सोमबार, मंसिर १३, २०७८

सातै प्रदेशमा मुटु सेन्टर सञ्चालन नगरेसम्म उपचारमा सबैको पहुँच पुग्दैन : डा. अनिल भट्टराई [अन्तर्वार्ता]

ज्योति अधिकारी  |  काठमाडौं, सोमबार, कार्तिक १, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, कार्तिक १, २०७८, काठमाडौं

नेपाल समय

चिकित्सा क्षेत्रमा मुटुको उपचारमा अग्रपंक्तिमा आउने नाम हो डा. अनिल भट्टराई। विदेशमा चिकित्सा क्षेत्रको अध्ययन सकेर फर्किएका उनी मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत छन्। दुई दशकभन्दा धेरै समयदेखि मुटुरोग उपचारमा संलग्न भट्टराई काखीमा प्वाल पारेर मुटुको अपरेसन सुरु गर्ने विशेषज्ञका रुपमा परिचित छन्। नेपालमा पछिल्लो समय मुटुरोगको अवस्था, आममानिसको बुझाइ, समस्या, चुनौती लगायतका विषयमा भट्टराईसँग गरिएको कुराकानी :

आममानिसमा मुटुरोगको बुझाइ कस्तो पाउनुहुन्छ? 

मुटुरोगको उपचार र निदानमा समस्या छ। नेपालमा मुटुरोग विशेषज्ञको अझै अभाव छ। सहरी क्षेत्रका मानिस मुटुरोगका बारेमा थोरै भए पनि जानकार छन्। आफूलाई समस्या भएपछि अस्पताल पुग्छन्। तर ग्रामीण क्षेत्रमा धेरैलाई मुटुरोगबारे थाहा छैन। केही वर्ष पहिलासम्म पनि मानिसमा मुटुरोगका बारेमा चेतना निकै कम थियो। अझ कतिपय मानिसलाई मुटु कता हुन्छ भन्ने थाहा छैन। पेटमा देखाएर मुटु दुख्यो भन्ने अवस्था थियो। तर अहिले मिडिया र स्वास्थ्य शिविरबाट पनि मुटु रोगसम्बन्धी चेतना फैलाउन सहयोग पुगेको छ। राज्य स्तरबाट गर्नुपर्ने धेरै काम बाँकी छन्। 

मुटुसम्बन्धी कस्ताकस्ता समस्या छन्? मुटुरोगीहरू अस्पताल पुग्दा कुन चरणमा हुन्छन्? 

केही वर्ष पहिला नेपालमा नम्बर १ मा र्‍युमाटिक हार्ट डिजिज (बाथ मुटुरोग) थियो जुन अहिले दोस्रो नम्बरमा छ। अहिले कर्नरी हार्ट डिजिज एक नम्बरमा छ। जसले कालान्तरमा हृदयाघात गराउँछ। यस्तो समस्या समयमै पहिचान नहुँदा मानिसहरु अस्पतालमा ढिला आइपुग्छन्। मुटुको भल्ब बिग्रिएका र्‍युमाटिक हार्ट डिजिजका बिरामी धेरै छन्। टनसिल भएपछि त्यो बिग्रिंदै मुटुको भल्बसम्म बिग्रन्छ। समयमै उपचार नपाए मृत्यु हुन्छ। 

कतिपय देशमा बच्चा जन्मनुअगाडि नै मुटुमा समस्या छ कि छैन भनी उसको पेटभित्रै स्क्रिनिङ हुन्छ। तर, हामीकहाँ मुटुरोग लागेको १० वर्षदेखि थाहा भए पनि अस्पताल नपुग्ने धेरै छन्। अन्तिम अवस्था भएपछि मात्रै अस्पताल पुग्ने प्रवृत्ति छ। 
अर्को भनेको जन्मजात मुटुरोग हो। मुटुको चालमा गडबडी (मुटुको चालसम्बन्धी रोग), मुटुबाट निस्कने नली र  रक्तनली लगायतका रोग पनि देखिने गरेका छन्। यस्ता समस्या लिएर मानिस अस्पतालमा ढिला गरी पुग्छन्। उनीहरुलाई के भएको हो भन्ने थाहै हुँदैन। कतिपय त मुटुरोग अस्पताल आइपुग्दा सिकिस्त भइसकेका हुन्छन्। 

मुटुमा समस्या भए पनि  पहिला अन्य अस्पतालमा पुग्ने धेरै छन्। त्यहाँ विभिन्न परीक्षण हुन्छ, अनि मात्रै रिफर हुँदै मुटुरोग अस्पताल आइपुग्छन्। यस्तै जन्मजात मुटुरोगी पनि ढिला गरी अस्पताल गएको पाइन्छ। चारपाँच वर्षमा अप्रेसन गरिसक्नुपर्ने बिरामी २४–२५ वर्षमा बल्ल आइपुग्छन्। विशेषगरी आर्थिक अवस्था कमजोर भएका मानिस ढिला गरी अस्पताल आइपुग्छन्। कतिपय देशमा बच्चा जन्मनुअगाडि नै मुटुमा समस्या छ कि छैन भनी उसको पेटभित्रै स्क्रिनिङ हुन्छ। तर, हामीकहाँ मुटु रोग लागेको १० वर्षदेखि थाहा भए पनि अस्पताल नपुग्ने धेरै छन्। अन्तिम अवस्था भएपछि मात्रै अस्पताल पुग्छन्। 

नेपालमा मुटुरोगको सबै उपचार सम्भव छ? 

नेपालमा मुटुरोगको उपचार राम्रोसँग हुन थालेको गंगालाल अस्पताल निर्माण भएपछि हो। गंगालालमा वार्षिक झण्डै तीन हजारको शल्यक्रिया हुँदै आएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा वर्षमा झण्डै दुई हजार जनाको शल्यक्रिया हुन्छ। २० वर्षको अघिको तुलनामा अहिले मुटुरोगको उपचारमा धेरै विकास भएको छ। नेपालमा मुटुरोगको ९५ प्रतिशत उपचार सम्भव छ। मुटुको प्रत्यारोपण, आटिर्फिसियल आर्टलगायत केही जटिलताबाहेक अन्य सबै उपचार यहीं हुन्छ।  

चिकित्सकले रिफर नगरेसम्म उपचारका लागि विदेश जानुपर्ने अवस्था छैन। तर पनि कतिपयलाई नेपालमा मुटुको उपचार राम्रो छ भन्ने जानकारी छैन। अर्को कुरा आर्थिक रुपमा सबल मानिसलाई नेपालको उपचार पद्धतिबारे विश्वास छैन। त्यस्तै कतिपय स्वेच्छाले विदेश जान्छन्।

राजनीतिक नेतृत्वले विदेशमा गई उपचार गराउनाले पनि नागरिकमा विदेश मोह बढेको हो।  भारतका केही अस्पतालमा २० प्रतिशतभन्दा बढी त नेपाली नै उपचारको लाइनमा हुन्छन्। 

अर्को कुरा उपचार सेवा  विश्वसनीय बनाउनुपर्छ। उपचारका क्रममा कसैको मृत्यु भयो भने विरोध भइहाल्छ। अनि बिरामीको अवस्था के थियो भनी नबुझी मृत्युको खबर मात्रै बाहिरिन्छ। तर राम्रो कामको चर्चा हुँदैन। जसले गर्दा नेपालको उपचारमा विश्वास दिलाउन जरुरी छ। पहिला विदेशमा गई उपचार गराएका बिरामी पनि आर्थिक अवस्था कमजोर हुँदै गएपछि नेपालमै उपचार गराउँछन्। त्यो सफल पनि भएको छ। उपचार सम्भव भएकाले नेपालमा नै पहिला उपचार गराउनुपर्छ भन्ने हाम्रो जोड हो। 

मुटु रोगको उपचारमा केकस्ता चुनौती छन्? 

सरकारले मुटुरोगको उपचारमा सुविधा बढाउँदै लगेको छ। १५ वर्षमुनि र ७५ वर्षमाथिका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था छ। बाथ मुटु रोगले गर्दा मुटुको भल्ब बिग्रिएका बिरामीको उपचार निःशुल्क हुन्छ। राज्यले विपन्न नागरिकलाई १ लाख रुपैयाँ अनुदान दिएको छ। तर मुटुको उपचारका लागि सहज पहुँच नहुँदा ती सुविधामात्र भएर पनि प्रभावकारी हुन सकेको छैन। 

दुरदराजका बिरामीलाई उपचारका लागि काठमाडौं ल्याउने तथा पुर्‍याउने व्यवस्था राज्यले गर्दैन। आउनेजाने, खानेबस्ने, लगायतका खर्च उपचारभन्दा धेरै पर्न जान्छ। सरकारले दिएको १ लाखले उनीहरुलाई उपचारमा केही सहज होला तर अन्य समस्या टर्दैन। भौगोलिक हिसाबले मुटुरोगको उपचार महँगो हुन्छ। त्यसैले नेपालमा मुटुरोगको उपचारलाई आमनागरिकको सहज पहुँचमा पुर्‍याउनु सबैभन्दा ठूलो चुनौती हो। काठमाडौंमा जति मुटुको उपचार सहज छ अन्य ठाउँमा छैन।

सबै नागरिकलाई समान सेवा प्रदान गर्ने हो भने सरकारले प्रत्येक प्रदेशमा एउटाएउटा मुटु सेन्टर सञ्चालन गर्न अत्यन्त जरुरी छ। सातै प्रदेशमा मुटुको अस्पताल अथवा त्यहाँको केन्द्रस्तर तथा प्रदेशस्तरको अस्पतालमा मुटुको विभाग सञ्चालन गर्न आवश्यक छ। 

मुलुकका केही सहर विराटनगर, चितवन, धरानलगायत स्थानमा मुटुरोग उपचार हुने स्वास्थ्य संस्था छन्। तर सबै ठाउँमा सबैखाले उपचार, निदान, परीक्षणको व्यवस्था छैन। मुटुको उपचारका लागि काठमाडौंमा आउनुपर्ने अवस्था छ। यसलाई चिर्नुपर्छ। सातै प्रदेशमा मुटुरोगको उपचार सहज बनाउनुपर्छ। त्यसपछि अन्य काम गर्दै जानुपर्छ। सबै नागरिकलाई समान सेवा प्रदान गर्ने हो भने सरकारले प्रत्येक प्रदेशमा एउटा—एउटा मुटु सेन्टर सञ्चालन गर्न अत्यन्त जरुरी छ। सातै प्रदेशमा मुटुको अस्पताल अथवा त्यहाँको केन्द्रस्तर तथा प्रदेशस्तरको अस्पतालमा मुटुको विभाग सञ्चालन गर्न आवश्यक छ। 

विशेषज्ञहरुको अवस्था के छ? 

नेपालमा मुटुरोग विशेषज्ञको संख्या निकै कम छ। मुटुरोग सम्बन्धी शल्यचिकित्सकको संख्या नेपालमा ३० जनाको हाराहारीमा होला।  यो पर्याप्त संख्या होइन। मुटुरोग विशेषज्ञ दुई किसिमका हुन्छन् – कार्डियोलोजिस्ट अर्थात् मुटुको फिजिसियन र शल्यचिकित्सक। उनीहरु यति नै छन् भन्ने तथ्याकंबारे खासै जानकारी भएन। 

अन्य देशमा १० लाख जनसंख्या बराबर एउटा मुटु सेन्टर हुन्छ तर नेपालमा तीन करोड जनसंख्याका लागि चारपाँच वटा मात्रै मुटुको उपचार हुने अस्पताल छ। त्यसमध्ये पनि सबैखाले उपचारका लागि २ वटा अस्पताल मात्रै छ। कम्तीमा सरकारले ५ देखि ७ वटासम्म त मुटुको अस्पताल सञ्चालन गर्न सक्नुपर्छ। यसका लागि २५० देखि ५ सयसम्म सर्जन र कार्डियोलोजिस्ट आवश्यक पर्छ। 

मुटुका बिरामीको निको हुने प्रतिशत कस्तो छ? 

मुटुको सामान्य प्वाल टाल्ने काम १ सय प्रतिशत सफल हुन्छ। तर जति जटिल हुँदै जान्छ त्यति नै मृत्युदर बढ्छ। तर सरदरमा मुटुरोगको कारण ५–६ प्रतिशत मानिसको मृत्यु हुन्छ। यो विश्वभर नै हुने कुरा हो।  

नेपालमा चिकित्सा शिक्षा क्षेत्रको अवस्था कस्तो पाउनुहुन्छ? 

नेपालमा चिकित्सा शिक्षामा सुधार गर्नुपर्ने कुरा धेरै छन्। हाम्रोमा व्यावहारिक शिक्षाको अभावजस्तै छ। क्षमता विकासका कुराहरुमा गर्ने प्रशस्त ठाउँ छन्। अन्य देशको तुलनामा त्यति धेरै फरक त होइन तर पनि हाम्रो देशमा व्यावहारिक शिक्षालाई जोड दिनुपर्छ। 

पछिल्लो २० वर्षमा धेरै परिवर्तन भएको छ। मेडिकल कलेज खुलेका छन्। जिल्ला जिल्लामा डाक्टर पुगेका छन्। तर  धेरैभन्दा धेरै गरिब जनसंख्यालाई स्वास्थ्य पाउन कठिन  छ। केही सरकारी अस्पतालमा सरकारले कडाखाले रोगका लागि केही सहयोग गरेको छ। गर्नुपर्ने कुरा धेरै छन्। 

स्वस्थ मुटुका लागि कस्ता कुरामा ध्यान दिनुपर्छ?

सुन्दर जीवन बिताउन नियमित व्यायाम गर्ने, मोटोपन घटाउने, ३५ वर्ष भन्दा माथिको मान्छेले नियमित मुटुरोग विशेषज्ञसँग परामश लिनुपर्छ। अर्को महत्त्वपूर्ण कुरा गर्भवती हुँदा आमाले गरेका मद्यपान, धूमपान, असन्तुलित भोजनको कमी, आमाको उमेर ३५ भन्दा माथि भइसकेपछि जन्मेका बच्चामा जन्मजात मुटुको समस्या देखिन सक्छ। 

वंशाणुगत मुटुरोग लाग्नुको कारण कुनै पनि परिवारमा मुटु रोग लागेको थियो भने त्यो परिवारबाट जन्मिने बच्चामा मुटुमा प्वाल पर्ने, मुटुका नसा उल्टो हुने तथा अन्य जटिल मुटुको समस्या देखिन्छ। त्यस्तै गर्भावस्थामा आमाले धूमपान, मद्यपान गर्ने, गर्भवती महिलालाई कुनै ठूलो रोग लाग्यो र कडा औषधि सेवन गर्नुपर्‍यो भने जन्मँदैमा बच्चामा मुटुको समस्या हुन्छ। त्यसैले सुन्दर जीवनका लागि मुटुको महत्व सबैभन्दा धेरै छ। अन्य अंगविना मानिस बाँच्न सक्छ तर मुटु हाम्रो शरीरमा एउटा मात्रै भएको अंग हो जसमा हाम्रो जीवन निर्भर छ। स्वस्थ्य मुटु नै सुन्दर जीवन हो। 



प्रकाशित: October 18, 2021 | 09:13:41 काठमाडौं, सोमबार, कार्तिक १, २०७८
ज्योति अधिकारी

ज्योति अधिकारी

काठमाडौं, सोमबार, कार्तिक १, २०७८

थप समाचार

टेकु अस्पतालको निर्देशकबाट हटाइए बास्तोला, मनिषालाई नियुक्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशकबाट डा अनुप बास्तोलालाई हटाएको छ।

ओमिक्रोन भेरियन्ट फैलिएका अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध

अफ्रिकी देशमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि नेपालले ती देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने भएको छ।

'ओमिक्रोन'प्रति सतर्कता अपनाउन डब्लुएचओको आग्रह, यस्तो छ युरोप-अमेरिकाको तयारी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन' फेला परेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ।

टेकु अस्पतालका निर्देशक अनुपलाई हटाएर मनिषा ल्याउने तयारी, क-कसको हुँदैछ सरुवा?

शुक्रराज अस्पतालको जिम्मेवारी डा. मनिषा रावललाई दिने तयारी भएको छ। रावल पहिला पनि शुक्रराज अस्तपालको निर्देशक बनिसकेकी थिइन्।

दैनिक कोभिड अपडेट : १५८ संक्रमित थपिए, ३४२ जना संक्रमणमुक्त

देशभर आज थप १५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

अफ्रिकामा ओमिक्रोनको आतंक, के छ नेपालको पूर्वतयारी?

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ।

ट्रेंडिंग

नेपाल समय
सुदूरपश्चिम

पुष्पकुमार शाहीद्वारा कांग्रेस सुदूरपश्चिम अध्यक्षमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय
समाज

यस्तो रहस्यमय मृत्यु जसले बाहिर ल्यायो रौतहट कारागारभित्रको 'दादागिरी'

एक कैदीको रहस्यमय मृत्युको घटनापछि जिल्ला कारागार रौतहटभित्र हुने गरेका बेथिति र हिंसाको अनेक पक्ष सतहमा आएका छन्।
नेपाल समय
राजनीति

एमाले-कांग्रेस महाधिवेशनमा ओली-देउवाका तीन संयोग, एकै अपेक्षा

असार २९ गते देउवा प्रधानमन्त्री बनेका थिए। त्यसयता उनको भेट ओलीसँग भएको थिए। एमाले महाधिवेशनले देउवा–ओलीको भेट त जुरायो नै। सँगै ओली र देउवाका बीचमा केही रोचक संयोग समेत पर्न गए।
नेपाल समय
ब्लग

बाटो बिराएका पूर्वशिक्षक प्रचण्डको एउटा ठूलो भ्रम

एउटा छविलालले बाटो बिराउँदा समाजले ठूलो मूल्य चुकाउनुपरेको छ। वाध्यताबस देशका लाखौं युवाले बाटो बिराएर कोही अरबको खाडी पुगेका छन् त कोही पूर्ण रुपमा अमेरिका, अस्ट्रेलियातिर हराएका छन्।
नेपाल समय
लुम्बिनी

कांग्रेस महाधिवेशन : राजनीतिमै जीवन बिताएका नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित

पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र न. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए। तर, उनी पराजित भए। विद्यार्थी राजनीतिमा डेढ दशकदेखि सक्रिय पौडेलले यो पटक महाधिवेशन प्रतिनिधि जित्‍ने आशमा थिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C