अखिल नेपाल फुटबल संघ (एन्फा)को महासचिवमा किरण राई नियुक्त भएका छन्। बुधबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले महासचिवमा राईलाई नियुक्त गर्ने निर्णय गरेको हो।
तुलनात्मक रुपमा हेभिवेट उम्मेद्वारको बाहुल्यता रहेको कर्मा पक्षमा निष्पक्ष रहेका विभागीय तीन क्लब र एन्फाको संघको भोट आउने विश्वास गरिएको थियो। यद्यपि उनको जितका लागि ती भोट पर्याप्त देखिएनन्। उनले ३९ भोट प्राप्त गरे।
नव निर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ बुधबार अपरान्ह ३ बजे हुने एन्फाले जानकारी दिएको हो। काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट पंकजविक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएका थिए।
अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्षमा पंकज नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित भएका छन्। सोमबार भएको निर्वाचनमा नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित हुँदा एक जना पराजित बनेका हुन्।
वीरबहादुरले ४४ मत प्राप्त गर्दा शिक्षित पराजुली ४ मतले पछि परे। सोमबार बूढानीलकण्ठमा भएको मतदानमा ४५ मत ल्याएर नेम्वाङ निर्वाचित हुँदा निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले ३९ मत प्राप्त गरे। अध्यक्षकै अर्का प्रत्यासी राजीव पौडेलले भने एक मत पनि पाएनन्।