सोमबार, माघ ३, २०७८

अस्पताल भर्ना भएका अधिकांश कोरोना संक्रमितलाई आवश्यक परेको छैन अक्सिजन

नेपाल समय  |  काठमाडौं, शुक्रबार, पुष ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुष ३०, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएका छन्।

सङ्क्रमणको दोस्रो लहरले अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परेपनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले सङक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने भएको चिकित्सकले बताएका हुन्। 

अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढी पनि जटिल खालका बिरामी नआएको चिकित्सकले बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलले अस्पतालमा भर्ना भएकामध्ये धेरै बिरामीलाई अक्सिजन आवश्यक नभएको बताइन्। “अहिले अस्पतालमा उपचार गर्न आएका सङ्क्रमित बिरामीलाई अक्सिजनको आवश्यकता परेको छैन”, उनले भनिन्, “६० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यकता परेको छैन।” सङ्क्रमितलाई अक्सिजन नचाहिए पनि अक्सिजन प्लान्ट र तरल अक्सिजन प्लाण्ट अस्पतालले तयारी अवस्थामा राखिएको छ। 

उनका अनुसार अस्पतालमा भर्ना भएका १२ मध्ये तीन जनालाई सघन उपचार कक्ष (आइसियु)मा अक्सिजन दिई उपचार गरिएको छ। नौ जना हाई डिपडेन्सी कक्ष (एचडीयु)मा उपचार भइरहेको छ। उहाँका अनुसार अस्पतालमा भर्ना भएको अधिकांश बिरामी घाँटीमा अप्ठेरो बनाउने, नाकबाट पानी बग्ने, शरीर दुख्ने, शरीर तातो हुने, रुघा लाग्नेजस्ता समस्या देखिएका छन्। 

यस्तै अहिले ओमिक्रोन भेरियन्टले मानिसको माथिल्लो स्वासप्रस्वास नलिमा सङ्क्रमण गराई स्वासप्रस्वास गर्नमा समस्या गराउने गर्दछ। यसअघिका डेल्टा भेरियन्टले तल्लो स्वासप्रस्वास नलि वा फोक्सामा सङ्क्रमण गराउने गर्दथ्यो। टेकु अस्पतालमा हिजो पुस २९ गते १५ जना बिरामी आएकामध्ये १० जनालाई कोभिड–१९ सङ्क्रमण भएको थियो। अस्पतालमा १०० शय्यासहित २४ आइसियु रहेको छ। अस्पतालका निर्देशक डा रावलले सङ्क्रमित बढिरहेकाले अबको दुई हप्ता चुनौतीपूर्ण रहेको बताए। “ओमिक्रोन भेरियन्टले कस्तो रुप लिन्छ। त्यसैको आधारमा अवको दुई हप्ता चुनौतीपूर्ण हुने देखिन्छ”, उनले भने।

यसैगरी बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा पनि सङ्क्रमितको सङ्ख्या बढिरहेका छन्। अहिले अस्पतालमा ५५ सङ्क्रमितको उपचार भइरहेको छ। अस्पतालका डा प्रविन नेपालले पनि अहिले भर्ना भएका धेरै बिरामीलाई अक्सिजन नचाहिएको बताए। “दोस्रो लहरको जस्ता अहिले देखिएका सङ्क्रमितलाई अक्सिजन चाहिएको छैन”, उनले भने, “भर्ना भएका १५ प्रतिशत बिरामीलाई मात्र अक्सिजन दिएर उपचार गरिरहेका छौँ।”

अहिलेका सङ्क्रमितलाई घाँटी दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएको उहाँको भनाइ छ। यस्तै कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा विगत २४ घण्टामा १४ जना बिरामी भर्ना भएका छन्। अस्पतालका प्रमुख डा भूपेन्द्र वस्नेतले सङ्क्रमण बढेसँगै सङ्क्रमित पनि भर्ना हुन आउने बढेको बताए। उनका अनुसार अहिले ५२ बिरामी अस्पतालमा उपचाररत छन्। तीमध्ये नौ जना आइसियुमा उपचार भइरहेको छ। 

सरकारले कोरोना भाइरस सङ्क्रमितको उपचार गर्न भनेर गत वर्ष युनिफाइड अस्पताल सञ्चालनमा ल्याएको हो। उनले अहिलेसम्म भर्ना भएका धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपरेको बताए। अस्पतालमा दैनिक २५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लाण्ट र २० टन क्षमता भएको तरल अक्सिजन प्लान्ट रहेको छ। अस्पतालमा ५०० शय्यासहित १०० शय्याको आइसियु रहेको छ। 

ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मकरुपमा फैलिने बताइएको छ। ओमिक्रोनले कोरोना खोप लगाएका नलगाएका दुवैलाई सङ्क्रामक बनाउन सक्दछ। यो भेरियन्टको सम्भावित जोखिमलाई रोक्नका लागि अस्पताललाई आवश्यक पर्ने अक्सिजन, सघन उपचार कक्ष आइसियु, हाई डिपेडेन्सी युनिट एचडियु, भेन्टिलेटर, आइसोलेसन र स्वास्थ्यकर्मीको पनि तयारी अवस्थामा राखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालमा अहिले आइसियु दुई हजार ७९७, भेन्टिलेटर एक हजार आठ, एचडियु तीन हजार ८४६ रहेका छन्। यस्तै अक्सिजन सिलिण्डर १३ हजार ९३९, अक्सिजन कन्सटे«टर ६९३ रहेका छन्। यसैगरी २५ अक्सिजन ट्याङ्कमा १९ वटा र १०७ मध्ये ८७ अक्जिसन प्लान्ट सञ्चालनमा आइसकेको छ। उपत्यकामा दुई हजार ४९४ आइसोलेसन शय्या, ३२४ एचडियु, ४४५ आइसियु र २५४ भेन्टिलेटर रहेका छन्। हालसम्म नेपालमा २७ वटा ओमिक्रोन भेरियन्टका सङ्क्रमित पत्ता लागेको छ। 

–रासस


प्रकाशित: January 14, 2022 | 16:48:15 काठमाडौं, शुक्रबार, पुष ३०, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, शुक्रबार, पुष ३०, २०७८

थप समाचार

प्रचण्डको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोरोना भाइरसको संक्रमणको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

थप ४९६१ जनामा कोरोना संक्रमण, तीन जनाको निधन

नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ९६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सिनेमा हल र जिमखाना बन्द गर्ने सरकारको निर्णय

सरकारले यही माघ १५ गतेसम्म सिनेमा हल र जिमखाना बन्द गर्ने निर्णय गरेको छ।

‘मेडिकल माफिया’ सामु सरकार किन सधैं घुँडा टेक्छ?

‘राजनीतिक दलका नेताहरूले मेडिकल माफियाबाटै नुन खाने गरेका छन्। त्यसैले सरकारले बाहिर एउटा कुरा भन्ने र भित्र अर्कै व्यवहार गर्ने गरेको छ।’

ललितपुरमा बुस्टर डोज लगाउन सुरु [६ तस्बिरमा]

ललितपुरमा आइतबारबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाउन सुरु गरिएको छ।

यी हुन् खाली पेटमा मनतातो पानी पिउनुका फाइदा

पानी स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ। हाम्रो शरीरको ६० प्रतिशत पानीले ओगटेको हुन्छ। शरीरलाई आवश्यक पोषक तत्व भन्दा बढी पानी चाहिन्छ। स्वास्थ्य विज्ञहरुका अनुसार मानिसले दैनिक ८ देखि १० गिलास पानी पिउनुपर्छ।

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C