थ्य संगठन नेपालले पनि कोरोना संक्रमणबाट मृत्यु हुने अधिकांश खोप नलगाएका रहेको जनाएको छ। विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा.  राजेश सम्भाजिराव पाण्डवका अनुसार पछिल्लो लहरमा मृत्यु भएकामध्ये ७५ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन्। खोप नलगाएका व्यक्तिमा अन्य व्यक्तिमा भन्दा मृत्यु हुने सम्भावना १० गुणा हुने गरेको अध्यायनहरुले देखाएको बताए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोना भाइरसविरुद्धको खोप नलगाएका उच्च जोखिममा भएकाले खोप लगाउन आग्रह गरेको छ। मन्त्रालयले खोप नलगाएका उच्च जोखिममा रहेकाले सबैले आफ्नो नजिकको स्वास्थ्य संस्थामा गई आवश्यकताअनुसार पहिलो, दोस्रो र बुष्टर मात्रा खोप लगाउन आग्रह गरेको छ। सरकारले लक्षित जनसंख्याको ९३ प्रतिशत भन्दा धेरैले पहिलो मात्रा र ८८ प्रतिशतले दोस्रो मात्राको खोप लगाइसकेका छन्। 

मन्त्रालयले कोभिडबाट संक्रमित ५० प्रतिशत मानिसमा कुनै पनि लक्षण नदेखिएकाले संक्रमणबाट बच्‍नका लागि खोप लगाउन आग्रह गरिएको छ। संक्रमणबाट बच्‍नका लागि नाक, मुख छोपिने गरी सही तरिकाले मास्क लगाउन, भौतिक दूरी कायम गर्न, खोक्दा वा हाच्छ्यूँ गर्दा पाखुरादेखि नाडीसम्मको भागले छोप्‍न, झ्याल सधैं खुला राख्‍न र बेलाबेलामा साबुन पानीले मिचिमिची हात धुन आग्रह गरेको छ। 

अस्पतालमा संक्रमित बढ्दै

कोरोनाको चौथो लहर सुरु भएसँगै अस्पतलामा भर्ना हुने बिरामीको संख्या पनि बढ्न थालेको छ। हाल नेपालमा ५ हजार ८८५ जना आइसोलेसनमा छन्। जसमध्ये होमआइसोलेसनमा ५ हजार ६७१  संस्थागत आइसोलेसनमा २१४ छन्।  ६४ आईसीयू र  ७ जना भेन्टिलेटरमा छन्।  

स्वास्थ्य मन्त्रालयले आगामी दुई साता तीन गुणाले बढ्नसक्ने भन्दै त्यसले हुने सम्भावित क्षतिलाई न्युनिकरणका लागि अस्पतालहरु तयारी अवस्थामा रहेको जनाएको छ। सरकारले कोभिडको उपचारको लागि १७ अस्पताललाई कोभिड डेडिकेटेड अस्पतल तोकेको छ।

मन्त्रालयले देशभर कोभिडका बिरामीको उपचारको लागि ८ हजार २०२ आइसोलेसन बेड, ३ हजार ८४६ एचडीयू, २ हजार ७९७ आईसीयू, १ हजार ८ भेन्टिलेटर तयारी अवस्थाामा राखेको छ। त्यस्तै १८ हजार २९९ अक्सिजन सिलिन्डर, १३२ अक्सिजन प्लान्ट र २७ वटा अक्सिजन ट्यांक तयारी अवस्थामा राखेको छ। 

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार नेपालमा हाल देखिएको भाइरस संक्रामक भएपनि पहिले कोरोना संक्रमण भइसकेका मानिस अथवा खोप लगाइसकेका व्यक्तिमा कम असर देखिएको छ।

‘हाल मानिसहरु धेरै होम आइसोलेसनमा छन्, ओमिक्रोन समुदायमा फैलिसकेको छ। त्यसैले अर्को हप्ता अस्पताल भर्ना हुनेको संख्या पनि बढ्न सक्छ,’ अधिकारीले भने। होम आइसोलेसनमा बसेका संक्रमितहरु निरन्तर रुपमा चिकित्सकको परामर्शमा रहन मन्त्रालयले आग्रह गरेको छ। 



प्रकाशित: August 10, 2022 | 19:51:13 काठमाडौं, बुधबार, साउन २५, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
स्वास्थ्य/जीवनशैली

कानुनी मान्यताको २० वर्ष पुग्दा पनि ५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य

आठौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस २०७९ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र यस क्षेत्रमा काम गरिरहेका संस्थाहरुको समूहले आयोजना गरेको कार्यक्रममा दूरदराजसम्म अझै चेतना जगाउन बाँकी रहेकामा जोड दिइएको थियो। कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले सुरक्षित गर्भपतन सेवाका बारेमा अझै शिक्षा र जागरण फैल्याउनुपर्ने बताए।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

मौसम परिवर्तन कुरेर बस्दा नियन्त्रणबाहिर पुग्यो डेंगु

‘अब विस्तारै चिसो मौसम सुरु हुँदैछ, लामखुट्टेले सामान्यतया १५ डिग्रीभन्दा चिसो तापक्रममा फुल पार्न सक्दैन, त्यसपछि विस्तारै डेंगु संक्रमण कम हुँदै जान्छ,' ईडीसीडी पूर्वनिर्देशक मरासिनीले भने, 'नियन्त्रणका काममा धेरै लगानी गर्नुपर्छ भनेर सरकारले त्यसैले सरकार काम गर्न भन्दा पनि जाडो मौसम कुरेर बसेको छ।’
नेपाल समय
स्वास्थ्य/जीवनशैली

तनहुँमा डेंगु संक्रमितको संख्या ८८ पुग्यो

डेंगु सङ्क्रमण बढ्न थालेपछि तनहुँमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन्। डेङ्गुबाट सङ्क्रमण हुनेको सङ्ख्या बढ्न थालेपछि यहाँका स्थानीय तह यसको नियन्त्रणका लागि जुटेका हुन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

डेंगु लागि हाले के गर्ने, के नगर्ने?

पारासिटामोलको अधिक सेवनले अम्लपित्त बल्झेको छ। कलेजोमा असर गरेको छ। डेंगुमा पारासिटामोलको विकल्प छैन। ज्वरो, टाउको दुखाइ, हातखुट्टा दुखाइ आदिमा अर्को औषधि प्रयोग गर्न मिल्दैन।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

यस्तो छ डा केसी र सरकारबीच भएको सहमति [पूर्णपाठ]

अनशन तोडेपछि पत्रकारहरूसँग कुराकानी गर्दै डा केसीले आफ्ना मागमा पटकपटक धोका भएको उल्लेख गर्दै फेरि पनि धोका भए अनशन बस्ने चेतावनीसमेत दिएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना