सोमबार, असोज १०, २०७९

करिम बेञ्जिमा, जसले असम्भवलाई सम्भव तुल्याउँछन्

शिशिर बस्नेत  |  काठमाडौं, बिहीबार, भदौ २, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

बिहीबार, भदौ २, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- फुटबल जगत्कै सबैभन्दा ठूलो व्यक्तिगत अवार्ड हो, बालोन डी’ओर। फ्रेन्च फुटबल नामक म्यागजिनले आयोजना गर्ने र संसारभरका फुटबल पत्रकारले मनोनयन गरी हरेक वर्ष एक सर्वोत्कृष्ट खेलाडीलाई यो अवार्ड दिइन्छ। अहिले फुटबलमा यही विषयको चर्चा सुरु भइसकेको छ। कसले जित्ला बालोन डी’ओर? 

चर्चा यस कारण पनि कि बालोन डी’ओर जित्न ३० खेलाडीको मनोनयन सार्वजनिक भइसकेको छ। तर मनोनयनमा पर्दैनन्, सर्वाधिक सात पटकका विजेता लियोनल मेस्सी। उनी सन् २००५ पछि पहिलो पटक मनोयनमा पर्न सकेनन्। फ्रान्सको पेरिसमा १७ अक्टोबरमा यो अवार्डको विजेता घोषणा हुँदै छ। 

सबैको मनमा खुल्दुली यही छ– कसले जित्ला अवार्ड?

पछिल्लो एक दशक यो अवार्ड मेस्सी र रोनाल्डोको वरिपरि मात्रै घुमिरह्यो। दुई वर्षअघि रियलका लुका मोड्रिचले जिते। यसर्थ यो रियल र बार्सिलोनाकै वरिपरि घुमिरह्यो। तर यी दुई खेलाडीबाट अवार्ड खोस्न रियल मड्रिडकै खेलाडी अगाडि आएको अनुमान लगाउन सकिन्छ। जित्ने हो÷होइन थाहा छैन तर बालोन डी’ओरको रेसमा करिम बेञ्जिमाको सामना कसले गर्ने?

यो वर्षको बालोन डी’ ओरका लागि फ्रान्सेली फर्वार्ड करिम बेन्जिमालाई मुख्य दाबेदारका रूपमा हेरिएको छ। बेन्जिमा पहिलो पटक अवार्डको मुख्य दाबेदारी बने हिचकिचाउनुपर्ने अवस्था छैन। क्रिस्ट्यानो रोनाल्डोको छायामा परेका भनिएका बेञ्जिमाले धेरै वर्ष रियलमा बिताए। तर रोनाल्डोले रियल छाडेपछि भने उनको चर्चा विशेष प्रकारले चल्ने गरेको छ। 

स्टार खेलाडी मेस्सी पनि बेञ्जिमाले बालोन डी’ओर जित्नेमा विश्वस्त देखिन्छन्। टीवाईसी स्पोर्टस्सँग कुरा गर्दै मेस्सीले भनेका छन्, ‘कुनै शंका छैन। मलाई लाग्छ, यो वर्षको बालोन डी’ओर बेञ्जिमाले जित्नेछन्। स्पष्ट छ, बेञ्जिमाले राम्रो प्रदर्शन गरेर उपाधि जितेका छन्। उनले च्याम्पियन्स लिगमा आफ्नो प्रदर्शनलाई सुरुदेखि अन्तिमसम्मै उच्च राखे। यसले गर्दा लाग्छ, उनले यो अवार्ड जित्नेमा कुनै शंका छैन। च्याम्पियन्स लिगबाहेक उनले ला लिगामा पनि राम्रो गरेका छन्।’

रियल मड्रिडमा क्रिस्टियानो रोनाल्डोको अभावलाई पूरै बिर्साइदिएका बेञ्जिमा आफ्नो टिमलाई युरोप च्याम्पियन, ला लिगा र स्पेनिस सुपर कपमा जिताएपछि बालोन डी’ओरका एकल हकदार भएका छन्।

यो सिजन सुरु हुँदै तीन गोल गरिसकेका ३४ वर्षे फर्वार्डले पछिल्लो वर्ष ४६ खेलमा ४४ गोल र १५ असिस्ट गरे। उनका सबै गोल उत्तिकै महत्त्वपूर्ण रहे। यो नै एक मुख्य आधार हो, जसले गर्दा बेञ्जिमालाई सिजनको उत्कृष्ट स्ट्राइकरका रूपमा मान्न सकिन्छ। स्पेनिस ला लिगामा २७ गोल गर्दै उनले ला लिगाको गोल्डेन बुट जिते। साथै, युरोपियन च्याम्पियन्स लिगमा १५ गोल गर्दै त्यहाँ पनि उनी टप स्कोर बने।

च्याम्पियन्स लिगमा ठूला क्लबविरुद्ध बेञ्जिमाले कसरी नतिजा कायापलट गरे। त्यसले सबैलाई हैरान बनाएकै छ। केलियन एम्बाप्पे पनि बेञ्जिमाले नै बालोन डी’ओर जित्ने बताउँछन्। एक अन्तर्वार्तामा एम्बाप्पेले भनेका छन्, ‘रियल मड्रिडका मेरा सहकर्मी बेञ्जिमाले यस पटकको बालोन डी’ओर जित्नेछन्। ३४ वर्षे भएर पनि गत सिजनमा राम्रो गरे। यदि यस पटक बेञ्जिमाले बालोन डी’ओर जितेनन् भने म उनीमाथि विश्वास गर्न छाड्छु। म यसबारे कहिल्यै पनि सोच्ने छैन।’

बेञ्जिमाले रियललाई कैयौं पटक हारको मुखबाट बचाएका मात्र छैनन्, असम्भव जितलाई पनि सम्भव बनाएका छन्। यसमध्ये च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा पीएसजीविरुद्ध गरेको ह्याट्रिक पनि हो। त्यो खेलको पहिलो लेगमा रियल १–० ले पछि थियो। आक्रामक टिम पीएसजीविरुद्ध रियलले दोस्रो खेलमा जित्न नसक्ने अनुमान गरियो। त्यसमाथि खेल २–० मा पुग्यो। झनै गाह्रो भयो। किनभने, रियललाई जितका लागि तीन गोल आवश्यक थियो। बेञ्जिमाले अप्रत्यासित तीन गोल गर्दै टिमलाई क्वार्टरफाइनल पु¥याए।

उनको गति त्यत्तिमै सीमित भएन। रियललाई क्वार्टरफाइनल पु¥याएका बेञ्जिमाले त्यहाँ पनि जित निकाले। क्वार्टरफाइनलको पहिलो लेगमा उनले ब्याक–टु–ब्याक ह्याट्रिक गरे। रियलले चेल्सीविरुद्धको पहिलो लेग ३–१ ले जित्यो। दोस्रो लेगको खेलमा बेञ्जिमाले अतिरिक्त समयको अन्त्यमा हेडिङ गोल गर्दै टिमलाई सेमिफाइनल पु¥याउन विशेष भूमिका वहन गरे। दोस्रो लेगमा आफ्नो क्लब ३–२ ले पराजित भए पनि समग्रमा ५–४ जित निकाल्दै रियल सेमिफाइनल पुग्यो।

सेमिफाइनलमा रियलले प्रतिद्वन्द्वी पायो, म्यानचेस्टर सिटी। पहिलेजस्तै त्यो खेल पनि सहज थिएन। त्यो खेलमा गोलकिपर थियाउट कोट्वाको प्रदर्शन वाह भन्ने शैलीको रह्यो। तर रियलले पहिलो लेगमा जित निकालेन र ४–३ गोलले पराजित भयो। प्रिमियर लिगको दाबेदारसँग खेल्न सहज थिएन। विश्वकै उत्कृष्ट मानिएका प्रशिक्षक पेप ग्वार्डिओलाविरुद्ध टिम तयार गर्न कार्लो एन्सोलोटीलाई सहज थिएन।

नेपाल समय
एम्बाप्पे र बेञ्जेमा

उनले चुनौती स्वीकारे। पहिलो लेगमै पछि परिसकेको थियो, रियल मड्रिड। तर दोस्रो लेगमा रोड्रिगोले दुई गोल गरेपछि रियलले खेलमा ५–५ को बराबरी गर्न सकेको थियो। दोस्रो लेगको निर्धारित ९० मिनेटमा रियल २–१ ले अघि रहे पनि समग्रमा नतिजा ५–५ भयो। खेल अतिरिक्त समयमा धकेलियो।

अतिरिक्त समयको पहिलो हाफमा सिटीको पेनाल्टी एरियामा बेञ्जिमा लडे। जतिबेला उनी लडे, गोलस्कोरिङको अवस्थामा थिए। उनले प्रहार गरेको पेनाल्टीबाट रियलले समग्रमा ६–५ को अग्रता बनायो अनि दोस्रो लेगमा ३–१ को जित निकाल्यो। दुवै लेगमा एक–एक गोल गर्दै बेञ्जिमाले आफ्नो लयलाई कायमै राखे। बेञ्जिमाले गोलकिपर एडरसनविरुद्धको प्रहार गरेको पेनाल्टीले सर्वत्र चर्चा पायो, जुन जितको कारक थियो।

त्यो खेलले रियल मड्रिडमा क्रिस्टियानो रोनाल्डोको अभावलाई पूरै बिर्साइदिएको थियो। अनि रियलकै टिममा बसेर आज बेञ्जिमा कोसेढुंगा पार गर्न सफल भएका छन्। त्यो हो–रियलका पूर्वखेलाडी राउलको सर्वाधिक गोललाई पछि पार्नु। फ्रांन्कर्फटविरुद्धको युईएफए सुपर कपको फाइनलमा २–० को जित निकाल्दै उपाधि जित्ने क्रममा बेञ्जिमाले एक गोल गरे।

यसअघि राहुलले ७४१ खेलमा ३२३ गोल गर्दै रियल मड्रिडको दोस्रो टप स्कोरर बनेका थिए। तर सो स्थानमा अहिले बेञ्जिमा छन्। उनले ६०७ खेलमा ३२४ गोल गरिसकेका छन्। बेञ्जिमाको अबको लक्ष्य भनेको रियलको टप स्कोरर बन्ने हुनेछ। अहिले ४३८ खेल मात्रै खेलेर ४५० गोल गरेका क्रिस्टयानो रोनाल्डो रियलका शीर्ष गोलकर्ता हुन्। तर रोनाल्डोलाई उछिन्नु चानचुने विषय होइन। सायद बेञ्जिमालाई यो उमेरमा आएर कमै सम्भव होला। किनभने, त्यसो हुन १२६ गोल आवश्यक छ। अहिलेजस्तो फर्ममा छन्, त्यसले उनको नाम शीर्षमा सुन्ने दिन कसो नआउला? 

पछिल्लो दशकमा रियलमा ज–जसले खेले, उनीहरूले उपाधि जितेकै छन्। झन् क्लबमा दशक लामो बसाइ हुनेले त झन् धेरै जितेका छन्। त्यसो भए बेञ्जिमाले नजित्ने कुरै भएन। बेञ्जिमाले २०२२ मा मात्र चार उपाधि जिते। बेञ्जिमाले आफ्नो टिमलाई युरोपको च्याम्पियन बनाए। स्पेनको शीर्ष डिभिजनको लिग ला लिगा र स्पेनिस सुपर कप जिते। उनले भर्खरै जिते, सुपर कप। यी चारै उपाधिको श्रेय बेञ्जिमालाई जान्छ। बेञ्जिमाका लागि यी उपाधि नै बालोन डी’ओर जित्न पर्याप्त छन्।

पछिल्लो दशकमा रियलमा ज–जसले खेले, उनीहरूले उपाधि जितेकै छन्। झन् क्लबमा दशक लामो बसाइ हुनेले त झन् धेरै जितेका छन्। त्यसो भए बेञ्जिमाले नजित्ने कुरै भएन।

पछिल्लो उपाधि जितेपछि बेञ्जिमाले बालोन डी’ओर जित्ने प्रशिक्षक एन्सोलोटीको दाबी छ। उनले भनेका छन्, ‘बेञ्जिमाले यस वर्षको बालोन डी’ओर जित्नेमा शंका छैन। बेञ्जिमा धेरै महत्त्वपूर्ण खेलाडी र हाम्रा लिडर हुन्। हामीले यो वर्ष जे ग¥यौं, त्यो सबै उनकै योगदानले भएको हो। उनले टिमलाई चाहिएको अवस्थामा गोल गरेका छन्।’

बेञ्जिमाबाहेक अन्य खेलाडी रोबर्ट लेवान्डोस्की, केलियन एम्बाप्पे, केभिन डेब्रुएना, साडियो माने, मोहमद सलाह पनि बालोन डी’ओरको सूचीमा छन्। तर बाँकी खेलाडीभन्दा बेञ्जिमाले धेरै जिते। युरोपका सबैजसो टिमविरुद्ध गोल गरे। एकै खेलाडीले एकै सिजन यति ठूला क्लबविरुद्ध गोल गरेको दुर्लभ घटनाका विशेष पात्र हुन्, बेञ्जिमा। 

हुन त, लेवानडोस्कीले सबैभन्दा धेरै गोल गर्दै युरोपियन गोल्डेन बुट जिते तर उपाधि जित्न सकेनन्। अफ्रिकन विजेता साडियो माने बेञ्जिमाका लागि सबैभन्दा ठूला प्रतिस्पर्धी हुन्। तर उनको टिमले च्याम्पियन्स लिग र प्रिमियर लिग केही पनि जित्न सकेन। यसले गर्दा मानेको सम्भावना कमजोर रह्यो। एम्बाप्पे, सलाह र डेब्रुएनाले यो वर्ष राम्रो प्रदर्शन गरेका थिए। तर उनीहरूले ठूला उपाधि जित्न सकेनन्। साथै, खेलको लयलाई निरन्तरता दिन सकेनन्। त्यसैले यी सबै खेलाडीको तुलनामा बेञ्जिमा सबै पक्षबाट सफल छन् र बलिया पनि छन्।

अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सी र पोर्चुगिज स्ट्राइकर रोनाल्डो फुटबलमा नाम चलेका दुई पात्र हुन्। करिब १५ वर्षदेखि दुईको नाममा फुटबल चल्यो। तर समय सधैं एकैनासे हुँदैन। मेस्सी बालोन डी’ओरको मनोनयनमै पर्न सकेनन्। खराब सिजन बिताएका मेस्सीले लिगमा १० गोल पनि गर्न सकेनन्। साथै, घरेलु प्रतियोगिता कोपा डे फ्रान्सेसानमा पनि हार बेहोरे। लिग वान र अर्जेन्टिनाबाट एउटा उपाधि जित्नुबाहेक मेस्सीका लागि सिजन खासै सम्झनलायक रहेन।

मनोनयनमा परेका रोनाल्डोले पनि अवार्ड जित्ने सम्भावना न्यून छ। रोनाल्डो आफ्नो पुरानो क्लब म्यान्चेस्टर युनाइटेडमा फर्किएका थिए। तर बसाइँ सुखद हुन सकेन। शून्य उपाधि, युरोपा लिगमा छनोट हुनुजस्ता कारणले रोनाल्डोका लागि सम्झनलायक वर्ष हुन सकेन। मेस्सी सर्वाधिक सात पटकका बालोन डी’ओर विजेता हुन् भने रोनाल्डोले पनि पाँच पटक यसलाई चुमिसकेका छन्। यी दुई स्टार यस वर्ष चल्न नसक्दा चम्केका बेञ्जिमा अहिलेका सबैभन्दा लयमा रहेका खेलाडी हुन्। 

मेस्सी र रोनाल्डोले विगतमा खेल्ने शैलीमा खेलेका बेञ्जिमाको यो वर्ष वास्तवमै खास छ।

- फुटबल ईएसपीएन, यूईएफए, युरो स्पोर्ट्स र नाइन्टी मिनेट्स डटकमको सहयोगमा


प्रकाशित: August 18, 2022 | 07:12:18 काठमाडौं, बिहीबार, भदौ २, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
फुटबल

मैत्रीपूर्ण खेलका लागि नेपाल आइपुगे किरण, टिमको कप्तानी गर्ने

दशरथ रंगशालामा भोलि मंगलबार हुने नेपाल र बांग्लादेशको मैत्रीपूर्ण खेलका लागि नेपाली टिमका मुख्य गोलकिपर किरण चेम्जोङ नेपाल आइपुगेका छन्। व्यावसायिक फुटबल खेल्ने क्रममा उनी भारतमा रहेका थिए।
नेपाल समय
फुटबल

प्रथम ‘वडाअध्यक्ष कप’ फुटबल प्रतियोगिता : गुरूमार्ग युवा क्लब विजेता

प्रथम ‘वडाअध्यक्ष कप’ फुटसलको ट्रफी गुरूमार्ग युवा क्लबले हात पारेको छ।
नेपाल समय
फुटबल

नेसन्स लिगमा पोर्चुगल र सर्बियाको सानदार जित

चेक गणतन्त्रकै मैदानमा भएको खेलमा पाहुना टिम पोर्चुगलले ४-० ले हराएको हो।
नेपाल समय
फुटबल

नेसन्स लिगमा स्विट्जरल्यान्डसँग स्पेन पराजित, नर्वेको पनि हार

स्पेनमै भएको खेलमा स्विटजरल्यान्डले घरेलु टिमलाई २–१ ले हराएको हो।
नेपाल समय
फुटबल

११ खेलाडी फर्किंदा नवयुग र आयुष 'आउट', हुमागाईं भन्छन्- केही कारणले यस्तो भयो

राष्ट्रिय फुटबल टिमको लामो समयको द्वन्द्वपछि बंगलदेशसँग मैत्रीपूर्ण खेल्ने टिमको घोषणा निकै महत्त्वपूर्ण थियो। अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरेरै नेपाली फुटबल टिमको घोषणा गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना