सोमबार, असोज १०, २०७९

यू-२० : साफपछि एसिया कप छनोटमा पनि नेपाल असफल

शिशिर बस्नेत  |  काठमाडौं, बिहीबार, असोज ६, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

बिहीबार, असोज ६, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- यू-२० साफ च्याम्पियनसिपको असफलतापछि एसिया कप छनोटमा राम्रो प्रदर्शनको लक्ष्यका साथ बहराइन गएको नेपाली टोली मंगलबार राति जीतविहीन भएर स्वदेश फर्कियो। छनोट खेलको समूह 'बी'मा रहेको नेपालले भुटान, कतार, बहराइन र बंगलादेशसँग हारेको थियो। 

यही यू-२० टिमले एसिया कप छनोट खेल्नुअघि उमेर समूहको साफ च्याम्पियनसिप पनि खेलेको थियो।  जहाँ नेपालले आक्रमक सुरुवात गरेको थियो। तर अन्तिमसम्मै त्यसलाई निरन्तरता दिन भने सकेन। साफमा पहिलो खेलमा नेपालले माल्दिभ्सालाई ४-० ले हराएको थियो भने दोस्रो खेलमा श्रीलंकामाथि ३-० को जित निकाल्यो। शानदार लयमा रहेको नेपाली टिमले आफ्नो तेस्रो खेल बलियो टोली भारत प्रतिद्वन्द्वी पाएको थियो।

फाइनल पुग्नका लागि जित्नैपर्ने खेलमा नेपाल अप्रत्यासित नतिजासँगै उपाधि होडबाट बाहिरियो। त्यो रात नेपाली फुटबलको उमेर समूहमा पहिरो गएको थियो। नेपाल ८-० को लज्जास्पद हार खायो। नेपाललाई हराउँदै भारत साफको फाइनलमा प्रवेश गर्‍यो। त्यसपछि नेपालले अन्तिम खेलमा फाइनल पुगेको टिम बंगलादेशसँग खेलेको थियो। अन्तिम खेलमा दुवै टोलीले समान एक-एक गोल गर्दै बराबरी गरेका थिए। 

भारतसँग बाहेकका अन्य खेलमा नेपालले राम्रो प्रदर्शन गरेको थियो। खुला स्पर्धाबाट छनोट भएका खेलाडीले तयारीका लागी पर्याप्त समय दिएका थिएनन्। भारतबाहकको खेलमा नेपालले राम्रो प्रदर्शन गरेको पनि हो। त्यही लयलाई निरनतरता दिँदै एएफसी एसिया कपमा छनोट हुने लक्ष्यका साथ टिममा केही परिवर्तन भए। अनि त्यो टोली बहराइन प्रस्थान गरेको थियो। बहराइन जाने बिदाईको क्रममा बोल्दै नेपाली प्रशिक्षक मेघराज केसीले छनोट हुनेमा आशावादी रहेको बताएका थिए।

ʻकोभिडको कारणले फुटबल गतिविधिमा प्रभावित गर्यो। त्यसैले एएफसी कप छनोटका लागि यो पर्याप्त हैन। तर, हामीसँग विकल्प थिएन। तीन महिनाबाट तयारी गरिरहेका छौँ। यसबीचमा हामीले साफ यू-२० च्याम्पियनसिप खेल्यौं। त्यसैले हाम्रो तयारी राम्रो भएको छ। आशा गरौँ हामी छनोट हुन्छौँ,' उनले भनेका थिए। 

नेपालको मौसमको तुलनामा बहराइनको तापक्रम धेरै छ। जस कारणले नेपालले सोचेअनुसारको प्रदर्शन गर्न नसक्ने आशंका पनि गरिएको थियो। भयो पनि त्यस्तै। उमेरसमूह तथा सिनियर टिम सबै स्तरमा भुटानभन्दा नेपाललाई बलियो मानिन्छ। 

बहराइनमा नेपालले आफ्नो पहिलो खेल भुटानविरुद्ध सेप्टेम्बर १०, दोस्रो खेल सेप्टेम्बर १२ मा कतारविरुद्ध, तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनविरुद्ध र चौथो तथा अन्तिम खेल सेप्टेम्बर १८ मा बंगलादेशविरुद्ध खेलेको थियो। 

नेपाल समय

छनोटअन्तर्गत नेपालले पहिलो खेल त्यही भुटानसँग खेल्यो र २-० ले पराजित भयो। खेलका क्रममा नेपाली डिफेन्डर अभिषेक वाइवाले इन्ज्युरी समयमा रातो कार्ड खाए। पछि केही समयका लागि नेपाली टिम १० खेलाडीमा समेटिएको थियो।

भुटानसँगै हारेपछि नेपाली प्रशिक्षक मेघराजले यसलाई स्वीकार गर्न नसकिने हार भएको बताएका थिए। उनले भनेका थिए, ‘आजको खेलमा नेपालले भुटानसँग हार्नु भनेको हामीले स्वीकार गर्न सक्ने नतिजा त होइन।’ हारको कारणबारे कुरा गर्दै प्रशिक्षक केसीले बराइनको फरकपना, तापक्रममा एडजस्ट हुन नसक्नुले नै हारसम्म पुर्याउन ठूलो भूमिका खेलेको बताए।

तर त्यो हारको सबैभन्दा ठूलो कारक चाहिँ उनी मौसम नै मान्छन्। बहाराइनमा पुगेको दुई दिन मात्र भएको र त्यहाँ अत्याधिक गर्मीका कारण तागत नै सकिएको उनले बताएका थिए। ʻहाम्रा खेलाडी यहाँको समय र वातावरणसँग घुलमिल भइसकेका छैनन्। तरपनि हामी राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छौँ,ʼ उनले थपे, ‘यहाँको उच्च तापक्रममले गर्दा खेलाडीको ज्यानमा शक्ति नै नभएको जस्तो भयो। हामीले अघिल्लो दिन पनि अभ्यास गरिरहेका थियौँ। नेपाली समयको दुई बजेसम्म हामी बाहिर बस्यौँ। त्यसले हामीलाई गाह्रो भयो।’

नेपाल समय

भुटानसँगको पराजयले कतारविरुद्ध मैदान उत्रिदै गर्दा नेपाली टिमको मनोबल उच्च देखिएन। यता कतार उसै पनि बलियो देश हो। उसको त घरेलु संरचना पनि बलियो रहेको छ। धेरै युरोपेली खेलाडी खेल्दने देश हो कतार। त्यसको प्रभाव त्यहाँको सिनियर टिममा पनि रहेको छ।

खेलअघि नेपाली टिमको पूर्ण खेल हेर्न पाइने प्रशिक्षक केसीले बताएका थिए। उनले भनेका थिए, ‘आज नेपाली टिमको शतप्रतिशत खेल हेर्न पाइन्छ। पहिलो खेलमा शारिरीक रुपमा पूर्ण तयार थिएनौं। कतारको स्तर धेरै माथिको थियो। त्यसैले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य छ।’

शेख अलि विन मोहम्मद अल खलिफा रंगाशालामा भएको खेलमा नेपाल पहिलो हाफमै दुई गोलले पछाडि परेको थियो। दोस्रो हाफमा कतारले एक गोल थप्यो। खेलको ७६औं मिनेटमा जासिमल मोहम्मदले आफ्नै पोस्टमा गोल गरेपछि नेपालले छनोटमा गोलको खाता खोल्यो। तर कोसेली पाएको गोलबाट। बाँकी समयमा कुनै गोल नभएपछि नेपालको हार निश्चित भयो। लगातारको पराजयले नेपालको छनोट सम्भावना न्यून बनेको थियो।

लगातारको हारपछि नेपालको एएफसी छनोट हुने सम्भावना गणितीय रुपमा मात्र बाँकी थियो। नेपालले बहराइन तथा बंगलादेशलाई पराजित गर्नुपर्ने र अन्य टिमको नतिजा पनि पर्खनुपर्ने अवस्था थियो। बहराइनविरुद्ध मैदान उत्रिनुअघि नै नेपाली टिमका मुख्य प्रशिक्षक मेघराज केसीले पनि नेपाल टिम छनोट हुन नसक्ने भएको बताए। ‘छनोट हुने सम्भावना न्यून छ किनभने समूह विजेता र उत्कृष्ट उपविजेता दुवै बन्न गाह्रो छ। किनभने हामीले दुई खेल हारिसकेका छौं,’ खेलअघि केसीले भनेका थिए।

घरेलु मैदानमा अब्दुल्ला अली अल्सुबाईको दुई गोल साथै कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले एक एक गोलको सहयोगमा नेपालविरुद्ध ६-० को फराकिलो जित निकाल्यो। लगातारको खराब प्रदर्शन तथा पराजयले एक खेल अगावै नेपालको एसिया कपमा छनोट हुने सम्भावना सकियो।

नेपाल समय

छनोट हुने सम्भावना सकिएको नेपालले खेल तालिकाका अनुसार अन्तिम खेल बांग्लादेशविरुद्ध खेल्यो। २० औं मिनेटमा मैदान पसेका कप्तान आयुस घलानले ३५ औं मिनेटमा रातो कार्ड बेहोरे। उनीसहित डिफेन्डर अजय चौधरिले रातो कार्ड पाएपछि त पहिलो हाफमै नेपाल नौ खेलाडीमा समेटिएको थियो। यद्दपी निकै पेचिलो खेलमा बंगलादेशले जित निकाल्यो। बंगलादेशका मोहम्मद जोनीले छैटौं मिनेटमा, मोहम्मद नोवाले ११ औं मिनेटमा र सजिद निजुमले खेलको ५२औं मिनेटमा गोल गर्दै बांग्लादेशलाई ३-० को जित निश्चित गराए।

बंगलादेशी खेलाडीलाई कुहिनाले हान्दै फउल गरेपछि खेलको २६औं मिनेटमा नेपालका डिफेन्डर चौधरीले रातो कार्डको सजाय पाएका थिए। त्यसपछि नेपाल १० खेलाडीमा समेटिएको थियो। त्यसको दश मिनेट पनि नबित्दै ३५औं मिनेटमा कप्तान आयुस घलानले पनि रातो कार्ड बेहोरे। बंगलादेशका अजिजुल हक एनान्टोप्रति अनैतिक इशारा गरेपछि घलानलाई रेफ्री अहमेद इसा मोहमदले सिधै रातो कार्ड देखाए। बंगलादेशसँग पराजित भएपछि नेपाल जीतिविहिन घर फर्किन बाध्य भयो।


प्रकाशित: September 22, 2022 | 21:09:14 काठमाडौं, बिहीबार, असोज ६, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
फुटबल

प्रथम ‘वडाअध्यक्ष कप’ फुटबल प्रतियोगिता : गुरूमार्ग युवा क्लब विजेता

प्रथम ‘वडाअध्यक्ष कप’ फुटसलको ट्रफी गुरूमार्ग युवा क्लबले हात पारेको छ।
नेपाल समय
फुटबल

नेसन्स लिगमा पोर्चुगल र सर्बियाको सानदार जित

चेक गणतन्त्रकै मैदानमा भएको खेलमा पाहुना टिम पोर्चुगलले ४-० ले हराएको हो।
नेपाल समय
फुटबल

नेसन्स लिगमा स्विट्जरल्यान्डसँग स्पेन पराजित, नर्वेको पनि हार

स्पेनमै भएको खेलमा स्विटजरल्यान्डले घरेलु टिमलाई २–१ ले हराएको हो।
नेपाल समय
फुटबल

११ खेलाडी फर्किंदा नवयुग र आयुष 'आउट', हुमागाईं भन्छन्- केही कारणले यस्तो भयो

राष्ट्रिय फुटबल टिमको लामो समयको द्वन्द्वपछि बंगलदेशसँग मैत्रीपूर्ण खेल्ने टिमको घोषणा निकै महत्त्वपूर्ण थियो। अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरेरै नेपाली फुटबल टिमको घोषणा गरेको छ।
नेपाल समय
फुटबल

यू-२० : साफपछि एसिया कप छनोटमा पनि नेपाल असफल

हारको कारणबारे कुरा गर्दै प्रशिक्षक केसीले बराइनको फरकपना, तापक्रममा एडजस्ट हुन नसक्नुले नै हारसम्म पुर्याउन ठूलो भूमिका खेलेको बताए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना