मंगलबार, कार्तिक ९, २०७८

काठमाडौं उपत्यकामा ४० प्रतिशतलाई पूर्ण खोप

नेपाल समय  |  काठमाडौं, शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन्। यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएका छन्। 

काठमाडौं उपत्यकामा १५ लाख ५५ हजार आठ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार चार सय २० पूर्ण मात्राको खोप लगाइसकेका छन् । मुलुकभरि पहिलो मात्रा १९।९ र पूर्ण मात्रा १८ प्रतिशतले खोप लगाइसकेका छन् । 

स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले कोभिड–१९ विरुद्धको खोप काठमाडौँ जिल्लामा पहिलो मात्रा ५० र पूर्ण मात्रा ४१ प्रतिशत जनसङ्ख्याले लगाइसकेको जानकारी दिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तीमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाइएको छ। काठमाडौँमा ११ लाख ३७ हजार एक सय ६८ पहिलो मात्रा र नौ लाख ३३ हजार तीन सय ६१ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । 

यस्तै उनले भक्तपुरमा पहिलो र पूर्ण मात्रा खोप ४१ प्रतिशत जनसङ्ख्या तथा ललितपुरमा पहिलो मात्रा ४५ प्रतिशत र पूर्ण मात्रा ३८ प्रतिशत जनसङ्ख्याले लगाइसकेका बताए। भक्तपुरमा एक लाख ५४ हजार आठ सय ३५ जनाले पहिलो मात्रा र एक लाख ५६ हजार आठ सय ८२ जनाले पूर्ण मात्राले खोप लगाइसकेका छन्। 

ललितपुर दुई लाख ६३ हजार आठ सय ९२ जनाले पहिलो मात्रा र दुई लाख २२ हजार तीन सय ७१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन्। 

'हामीले उपत्यकाका अग्रपङ्क्तिमा रहेर काम गर्ने सबैलाई खोप लगाइसकेका छाैं। अब सर्वसाधारण ४० वर्षभन्दा माथिकालाई आउने खोप लगाउँछौं।'

मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसविरुद्धको पहिलो मात्रा ६० लाख ५७ हजार एक सय ९४ र पूर्ण मात्रा ५४ लाख ७३ हजार एक सय ५१ जनाले लगाएका छन्।महाशाखका निर्देशक डा. लालले उपत्यकाका विशेष क्षेत्रमा काम गर्ने सबैजसोलाई खोप लगाइसकेको जानकारी दिए। पछिल्लो पटक शिक्षक र विद्यार्थीलाई पनि खोप लगाइसकिएको छ। 'हामीले उपत्यकाका अग्रपङ्क्तिमा रहेर काम गर्ने सबैलाई खोप लगाइसकेका छाैं,' उनले भने, 'अब सर्वसाधारण ४० वर्षभन्दा माथिकालाई आउने खोप लगाउँछौं।'

नेपाल सरकारले गत माघ १४ गतेदेखि खोप लगाउन सुरु गरेयता सात महिनामा यही भदौ १६ गते नै एक करोड ९२ हजार एक सय ६४ जना सर्वसाधारणले खोप लगाएका थिए । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि उनले सबै नेपाली नागरिकलाई खोप पुर्याउने पहिलो प्राथमिकताका रुपमा घोषणा गरेका थिए। 

नेपालमा पहिलो पटक सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप लगाइएको थियो। नेपालमा पहिलो पटक २०७६ साल माघ ९ गते सङ्क्रमण देखिएको थियो। 

सुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपङ्क्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप अहिले ५० वर्षमाथिका प्रायः सवैलाई दिइसकेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

देशभर कोभिसिल्ड पहिलो मात्रा २४ लाख ९३ हजार तीन सय ३३ र दोस्रो मात्रा १४ लाख ४५ हजार तीन सय ५१ जनाले लगाइसकेका छन् । यस्तै भेरोसेल पहिलो मात्रा ३५ लाख ६३ हजार आठ सय ६१ र दोस्रो मात्रा २६ लाख २७ हजार ६ सय ५५ जना तथा जोन्सन एन्ड जोन्सन १४ लाख एक सय ४५ जनाले लगाइसकेका छन्। भदौ महिनामा सबभन्दा बढी पहिलो मात्रा भदौ ३० गते दुई लाख ९९ हजार एक सय ३१ जनाले लगाएका थिए। 

सरकारले १८ वर्षभन्दा माथिका ७१.६ प्रतिशत अर्थात् कुल दुई करोड १७ लाख ५६ हजार सात सय ६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ। 

परिवार कल्याण महाशाखा निर्देशक डा लालले अहिलेसम्म नेपालमा एक करोड ३३ लाख ५८ हजार सात सय १० मात्रा खोप आइसकेको जानकारी दिए। 

सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउनसक्ने जनाएको छ। सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाइनेछ। मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याउने तयारी गरेको छ। 

मन्त्रालयका प्रवक्ता पौडेलले लक्षित सबै समूहलाई खोप लगाउन सरकारको योजना रहेको बताए। उनले विभिन्न चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउने अभियान सञ्चालन भइरहेको जानकारी दिए। नेपालमा अहिले कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनिका खोप लगाइएको छ। 

सरकारले सर्वसाधारणलाई खोप लगाउनका लागि खरिद, अनुदान र कोभ्याक्स सुविधामार्फत ल्याइरहेको छ। परिवार कल्याण महाशाखा निर्देशक डा लालले अहिलेसम्म नेपालमा एक करोड ३३ लाख ५८ हजार सात सय १० मात्रा खोप आइसकेको जानकारी दिए। -रासस


प्रकाशित: September 17, 2021 | 20:49:12 काठमाडौं, शुक्रबार, असोज १, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, शुक्रबार, असोज १, २०७८

थप समाचार

२४ घण्टामा ७७६ जनामा कोरोना संक्रमित थपिए, १३ जनाको मृत्‍यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र दुई हजार ५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ गरी ७७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शीतगंगामा फैलियो झाडापखलाको प्रकोप

अर्घाखाँचीको शीतगंगा नगरपालिका-११ खरयवट्टी गाँउमा झाडापखालाको प्रकोप फैलिँदा ५३ जना बिरामी परेका छन्।

कोभिड–१९ बाट अति प्रभावित देशहरुको पछिल्लो अवस्था के छ?

चीनको वुहानबाट सन् २०१९ को डिसेम्बर अन्तिममा सुरु भएको कोरोना भाइरसको संक्रमण अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन।

‘नेपालमा पोलियोको जोखिम कायमै’

नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन्।

समयमा उपचार पाउन सक्दैनन् मिर्गौलापीडित

सरकारीमा पालो पाइँदैन, निजी अस्पतलले सम्झौता भएको छैन भन्दै नयाँ बिरामीको उपचार प्रक्रिया सुरु नै गर्दैनन्।

अमेरिकाबाट एकलाख डोज फाइजर खोप आउँदै

संयुक्त राज्य अमेरिकाले नेपाललाई एकलाख ६२० डोज फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ।

ट्रेंडिंग

नेपाल समय
विचार

न्यायालयको यो संकटमा जिम्मेवार को?

असार-साउनमा प्रतिनिधिसभा पुनःस्थापना र प्रधानमन्त्रीको नियुक्ति गराउन सर्वोच्च अदालतको संवैधानिक इजलास पूरै समर्पित रह्यो। अगाडि परेका निवेदनको सुनवाइ नगरी पछि परेका निवेदनलाई प्राथमिकता राखी निर्णय दिने तरिका न्यायिक गुणवत्ता होइन त्यो राजनीति हो ।
नेपाल समय
शिक्षा

विद्यालय र बालविकास केन्द्रको संख्या नपठाए अनुदान रोक्का

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय र बालविकास केन्द्रको संख्या सुनिश्चित गरेर पठाउन स्थानीय तहलाई आग्रह गरेको छ।
नेपाल समय
प्रदेश न. २

निर्वाचन भएको चार वर्षपछि भएको पुनः मतगणनामा पराजित उम्मेदवार विजयी

महोत्तरीको एक स्थानीय तहको वडामा निर्वाचन भएको चार वर्षपछि भएको पुनः मतगणनामा निकटतम प्रतिद्वन्द्वी रहँदै पराजित भएका उम्मेदवार विजयी भएका छन्।
नेपाल समय
शिक्षा

अन्योलमा २० हजार ६१३ शिक्षकको विज्ञापन, आयोग नियमावली मन्त्रिपरिषद्‍मै अड्कियो

प्राथमिक तहमा १३ हजार ८५, निमावि तहमा २ हजार ५ सय ९४ र मावि तहमा १ हजार ५ सय ४४ शिक्षक दरबन्दी रिक्त छ।
नेपाल समय
राजनीति

मुख्यमन्त्री आचार्य, जसले संविधान मिचेर १६ दिन सत्ता लम्ब्याए

एमाले सचिव भीम आचार्य तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटकसम्म संसद् विघटन गर्दा प्रतिगमन भयो भन्दै आन्दोलनको अग्रपंक्तिमा थिए। ओलीले सत्ता लम्ब्याउन संविधान मिचेको आरोप लगाउँदै प्रदेश १ मा आन्दोलनको नेतृत्व पनि गरे।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C