आइतबार, साउन २९, २०७९

क्यान्सरका ७३ प्रतिशत बिरामीको रोग धेरै ढिला पहिचान हुने

नेपाल समय  |  काठमाडौं, बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- मंगोलियामा सन् २०२१ मा पाँच हजार ९८१ जनाको क्यान्सर पहिचान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले बुधबार लेखेको समाचार अनुसार क्यान्सर पहिचान भएकामध्ये ७३ प्रतिशतको रोगको पहिचान धेरै ढिला हुने गरेको पाइएको छ। 

क्यान्सर लागेको हो भन्ने पहिचान भएकामध्ये ६० प्रतिशत विरामीको एक बर्षमा निधन हुने गरेको पनि विवरण छ। 

अघिल्लो वर्ष सोही अवधिमा चार हजार ५५९ जनाको क्यान्सर पहिचान गरिएको थियो। करिब ३४ लाख जनसङ्ख्या रहेको यस मुलुकमा मे महिनादेखि देशव्यापी स्वास्थ्य परीक्षण अभियान चलाइएको छ। 

गम्भीर प्रकृतिका रोगबाट धेरै मानिस ग्रसित भएको सूचनाका आधारमा उनीहरूको उपचार तथा न्युनिकरण गर्ने उद्देश्यले देशव्यापी परीक्षण अभियान चलाइएको अधिकारीहरुले जनाएका छन्। 

क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ। क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन तर नियमितरूपमा जाँच र चिकित्सकको परामर्स भने लिनु पर्छ।

लक्षणहरु :

दुखाइ

शरीरको कुनै पनि अङ्ग वा भागमा निरन्तर दुखाइ महसुस भयो भने यसलाई वेवास्ता नगर्नुस्। पेन किलर खाएर दुखाइ कम गर्ने मुर्खता पनि नगर्नुस्। महिलामा हुने स्तन क्यान्सर शुरुमा पत्ता लगाउन निक्कै गाह्रो हुन्छ।

ज्वरो

ज्वरो आउनु पनि शरीरमा सञ्चो नभएको सङ्केत हो। नियमितरूपमा ज्वरो आउनु पनि क्यान्सरको लक्षण हुन सक्छ। क्यान्सर रोग लाग्ने समयमा विभिन्न प्रकारले लामो समय सम्म ज्वरो आउने समस्या हुन सक्छ। कहिले काँहि सिजलन ज्वरो आएको भनेर लापर्वाही गर्दा गम्भिर समस्या पनि हुन सक्छ।

दुब्लाउँदै जानु वा वजन कम हुनु

यदि तपाइँ एकाएक दुब्लाउन थाल्नु भो वा शरीरको बजन १ वा डेढ सातामै १० प्रतिशत सम्म कम भएमा तत्काल जाँच गराउनुस्। कुनै शारीरक अभ्यास नै नगरीकन तौल घट्नु वा दुब्लाउनु राम्रो सङ्केत होइन। डाइटिङ नै गर्दा पनि एकाएक तौल घट्नु राम्रो सङ्केत होइन।

थकान

जतिबेला पनि थकान र कमजोर अनुभव गर्न थाल्नु भो भने बुझ्नुस् शरीर अस्वस्थ छ। क्यान्सरका शुरुवाती लक्षणमा थकान र कमजोर हुनु पनि पर्छन्। खासगरी चुरोट वा खैनी सेवन गर्नेहरूलाई यसमा विशेष ध्यान दिनु पर्छ। कतिपय अवस्थामा रक्तचाप कम हुँदा पनि थकाइ लाग्ने र कमजोर महसुस हुने हुन्छ।

तनाव

जतिबेला पनि तनाव हुन्छ। दिशा र पिसावको रंग बदलिएको छ भने सतर्क बन्नुस्। यस्तो अवस्थामा सके सम्म छिटो डाक्टरकोमा जानु राम्रो हुन्छ। अधिकाँश मानिस ब्यस्त जीवन नै तनावको कारण भन्ने ठान्छन् तर कहिले काँही यस्तो हुनु गम्भिर समस्याको सङ्केत हुन सक्छ। क्यान्सका लक्षण मध्ये अत्याधिक तनाव र शरीर चिलाइरहने समेत पर्छन्।


प्रकाशित: June 30, 2022 | 06:00:00 काठमाडौं, बिहीबार, असार १६, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। आरोप विष्टले स्वीकार पनि गरेका थिए। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई 'बलिको बोको' बनाउन खोजेको भन्दै आन्दोलन गरेका थिए। त्यो भीडमा विष्टबाट यतिबेला दुर्व्यवहार भोगेकी किशोरीको परिवार पनि सहभागी थियो।

०६४ सालमा केपी ओलीलाई हराएका लिङ्देन खोज्दैछन् अर्को 'चान्स'

२०६४ सालको चुनावमा केपी ओलीलाई झापा क्षेत्र नम्बर ५ बाट हराएर चर्चामा आएका लिङ्देन पुनः उनैसँग आउँदो मंसिरको निर्वाचनमा भिड्ने मुडमा छन्।

'सहायक श्रीमान'ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड

अमेरिकाको एटलान्टामा अगस्त ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो।

पञ्चायत र प्रजातन्त्रमा चुनाव गराएका सूर्यप्रसाद श्रेष्ठ, जसले बिर्सन सक्दैनन् यस्ता घटना

२०४३ को राष्ट्रिय पञ्चायतको चुनाव र प्रजातन्त्र पुनर्स्थापछिको बहुदलीय चुनाव गराउने अवसर पाएर राजा, कांग्रेस, कम्युनिस्टको रोजाइमा परेका पूर्वनिर्वाचन आयुक्त हुन् सूर्यप्रसाद श्रेष्ठ।

धरातल बिर्सिएका हुन् त धराने मेयरले?

मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्।

गाउँपालिकासँगको विवादले दुई ठूला सिमेन्ट उद्योगको उत्पादन प्रभावित, गुम्दै करोडौं राजस्व

कपुरकोट गाउँपालिकाले क्लिंकर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा बोक्ने टिपर सञ्चालनमा अवरोध गरेपछि दुई महिनादेखि सिमेन्ट उत्पादन प्रभावित भएको हो।

त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

राजनीतिक दलहरूको संगठित दोहन र आन्दोलनका नाममा विद्यार्थी संगठनहरूको निरन्तरको बार्गेनिङले त्रिविलाई खोक्रो बनाइरहेको छ।

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

थप समाचार

नेपाल समय
स्वास्थ्य/जीवनशैली

२४ घण्टामा २६३ कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको बुलेटिनमा तीन हजार एक सय ६५ मा गरिएको परीक्षणमध्ये २६३ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो। सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार चार सय ३४ पुगेको छ।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

शनिबार थपिए २६३ कोरोना संक्रमित

३,१६५ जनामा कोरोना परीक्षण गर्दा २६३ संक्रमित भेटिएका हुन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

निजी क्षेत्रलाई स्वास्थ्य बिमाको जिम्मा दिनुहुन्न : गगन थापा

निजी क्षेत्रलाई स्वास्थ्य बिमा गर्न दिइए त्यसको औचित्य समाप्त हुने थापाको जिकिर।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

कोरोना संक्रमणबाट २७ दिनमा ३२ जनाले गुमाए ज्यान

नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ। संक्रमण बढेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

भदौ ५ देखि ५० जिल्लामा बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्र खोप दिइनेछ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना