सोमबार, असोज १०, २०७९

साफ च्याम्पियनसिपका लागि समितिहरु गठन

नेपाल समय  |  काठमाडौं, मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– नेपालले आगामी भदौ २५ गतेबाट काठमाडौंमा साफ महिला च्याम्पियनसिप आयोजना गर्दैछ। सो प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा रहेको मूल आयोजक समितिले विभिन्न समिति गठन गरेको छ।

एन्फा कम्प्लेक्समा मंगलबार बसेको आयोजक समितिको बैठकले समिति गठन गर्दै सबै समितिमा संयोजकसमेत तोकेको हो। एन्फाले यसअघि नै प्रतियोगिताका लागि रवीन्द्र चन्दलाई भेन्यु म्यानेजर र विजय घलेलाई स्थानीय महासंयोजकमा नियुक्त गरिसकेको छ। त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय प्रतिस्पर्धाको मार्केटिङ, प्रसारण र डिजिटल अधिकार समितिको संयोजकत्वमा दिनेश ब्यञ्जनकार सुरक्षा प्रमुख र सञ्जीव शिल्पकारले समन्वय गर्ने निधो भइसकेको छ।

बैठकले प्रतियोगिताको टिकट अधिकारका लागि न्यूनतम २५ लाखको टेण्डर आह्वान गर्ने निर्णय पनि गरेको छ।

यस्ता छन् समिति र संयोजक

आतिथ्य समितिः मनिष जोशी

स्वास्थ्य समितिः रमेश ब्यञ्जनकार

होटल तथा यातायात समितिः पुरुषोत्तम थापा

प्राविधिक समितिः कृष्ण थापा

रेफ्री संयोजक समितिः बुद्धि गुरुङ

समारोह समितिः विकास नारायण श्रेष्ठ

प्रचार समितिः सुरेश शाह

नेपाली राष्ट्रिय टोली व्यवस्थापन समितिः सरिला श्रेष्ठ


प्रकाशित: August 16, 2022 | 16:45:19 काठमाडौं, मंगलबार, साउन ३१, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
फुटबल

मैत्रीपूर्ण खेलका लागि नेपाल आइपुगे किरण, टिमको कप्तानी गर्ने

दशरथ रंगशालामा भोलि मंगलबार हुने नेपाल र बांग्लादेशको मैत्रीपूर्ण खेलका लागि नेपाली टिमका मुख्य गोलकिपर किरण चेम्जोङ नेपाल आइपुगेका छन्। व्यावसायिक फुटबल खेल्ने क्रममा उनी भारतमा रहेका थिए।
नेपाल समय
फुटबल

प्रथम ‘वडाअध्यक्ष कप’ फुटबल प्रतियोगिता : गुरूमार्ग युवा क्लब विजेता

प्रथम ‘वडाअध्यक्ष कप’ फुटसलको ट्रफी गुरूमार्ग युवा क्लबले हात पारेको छ।
नेपाल समय
फुटबल

नेसन्स लिगमा पोर्चुगल र सर्बियाको सानदार जित

चेक गणतन्त्रकै मैदानमा भएको खेलमा पाहुना टिम पोर्चुगलले ४-० ले हराएको हो।
नेपाल समय
फुटबल

नेसन्स लिगमा स्विट्जरल्यान्डसँग स्पेन पराजित, नर्वेको पनि हार

स्पेनमै भएको खेलमा स्विटजरल्यान्डले घरेलु टिमलाई २–१ ले हराएको हो।
नेपाल समय
फुटबल

११ खेलाडी फर्किंदा नवयुग र आयुष 'आउट', हुमागाईं भन्छन्- केही कारणले यस्तो भयो

राष्ट्रिय फुटबल टिमको लामो समयको द्वन्द्वपछि बंगलदेशसँग मैत्रीपूर्ण खेल्ने टिमको घोषणा निकै महत्त्वपूर्ण थियो। अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरेरै नेपाली फुटबल टिमको घोषणा गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना