सोमबार, मंसिर १९, २०७९

विश्वकपका १२ खेल सकिए, को-को छन् गोल्डेन बुटका सुरुवाती दाबेदार?

नेपाल समय  |  काठमाडौं, बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– कतारमा जारी फिफा विश्वकपमा समूह चरणअन्तर्गत सुरुआती खेल भइरहेका छन््। समूह चरणमा ए, बी, सी, डी र ईका पहिलो खेल सकिएका छन् भने एफ र जी समूहको सुरुआती खेल आज हुँदै छन्। पहिलो चरणको १२ खेलमध्ये दुई खेलमा ठूला नतिजा देखिएका छन्। चार खेलमै १४ गोल भइसकेको विश्वकपमा १२ खेल सकिँदा ३३ गोल भइसकेका छन्।

विश्वकपमा गोल गरेर जित निकाल्ने टिमसँगै गोल गर्ने खेलाडीको पनि धेरै चर्चा हुन्छ। हरेक विश्पकपमा उपाधिसँगै गोल्डेन बुटको व्यक्तिगत अवार्डलाई पनि महत्त्वपूर्ण उपाधिका रूपमा लिइन्छ। त्यसैले समूह चरणको सुरुबाटै गोल्डेन बुटको रेससमेत सुरु भएको छ। 

विश्वकपमा अझै ५२ खेल बाँकी छन्। धेरै गोल हुन बाँकी छन्। १२ खेल सकिँदासम्म कुनै पनि खेलाडीले ह्याट्रिक गर्न सकेका छैनन्। आउँदा खेलमा त्यो पनि देखिएला। अहिले नै गोल्डेन जित्ने सक्ने खेलाडीको अनुमान गर्ने समय भइसकेको छैन। यद्यपि खेलाडीको प्रदर्शन हरेर दावेदार अनुमान लगाउन सकिने अवस्था बन्दै गएको छ।

अहिलेसम्म २८ खेलाडीले गोल गरिसकेका छन्। त्यसमध्ये पनि ५ खेलाडीले दोहोरो गोल गर्दै गोल्डेन बुटमा आफ्नो दावेदारी सुरु गरिसकेका छन्। दोहोरो गोल गर्नेमध्ये दुई युवा खेलाडी हुन्।  त्यस्तै, धेरै खेलाडीले गरेको गोल अफसाइड भएको छ।

अघिल्लो विश्वकपमा ६ गोल गरेका ह्यारी केनले गोल्डेन बुट जितेका थिए। यो वर्ष उनी पनि गोल्डेन बुटका मुख्य दावेदारमध्ये एक हुन्। तर पहिलो खेलमा केनले गोल गर्न सकेनन्। अघिल्लो संस्करणमा ५ गोल गरेका एम्बाप्पेले फ्रान्सलाई उपाधि दिलाएका थिए। उनी यो वर्ष पनि उत्तिकै फर्ममा छन् र एक गोल गरिसकेका छन्।

उनीसँगै क्रिस्टियानो रोनाल्डो, नेयमार, भिनिसियस जुनियर, रोबर्ट लेवान्डोस्की (पेनाल्टी मिस गरिसकेका), मेन्फिस डिपाय, मेहेदी तारेमी, इनर भ्यालेन्सियालगायत खेलाडी गोल्डेन बुटको रेसमा देखिएका थिए। यसैभित्र रहेका छन्, एक गोल गरिसकेका अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सी पनि।

त्यसमा अहिले थपिएका छन्, ओलिभिए जिरु र फरान टोरेस। कोस्टारिकाविरुद्ध ७–० को जित निकाल्ने क्रममा फरानले दुई गोल गरेका थिए। यो जितसँगै स्पेनले चर्चा कमाएको छ। त्यसैगरी विश्वकपमा धेरै गोल गर्न सक्ने सम्भावित खेलाडी देखिने क्रम चहिलरहेको छ। २–० ले हराउने क्रममा भ्यालेन्सियाले कतारी मैदानमै घरेलु टिमविरुद्ध दुई गोल गरे।

पहिलो गोललाई भीएआरको मद्दतले रेफ्रीले अफ साइड बताएको चार मिनेटमै उनले कतारविरुद्ध अर्को गोल गरेका थिए। बेस्ट ह्याम र एभर्टनका पूर्वखेलाडी भ्यालेन्सिया ह्याट्रिक गर्नबाट चुकेका थिए।

कतार विश्वकपमा हालसम्म २८ खेलाडीले गोल गरिसकेका छन्। त्यसमध्ये ५ खेलाडीले दोहोरो गोल गर्दै गोल्डेन बुटमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन्। 

त्यस्तै, दोस्रो खेलमा इंग्ल्यान्डले इरानलाई हराउने क्रममा २१ वर्षीय बुकायो साकाले पनि दुई गोल गरे। इंग्ल्यान्डले एकपक्षीय पारेको खेलमा साकाले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरेका थिए। साका इंग्लिस क्लब आर्सनलका खेलाडी हुन्, जसबाट उनले प्रिमियर लिगमा चार गोलसँगै १४ खेलमा ६ एसिस्ट गरिसकेका छन्।

युरोकप फाइनलमा पेनाल्टी मिस गरेपछि उनलाई सबैले आलोचना गरेका थिए। तर उनले विश्वकपमा सानदार सुरुआत गरे। यो वर्ष आर्सनलले उनलाई गोल्डेन बुटको प्रबल दावेदार बनाइसकेको छ।

इंग्ल्यान्डविरुद्धको खेलमा इरानका मेहेदी तारेमीले दुई गोल नै फर्काएका छन्। त्यो दुई गोलसँगै तारेमी पनि गोल्डने बुटको रेसमा होमिए। पोर्चुगलमा पहिले रियो एभ र अहिले पोर्टोमा खेलिरहेका उनले इंग्ल्यान्डविरुद्ध आफूलाई सावित गरे। च्याम्पियन्स लिगमा पनि चम्किएका तारेमीले इरानलाई राम्रो स्थानमा पु¥याउन सक्नछन् भन्ने विश्वास गरिएको छ।

त्यस्तै, अस्ट्रेलियालाई ४–१ ले हराउँदा ओलिभिए जिरुले पनि दुई गोल गरेका थिए। उनको गोलसँगै साविक विजेता फ्रान्स लगातार तीन पटक विश्वकप जित्ने लक्ष्यका साथ मैदानमा होमिएको कुरालाई सार्थक बनाएको छ।

यीबाहेक २३ खेलाडीले विश्वकपमा एक–एक गोल गरेका छन्। नेदरल्यान्ड्सका डाबी क्लासिन र कोडी गाक्पोले समान १–१ गोल गरेका छन्। राम्रो लयमा रहेको भनिएको नेदरल्यान्ड्स अघि बढ्न सके यी खेलाडीले गोल्डेन बुट जित्ने अवसर रहन्छ।

इंग्ल्यान्डका हाई रेटेड खेलाडी ज्यान ग्रिलिससँगै मार्कस रासफर्ड, जुड बेलिङ्घम र रहिम स्टार्लिङले गोल गरेका छन्। अमेरिकाका टिमोथी वेह र वेल्सका ग्यारेथ बेलले पनि समान १–१ गोल गरेका छन्।

एक–एक गोल गर्नेमा स्पेनका मार्को एसेन्सियो, ड्यानी ओल्मो, कार्लोस सोलार, पावलो गाभी र अल्भेरो मोराटा, बेल्जियमका मिची बत्सुई, साउदीका सलेह अल–शेहिरी र सलिम अल दावासरी, अस्ट्रेलियाका क्रेग गुडविन, फ्रान्सका रोबाइट, जापानाका असानो र रित्सु दोआनसँगै जर्मनीका इल्केय गुन्डोगन पनि छन्।


प्रकाशित: November 24, 2022 | 18:54:42 काठमाडौं, बिहीबार, मंसिर ८, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
फुटबल

थिएरी हेन्‍रीलाई पछि पार्दै जिरुड बने फ्रान्सका अल टाइम टप स्कोरर

जिरुडले फ्रान्सका लागी ५२ गोल गर्नका लागी ११७ खेल खेलेका छन्।
नेपाल समय
फुटबल

इंग्ल्याण्डलाई अफ्रिकन च्याम्पियनको चुनौती

सेनेगलले आफ्ना मुख्य खेलाडी साडियो मानेलाई चोटका कारण गुमाइसकेको छ। मतलब उनी आजको खेलमा हुनेछैनन्। वायर्न म्युनिखबाट खेलेको खेलमा खुट्टाको एंकलमा चोट लागेपछि उनले विश्वकप गुमाउने पक्का भएको हो।
नेपाल समय
फुटबल

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।
नेपाल समय
फुटबल

प्रि-क्वाटर फाइनलः फ्रान्सविरुद्ध पोल्यान्ड र इङगल्यान्डविरुद्ध सेनेगल भिड्दै

कतारमा जारी फिफा विश्वकपअन्तर्गत प्रि-क्वाटर फाइनलमा आज दुई खेल हुँदैछन्।
नेपाल समय
फुटबल

अस्पतालबाट पेले भन्दैछन् : धेरै आशासँगै म बलियो बन्दैछु

ब्राजिललाई तीन पटक फुटबल विश्वकपको उपाधि दिलाएका पेले अहिले बिरामी भएर अस्पताल भर्ना भएका छन्। सधैँ विश्वकपमा अतिथि भएर आइरहने पेले यो वर्ष भने रंगशालामा उपस्थित हुन सकिरहेका छैनन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना