सोमबार, असोज १०, २०७९

साफ जित्‍ने बंगलादेशी महिला टिमको सामर्थ्यको स्रोत के हो?

विनय सापकोटा  |  काठमाडौं, मंगलबार, असोज ४, २०७९

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, असोज ४, २०७९, काठमाडौं

नेपाल समय
उपाधि विजेता बंगलादेशको टोली सामूहिक तस्बिर खिचाउँदै। तस्बिर : एन्फा।

काठमाडौं- बंगलादेशको महिला फुटबल गोलोन रबानी छोटोनले सम्हाल्न थालेको लामै समय भइसकेको छ। उनी बंगलादेशको महिला फुटबलको सिनियर टिमका मात्र प्रशिक्षक होइनन्। उमेर समूह पनि उनैले सम्मालिरहेका हुन्छन्।

बंगलादेशले सन् २०१६ मा निकै महत्वकांक्षी योजनाका साथ उमेर समूहको फुटबल सुरु गर्‍यो। उसले उमेर समूहको टिमलाई विभिन्न ठूलो देशका उमेर समूहका खेलाडीसँग प्रतिस्पर्धा गराएको थियो। उनी आफ्नो कालमा फुटबलको विकास भएकोबारे सविस्तारमा सुनाउँछन्।

‘बंगलादेशको महिला फुटबल २०१६ बाट ट्रान्फरमेसनबाट सुरु भएको हो। त्यतिबेला हामी यू १६ को एसिया कप फुटबलमा सहभागी बनेका थियौँ। त्यो प्रतियोगिता चाहीँ २०१७ मा थियो। हामीले २०१६ को अक्टोबरमा क्याम्प सुरु गरेको हो,’ सोमबार साफको उपाधि जितेपछि प्रशिक्षक छोटोनले भनेका छन्।

पहिलो पटक सहभागी बनेको एसिया कपमा बंगलादेशले ठूला देशको सामना गर्ने अवसर पायो। त्यो प्रतियोगितामा उसले उत्तर कोरियासँग खेल्यो। जो यू-१७ र यू-२० को एसिया कपको उपाधि विजेता पनि हो। त्यो प्रतियोगितामा बंगलादेशले कुनै खेल जित्न नसके पनि धेरै अनुभव बटुलेको थियो।

त्यहि प्रतियोगितामा बंगलादेशलले जापान र अष्ट्रेलियासँग पनि खेल्न पाएको थियो। ‘त्यो महत्वपूर्ण प्रतियोगिताको  लागि भए पनि हाम्रो क्याम्प बलियो बनाउनु पर्ने भएको थियो। हामीले बनायौँ अनि पछिल्लो पाँच छ वर्षमा निरन्तर अन्तर्राट्रिय फुटबल खेलिरहेका छौं,’ आफ्नो टिमको प्रगतिबारे छोटोनको प्रतिकृया छ।

बंगलादेशको टिमले गत हप्ता दक्षिण एसियाको सदाबहार च्याम्पियन भारतलाई ३-० ले हराएको थियो। त्यही टिमले त हो सोमबार राति काठमाडौंमा बलियो घरेलु टिमलाई हराएर साफमा इतिहास रच्यो। 

त्यसो त बंगलादेशले दक्षिण एसियाको यू-१५, यू-१७, यू-१८ मा खेलेर उपाधि पनि जितिसकेका छ। पहिले बंगलादेश साफमा पनि समूह चरणमै सीमित हुने गर्दर्थ्यो। उसले भारतलाई त के नेपाललाई समेत हराउन सक्दैन थियो। तर, अहिले जसरी महिला फुटबलमा विकास गरिरहेको छ, त्यसको स्पष्ट चित्र सिनियर टिममा देख्न सकिन्छ। 

नेपाल समय
उपाधि विजेता बंगलादेशको टोली सामूहिक तस्बिर खिचाउँदै। तस्बिर : एन्फा।

‘हामीले हामीले यू १५ र यू १६ बाट सुरु गरेको हो। अहिले त्यो टिम नै यू-१९ र यू २० को भइसकेको छ,’ छोटोनले भने, ‘यो ट्रान्सफरमेसनले खेलाडीलाइ धेरै बलियो बनाएको छ।’

त्यसरी बनाएको टिमले गत हप्ता दक्षिण एसियाको सदाबहार च्याम्पियन भारतलाई ३-० ले हराएको थियो। त्यही टिमले त हो सोमबार राति काठमाडौंमा बलियो घरेलु टिमलाई हराएर साफमा इतिहास रच्यो। प्रतियोगिताभरी उच्च फर्ममा रहेका बंगलादेशले फाइनलमा नेपालाई ३–१ ले हराउँदै उपाधि जितेको हो।

यसअघिका सबै साफमा भारतले जित निकालेको थियो। बंगलादेश भने पहिलो पटक २०१६ को साफमा एकपटक फाइनलमा पुगेको थियो। यता नेपाल भने यसअघि पनि चारपटक फाइन पुगेको टिम हो। यता पाँचौ संस्करणको भारतलाई राउँदै नेपाल पाचौँ पटक फाइनल पुगेको थियो।

के अब बंगलादेशी महिला टिम दक्षिण एसियाको सबैभन्दा बलियो टिम भयो त? प्रशिक्षक छोटोनको जवाफ छ, ‘यो प्रतियोगिताको आधारमा हामी नम्बर वान टिम भएका छौं। मलाई लाग्छ भारत राम्रो टिम हो। नेपाल पनि राम्रो हो। हामी यि दुवै देशलाई सम्मान गर्छौं। तर अहिले हामी च्याम्पियन हो। तर बंगलादेशको टिमले लगातार सुधार गरिरहेको छ।’

नेपाल र बंगलादेशको सिनियर महिला फुटबल टिमबीच यसअघि ८ खेल भएका थिए। तीमध्ये कुनै पनि खेलमा बंगलादेशले जित निकाल्न सकेको थिएन्। ती खेलमध्ये नेपालले छ खेलमा जित निकालेको थियो भने दुई खेल बराबरी भएका थिए।

के बंगलादेशलाइे नेपालको क्राउड र नेपाली टिमसँग डर थिइन? यो प्रश्न खेलपछि प्रशिक्षकलाई सोधिएको थियो। उक्त प्रश्नमा प्रशिक्षकको जवाफ यस्तो रह्यो, ‘नेपाली टिमबारे हिजो मैले खेलाडीलाई भनेको थिएँ। पछिल्लो समय विराटनगरमा पनि धेरै समर्थकहरु थिए। त्यसो त ढाकामा पनि ५० हजार समर्थकसँग हामीले खेलेको हो। त्यसैले पहिले नै गोल गरेको अस्थामा नेपाली खेलाडी दबाबमा हुन्छन्। र समर्थकलाई ह्यान्डल गर्न सजिलो हुन्छ। हामीले त्यो गर्न सक्यौँ अनि खेलाडीले त्यसलाई दबाबका रुपमा लिएनौँ।’

नेपाल समय
उपाधि विजेता नेपालको टोली सामूहिक तस्बिर खिचाउँदै। तस्बिर : एन्फा।

यो प्रतियोगितामा नेपालले फाइनलअघि तीन खेले खेलेको थियो भने बंगलादेशले  चार खेल खेलेको थियो त्यसलाई पनि उनले फाइदाको रुपमा लिएका छन्।

सोमबारको साफ फाइनल खेलमा बंगलादेशको लागि खेलको १४ औं मिनेटमा ‘सब्सिच्युट’ सामसुननहरले पहिलो गोल गरिन्। पहिलो हाफमै बंगलादेशको अग्रता दोब्बर बनाउन कृष्णरानी सरकारले ४२ औं मिनेटमा गोल गरिन्। पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल गर्‍यो र एक गोलको सामना गर्‍यो।

नेपालका लागि अनिता बस्‍नेतले गोल गरिन् भने कृष्णरानीले गोल अन्तरलाई ३-१ मा पुर्‍याइन यससँगै बंगालदेशले जित निकालेको हो। ‘फाइनलमा नेपाल टिमले पनि राम्रो खलेको हो। हामीले हाम्रो लक्ष्य पाएका छौं। अब हामी दक्षिण एसियाको नम्बर एक टिम भयौँ। हाम्रा केटीहरुले क्यापेवालीटी देखाएका छन्। हामी क्राउड र पिचबाट डराएका थियौँ। तर उनीहरुले खेल्न सके। त्यसमा म खुसी छु,’ उपाधि जितेपछि ट्रफीसँगै पत्रकार सम्मेलनमा देखिएका छोटोनले भने। उपाधि जितेकोमा उनले खेलाडीलाई बधाईसमेत दिए।

फाइन खेलको पहिलो मिनेटबाटै दुवै टिमले सशक्त सुरुवात गरे। तर खेलका पहिलो आक्रमण बन्‍न बंगलादेश सफल भयो। पहिलो मिनेटमै बंगलादेशको अटेम्पट गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले बचाइन्। त्यसको अर्को मिनेटमा नेपालले प्रहार गर्‍यो।

खेलभरी यो क्रम चलिरह्यो। नवौं मिनेटमा जहान स्वप्नले गरेको प्रहार गोलकिपर एन्जिलाको हातमा पुगेर रोकिएको थियो। त्यसको अर्को मिनेटमै स्वप्‍न 'सब्सिच्युट' भइन्। उनको ठाउँमा मैदान प्रवेश गरेकी सामसुननहरले खेलको १४ औं मिनेटमा गोल गरिन्। दायाँ साइडबाट मोनिका चक्माले दिएको पासमा सामसुननहरले 'ब्याक साइड'मा प्रहार गर्दै गोल गरेकी थिइन्।

नेपाल समय
उपाधिको ट्रफी उचाल्दै बंगलादेशकी कप्तान सबिना खातुन। तस्बिर: एन्फा।

खेलको ४२ औं मिनेटमा बंगलादेशले अग्रता बढायो। नेपाली डिफेन्डरहरुको असमझदारीको फाइदा उठाउँदै कृष्णरानीले पोस्टमा निकै सुन्दर गोल गरिन्। नेपालको तर्फबाट अनिता बस्‍नेत, रश्मी घिसिङ, अमिषा कार्की, अनिता केसीजस्ता खलाडीको गरेको प्रहार भने गोलकिपर रुपना चक्माले सहजै बचाइन्। 

७० औं मिनेटमा मिडफिल्डर अनिताबाटै नेपालले गोलअन्तर घटायो। उनले पोस्टको दोस्रो बारमा प्रहार गर्दै २–१ बनाएकी थिइन्। दशरथ रंगशालामा १५ हजार ७३० नेपाली घरेलु दर्शकमाझ ७७ औं मिनेटमा बंगालादेशले ३–१ को अग्रता बनायो। कृष्णरानी सरकारले पोस्टको दायाँ साइडमा गोल गर्दै घरेलु समर्थकलाई फेरि स्तब्ध पारिन्।

फाइनल खेलमा 'मस्ट भ्यालुएबल' खेलाडी भइन्, बंगलादेशी मिडफिल्डर सविना खातुन। प्रतियोगितामा उनी तेस्रो पटक 'मस्ट भ्यालुएबल' खेलाडी भएकी हुन्। यसअघि नै उनले दुई ह्याट्रिकसहित आठ गोल गरिसकेकी थिइन्। प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि सविना भइन् भने साफकै सर्वोत्कृष्ट खेलाडी बन्दै उनले तीन अवार्ड जितिन्।

ती अवार्डबारे सविनाले भनिन्, ‘सर्वोत्कृष्ट र 'मस्ट भ्यालुएबल' खेलाडीसँगै म बेस्ट स्कोरर भएको छु। यो मेरो लागि राम्रो हो। देशका लागि पनि उपाधि दिलाएर हाम्रो लक्ष्य पूरा गरेका छौं।’ 

त्यसो त सविनलाई नेपाल आउनुअघि नै लागेको थियो कि यो प्रतियोगितामा केही त पक्कै गर्नेछु। उनी त्यसै भन्छिन्, ‘सबै खेलेमा अवसर पाएँ। मैले नेपाल आउनुअघि सोचेको थिएँ, फाइन पुग्‍ने त ढाकामै कन्फिडेन्ट थियो। खासगरी मैले मेरो अनुभवलाई सकेसम्म प्रयोग गरेको हो।’

यो उपाधि जिते पनि उनले पराजित गरेका प्रतिद्वन्दी नेपाल र भारतलाई आदर गर्ने बताएकी छन्। ‘उनीहरु 'गुड टिम' हो भन्ने सबैलाई थाहा छ। हामीलाई चाहिँ प्रमाणित गरेर देखाउनु पर्ने थियो। हामीले त्यो गरेको हो,’ उनले अन्तिममा भनिन्।



प्रकाशित: September 20, 2022 | 06:01:00 काठमाडौं, मंगलबार, असोज ४, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
फुटबल

प्रथम ‘वडाअध्यक्ष कप’ फुटबल प्रतियोगिता : गुरूमार्ग युवा क्लब विजेता

प्रथम ‘वडाअध्यक्ष कप’ फुटसलको ट्रफी गुरूमार्ग युवा क्लबले हात पारेको छ।
नेपाल समय
फुटबल

नेसन्स लिगमा पोर्चुगल र सर्बियाको सानदार जित

चेक गणतन्त्रकै मैदानमा भएको खेलमा पाहुना टिम पोर्चुगलले ४-० ले हराएको हो।
नेपाल समय
फुटबल

नेसन्स लिगमा स्विट्जरल्यान्डसँग स्पेन पराजित, नर्वेको पनि हार

स्पेनमै भएको खेलमा स्विटजरल्यान्डले घरेलु टिमलाई २–१ ले हराएको हो।
नेपाल समय
फुटबल

११ खेलाडी फर्किंदा नवयुग र आयुष 'आउट', हुमागाईं भन्छन्- केही कारणले यस्तो भयो

राष्ट्रिय फुटबल टिमको लामो समयको द्वन्द्वपछि बंगलदेशसँग मैत्रीपूर्ण खेल्ने टिमको घोषणा निकै महत्त्वपूर्ण थियो। अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरेरै नेपाली फुटबल टिमको घोषणा गरेको छ।
नेपाल समय
फुटबल

यू-२० : साफपछि एसिया कप छनोटमा पनि नेपाल असफल

हारको कारणबारे कुरा गर्दै प्रशिक्षक केसीले बराइनको फरकपना, तापक्रममा एडजस्ट हुन नसक्नुले नै हारसम्म पुर्याउन ठूलो भूमिका खेलेको बताए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना