सोमबार, मंसिर १९, २०७९

नेयमारको मौनताले के संकेत गर्दैछ?

नेपाल समय  |  काठमाडौं, बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- ब्राजिली फरवार्ड नेयमार मौन बस्न मन पराउने खेलाडी होइनन्। तर कतार विश्वकप सुरु हुनभन्दा केही समय अघिदेखि सार्वजनिक रूपमा उनी मौनप्राय: देखिन्छन्। विश्वकपको उपाधि दाबेदार टिमका नेयमार कतार ओर्लिएदेखि नै ब्राजिलका समर्थकहरू भने उनको अभिव्यक्ति कति बेला आउला भनेर उत्सुकतापूर्वक पर्खिरहेका छन्। 

विश्वकपमा ब्राजिलको खेल सुरु हुने अघिल्लो दिन उनले महत्वपूर्ण वक्तव्य दिने अपेक्षा समर्थकले गरेका थिए। तर उनको अभिव्यक्ति आएन। अब त उनको बोल्ने समय पनि सकिसकेको छ। 

ब्राजिलले ५ पटक विश्वकप जितिसकेको छ। ५ पटकको विश्वविजेता बाज्रिलको जर्सीमा ५ तारा हुने नै भए। तर पछिल्लो समय नेयमारले फोटोसप गराएर ब्राजिलको जर्सीमा ६ वटा तारा राखिएको सार्वजनिक गरेका छन्। यसबाट उनको चाहना प्रष्टिएको छ; उनी यसपटक ब्राजिललाई उपाधि दिलाउन दत्तचित्त छन्। उनी मात्र होइन, नेयमारको सपनामा ब्राजिलका सबै खेलाडी साथ दिँदैछन्।

‘यो हाम्रो सपना पनि हो। फेरि एकपटक देशलाई विश्वकप जिताउने उनको सपना हो। उनी जित्न चाहन्छन् र हामी पनि जितको लागि आतुर छौं,' ब्राजिली फरवार्ड रिचार्लिसनले भनेका छन्, ‘उनी जे चाहन्छन्, त्यसलाई फत्ते गर्ने क्षमता राख्छन्। यो उनको सपना हो। नेयमार खुसी भए हामी पनि खुसी हुनेछौं। त्यो सबैभन्दा मुख्य कुरा हो।’

रिचार्लिसन युवा खेलाडी हुन्। उनले फरवार्ड लाइनमा नेयमारलाई साथ दिनेछन्। पछिल्लो समय ब्राजिलको स्क्वाडमा लगातार देखिँदै आएका छन् रिचार्लिसन्। तर पनि धेरैजसो ब्राजिली खेलाडी नेयमारको फर्ममा भर पर्ने गरेका देखिन्छन्। नेयमारको मेन्टल स्टेट कस्तो छ भन्ने कुरामा ब्राजिलको प्रदर्शन भर पर्ने गरेको छ।

नेपाल समय

ती सबै आशा र विश्वासका साथ ब्राजिली टिमले आज राति सर्बियासँग खेल्दैछ। सन् २०१८ मा बेल्जियमसँगको पराजयपछि लगातार चोटले सताइएका नेयमार अहिले फिट छन्। त्यति मात्र होइन्, प्रशिक्षक टिटेलाई अहिले खेलाडीको चोटबारेका चिन्ता लिनुपरेको पनि छैन।

‘हामीले ब्राजिलको उत्कृष्ट मुडको फाइदा उठाउन सक्नुपर्छ,’ ब्राजिली कप्तान थियागो शिल्वाले भनेका छन्। त्यस्तै प्रशिक्षक टिटेसँग पहिलो खेलका लागि सबै खेलाडी ठिकठाक अवस्थामा छन्।

‘यो हाम्रो सपना पनि हो। फेरि एकपटक देशलाई विश्वकप जिताउने उनको सपना हो। उनी जित्न चाहन्छन् र हामी पनि जितको लागि आतुर छौं,' ब्राजिली फरवार्ड रिचार्लिसनले भनेका छन्

नेयमारसँगै टिटेको विश्वकप शैलीमा आज राति हेर्न समर्थक प्रतीक्षामा छन्। जिज्ञासा चाहिँ उनले मिडफिल्डमा लुकास पकेटालाई प्रयोग गर्छन् कि अझै आक्रामक बनाउन भिनिसियर जुनियरलाई भन्ने मात्र हो। यी दुईमा जो खेलाडी मैदान आए पनि नेयमारको साइडमा रहने पक्का छ।

नेयमारलाई आज किन पनि ध्यानमा राख्नुपर्छ भने उनले आफ्नो देशका लागि ७५ गोल पूरा गरेका छन्। अब उनले थप दुई गोल गर्न सके पेलेको राष्ट्रिय रेकर्डसँग बराबरी गर्नेछन्। नेयमारका लागि आजकै खेलमा पनि यो सम्भावना जीवित छ।

आफ्नो क्लब पीएसजीका मालिकको जमिनमा आएर त्यो रेकर्ड बनाउँदा उनलाई झन् खुसी मिल्नेछ। उनै मालिकले कीर्तिमानी मूल्यमा किनेका पनि थिए। यो कुरा कतारी मालिक नासर अल खिलाफीको लागि पनि खुसीको कुरा हुनेछ, किनकि नेयमारलाई कतारी मैदानमै कीर्तिमान बनाउने अवसर जुटेको छ।

यता ब्राजिलको पहिलो प्रतिस्पर्धी सर्बिया पनि आफ्नो चौथो विश्वकपमा अन्तिम १६ मा पुग्ने विश्वासका साथ होमिएको छ। पाँच पटकको प्रयासका बाबजदु युरोकप छनोटबाट बाहिरिएपछि भने सर्बियाले खेल्न पाएको थिएन। त्यसको दुःख बिर्सन पनि उसले राम्रो प्रदर्शन गर्नुपर्ने छ। 

नेपाल समय

आज यी दुई टिमको खेल भइरहँदा ७ वर्षअघिको यू-२० विश्वकप सम्झिन उपयुक्त हुन्छ। त्यसमा सर्बियाले फाइनलमा ब्राजिललाई हराएर उपाधि जितेको थियो। त्यो खेलका धेरै खेलाडी आज पनि सर्बियाको टिममा छन्। त्यस्तै यू-१९ को युरोपियन च्याम्पियनसिपको फ्रान्सलाई हराएका खलाडी पनि यहीँ छन्। अलेक्जेन्डर मित्रोविच, सेर्जेज मिलिन्कोविच–साविच, नेमान्जा माक्सिमोविच र एन्ड्रिजा विको विचजस्ता खेलाडी पनि छन् सर्बिया टिममा। जसले यी दुवै उपलब्धि सिनियर टिमबाट भने अहिलेसम्म हासिल गर्न सकेनन्। त्यो चुनौती र अवसर आज उनीहरुलाई हुनेछ। २२ वर्षीय सेन्टर फरावार्ड डुसन भ्लाहोविचले फियोरेन्टिना र युभेन्टसबाट पछिल्ला दुई सिजनमा ५० गोल गरिसकेका छन्। उनको ट्यालेन्टलाई आज सर्बियाले भरपुर प्रयोग गर्नेछ।

यसअघि सन् २०१८ को समूह चरणको खेलमा ब्राजिलले सर्बियालाई २-० ले हराएको थियो। ‘अहिले खेलाडी धेरै बुझ्ने र राम्रो खेल्ने भइसकेका छन्,’ सर्बियाका प्रशिक्षक ड्रागन स्तोज्कोविचले भनेका छन्, ‘उनीहरुले अघिल्लो विश्वकपमा पनि खेलेका छन्।’

सर्बियाका कप्तानले पछिल्लो समय आफ्नो टिम युरोपियन च्याम्पियन्स लिगमा पुगेकाले पनि त्यहाँबाट अनुभव संकलन गरेको बताएका छन्। यो वर्षको विश्वकप छनोटमा सर्बिया 'अनबिटन' रह्यो। त्यस्तै भर्खरै ऊ नेसन्स लिगको दोस्रो चरणबाट पहिलो चरणमा उक्लिएको छ।


प्रकाशित: November 24, 2022 | 19:45:06 काठमाडौं, बिहीबार, मंसिर ८, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
फुटबल

थिएरी हेन्‍रीलाई पछि पार्दै जिरुड बने फ्रान्सका अल टाइम टप स्कोरर

जिरुडले फ्रान्सका लागी ५२ गोल गर्नका लागी ११७ खेल खेलेका छन्।
नेपाल समय
फुटबल

इंग्ल्याण्डलाई अफ्रिकन च्याम्पियनको चुनौती

सेनेगलले आफ्ना मुख्य खेलाडी साडियो मानेलाई चोटका कारण गुमाइसकेको छ। मतलब उनी आजको खेलमा हुनेछैनन्। वायर्न म्युनिखबाट खेलेको खेलमा खुट्टाको एंकलमा चोट लागेपछि उनले विश्वकप गुमाउने पक्का भएको हो।
नेपाल समय
फुटबल

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।
नेपाल समय
फुटबल

प्रि-क्वाटर फाइनलः फ्रान्सविरुद्ध पोल्यान्ड र इङगल्यान्डविरुद्ध सेनेगल भिड्दै

कतारमा जारी फिफा विश्वकपअन्तर्गत प्रि-क्वाटर फाइनलमा आज दुई खेल हुँदैछन्।
नेपाल समय
फुटबल

अस्पतालबाट पेले भन्दैछन् : धेरै आशासँगै म बलियो बन्दैछु

ब्राजिललाई तीन पटक फुटबल विश्वकपको उपाधि दिलाएका पेले अहिले बिरामी भएर अस्पताल भर्ना भएका छन्। सधैँ विश्वकपमा अतिथि भएर आइरहने पेले यो वर्ष भने रंगशालामा उपस्थित हुन सकिरहेका छैनन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना