बिहीबार, भदौ २, २०७९
नेपाल समय

भारतको जस्तो किन छैन नेपालको फुटबल?

विनय सापकोटा  |  काठमाडौं, बिहीबार, साउन १९, २०७९
विनय सापकोटा

विनय सापकोटा

काठमाडौं, बिहीबार, साउन १९, २०७९

काठमाडौं– केही दिनअघि मात्र भारतीय राष्ट्रिय फुटबल टिमको अभ्यास सुरु भयो। त्यसअघि खेलाडीहरू बिदा मनाउन विभिन्न ठाउँ घुमे। बिदामा अभ्यास गरिरहने कुरा भएन। अनि, राष्ट्रिय टिममा फर्किएपछि सबै खेलाडीको फिटनेस टेस्ट गरिएको थियो।

‘यो ४० वर्षको बूढो मान्छेलाई कमजोर नआँक्नुहोला। मैले टिमका सबैलाई फिटनेस टेस्टमा उछिनेको छु,’ उक्त टेस्टपछि लिइएको एक भिडियोमा भारतीय टिमका कप्तान सुनील क्षेत्रीले भनेका छन्, ‘बिदामा पनि मैले आफूलाई ब्यालेन्समा राख्न सकेको छु।’

उनको मिहिनेतले नै हो, यो उमेरसम्म ठूलो जनसंख्या भएको देशको राष्ट्रिय टिममा टिकाएको पनि। उनी मात्र होइन, भारतीय टिमका अधिकांश खेलाडी मिहिनेतमै विश्वास गर्छन्। सुनील अहिले ३८ वर्षका भइसकेका छन्। उनी १८ वर्षदेखि भारतको सिनियर टिममा छन्।

दक्षिण एसियामै हेर्ने हो भने पनि सबैभन्दा उत्कृष्ट फर्वार्ड, जसले युरोपेली क्लबमा खेल्ने अवसर पाए।

हो, अहिले भारतले चाहेको पनि त्यस्तै खेलाडी उत्पादन हो, जो युरोपेली फुटबल बजारमा बिक्न सकोस्। यदि युरोपेली  लिगका कुनै एक खेलाडीले राम्रो गर्न सके अन्यका लागि फाइदा हुन सक्ने भारतको बुझाइ छ। त्यसैले घरेलु फुटबललाई बलियो बनाएर खेलाडी युरोपेली लिगमा पठाउने सपना हो, भारतको।

यद्यपि त्यो धेरै चुनौतीपूर्ण छ। त्यसैले आफ्ना खेलाडीलाई युरोप पठाउन नसके पनि त्यहाँका खेलाडीसँग एकै टिममा खेलाउन इन्डियन सुपर लिग (आईएसएल) का टिमले युरोप लिग खेलेका खेलाडीलाई अनुबन्धको बाटो अपनाएका छन्। यसले गर्दा भारतीय खेलाडीले युरोपेली खेलाडीको खेल संस्कार सिक्न सकून्।

त्यसकै उदाहरण हो, रोबर्ट पिरेस, अलेसेन्द्रो डे ल पियरो, डेबिड ट्रेजेगुट, एलानो, डेबिड जेम्स, लुइस गार्सियाजस्तो खेलाडीले भारतमा आएर खेल्नु। उनीहरू मात्र होइन, लागिला, लिग वान, प्रिमियर लिग खेलेका धेरै सिनियर खेलाडीले भारतको लिग खेलिसकेका छन्।

दशरथ रंगशालामा अभ्यास गर्ने क्रममा भारतका कप्तान सुनिल क्षेत्री।
यता भारतले क्रोएसिया (युरोपेली मूलका) प्रशिक्षक इगोर स्टिमेकलाई राखेको छ। उनले दक्षिण एसियामा फुटबल संस्कृत राम्रो नभएको दाबी गर्दै आएका छन्। उनको प्रयास भने खेलाडीको मिहिनेत गर्ने क्षमता बढाउने र टिममा फुटबल संस्कार विकास गर्ने भन्नेमै हुने गर्छ।

अहिले भारतको टिममा रहेका इशान पण्डित स्पेनको पोब्ला मुफेट र लोर्काबाट खेलिसकेका खेलाडी हुन्। उनले स्पेनकै विभिन्न एकेडेमीमा अभ्यास गरे। इत्तिहाद फुटबल एकेडेमीका साहिल समद पनि भारतीय टिममा निरन्तर छन्। त्यस्तै, आसिक कुरुनियाँले पनि भिल्ला रियरको सी टिममा रहेर खेल्ने अवसर पाएका थिए। कप्तान सुनीलले पोर्चुगलको क्लबबाट खेल्ने अवसर पाए। अर्थात्, भारतीय खेलाडी युरोपेली फुटबलको कुनै हिस्सामा घुस्न थालिइसकेका छन्।

क्रमशः भारतले यो संख्या र समयावधिलाई बढाउँदै लगेको छ।

अहिले चर्चा छ, भारतको भुवनेश्वरमा जारी यू–२० साफ च्याम्पियनसिपको। यसै मेसोमा नेपालले तेस्रो खेलमा भारतको सामना गर्दा ८–० को हार बेहोरेको छ। यसले नेपाली फुटबलको स्तर कस्तो रहेको छ भन्ने छर्लंगै देखिएको धेरैले टिप्पणी गरे। भारतीय टिमविरुद्ध नेपाली टिमको आक्रमणदेखि रक्षापंक्तिसम्मको कम्बिनेसन ध्वस्त भएको थियो।

घरेलु मैदानमा मात्र नभएर युरोपेली बजारमा बिक्न सक्ने खेलाडी उत्पादनमा जोड दिँदै आएको भारतले प्रशिक्षणका क्रममा उत्कृष्ट प्रदर्शन गर्न अथक मिहिनेतलाई नै जोड दिँदा नतिजा आफ्नो पक्षमा पार्न सकेको हो।

त्यसमाथि अहिले भारतले बनाएको यू–२० टिममा दमिपिथ लिंदन, शिवशक्ति, रुविन, सिल्वा त खेलेकै छैनन्। उनीहरू आईएसएलका उत्कृष्ट युवा खेलाडी हुन्। अर्का युवा खेलाडी आयुष अधिकारी भने २२ वर्ष पुगिसकेकाले यू–२० टिममा थिएनन्।

यस्ता खेलाडीलाई अहिले विभिन्न भारतीय क्बलबले अन्तर्राष्ट्रिय एक्सपोजर दिने काम गरिरहेका छन्। ‘इंग्ल्यान्डमा पीएल नेक्सट जेनेरेसन टिम भनेरै प्रतियोगिता खेलाइँदै आएको छ, जहाँ आउँदा पुस्तामा उत्कृष्ट बन्न सक्ने खलाडीको कला हेरिन्छ। विश्वकै ठूला टिमको सेकेन्ड टिम र युवा टिम हुन्छ, त्यहाँ। त्यो भनेको यू–२३ को टिम हो। साथै, उनीहरूको युवा स्तरको टिम पनि हुन्छ। त्यो भनेको यू–१६, यू–१८, यू–२० लगायतको हो,’ फुटबल एनालिस्ट एवं पत्रकार गौरव फुँयाल भन्छन्, ‘देशको फुटबल विकासका लागि यो राम्रो काम हो।’

बैंगलुरु, केरला ब्लास्टर्सलगायतका भारतका तीन क्लबले दक्षिण कोरिया र इंग्ल्यान्डका क्लबसँग खेलेका थिए। गत आइतबार भएको खेलमा नेपालविरुद्ध गोल गरेका हिमान्सुाई नेक्स्ट जेनेरेसनको उत्कृष्ट खेलाडी हुन सक्ने भन्दै द गार्डियन तथा गोलडटकमले आफ्नो जर्नलमा समावेश गरेका थिए।

राष्ट्रिय टिमलाई बलियो बनाउन  समानान्तर रूपमा घरेलु लिगलाई पनि बलियो बनाउनुपर्ने हुन्छ। त्यसैले भारत अहिले यसमा ध्यान दिइरहेको छ। हामी देख्न सक्छौं, भारतले २०१९ देखि २०२२ सम्मका लागि बनाएको योजनामा सफलता पाउँदै आएको छ। 

यस्ता थिए, अखिल भारतीय फुटबल संघको रणनीतिक योजना (२०१९–२०२२) 

प्रतिस्पर्धा उन्मुख विकास

उत्कृष्टताको खोजी

स्थानीय क्षेत्रमा जाने (राज्य/संघहरूमा क्षमता निर्माण)

महिला खेलाडीका लागि थप अवसर

पूर्वाधार र विरासत निर्माण (ठूला घटनासहित)

खेलको व्यापक आधार निर्माण

फास्ट–ट्रयाकका लागि प्रविधि प्रयोग।

माथि उल्लिखित कतिपय कुराहरू भारतले पूरा गरिसकेको छ। आई लिग र आईएसएलको विवाद समाधान भएको छ। सुपर लिगमा प्रविधि प्रयोग व्यापक गरिन थालेको छ भने देश र प्रदेशले मात्र होइन, अब क्लबहरूले पनि आफ्नै भवन र रंगशाला निर्माण थालिसकेका छन्।

फुटबलमा स्थानीयलाई प्राथमिकता दिन उसले विभिन्न राज्यका क्लबलाई मैदानमा उतारिसकेको छ। आईएसएलमा अझैसम्म पूर्वी र दक्षिणी क्षेत्र हाबी भएका छन्। पश्चिमका र उत्तर पश्चिमका टिम भने आई लिगमा समेटिएका छन्। यसरी हेर्दा यी दुई लिगमा स्थानीय क्लबको टक्कर बलियो नै देखिन्छ।

भारतीय फुटबल टिम।
सोही आधारमा भारतले फुटबललाई चाहिने आधारभूत संरचना निर्माण गरिसकेको छ। लिग व्यवस्थापनका लागि एएफसीबाट २०२३ सम्मको समयसीमा पाएको भारतले आईएसएललाई शीर्ष डिभिजन र आई लिगलाई दोस्रो डिभिजनको लिग बनाइसकेको छ। यो सफल हुनेबित्तिकै भारतमा व्यावसायिक खेलाडीले दुई लिग खेल्न सक्नेछन्। यसरी एकै देशमा दुई वटा व्यावसायिक खेलाडी खेल्ने लिग हुनु भनेको चानचुने होइन।

अब आउँदो दुई वर्षमा भारतको लिगमा यस्तो हुनेछ, क्लबहरू आईएसएलबाट घटुवा भई आई लिगमा पुग्नेछन् भने आई लिगबाट बढुवा भएर आईएसएलमा पुग्नेछन्। यो अब आउँदो सिजनबाट हुने एआईएफएफ (अखिल इन्डिया फुटबल संघ)ले जनाएको छ।

यसका लागि अहिले स्पष्ट व्यवस्था भइसकेको छ। दुई सिजन टिमको बढुवा मात्र गराएर आईएसएल खेल्ने टिमको संख्या बढाइनेछ। त्यसपछि मात्र रेलिगेसनको व्यवस्था हुनेछ।

तीन महिना चल्ने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपत्यकाभित्रकै टिमलाई प्रतिस्पर्धा गराइनु र राजधानीबाहिर सञ्चालन हुने गोल्डकप, उमेर समूहका खेलाडीको खेल तालिका नियमित नगर्दा खेलाडी र नेपालकै फुटबल स्तर खस्किने अवस्था छ। 

सन् २०१७ को यू–१७ विश्वकप भारतमा आयोजना भयो। त्यतिबेला समय व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको हिसाबले यी लिगका टिमको विवाद भयो। यो विवाद सन् २०१७ देखि २०२० सम्म चल्यो। यिनै दुई लिगबीच खेलाडी आदान–प्रदान भइरहँदा खेलाडीको मूल्य बढ्यो नै, थप खेलाडीले अवसर पाएसँगै प्रतिस्पर्धाको स्तर स्वतः बढ्यो। 

दुई लिगबीच तुलना हुँदा आईएसएलको ग्लामर धेरै देखिएपछि आई लिगमा जमिरहेका बैंगलुरु, इस्ट बंगाल, मोहन बगानजस्ता टिम आई लिगबाट आईएसएलमा गएका हुन्। आई लिगमा यी क्लबको प्रतिस्पर्धा हुँदा खेल हेर्न लाख बढी दर्शक उपस्थित हुने गरेका थिए।

भारतमा बढ्दै गरेको फुटबल आर्थिक व्यवस्थामा तथा सेलिब्रिटीले पनि आफ्नो हिस्सा देखाउन थालेपछि यसको प्रभाव धेरैलाई पर्ने गरेको छ। फुटबल एक्सप्रेसले तीन महिनाअघि सार्वजनिक गरेको तथ्यांकअनुसार आईएसएल मानिसले औसत रूपमा २८ मिनेट हेर्ने गरेका छन्। अघिल्लो सिजनको तुलनामा यसमा १६ प्रतिशतले वृद्धि भएको हो। अर्थात्, अहिले आईएसएलको चर्चा बढ्दो ग्राफमा रहेको छ।

भारतका प्रशिक्षक इगोर स्टिमेक
गुगल सर्च इन्डेक्समा यसको ८७ प्रतिशतले वृद्धि भइसकेको छ। सन् २०१४ मा पहिलो पटक आईएसएल आयोजना हुँदा नै आईपीएलपछि सबैभन्दा हेरिने टेलिभिजन प्रतियोगितामा पनि आईएसएल थियो।

उसको भनाइले आफ्नै साथीहरूलाई चुनौती दिइरहेकै थियो, भारतीय खेलाडी व्यावसायिक भइसकेको उदाहरण पनि थियो, यो।

वर्षमा करिब पाँच महिना चल्ने लिगबाट अहिले धेरै खेलाडीले राष्ट्रिय स्तरमा परिचय बनाइसकेका छन्। यस्तैमा पर्छन्, अनिरुद्ध थापा। गत वर्ष उनले नेपालविरुद्ध गोल गरेका थिए।

त्यसबेला सुपर लिगको समय सकिएसँगै अभ्यासबिनै भारतले नेपालविरुद्ध खेल्दा दुई खेलको मैत्रीपूर्ण सिरिज जितेको थियो। भारतविरुद्ध लामो अभ्यास गरेको नेपालले गोल फर्काउनै सकेन।

के छ नेपालको अवस्था

भनिन्छ, नेपाली फुटबल दाताहरूको सहयोगले टिकेको छ। हो, नेपाली फुटबल त्यस्तै छ। फिफा, एएफसीबाट आउने पैसा नै एन्फाको ९५ प्रतिशत बजेट भएको एन्फाका वर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङले बताइसकेका छन्।

भारतमा जारी यू–२० साफका लागि  नेपालसँग ‘रिजर्भ’ टिम थिएन। नेपालले कहाँबाट खेलाडी ल्यायो? सहजै भन्न सकिन्छ, खुला छनोटबाट। लिग खेलेका केही खेलाडीबाहेक यू–२० का अन्य खेलाडीले कहाँबाट फुटबल सिके? अत्तोपत्तो छैन।

नेपाली फुटबल टिम।
यो समस्या नेपालको फुटबलमा रिजर्भ टिम राख्ने व्यवस्था नभएको भन्दा पनि युवा समूहको खेल नभएरैै हो। नेपालमा उमेर समूहको फुटबल प्रतियोगिता पछिल्लो पटक कहिले भएको थियो। सायद सम्झन गाह्रै पर्ला।

पछिल्लो समय भएको त्यही राष्ट्रिय टिमको छनोट मात्र हो। गहिराइमा जाने हो भने– नेपालमा वर्षको तीन महिना चल्छ, सहिद स्मारक ‘ए’ डिभिजन लिग। त्यसमा पनि काठमाडौं उपत्यकाकै टिमहरूले मात्र प्रतिस्पर्धा गर्छन्। लिग काठमाडौंको हो अनि राजधानीबाहेकका ठाउँको प्रतियोगिता भनेको गोल्डकप मात्र हो। यसले लिगमा देशका सबै क्षेत्रको प्रतिनिधित्व गर्न नसकेको पुष्टि गर्छ।

नेपालको लिग पनि लगातार हुने गरेको छैन। त्यसमाथि एन्फाले प्रस्ताव गरेको राष्ट्रिय लिग लामो समयदेखि हुने छाँटकाँट छैन।

त्यति मात्र होइन, अहिले उमेर समूहको न प्रतियोगिता भएको छ, न त राम्रा एकेडेमी नै। यद्यपि अहिले एकेडेमीको अवधारणा लागू हुन थालेको छ। ‘ए’ डिभिजनका विभिन्न क्लबहरूले काठमाडौंकै विद्यालयहरूसँगको सहकार्यमा २१ विद्यार्थी साझेदारीमा राखेर यू–१३ को अभ्यास  गराइरहेका छन्।

‘हामीले लिटल एन्जल्ससँगको समन्वयमा एकेडेमी बनाएका छौं। त्यहाँ विद्यार्थीले नियमित अभ्यास गर्ने गरेका छन्। अहिले मौसमका कारण केही असुविधा भएको। यद्यपि २१ विद्यार्थी तथा खेलाडीले सँगै अभ्यास गरिरहेका छन्,’ सातदोबाटो युथ क्बका अध्यक्ष कपिल राना मगरले भने।

त्यस्तै, विभागीय क्लबहरूले आ–आफ्नो विद्यालयमा, संकटा क्लबले नेक्सस स्कुलसँग, एनआरटीले ल्याब्रोटरी स्कुलसँग मिलेर अभ्यास गरिरहेका छन्। तर यी सबै यू–१३ का खेलाडी हुन्। यो पनि दीर्घकालीन हुने/नहुनेमा शंका छ।

भनिन्छ, नेपाली फुटबल दाताहरूको सहयोगले टिकेको छ। हो, नेपाली फुटबल त्यस्तै छ। फिफा, एएफसीबाट आउने पैसा नै एन्फाको ९५ प्रतिशत बजेट भएको एन्फाका वर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङले बताइसकेका छन्।

हेड अफ एलिट युथ नवीन महर्जन  क्लबहरूको एकेडेमी सामान्य रूपले चलिरहेको बताउँछन्। ‘अहिलेसम्म स्थापना भएका क्लबमा (६) एकेडेमी चलिरहेको छ। त्यसमा केही समस्या आए हामीले बनाएको समितिले नै समाधन गर्छ,’ महर्जनले भने।

नेपालमा स्कुल लिगको अवधारणा आएको धेरै भइसकेको छ। तर त्यो अहिलेसम्म हुन सकेको छैन। ‘स्कुल लिगको सबै कुरा तयार छ। तर एन्फाको राजनीतिक अवस्थाले तलमाथि भएको हो। त्यो अब सुरु हुन्छ,’ उनले नेपाल समयसँग भने। अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) राजनीतिमै व्यस्त छ। त्यसैले प्रतियोगिताका पाटोमा धेरैको ध्यान जान सकेको छैन। यद्यपि अहिले चर्चा साफको छ। पछिल्लो समय नेपालको यू–१९ को महिला टिमले बंगलादेशमा आयोजना भएको साफ खेलेको थियो। त्यसपछि यू–१७ टिमले भारतमा। सिनियर टिमले माल्दिभ्समा खेल्दा पनि नेपालले भारतलाई हराउन सकेको थिएन।

अहिले भुवनेश्वरमा भएको यू–२० साफ च्यासम्पियनसिपमा पनि नेपाल र भारतले गत आइतबार प्रतिस्पर्धा गरे। यो खेलमा नेपालको प्रदर्शन कमजोर रह्यो। पहिलो हाफमा एक गोलको सामना गरेको नेपालले दोस्रो हाफमा लगतार सात गोल बेहोर्यो।

नेपालले हार बेहोरेपछि फुटबल खेलाडी संघ अध्यक्ष विक्रम लामा लेख्छन्, ‘यदि घरेलु फुटबलको संरचना र युथ फुटबलको गतिविधि नहुने हो भने आउँदा दिनमा त्यसको प्रत्यक्ष असर राष्ट्रिय टिमलाई पर्नेछ। यसको अर्थ नेपाली फुटबललाई पर्नु हो।’

विक्रम अगाड लेख्छन्, ‘के बलियो संरचनासहितको घरेलु फुटबल तथा उमेर समूहको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलबाट अनुभवी बनाउन सकिँदैन? तसर्थ उमेर समूहका खेलाडीलाई खेल्ने वातावरण र खेलाडी उत्पादनमा गम्भीर हुने समय आजको प्रमुख विषय हो।’

विक्रमले आफ्नो फेसबुक पेजमा लामो लेख लेखेर उमेर समूहको फुटबलबारे बहस सिर्जना गरेका छन्।

तर अझै भन्न छाडिएको छैन– भारत नेपालको निकट प्रतिद्वन्द्वी हो। भारत नेपालको निकट प्रतिद्वन्द्वी हो भन्नु गर्वको कुरा होला। तर भारतका लागि होइन किनभने उसको प्रतिस्पर्धा गर्ने स्तर उकालो लागेको ग्राफमा छ भने नेपालको कमजोर स्थितिमा।

यस्तोमा प्रश्न जन्मिएको छ, के भारत अझैसम्म नेपालको निकट प्रतिद्वन्द्वी नै हो? नेपाल र भारतको प्रतिस्पर्धाको स्तर उस्तै छ? अब भारतलाई नेपालको प्रतिस्पर्धी ठान्नु स्वान्त सुखायबाहेक केही हुने छैन। यसरी आत्मरतिमा रमाउन सकिएला तर वास्तविकतामा नेपाल पछि परेको स्वीकार गर्ने हिम्मत कसैसँग हुने छैन।

त्यसैले भारतको टिम र घरेलु संरचना अनि छनोटको क्षेत्रसँग तुलना गर्ने हो भने ८–० को हार स्वाभाविक लाग्छ। त्यसैले विक्रमले लेखेका छन्, ‘साफ यू–२० मा भारतसँग ८–० गोल अन्तरले हार्नु चिन्ताको विषय रहेन किनकि चिन्ता गर्नुपर्ने दिन अब आउँदै छ भन्ने मेरो बुझाइ हो।’

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

कांग्रेस केन्द्रीय समितिमा थपिँदै आठ महिला

संविधानअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।

पञ्चायती व्यवस्थाका हार्डलाइनर मरीचमानको अविचलित राष्ट्रवाद

तीन दशक लामो पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह २०४६ को बहुदलीय व्यवस्थाका कारण राजा वीरेन्द्रबाट बर्खास्तीमा परे। त्यो समय कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतको नाकाबन्दी, जनआन्दोलनको उभारलगायत यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक।

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।

२०७४ मा जसले जिताए, तिनै बन्नेछन् विष्णु पौडेलको तगारो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका विष्णु पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, डा. बाबुराम भट्टराई र युवराज गिरीलाई हराएका थिए।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने जारी गरेकी थिइन्। असंवैधानिक रुपमा संसद् विघटन गर्दै ल्याएको नागरिकता अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित गरेको विधेयक भने फिर्ता गरेकी हुन्।

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

थप समाचार

नेपाल समय
फुटबल

करिम बेञ्जिमा, जसले असम्भवलाई सम्भव तुल्याउँछन्

रियल मड्रिडमा क्रिस्टियानो रोनाल्डोको अभावलाई पूरै बिर्साइदिएका बेञ्जिमा आफ्नो टिमलाई युरोप च्याम्पियन, ला लिगा र स्पेनिस सुपर कपमा जिताएपछि बालोन डी’ओरका एकल हकदार भएका छन्।
नेपाल समय
फुटबल

साफ च्याम्पियनसिपका लागि समितिहरु गठन

नेपालले आगामी भदौ २५ गतेबाट काठमाडौंमा साफ महिला च्याम्पियनसिप आयोजना गर्दैछ।
नेपाल समय
फुटबल

युनाइटेडको विकल्प खोज्दै रोनाल्डो

म्यानचेस्टर युनाइटेका फर्वाड क्रिस्टियानो रोनाल्डोले युनाइटेड छाड्ने बताएका छन्। उनका एजेन्ट जर्ज मेन्डेजले अन्य क्लबको खोजी भइरहेको बताएका हुन्।
नेपाल समय
फुटबल

निलम्बनसँगै महिला साफ च्याम्पियनसिपबाट बाहिरियो भारत

भारतको फुटबल संघ फिफाको प्रतिबन्धमा परेपछि उसले साफमा भाग लिन नपाउने भएको हो।
नेपाल समय
फुटबल

तेस्रो पार्टी संलग्न रहेको भन्दै भारतमाथि फिफाको प्रतिबन्ध

फिफो अल इन्डियन फुटबल फेडेरेसन(एआईएफएफ) मा तेस्रो पार्टी संलग्न रहेको भन्दै अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना