शनिबार, मंसिर १८, २०७८

'कोभिडको बुस्टर डोजबारे बहस गर्न ढिला नगरौं'

डा. शेरबहादुर पुन  |  काठमाडौं, शुक्रबार, मंसिर ३, २०७८

डा. शेरबहादुर पुन

डा. शेरबहादुर पुन

शुक्रबार, मंसिर ३, २०७८, काठमाडौं

नेपाल समय

खोपको पूर्ण मात्रा लगाइसकेको समय बित्दै जाँदा शरीरमा प्रतिरोधात्मक क्षमतामा पनि क्रमशः ह्रास हुँदै गएमा पुनः खोपको आवश्यकता हुन सक्छ। त्यस्तो अवस्थामा अर्को डोज खोप पनि लगाउनुपर्ने हुन्छ भने त्यसलाई बुस्टर डोज खोप दिने भनिन्छ। नेपालमा बुस्टर डोजको बारेमा त्यति धेरै चासो र चर्चा त्यति सुनिएको छैन। किनकी नेपालका लागि अहिल्यै बुस्टर डोज लगाउनुपर्छ भन्नु त्यति व्यावहारिक नहोला।

हालसम्मको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकलाई हेर्दा १८ वर्षमाथिका लक्षित जनसंख्याको ४५ प्रतिशतले मात्रै पहिलो डोज खोप लगाएका छन्। भर्खर दिर्घरोगी र बालबालिकाको लागि खोप अभियान सुरु भएको छ। लक्षित जनसंख्याको अझै ५५ प्रतिशतले पहिलो डोज खोप लगाउन पर्खिरहेका छन्। उनीहरुले खोप चाँडोभन्दा चाँडो पाउनु अहिलेको महत्वपूर्ण आवश्यकता हो। 

केही समययता बुस्टर डोज कहिले पाइन्छ भन्ने प्रश्न पनि गर्न थालेका छन् मानिसहरुले। विभिन्न अस्पतालमा पनि बुस्टर डोजको बारेमा जिज्ञासा आउन थालेका छन् भन्ने सुनिन थालेको छ। मानिसहरुले बुस्टर डोजको जिज्ञासा राख्नुको कारण हो, दोस्रो डोज खोप लगाएको पनि ६ महिना पार गरिसक्नु।

अमेरिकाको खोप सम्बन्धी अनुगमन गर्ने निकाय एफडीएले दोस्रो खोप लगाएको ६ महिनापछि एक मात्रा बुस्टर डोज लगाउन अनुमति प्रदान गरिसककेको छ। अमेरिकाकै सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले गरेको एक अनुसन्धान अनुसार  पनि खोप लगाएको समय बित्दै जाँदा यसको प्रभावकारिता कम हुँदै जान्छ। त्यसैले पनि खोप लगाएको समय बित्दै जाँदा मानिसहरुमा जिज्ञासा हुनु स्वाभाविक हो।  

त्यसैमाथि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोप लगाएको दुई महिनापछि क्रमशः खोपको एन्टिबडी खस्किँदै जाने प्रारम्भिक अध्ययनको नतिजा निकालेको थियो। अघिल्लो महिना सार्वजनिक भएको सोे अध्ययनमा दुई महिनासम्म कोभिड–१९ विरुद्धको एन्टीबडी बढ्ने तर त्यसपछि भने कम हुँदै जाने उल्लेख छ। 

हामीलाई बुस्टर डोज चाहिने हो कि होइन त? यसको बहस जरुरी छ। भ्याक्सिन लगाएका मध्येमा धेरै कम मानिसलाई मात्रै समस्या हुन्छ। भ्याक्सिन आफैंमा सतप्रतिशत हुँदैन, त्यसैले पनि भ्याक्सिन लगाएका मानिसहरु अस्पतालमा कम भर्ना भएको अवस्था छ। विकसित देशहरुले हामीले भन्दा अगाडि भ्याक्सिन लगाउन सुरु गरेका हुन्। त्यहाँको अवस्था हेर्दा सामान्यतयाः भ्याक्सिन लगाएका ज्येष्ठ नागरिकहरुलाई समस्या आएको देखिएको छ। त्यसैले होला उनीहरुलाई बुस्टर डोजको आवश्यकता देखिएको थियो। उनीहरुलाई बुस्टर डोज दिइएको पनि छ। ज्येष्ठ नागरिक र दीर्घरोगीलाई बुस्टर डोज दिइए पनि अन्यलाई दिइएको छैन।

सीडीसीले पनि ६५ वर्षमाथिका उच्च जोखिममा रहेका मानिसहरु, पेसा व्यवसायले गर्दा धेरैसँग भेटघाट गर्नुपर्ने, १८ देखि ४९ वर्षका दीर्घ रोगीले बुस्टर डोजको मात्रा लिन सक्ने जनाएको छ। दीर्घ रोगी तथा ज्येष्ठ नागरिक, अंग प्रत्यारोपण गरेका र समुदायमा धेरैसँग सम्पर्कमा आउने मानिसहरुमार्फत जोखिम हुने हुँदा हाललाई अमेरिकी सरकारले बुस्टर डोजको सिफारिस गरेको छ।

केही समययता बुस्टर डोज कहिले पाइन्छ भन्ने प्रश्न पनि गर्न थालेका छन् मानिसहरुले। विभिन्न अस्पतालमा पनि बुस्टर डोजको बारेमा जिज्ञासा आउन थालेका छन् भन्ने सुनिन थालेको छ।

हुन त अन्य देशले बुस्टर डोज लगाउँदैमा उनीहरुको निर्देशिकालाई हामीले पछ्याउनैपर्छ भन्ने छैन। तर हामीले लगाइरहेका खोपबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अनुसन्धानलाई थप निष्कर्षमा पुर्याउनु पर्छ। जसले गर्दा हामीले नै बुस्टर डोजको आवश्यकतालाई बुझ्न सक्छौं। 

अब हामीले सिक्ने कुरा कहाँ छ भने हामीले पनि ज्येष्ठ नागरिक, दीर्घरोगी तथा अंग प्रत्यारोपण गरेका व्यक्तिलाई बुस्टर डोज दिने विषयमा छलफल चलाउनु आवश्यक छ र यसलाई अलि धेरै नजिकबाट नियाल्नुपर्ने समय आइसकेको छ। कतै हाम्रो देशमा ज्येष्ठ नागरिकहरु भ्याक्सिन लगाउँदा लगाउँदै गम्भिर बन्न त थालिसकेका छैनन् भन्ने विषय पनि खोज्नुपर्ने अवस्था आएको छ। बुस्टर डोजले समस्या ल्याउँछ कि ल्याउँदैन, कस्तो वर्गलाई लगाउन जरुरी छ भन्ने बहस गर्नुपर्नेछ।  

केही समय अगाडि मैले बुस्टर डोजको कुरा गर्दा धेरै मानिसले आलोचना पनि गरेका थिए– एक डोज पनि खोप लगाउन नपाएको बेलामा बुस्टर डोजको कुरा गर्नु उपयुक्त छैन भनेर। पहिलो डोजलाई मात्र ध्यान दिँदा एन्टिबडी कम हुँदै गएको अर्को वर्गलाई कस्तो असर गर्न सक्छ भनेर ध्यान दिनु भने अनिवार्य छ। पहिला खोप लगाएका मानिसलाई अर्को समस्या त आइसकेको छैन भनेर उत्तर खोज्ने बेला आइसकेको छ। 

अर्को देशले बुस्टर डोज लगायो, हामीले पनि लगाउनुपर्छ भन्ने त होइन। तर त्यहाँ किन लगाइयो, कसलाई लगाइयो भनेर हेर्नुपर्छ। नेपालमा अहिलेसम्मको अवस्था हेर्दा एकपटक पूर्ण खोप लगाइसकेकाहरुलाई  कोभिडको जटिलता देखिएको छैन। अझै ५५ प्रतिशत मानिस पहिलो डोजको पर्खाइमा रहेको बेला तत्काल बुस्टर डोज दिनुपर्छ भन्नु उपयुक्त पनि हुँदैन तर अब बहस गर्न ढिला गर्नु हुँदैन। अध्ययन, अनुसन्धान गर्न कञ्जुस्याइँ गर्न हुँदैन।

दुवै डोज खोप लगाएपछि कति समयसम्म त्यसले सुरक्षा दिन्छ भन्नेबारेमा यकिन नतिजाहरु आउने क्रम जारी नै छ। अब यस्तो अवस्थामा हामीले लगाइरहेका खोपले कहिलेसम्म प्रतिरक्षा गर्नेछ भन्ने प्रश्न हामीसँग छँदै छ। त्यसैले पनि बुस्टर डोजको आवश्यकता पर्ने देखिन्छ।

(ज्योति अधिकारीसँगको कुराकानीमा आधारित) 



प्रकाशित: November 19, 2021 | 14:30:00 काठमाडौं, शुक्रबार, मंसिर ३, २०७८
डा. शेरबहादुर पुन

डा. शेरबहादुर पुन

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक हुन्।
काठमाडौं, शुक्रबार, मंसिर ३, २०७८

थप समाचार

निःशुल्क इमर्जेन्सी सेवा सुरु गर्दै टेकु अस्तपाल

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले इमर्जेन्सी सेवा निःशुल्क गर्ने तयारी गरेको छ।

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन्।

एकै विद्यालयका २८ शिक्षक-विद्यार्थीमा कोरोना संक्रमण, विद्यालय बन्द

८२ जनाको पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा कोरोना पुष्टि भएको नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए।

चिसो मौसममा यी चार प्रकारका सब्जी खानुस्

जाडोमा यस्ता धेरै सागसब्जी छन्, जुन धेरै पोषक तत्वले भरिपूर्ण हुन्छ र शरीरका लागि पनि निकै फाइदाजनक हुन्छ। यो जाडो मौसममा यस्ता धेरै तरकारी हुन्छन् जसले हामीलाई धेरै रोगबाट बचाउने काम गर्छ।

यी ४ चिजले गर्छन् रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर

बाहिरको अस्वास्थ्यकर खाना हाम्रो स्वास्थ्यको लागि राम्रो होइन। कयौं पटक हामी यस्ता चीजहरूको सेवन गर्छौं जसले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ। यस्तो अवस्थामा यी खानेकुरालाई आफ्नो आहारबाट हटाउनु उत्तम विकल्प हो।

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C