नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ)ले अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजना गरेको एनएसएजएफ फुटसल फेस्टिभलको उपाधि टिम क्यानडा (सन्तोष)ले जितेको छ।
जब रसियाले फेब्रुअरीको पहिलो २४ घण्टामै युक्रेनमा युद्ध छेड्यो, त्यतिबेला केहीमात्र रसियन खेलसम्बद्ध व्यक्तिहरुले युद्धको विरोधमा बोलेको भेटिन्छ। रसियाका अन्तर्राष्ट्रिय खेलाडीमध्ये तीन जनाले मात्र त्यसरी बोल्न सकेका थिए।
रियल मड्रिडले फ्रेन्च क्लब मोनाकोका डिफेन्सिभ मिडफिल्डर ओगेलिया छुवामेनीलाई एक सय मिलियन युरोमा अनुबन्ध गरेको छ। अनुबन्धन भएसँगै उनी पाँच वर्षका लागि रियलमा रहने छन्।
मेस्सीलाई पीएसजीले जुन किसिमले स्वागत गर्यो, त्यो हेर्न लायक थियो। फुटबलका महान् खेलाडी मेस्सीलाई क्लब तथा समर्थकले पर्याप्त माया र सम्मान दिए। उनले फ्रि ट्रान्सफरमा दुई वर्षका लागि पीएसजीसँग सम्झौता गरे तर आफ्नो जर्सी नम्बर १० भने पाएनन्। उनले ३० नम्बर जर्सी चुपचाप स्वीकारे।