रियलमा ९ वर्ष बिताउँदा उनले पाँचवटा च्याम्पियन्स लिग जिते। तर, पछिल्ला २ सिजन बेलका लागि निराशाजनक रह्यो। एक सिजन उनी पूर्व क्लब टोटनहम लोनमा पठाइए। एक सिजन उनले खेल्ने समय नै पाएनन्।
आज विश्वफुटबलका लिजेन्ड रोनाल्डिन्हो र नेपाली फुटबलका एक सफल खेलाडी रोहित चन्द एकअर्का विरुद्ध मैदान उत्रिएका छन्। अझ यो रात चन्दका लागि अविस्मरणीय बन्ने भएको छ।
नवनिर्वाचित कार्यसमितिको निर्णय अनुसार एन्फाले मुख्य प्रशिक्षिक अब्दुल्लाह अलुमताइरीसँग सम्पर्क गरेर छलफल अघि बढाएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अलमुताइरीसँग सम्पर्क गरेर आगामी सहकार्यको विषयमा छलफल गरेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई नियुक्त भएका छन्। बुधबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले महासचिवमा राईलाई नियुक्त गर्ने निर्णय गरेको हो।
तुलनात्मक रुपमा हेभिवेट उम्मेद्वारको बाहुल्यता रहेको कर्मा पक्षमा निष्पक्ष रहेका विभागीय तीन क्लब र एन्फाको संघको भोट आउने विश्वास गरिएको थियो। यद्यपि उनको जितका लागि ती भोट पर्याप्त देखिएनन्। उनले ३९ भोट प्राप्त गरे।