सोमबार, असोज १७, २०७९

चार दशकको पर्खाइपछि महिला युरोकप जितेको बेलायतमा तामझामसहितको उत्सव

शिशिर बस्नेत  |  काठमाडौं, मंगलबार, साउन १७, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

मंगलबार, साउन १७, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– बेलायतमा ठूलो तामझामसहित महिला युरोकप सम्पन्न भयो। खेलको फाइनल ८७ हजार बढी दर्शकले रंगशालामै प्रत्यक्ष हेरे, जुन आफैंमा एउटा इतिहास हो। प्रायशः पुरुष फुटबलसँग तुलना हुँदा केही कमजोर देखिने महिला फुटबलको पनि क्रेज कम छैन् भन्ने उदाहरण बनेको छ, इंग्ल्यान्डको महिला फुटबल टिम।

इंग्ल्यान्डले घरेलु मैदानमा आइतबार राती सम्पन्न फाइनल खेलमा जर्मनीलाई २–१ ले हराउँदै युरोकपको ऐतिहासिक उपाधि जितेको हो। इंग्ल्यान्डलाई जित दिलाउन ई टोनी र सी केलीले गोल गरे। खेलको निर्धारित ९० मिनेटमा १–१ को बराबरी गरेपछि खेल अतिरिक्त समयमा गएको थियो। वैकल्पिक खेलाडीको रूपमा मैदान पसेकी केलीले ११०औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई पहिलो पटक युरोकपका साथै पहिलो मुख्य प्रतियोगिताको उपाधि दिलाइन्। अहिले उनलाई सुपर सबको रूपमा व्याख्या गर्न थालिएको छ।

उपाधि जितेपछि प्रशिक्षक सरिना बिगम्यानले युरोकपको उपाधि इंग्ल्यान्डको सपना भएको बताएकी छन्। उनले भनिन्, ‘मैले यसलाई विश्वास गर्न सकिरहेकी छैन। यो उपाधि  हाम्रो सपना थियो, जसलाई साकार पारेका छांै। यसकारण म अत्यन्तै खुसी छु। यो खुसी साटासाट गर्ने समय हो। अब हामी युरोकप विजेता भएका छौं।’

जितपछि प्रशिक्षक बिगम्यानले आफ्नो अपेक्षा अझै बढेको बताएकी छन्। उनले भनिन्, ‘अब हाम्रो अपेक्षा झन् बढेको छ। हाम्रो जितले नयाँ पुस्तालाई प्रेरणा दिएको छ।’ 

प्रशिक्षक बिगम्यानले झनै ठूलो सफलता हात पारेकी छन् किनभने उनी ब्याक टु ब्याक युरोकप जित्न सक्ने दुर्लभ प्रशिक्षकमा परेकी छन्। उनकै प्रशिक्षणमा सन् २०१७ मा पनि नेदरल्यान्ड्सले युरोकप उपाधि जितेको थियो।

अहिले सुपर सब भनेर व्याख्या गरिएकी केली उपाधि जित्नु अविश्वनीय रहेको बताउँछिन्। वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेर विजयी गोल गर्नु अविश्वसनीय रहेको उनको भनाइ छ। उनले भनेकी छन्, ‘यो वास्तवमै अविश्वसनीय छ। टिममा आउनुका साथै गोल गर्नु मेरा लागि अनि टिमका लागि धेरै ठूलो कुरा हो। हाम्रो टिम तथा प्रशिक्षक वास्तवमै विशेष छन्। म अब यो उपाधिको उत्सव मनाउन मात्रै चाहन्छु।’

खेलमा ठूलो संख्यामा उपस्थित भएका समर्थक तथा सबै दर्शकलाई धन्यवाद दिँदै केलीले भनिन्, ‘म सबैलाई इमानदारपूर्वक धन्यवाद दिन चाहन्छु। सबैले गरेको समर्थनबाट खुसी छु। हामीले आफ्नो लक्ष्य पनि पूरा गर्यौं, जसले गर्दा म झनै खुसी छु। सबैलाई धन्यवाद।’ केली त्यहाँको घरेलु क्लब म्यानचेस्टर सिटीकी खेलाडी हुन्। तर उनले चोटका कारण लामौ समय  खेल गुमाउनुपर्यो। सन् २०२१ मेमा लागेको चोटका कारण ११ महिना मैदान बाहिर रहेकी उनले युरोकपबाटै कमब्याक गरेकी हुन्।

कमब्याक यति धमाकेदार भयो कि सम्पूर्ण बेलायतीले यादमा राखिराख्नेछन्।

फुटबल टिमले रचेको इतिहास

भनिन्छ, धैर्यको फल मीठो हुन्छ। इंग्ल्यान्डले ३८ वर्ष लामो संघर्ष र प्रतीक्षापछि यसलाई पूरा गरेको छ। पहिलो संस्करण (सन् १९८४) को फाइनल खेलेको इंग्ल्यान्डले सन् २००९ मा पनि फाइनल खेल्यो। तर दुवै पटक असफलता हात लाग्यो। इंग्ल्यान्डको फाइनल बिर्सनलायक रह्यो। तर तेस्रो फाइनलमा इंग्ल्यान्ड चुकेन। तेस्रो पटकको फाइनल यात्रा चाहेर पनि बिर्सनै नसक्ने बनायो। यसको कारण इंग्ल्यान्डका लागि यो नै पहिलो प्रमुख उपाधि बनेको छ।

इंग्लिस प्रमियर लिग (ईपीएल) पुरुष फुटबल लिग र महिला फुटबलमा उमन सुपर लिग विश्वकै उत्कृष्ट र लोकप्रिय लिग मानिएका छन्, जहाँ विश्वभरिकै उत्कृष्ट खेलाडी खेल्ने गर्छन्। यसले गर्दा विश्व फुटबल केन्द्रको रूपमा इंग्ल्यान्ड आफूलाई स्थापित गर्न सफल भएको छ। साथै, उसले पुरुष तथा महिला फुटबल दुवैमा आफ्नो लोकप्रियता विश्वव्यापीसमेत बनाएको छ। प्रोफेसनल फुटबल क्लबमा आफ्नो पहिचान बनाए पनि इंग्ल्यान्डले पछिल्ला धेरै समय प्रमुख उपाधि जित्न सकेको थिएन।

इंग्ल्यान्डले महिला फुटबलमा मात्र नभई पुरुषमा पनि पछिल्ला वर्षमा उपाधि जित्न सकिरहेको छैन। उसले फुटबलमा गरेको लगानीअनुसार जस्तो नतिजा आउनुपर्ने थियो, पाउन सकेको अवस्था थिएन। यस्तोमा महिला फुटबलबाट त्यो आशा साकार हुने सम्भावना कमै थियो। अझ महिला फुटबललाई झनै वास्ता गरिएको थिएन।

१५० भन्दा धेरै वर्ष भइसकेको छ। इंग्ल्यान्डले फुटबललाई आफ्नो संस्कृति, जीवनशैली, पहिचान, सामाजिक मुद्रा तथा देशको अभिन्न अंगको रूपमा विकास गरिसकेको। तर अझै पनि पुरुषले पाउने सुविधा, प्राथमिकता, चर्चा तथा अन्य विविध कुरामा महिलासँग विभेद रहेको बताइँदै आएको छ। इंग्ल्यान्डको पुरुष टिमले सन् १९६० मा तत्कालीन पश्चिम जर्मनीलाई ४–२ ले पराजित गर्दै विश्वकप को उपाधि जितेको थियो। त्यस समय महिला टिमलाई फुटबल खेल्न प्रतिबन्ध लगाइएको थियो। तर अहिले त्यही मैदानमा उही विपक्षीलाई हराउँदै महिला टोलीले इतिहास रच्यो।

महिलातर्फको उपाधि जितेसँगै इंग्ल्यान्डले गत वर्ष भएको पुरुष युरोकपको झल्को पाएको छ। उतिबेला ‘इट्स होम र इट्स रोम’को ट्यागलाइन युरोपभर चलेको थियो। उतिबेला इंग्ल्यान्डलाई हराएर युरोकपको उपाधि इटालीले रोममा पुर्याएको थियो। तर अहिले यो उपाधि इंग्ल्यान्डले घरमै राख्न सफल भएको छ। त्यसैले होला, यसलाई इंग्ल्यान्डले ‘इट्स होम’ भनेर उपाधिको उत्सव मनाइरहेको छ।

जर्मनीको दबदबामा पूर्णविराम

महिला युरोको सबैभन्दा सफल तथा प्रभावशाली टोली हो, जर्मनीको महिला फुटबल टिम। उसले १३औं संस्करणसम्म आइपुग्दा ८ पटक उपाधि जितिसकेको छ। यो युरोकप आयोजना हुनुपूर्व उसको नाममा एउटा गजबको रेकर्ड पनि थियो।

जर्मनी फाइनलमा पराजित भएकै थिएन। उसले फाइनल हारेको यो नै पहिलो पटक रह्यो। अघिल्लो प्रतियोगिता नेदरल्यान्ड्सले जित्नुअघि जर्मनले लगातार आठ पटक उपाधि जितेको थियो। यस पटकको फाइनलमा जर्मनीलाई पराजित गरेसँगै इंग्ल्यान्डले जर्मनीको शतप्रतिशत उपाधि दबदबामा पूर्णविराम लगाइदिएको छ। त्यति मात्रै होइन, इंग्ल्यान्डले जर्मनीसँग दसौं संस्करण (सन् २००९) को फाइनलमा बेहोरेको हारको बदलासमेत लियो।

जर्मनीले इंग्ल्यान्डलाई फाइनलमा ६–२ ले हराउँदै लगातार सातौं पटक उपाधि जितेको थियो। त्यसपछि जर्मनीले २०१३ मा पनि उपाध जित्यो। नवौं पटक फाइनल जित्ने लक्ष्यमा मात्र इंग्ल्यान्डले बाधा हाल्न सकेको हो। जर्मनीविरुद्ध जित निकाल्दै उपाधि जितेपछि विज्ञप्ति निकाल्दै बेलायती महारानी एलिजावेथले वेम्बलीमा आफ्नो टिमले जर्मनीलाई हराउँदा खेलाडीहरू प्रेरणाका स्रोत भएको प्रतिक्रिया दिएकी छन्। उनले भनेकी छन्, ‘सबैलाई मेरो तर्फबाट हार्दिक बधाइ छ। महिला युरोकपको उपाधि जितेकामा सबैलाई धन्यवाद तथा बधाइ। यो टिमका खेलाडी र अन्य सहयोगी टिमका सबै पदाधिकारीका लागि ठूलो उपलब्धि हो। तपाईंहरूको प्रदर्शनले चौतर्फी प्रशंसा पाएको छ। तपार्इंहरू भावी पुस्ताका लागि प्रेरणा बन्नुभएको छ।’

तर इंग्ल्यान्डले जर्मनीको दबदबा युरोकपमा मात्रै तोडेको हो। अब विश्वकपमा तोड्न बाँकी छ। यद्यपि महिला विश्वकपमा अमेरिकी टिम भारी छ। तर जर्मनीको रेकर्ड हेर्दा इंग्ल्यान्ड कमजोर स्थितिमै देखिने गरेको छ। जर्मनीभन्दा धेरै पछि छ। जर्मनीले विश्वकपको उपाधि सन् २००३ र २००७ मा लगातार दुई पटक जितेको थियो। इंग्ल्यान्डले भने अहिलेसम्म विश्वकप फाइनलसम्मको बाटो तय गर्न सकेको छैन। यही विजेता टिमले अबको विश्वकपमा प्रभाव पार्न सक्ने सम्भावना धेरै छ।

- बीबीसी तथा अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा




प्रकाशित: August 2, 2022 | 17:03:02 काठमाडौं, मंगलबार, साउन १७, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
फुटबल

लेवान्डोस्कीको गोलले बार्सिलोना शीर्षस्थानमा

खेलको २०औं मिनेटको गोलबाट बनाएको अग्रतालाई जोगाउँदै बार्सिलोनाले जित निकालेको हो।
नेपाल समय
फुटबल

प्रिमियर लिगमा चेल्सीको जित, ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

चेल्सीले ३८औं मिनेटमा पहिलो र अन्तिम मिनेटमा दोस्रो गोल गर्दै जित निकालेको हो।
नेपाल समय
फुटबल

टोटेनहमलाई हराउँदै आर्सनल शीर्षस्थानमा

आर्सनलको इमिरेट्स मैदानमा सम्पन्न भएको खेलमा घरेलु टिमले टोटेनहमलाई ३–१ ले हराएको हो।
नेपाल समय
फुटबल

एसियन कप छनोट खेल्ने टोली घोषणा

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २०२३ मा हुने छनोटका लागि बिहीबार टोली घोषणा गरेका हुन्।
नेपाल समय
फुटबल

अल्मुताइरीको राजीनामा स्वीकृत

अल्मुताइरीले केही साताअघि एन्फामा राजीनामा बुझाएका थिए। बंगलादेशसँगको खेलका लागि एन्फाले प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना