यूरोपियन फुटबलको विशेषता हो– फिजिकल र प्राविधिक खेल। तर, युरोपमा एउटा यस्तो टोली छ, जसले फरक शैलीको फुटबल खेल्छ। त्यो टोली हो स्पेन। स्पेनको राष्ट्रिय टोली र क्याटलान क्लब बार्सिलोनाले प्रयोग खेलिरहेको फुटबल शैली हो– टिकिटाका।
चेक गणतन्त्रलाई हराउँदै डेनमार्क युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अजरबैजानको बाकुमा भर्खरै सम्पन्न युरोकप २०२० अन्तर्गत तेस्रो क्वाटरफाइनलमा डेनमार्कले चेक गणतन्त्रलाई २–१ ले हराएको हो।
त्यस्तै, राति पौने १ बजे हुने खेलमा युक्रेनले इंग्ल्यान्डको सामना गर्नेछ। इटालीको स्टेडियो ओलम्पिको रंगशालामा हुनेछ। यो खेल यसपालीको युरो कप क्वार्टर फाइनलको अन्तिम खेल हुनेछ। यो खेलसँगै इटालीमा यस वर्ष युरो कपका खेल हुनेछैनन्। सेमिफाइनल र फाइनलका सबै खेल इंग्ल्यान्डको वेम्बली रंशालामा हुँदैछन्। त्यसैले शनिबार रातिका खेलमा जित निकालेर लन्डन रंगशाला जाने लक्ष्य चारै टिमको लक्ष्य छ।
स्पेन युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ। रुसको सेन्ट पिटर्सबर्गमा भर्खरै सम्पन्न क्वार्टरफाइनलमा ३–१ गोलले हराउँदै स्पेन अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।